
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २१ पुस । बिर्तामोड नगरपालिकाले विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । नगर पालिकाको कार्यालयमा आज ९शुक्रवार० १ सय ६० जनालाई कम्बल वितरण गरिएको हो । नगरका सबै वडाबाट संकलन गरिएको नामका आधारमा जाडोमा ओढ्नको लागि न्यानो कम्बल वितरण गरिएको नगरको महिला तथा बालबालिका शाखाले जनाएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले जाडोले ज्येष्ठ नागरिक बढी पीडित हुने भएकाकारण कम्बल वितरण गरिएको बताउनु भयो । उहाँले २०७४ को निर्वाचन पछि नगरका सबै टोलमा पुगेर अनुगमन गर्दा सिरक नभएर अगेनोको छेउमा सुतेर रात विताएको देखेपछि नगरपालिकाले कम्बल वितरण कार्यक्रमको सुरुवात गरेको जानकारी दिनु भयो । यस्तै…
सागर गौतमअर्जुनधारा, २१ पुस । झापाको अर्जुनधारा–३ स्थित खुदुनावारी स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीको संख्यामा वृद्धि भएको छ । वडाबासीमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउन वडाले यसै साताबाट आफ्नै स्रोतबाट जनता औषधी सेवा प्रारम्भ गरिसकेको छ । स्वास्थ्य चौकी प्रमुख डम्बर बल्लभ मिश्रको अगुवाई र वडाअध्यक्ष सिताराम भट्टराईको पहलमा वडाको बजेटले सुरुवात गरेको जनता औषधी कार्यक्रम अर्जुनधारा नगरपालिकाको रातो किताबमध्येको जनमुखी कार्यक्रम भएको बताइएको छ । जनता औषधी कार्यक्रमका लागि ५ लाख रकम लिएर सुरुवात गरिएको हो । वडाबासीलाई प्रत्यक्ष सेवा दिने गरी संचालनमा ल्याएको जनता औषधी कार्यक्रमबाट २० देखि ५० प्रतिशत सम्म छुटका १०० प्रकारका औषधीमा सेवाग्राहीलाई…
भद्रपुर, २० पुस । भद्रपुर नगरपालिकाले यो वर्ष सन्थाल समुदायका परिवारलाई २६ वटा घर निर्माण गरिदिने भएको छ । नगर प्रमुख सन्थाल आवास निर्माण अन्तर्गत नगरका १० वटा वडा मध्ये पाँच वडाका २६ परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिन लागेको हो । नगर प्रमुख गणेश पोखरेल, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला लगायतले सन्थाल आवासको एक कार्यक्रमका बीच शिलान्यास गरेसँगै निर्माण कार्य शुरु भएको छ । नगरपालिकाले वडा नम्बर ३ निवासी लाल हस्दा र वडा नम्बर ९ निवासी चुड्कु किस्कुको आवास शिलान्यास गरेका थिए । आफ्नै जमिन हुनुपर्ने, आर्थिक अवस्था कमजोर, छोराछोरी सामुदायिक विद्यालय पढाउनुपर्ने लगायतको नीति बनाएर नगरपालिकाले वडा नम्बर ३,…
भद्रपुर, २० पुस । झापाको मेचीनगरमा आज आगलागी हुँदा २ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ । मेचीनगर–८ सुन्दर टोलस्थित केशवप्रसाद तिम्सिनाको टिनको छानो भएको गाई गोठमा खोले पकाउने क्रममा अचानक आगो सल्किएर आगलागी हुँदा उक्त क्षति भएको हो । आगलागीबाट गाई गोठमा बाँधेको एक वटा बहरको मृत्यु, एक वटा बहर, दुई वटा गाई आगोले जलि घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गोठमा रहेको काठपात र गोठ आंसिक रुपमा क्षेती हुँदा २ लाख ३० हजार बराबरको क्षति भएको थियो । आगलागी स्थानीयबासी, प्रहरीले र मेचीनगर नगरपालिकाको दमकलले निन्त्रणमा लिएको थियो ।
झापा, २० पुस । त्रिभुवन विश्वविद्यालयले खुला प्रतिष्पर्धाबाट उपकुलपति छनोट गर्न दरखास्त आव्हान गरेको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिष्पर्धाका लागि आवेदन माग गरेको हो। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिको अन्त्य गर्दै मेरिटका आधारमा उपकुलपति छनौट गर्ने घोषणा गरेका थिए। प्रधानमन्त्री प्रचण्डले शैक्षिक गुणस्तर सुधारका लागि वार्षिक क्यालेण्डरलाई कडाईका साथ लागू गर्नुपर्ने तथा विश्वविद्यालयको प्राज्ञिक वातावरण निर्माण गर्न सबै विश्वविद्यालयलाई तत्काल कार्ययोजना पेश गर्न समेत निर्देशन दिइसकेका छन्। यस्तो छ सूचना
झापा, २० पुस । यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख, कर्मचारी, बिचौलिया र केही ड्राइभिङ सेन्टरको मिलिमतोमा केही महिनायता मात्रै हजारौं अवैध लाइसेन्स वितरण भएको पाइएको छ। विगत ६ महिना यता लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमाणमा लाइसेन्स वितरण भएको पाइएको हो। स्रोतका अनुसार कर्मचारी र बिचौलियाको सेटिङमा त्यस्तो कार्य भएको पाइएको छ। स्रोतका अनुसार विगत ६ महिनामा मात्रै अवैध खालका २० हजार बढी लाइसेन्स वितरण भएको छ। स्रोतका अनुसार विभागमा अहिले पनि हजारौं संख्यामा अवैध लाइसेन्स तयार भएको र दुई तीन दिभित्रमा बाँडिसक्ने तयारी गरिएको छ। विदेशमा रहेका व्यक्तिको फोटो स्क्यान गरेर…
झापा, २० पुस । साउदी अरबमा पछिल्ला दिनमा नेपाली श्रमिकहरूसमेत ठगीमा परेको गुनासो बढ्न थालेको छ । आफूलाई साउदी अरबको आन्तरिक मन्त्रालयको कर्मचारीको हवाला दिँदै टेलिफोन गर्ने कार्यले नेपाली श्रमिकसमेत मारमा परेका छन् । यी कार्य दैनिकजसो बढ्दै गएपछि रियादस्थित नेपाली दूतावासले आफ्नो मुलुकका नागरिकलाई सचेत रहन आग्रह गरेको छ । आफूलाई साउदी अरबको आन्तरिक मन्त्रालयको कर्मचारीको हवाला दिँदै टेलिफोन गर्ने व्यक्तिले ‘तपाईंको बासस्थानमा जनगणनाको सिलसिलामा गएकोमा भेट हुन नसकेको कारणले बासस्थानको बाहिर अरेबिकमा सूचना राखिएको छ, तपाईंले त्यसको जवाफ नपठाएकाले साउदीको कानुनअनुसार फोनबाटै आफ्नो विवरण अनिवार्य अद्यावधिक गर्नुहोला’ भन्दै कुरा सुरु गर्ने गरेको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।…
ताप्लेजुङ, २० पुस । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरासहित आसपास क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै त्यस क्षेत्रमा चिसो अत्यधिक बढेर जनजीवन प्रभावित बनेको छ । पाथीभरा धाम ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित छ । यहाँ सामान्यतया हरेक वर्ष यो मौसममा चैतसम्मै बेला बेलामा हिमपात हुने गर्दछ । चिसो निकै बढेपछि पाथीभरा जाने तीर्थयात्रुहरुको सङ्ख्यामा कमी आएको छ । पाथीभरा दर्शन र पूजा अर्चना गर्न जाने सीमित सङ्ख्याका तीर्थयात्रीहरू चिसो बढेपछि प्रभावित भएका छन् । सामान्यतया यो बेला अरू समयमा भन्दा केही कम तीर्थयात्रीहरू आउने गरेको ताप्लेजुङ सदरमुकाम फुङलिङका अशोक खतिवडाले बताए । पाथीभरा जाने मार्गको ३…
झापा, २० पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीलाई विनास नभई विकासका लागि अगाडि वढाउनु अपरिहार्य रहेको बताएका छन् । केशलिया–वुढिखोला करिडोर निर्माणका लागि गरिएको विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले यस क्षेत्र भएर वग्ने केशलिया वुढीखोला नदीको शौन्दर्यकरण एवं विकासले यस क्षेत्रका जनताको आर्थिक समृद्धि एवं रोजगारमा वृद्धि हुने बताएका हुन् । मुख्यमन्त्री कार्कीले करिडोर निर्माणले वर्जु गाउँपालिकामा निर्माण हुने विशेष आर्थिक क्षेत्र(सेज)मा सहज पहुँचले प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुग्ने धारणा राखेका हुन् । उनले सरकारले समृद्धिको पाइल चाल्न जनताको पैसाको सही ठाउँमा सदुपयोग गर्ने अठोट गर्दै प्रदेशको १३७ पालिकाका जनताको जीवनस्तर उकास्नका लागि प्रतिवद्धता जनाए । अध्ययन…
द्रोण अधिकारीभद्रपुर, १९ पुस । भद्रपुर नगरपालिकाले व्यवसायिक कृषिमा जीवन समर्पण गरेका अगुवा कृषक पहिचान गरी किशान परिचय पत्र वितरण सुरू गरेको छ । नगर सरकारले व्यवसायिक कृषिको वातावरण सुरक्षित राख्न कृषिमा सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत किशान परिचयपत्र वितरण अभियान थालेको हो । संघीय सरकारबाट प्राप्त शसर्त अनुदान अन्र्तगत प्रतिवर्ष प्राप्त दुई लाख रकममा नगर सरकारले १० लाख थप गरी वडा नम्वर १ र २ मा किशान परिचय पत्र वितरण गरिसकेको छ भने वडा नम्वर ३ र ४ मा किशानहरूको पहिचानको काम गरिरहेको हो । नगर कृषि शाखाका निमित्त प्रमुख सुमन विमलीका अनुसार नगर कार्यपालिकाले तय गरेको माप दण्ड अनुसार…