
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १४ पुस । इम्बोस्ड नम्बर प्लेटको अनलाइन अनुगमन गर्ने रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन ९आरएफआइडी० गेट निर्माणको सम्झौता भएको सात वर्ष हुँदा पनि काम सुरु हुन सकेको छैन । यातायात व्यवस्था विभागले अमेरिकाको डेकाटुर र बङ्गलादेशको टाइगर आइटीसँग २०७३ सालमा संयुक्त सम्झौता गरेको थियो । विभागका अनुसार इम्बोस्ड नम्बर प्लेट निर्माणसँगै गेट निर्माणको पनि सम्झौता भएको थियो । सम्झौता अनुसार उपत्यकाका प्रमुख नाकामा पाँच वटा गेट बनाउनुपर्नेमा हालसम्म एउटा पनि बनेको छैन । एउटा गेटको करिब ३० लाख रुपियाँको सम्झौता गरिएको थियो । समयमा काम हुन नसकेपछि तीन पटक सम्झौता नवीकरण गरिएको छ । २०७३ सालमा गरिएको सम्झौता २०७८ सालमा सकिएपछि…
झापा, १४ पुस । झापाको कनकाई– विर्ता–अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनीले फोहोर सेग्रीगेसन कार्य सुरु गरेको छ । बायोग्यास उत्पादनका लागि सुरु गरिएको यस कम्पनीले कुहिने र नकुहिने फोहोर सेग्रीगेसन कार्य आजदेखि सुरु गरेको हो । सेग्रीगेसन परिक्षणकारुपमा सुरु गरिएको कम्पनीले जनाएको छ । कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोख्रेल, बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई, अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली र कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्माले संयुक्तरुपमा सेग्रीगेसन मेसिनको बटम थिचेर परिक्षण कार्यको उद्घाटन गर्नु भएको थियो । यस मेसिनमा सेग्रीगेसन गरिसकेपछि कुहिने फोहोर ग्यास उत्पादन गर्ने डाइजेस्टरमा लगाइन्छ । नकुहिने प्लाष्टिकजन्य फोहोरको लागि भने…
झापा, १४ पुस । बजारमा सुनको कारोबारमा उल्लेख्य गिरावट आएको छ । सुनको मूल्य लगातार बढ्दै गएपछि स्थानीय बजारमा सुनको कारोबार घटेर २५ प्रतिशतमा झरेको हो । लगनको समय नभएको र लगातार मूल्य बढेका कारण सुनको कारोबार ठप्प अवस्थामा रहेको हो । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढेपछि सुनको कारोबारमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले एक महिनादेखि लगातार सुनको मूल्य बढेकाले कारोबार ठप्प अवस्थामा पुगेको जानकारी दिए । लगनको सिजन नहुनु, मूल्य निरन्तर बढ्दै जानु, उपभोक्ताको क्रयशक्ति नहुनु र बजारमा सुनको माग न्यून हुँदा कारोबारमा गिरावट आएको उनको भनाइ छ । आजको गोरखापत्र…
इलाम, १४ पुस । पुस मसान्तमा कामसक्ने गरी ठेक्का लगाइएको दमक–चिसापानी ९फाल्गुनन्द० सडकको पुनः एक वर्ष म्याद थप गर्ने सहमति भएको छ । तीन खण्डमा रहेको सो सडकको विभिन्न चरणमा म्याद थप गर्दै निर्माण अगाडि बढाइएको थियो । कालोपत्रका लागि ठेक्का लागेर पनि अलपत्र बनेको सो सडक अब एक वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनी र सरोकारवाला निकायबिच सहमति भएको हो । पहिलो खण्ड आगामी वैशाखसम्ममा काम सक्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । बाँकी दुई खण्ड एक वर्षभित्रमा काम सम्पन्न गर्ने सहमति भएको छ । सरकारले समयमा भुक्तानी नदिएका बीचमा काम अलपत्र छोडिएको निर्माण कम्पनीले दाबी गर्दै आएको छ…
भद्रपुर, १३ पुस । संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिले आधारभूत तह उत्रीर्ण परीक्षामा विद्यार्थीको अनुहार हेरेर विभेद नगर्न माग राख्दै नगर शिक्षा शाखामा ज्ञापनपत्र बुझाएको छ । नगर अध्यक्ष विदुर ढुंगानाको नेतृत्वमा गएको टोलीले स्थानीय सरकारले लिने आधारभूत तह उत्रीर्ण परीक्षालाई विकृतिरहित बनाउन प्याब्सनलाई ठेक्कामा नदिन माग गर्दै सरकारी विद्यालय र संस्थागत विद्यालयका विद्यार्थी बिचमा विभेद नगर्न माग राख्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै नगर शिक्षा शाखा प्रमुख राजकुमार ओडारीले सरकारको नीति अनुसार विद्यार्थीलाई विभेद नगरिने तथा प्याब्सन एन प्याब्सन परीक्षा सञ्चालक नहुने गरी विगतका गल्ति सच्याइने प्रतिबद्धता जाहेर गरेका थिए । प्रमुख ओडारीले परीक्षा शुल्क सरकारले…
शिवसताक्षी, १३ पुस । झापा शिवसताक्षी ४ का विपन्न परिवारका छोरा छोरीहरुलाई साइकल वितरण गरिएको छ ।वडाका जेहन्दार तथा विपन्न छात्र छात्राहरुलाई शिक्षा आर्जन गर्न जान सहज होस भन्ने उद्देश्यले कक्षा ९ देखि १२ सम्मका ११ जनालाई साइकल वितरण गरिएको हो । उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा र वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले उक्त साइकल प्रदान गरेका हुन् । साइकल प्रदान गर्दैै नगरप्रमुख थोप्राले विपन्न समुदायका छोरा छोरीहरुलाई शिक्षा आर्जन गर्न २ देखि पाँच किलोमिटर सम्म जानु पर्ने भएकाले साइकल प्रदान गरिएको बताए । वडा नं. ४ का विद्यार्थी जनआदर्श मावि शिवगञ्ज र त्रिभुवन माविमा अध्ययरत छन् । नगरप्रमुख थोप्राले भने, अब विद्यार्थी…
काठमाडौं,१३ पुस । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै छ ।जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा शुक्रबार सुनुवाइ हुने भएको हो । यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । लामिछानेले विदेशका प्रतियोगितामा भाग लिन जान अनुमतिसमेत पाएका छन् । उनीविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा लगातार तीन दिन यता सुनुवाइ भइरहेको छ । प्रतिवादीतर्फबाट बहस सकिए मुद्दाको फैसला आजै हुने छ ।
काठमाण्डौ, १३ पुस । भारतसँगको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली दक्षिण अफ्रिका विजयी भएको छ । घरेलु टोलीले भारतलाई एक इनिङ्स र ३२ रनले हरायो । योसँगै दक्षिण अफ्रिकाले २ टेस्टको शृङ्खलामा १–० को अग्रता बनाएको छ । दोस्रो इनिङ्समा भारत १ सय ३१ रनमै अल आउट भएपछि दक्षिण अफ्रिका तेस्रो दिन नै विजयी भएको हो । भारतका विराट कोहलीले ७६ र शुभमन गिलले २६ रन बनाए । अरू कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ दक्षिण अफ्रिकाका नान्दे बर्गेरले ४, मार्को जनसेनले ३ र कागिसो रबाडाले २ विकेट लिए । दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा ४ सय ८…
एजेन्सी, १३ पुस । कतारको दोहामा पक्राउ परेका आफ्ना आठ जना नागरिकलाई त्यहाँको अदालतले सुनाएको मृत्युदण्डको सजाय घटाएको भारतले दाबी गरेको छ । जासुसी गरेको आरोपमा गएको अगस्टमा आठ जना भारतीय पक्राउ परेका थिए । उनीहरू सबै भारतका पूर्वनौसैनिक अधिकारी हुन् । भारतको विदेश मन्त्रालयले उनीहरूलाई सुनाइएको मृत्युदण्डको सजाय घटाएको जनाए पनि थप विवरण र अवस्था उल्लेख नगरेको बीबीसीले जनाएको छ । पक्राउ पर्नेहरूलाई इजरायलका लागि जासुसी गरेको आरोपमा कतारको अदालतले गएको अक्टोबरमा मृत्युदण्डको सजाय सुनाएको थियो । लगत्तै भारतले आफू स्तब्ध भएको प्रतिक्रिया जनाएको थियो । कतारले यो विषयमा कुनै टिप्पणी गरेको छैन र आरोपहरू सार्वजनिक भएको छैन ।…