
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २४ पुस । झापाको भद्रपुर नगरपालिका, वडा नं ९ मा तीनमहिने आधारभूत विद्युत जडान तालिम सुरु भएको छ । बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने र वडामा विद्युत प्राविधिकको आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यले ९ नं वडा कार्यालय र व्यावसायिक तथा सीप विकास तालिम केन्द्रको संयुक्त आयोजनामा सोमबारदेखि तालिम सुरु गरिएको हो । वडा नं ९ पुहाँतुबारीस्थित श्रीकृष्ण प्रणामी मन्दिर दुहागढी चन्द्रगढीको सभाहलमा वडाध्यक्ष रामप्रसाद दाहालको अध्यक्षतामा आायेजित समारोहकाबीच प्रमुख अतिथि व्यावासयिक तथा सीप विकास तालिम केन्द्र भद्रपुरका प्रमुख विनोदप्रसाद न्यौपानेले तालिमको उद्घाटन गर्दै तालिमको आवश्यकता र औचित्यका बारे प्रकाश पारेका थिए । श्रीकृष्ण प्रणामी युवा परिषदको सहकार्यमा सुरु भएको तालिमको उद्घाटनका…
बिर्तामोड, २४ पुस । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बक्ताहरुले संविधान प्रदत्त एवं पार्टी विधानमा उल्लेखित अधिकार प्राप्त गर्न महिला एकजुट हुनुपर्नेमा जोड दिएका छन् । नेपाल महिला संघ झापाको आयोजनामा सम्पन्न अन्तरक्रियात्मक कार्यक्रमका सहभागी बक्ताहरुले पार्टीभित्र देखिएको गुट–उपगुटको विभाजनले अन्ततः महिला सहभागिता एवं महिलाकै राजनीतिक संरक्षणमा असर पर्ने बताउँदै पार्टीभित्रको टिमवर्कलाई संगठन बलियो बनाउन प्रयोग गर्नुपर्नेमा जोड दिएका हुन् । मुख्यगरी महिलालक्षित प्रशिक्षण र सिपमूलक तालिमहरु सञ्चालन गरेर आत्मनिर्भर बनाउँदै राजनीतिक संगठनहरुभित्रको सहभागितालाई बढाउनुपर्नेमा समेत सहभागीहरुले जोड दिएका हुन् । नेपाल महिला संघ झापाका कार्यबाहक अध्यक्ष शर्मिला अधिकारीको अध्यक्षतामा नेपाली कांग्रेस झापाको कार्यालयमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्यद्वय…
दुर्गापुर, २४ पुस । मंगलबारको कठ्याङ्ग्रीदो चिसोमा थरथर काँप्दै विद्यालय गएका झापाका कनकाई–१ का बालबालिका विद्यालय पुगेपछि दङ्ग परे । त्यहाँस्थित पशुपति आधारभूत विद्यालयमा अध्ययनरत् बालबालिकाले चिसो छल्ने न्यानो कपडा पाएपछि दङ्ग देखिएका हुन् । बालबालिकालाई चिसो छल्ने र हर्षित तुल्याउने काम भने रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरले गरेको हो । समुदायमा परोपकारी कार्य गर्दै आएको प्रतिष्ठानबाट न्यानो कपडाको रुपमा स्वेटर तथा जुत्ता मोजा पाएर गद्गद् बालबालिका विद्यालय विदापछि फुरुङ्ग गर्दै घर फर्किए । बालबालिकाका लागि न्यानो कपडा बुझ्न आएका तिनका अभिभावक पनि हर्षित देखिन्थे । मजदुरी गरी जीविकोपार्जन गर्दै आएका विपन्न परिवारका ५० बालबालिकाले प्रतिष्ठानबाट सहयोग पाएका…
सबै उमेर समूहका मानिसका लागि पोषणयुक्त मानिन्छ च्यवनप्राश । मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन च्यवनप्राशले मद्दत गर्ने आयुर्वेदले बताउँछ । अहिले बजारमा बहुराष्ट्रिय कम्पनी डाबर, पतञ्जलि, मुल्तानी, जाभा लगायत कम्पनीहरूले च्यवनप्राश उत्पादन र बिक्री वितरण गर्दै आएका छन् । ती कम्पनीमध्ये विभिन्न जडीबुटी, घिउ, तिलको तेल र मह मिश्रण गरेर बनाइने डाबर च्यवनप्राश यसमा अग्रणी मानिन्छ । संस्कृतबाट आएको च्यवनप्राश शब्द आयुर्वेद र नवीन विज्ञानको प्राचीन भारतीय ज्ञानसँग बनाइएको एक सूत्र हो । च्यवनप्राश एक पौष्टिक जाम हो, जसले हाम्रो स्वास्थ्यलाई स्वस्थ र तन्दुरुस्त बनाउन भूमिका खेल्छ । घिउ, तिलको तेल र महले जडिबुटीलाई कोषिकाको गहिराइमा लैजानु उत्पे्ररक एजेन्टको…
म्युनिख, २४ पुस । विश्वकै महान् खेलाडीहरू मध्ये एक मानिने जमर्नीका लिजेन्ड फ्रान्ज बेकेनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ । खेलाडी र प्रशिक्षकका रूपमा विश्वकप जित्ने सीमित खेलाडीहरू मध्ये उनी एक हुन् । उनले सन् १९७४ मा पश्चिम जर्मनीको कप्तानी गर्दै विश्वकप जितेका थिए । त्यसपछि सन् १९९० मा प्रशिक्षकका रूपमा उनले पुनः विश्वकपको ट्रफी उचाले । उनीबाहेक यो उपलब्धि फ्रान्सका डिडिएर डेस्च्याम्प्स र ब्राजिलका मारियो जागालोले मात्र हासिल गर्न सफल भएका छन् । जागालोको गत हप्ता ९२ वर्षको उमेरमा निधन भएको थियो । डिफेन्डर र मिडफिल्डरका रूपमा मैदानमा उत्रने बेकेनबाउरले जर्मन महारथी बायर्न म्युनिखका लागि ५८२ खेल खेल्दै…
पाँचथर,२४ पुस । पाँचथरको फालेलुङ गाउँपालिका–५ का छ वर्ष वैदेशिक रोजगारीमा गएर फर्केका परिश्रमी युवा हुनुहुन्छ, पदमबहादुर खपाङ्गी । सधैँ विदेशी भूमिमा पसिना बगाएर मात्रै भविष्य सुनिश्चित हुने नदेखेपछि उनी आफ्नै गाउँघरमा केही व्यवसाय गर्ने सोच लिएर घर फर्किएको थियो । त्यतिबेला फालेलुङ भएर नेपाल र सिक्किमसँगको सिमानामा पर्ने तीन सिमाना भञ्ज्याङ जाने पर्यटकीय मार्ग पनि कालोपत्र हुँदै गरेको थियो । तीन सिमानामा हरेक वर्ष चौरी महोत्सव गाउँपालिकाले आयोजना गर्ने गरेको थियो । महोत्सव हेर्न छिमेकी जिल्ला र सिक्किमबाट समेत पर्यटक आउने गर्दथे । महोत्सवको प्रचारसँगै बर्सेनि पर्यटकको सङ्ख्या पनि बढिरहेको थियो । यस भञ्ज्याङबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा…
बनियानी, २४ पुस । झापाको दक्षिणी गाउँपालिका कचनकवलमा हात्तीले क्षति पुर्याएको छ । हिजो राति कचनकवल–३ दल्की स्थितमा जंगलबाट आएको २–३ ओटा जंगली हात्तीको समूहले सोही स्थानका बिसु गुरुङको घर भत्काइ क्षति पुर्याएको हो । प्रहरी चौकी पथरियाबाट खटिएको टोली घटनाबारे स्थलगत अध्ययन गरेको छ । हात्तीले गुरुङको टिनको छाना तथा टिनकै घेरा बेरा भएको घर फोडी घरभित्र रहेको धान २८ मन (४२ हजार), तोरी २ मन (१२ हजार) र घर पुर्ण रुपमा क्षति (१ लाख ५० हजार) गरी करिब २ लाख ४ हजार .बराबरको क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जंगलबाट आएको हात्तीको समूह पुनः जंगलतर्फ…
झापा, २४ पुस । यस वर्ष ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन धान फलेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षको तुलनामा चालु आवमा चार दशमलव ३३ प्रतिशतले धान उत्पादन बढेको जनाएको हो । चालु आवको धान उत्पादन पछिल्लो चार वर्षको औसत उत्पादनको तुलनामा पाँच दशमलव ०८ प्रतिशतले बढेको जनाइएको छ । धान उत्पादन बढे पनि धान खेती भएको जमिन भने घटेको देखिएको छ । कूल धानबाली लगाइएको क्षेत्रफल गत आवको तुलनामा शून्य दशमलव ६१ अर्थात् ८ हजार ८ सय हेक्टरले कमी आई १४ लाख ३८ हजार नौ…
झापा, २४ पुस । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति नियुक्ति प्रक्रियामा विवाद आएपछि त्रिवि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले सुधारेर सूचना प्रकाशन गरेको छ। उपकुलपति छनोट तथा सिफारिस समितिले आइतबार पुनः प्रकाशित सूचनाले त्रिविको उपकुलपति बन्न योग्य सबै उम्मेदवारलाई खुला गरे पनि छनोट गर्ने समितिका सदस्यहरूमाथि भने अझै पनि प्रश्न उठेको छ। यसअघि शुक्रबार उक्त समितिले प्रकाशित गरेको सूचना केही व्यक्तिको स्वार्थपूर्ति गर्नेगरी आएको भन्दै चौतर्फी विरोध भएको थियो। विश्वविद्यालयका पदाधिकारीमध्ये कुनै एक पदमा तीन वर्ष काम गरेको अनुभव अनिवार्य गरिएपछि छनोट समितिमाथि शंका उत्पन्न भएको शिक्षाविद् विद्यानाथ कोइरालाको ठहर छ। उनले मुलुककै ठुलो र विश्वमै ख्याति…
झापा, २४ पुस । सरकारले संस्थागत अर्थात् वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत नेपाली श्रमिकलाई युरोप पठाउनका लागि कानुनी बाटो खुला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि–२०८०’ ल्याएसँगै संस्थागत मागपत्र प्रमाणीकरण प्रक्रियाको बाटो खुलेको हो । व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर युरोप जाने प्रवृत्ति बढिरहेका बेला श्रम मन्त्रालयले कार्यविधि बनाएर कार्यान्वयनमा ल्याएको छ । कार्यविधिमा मागपत्र जाँचबुझ गरी प्रमाणीकरण गर्नका लागि श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय मागपत्र प्रमाणीकरण समिति रहने उल्लेख छ । समितिमा संयोजकसहित परराष्ट्र मन्त्रालयका उपसचिव, वैदेशिक रोजगार विभागका उपसचिव, कानुन तथा फैसला कार्यान्वयन शाखाका…