
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
दमक, २२ मंसिर । झापाको कमल गाँउपालिकामा रहेको प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरमा सेवा विस्तार गरेपछि विरामीहरुको आकर्षण बढ्दै गएको छ । औपचारिक रुपमा १४ महिना अघि नै सञ्चालनमा आएको आयुर्वेद अस्पतालमा डा सिद्धार्थ ठाकुर निमित्त निर्देशकको रुपमा आएपछि सेवा विस्तार भएको हो । ठाकुरका अनुसार अहिले अस्पतालमा ओपडि सहितका केही सेवाहरुलाई शुचारु गरेर आएका विरामीहरुलाई सेवा प्रदान गरिदै आएको छ । सकेसम्म निशुल्क रुपमा औषधि समेत उपलब्ध गराइदै आएकोछ । ५० शैयाको क्षमताको प्रोदेशिक आर्युवेद अस्पतालमा करार सहित १९ जनामात्र स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत रहेकाछन् । कम्तिमा पनि ५० जना जनशक्ति हुने हो भने इमरजेन्सि लगायतका सेवा शुचारु गर्न सकिन्छ,…
भद्रपुर, २२ मंसिर । नेपाली सेनाको संगठनात्मक भूमिकाको बारेमा आम नागरिकलाई सही सूचना सम्प्रेषण गर्न प्रशिक्षित पत्रकार उत्पादन कार्य अन्र्तगत कोशी प्रदेशका पत्रकारलाई पूर्वी पृतनामा ४ दिने प्रशिक्षण प्रदान गरिएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजना तथा पूर्वी पृतना इटहरीको समन्वयमा कोशी प्रदेशका १४ जिल्लाका २० जना पत्रकारलाई रक्षा अभिमुखीकरण गरिएको हो । मंसिर १७ गतेदेखि २० गतेसम्म चलेको अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको स्थापना कालदेखिका संगठन संरचना, गतिविधि, जिम्मेवारी र भूमिकाका बारेमा शैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो । कार्यक्रममा सेनाको जनसम्पर्क तथा सूचना निर्देशक सहायक रथी कृष्णप्रसाद भण्डारीले राष्ट्र, राष्ट्रियता, स्वाभीमान र शान्तिका लागि स्थापनाकालदेखि…
भद्रपुर, २२ मंसिर । बबिन बोहोराको ४ गोल मद्दतमा बुद्धशान्ति गाउँपालिका ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा बुद्धशान्तिले झापा गाउँपालिकामाथि शानदार जित दर्ता गरेको हो । खेलको अधिकांश समय बुद्धशान्तिले झापालाई दबाबमा राखेको थियो । झापालाई ५–१ गोल अन्तरले हराउँदा जारी प्रतियोगितामा बुद्धशान्तिका बोहोराको व्यक्तिगत १२ गोल भएको छ । उनले तीन खेलमा चारचार गोल गरेका थिए । खेलको २९ औँ, ४३ औँ, ६४ औँ र ७५ औँ मिनेटमा बबिनले बुद्धशान्तिका लागि गोल गरेका थिए । बुद्धशान्तिले एक गोल उपहारस्वरुप पाएको थियो ।झापाका…
शिवसताक्षी, २२ मंसिर । झापाको शिवसताक्षी नगरपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको आज समापन गरिएको छ । शिवसताक्षी नगरपालिकाले ३२ औं अन्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्ध कार्यक्रम अन्तर्गत झापाको जनता बजारमा एक कार्यक्रम गर्दै १६ दिने अभियानको समापन गरिएको हो । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले नगर गरेको कार्यक्रमहरुले समाजमा कति प्रभाव पार्दै छ । त्यसको पनि मुल्यांकन गर्नु पर्ने बताइन् । लैङ्गिक हिंसामा पुरुषले महिलालाई, महिलालाले पुरुषलाई, बालबालिका लागि गरी सबै प्रकारका हिंसाहरुलाई निरुत्साहित गर्र्दै लैंङिक हिंसा मुक्त समाज बनाउन सबै जुट्नु पर्ने उनको भनाइ थियो । कार्यक्रममा वडा नं. ४ वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक,…
विराटनगर, २२ मंसिर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेस्थित जङ्गली हात्तीको आक्रमणबाट भएको घर र बालीको आज निरीक्षण गरेका छन् । गएराति स्थानीय विन निरौला र तीर्थ दाहालको घरमा हात्तीले क्षति पुर्याएको थियो । झापा, मोरङ र सुनसरी विभित्र स्थानमा यतिबेला जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । विगत १५ दिनयता मात्रै हात्तीको आक्रमणबाट झापामा दुई, सुनसरी र मोरङमा एकरएकजना गरी चारजना सर्वसाधरणको मृत्यु भइसकेको छ । बेलबारी १० भाउत्रेस्थित १० बिगाहाभन्दा बढी क्षेत्रमा लगाइएको मकै, केरालगायत बालीलाई हात्तीले क्षति पुर्याएपछि मुख्यमन्त्री कार्कीले सो क्षेत्रको निरीक्षण एवं अनुगमन गरेका हुन् । हात्तीको आक्रमणबाट किसानलाई ठूलो क्षति…
झापा, २२ मंसिर । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले यहाँ आगलागीका घटना बढ्न थालेका छन् । परालमा जानजान र दुर्घटनाबस आगो सल्किएका कारण मङ्सिरमा १५ आगलागीका घटना भएको प्रहरीले जनाएको छ । मेचीनगरको वडा नं ८ मा धान झारेपछि बाँकी रहेको परालको घुस्यान जलाउँदा आगो अनियन्त्रित भएर कुञ्जनमणि धमलाको घरमा क्षति पुग्यो । दिउँसै लागेको उक्त आगो मेचीनगर र दमक नगरपालिकाका दुई दमकलले निभाएको थियो । “बेलैमा नगरपालिकाको दमकल नआएको भए अरु धेरै क्षति हुन्थ्यो”, सोही वडाको प्रगतिशील टोल विकास संस्थाका सचिव सुरेश भट्टराईले भने, “हेर्दाहेर्दै कुञ्जनमणि धमलाको गोठ जलेर खरानी भयो, गोठमा भण्डारण गरेको डेढ बिघाको पराल र…
भद्रपुर, २२ मंसिर । झापाको दमकमा हात्तीले घर भत्काएको छ । हिजो राति दमक–३ हम्से दुम्से सामुदायिक वन नजिक बस्ने राजकुमार खड्काको टिनको छानो टाटिको बेरा भएको एक तले घर २ वटा जंगली हात्तीले भत्काएको हो । हात्तीले एक बोरा चोकर खाएर घर समेत भत्कादिँदा करिब ४० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानियबासी र प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले हात्तीलाई जंगलतर्फ नै लखेटेको छ ।
कनकाई, २२ मंसिर । रोटरी क्लब अफ सुरुङ्गाको आयोजनामा अग्रज सञ्चारकर्मी एवम् चिन्तक टीकाराम यात्रीको टक शो सम्पन्न भएको छ । क्लबका अध्यक्ष शिवकुमार कँडेलको अध्यक्षतामा कनकाई नगरपालिकाको सभाहलमा भएको वर्तमान समयमा सञ्चार एवम् सामाजिक भूमिकामा जीवनशैली, अध्यात्म र हाम्रो चिन्तन विषयक कार्यक्रममा सामाजिक कार्यकर्ता भक्तिप्रसाद सिटौलाले सहजीकरण गरेका थिए । कार्यक्रममा प्रमुख वक्ता यात्रीले सिटौलाका एक दर्जनभन्दा बढी प्रश्नका अत्यन्तै सटिक र विस्तृत रूपमा जवाफ दिएका थिए । यात्रीले बन्दमुक्त सुरुङ्गाको प्रशंसा गर्दै यसको निरन्तरताको शुभकामनादिएका थिए । एक प्रसङ्गमा यात्रीले विज्ञान र अध्यात्मबीचमा तात्विक फरक नरहेको र सूचना, ज्ञान र प्रज्ञा जीवनदृष्टिका आधार भएको बताए । उनले सञ्चार…
झापा, २२ मंसिर । झापा बिर्तामोडको हर्कलाल मार्ग ठेक्का लागेको लामो समय बिते पनि निर्माण सम्पन्न नभएको भन्दै स्थानीयले सडक बन्द गरेर विरोध जनाएका छन् । भौतिक पूर्वाधार कार्यालय चन्द्रगढीले ढिलासुस्ती गर्ने कम्पनीलाई कारवाहीको सट्टा संरक्षण गर्दा सडक निर्माण कार्यमा ढिलाई भएको भन्दै स्थानीयले हर्कलाल मार्गको आवागमन ठप्प पारेका हुन् । बिहीबार बिहान त्यस क्षेत्रका स्थानीयले बिर्तावजारबाट पूर्व हुँदै हर्कलाल मार्ग जोड्ने चौवाटो र भद्रपुर रोडको प्रकाश पेट्रोल पम्प नजिकै सडकको दुवै तर्फ बास तेर्साएर आवागमन ठप्प पारेका हुन् । सडक निर्माणको जिम्मा लिएको कम्पनीका सञ्चालकलाई कारवाही गर्नुको सट्टा पटक–पटक म्याद थप गरेर भौतिक पूर्वाधार कार्यालय चन्द्रगढीले निर्माण कम्पनीको पक्षपोषण…
चितवन, २२ मंसिर । मिटरब्याजीले लिएको सात कठ्ठा १३ दशमलव पाँच धुर जग्गा छलफलबाट पीडितलाई फिर्ता गरिएको छ । भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर –२ निवासी पीडकले फिर्ता गर्ने सहमति गरेका हुन् । जिल्ला प्रशासन कार्यालयमा अनुचित लेदनेद ९मिटरब्याजी० विरुद्ध परेका उजुरीमध्ये उनीहरूले जग्गा फिर्ता गर्ने र कानुनबमोजिम ब्याजसहित रकम फिर्ता गर्ने सहमति भएको हो । कार्यालयका नायबसुब्बा विश्वास श्रेष्ठका अनुसार निवेदकले २०७२ सालमा रु एक करोड ५० लाख र चार स्थानका पाँचवटा कित्ताको जग्गा लेनदेन गरेका थिए । उनका अनुसार पहिलो तीन महिनामा पीडितले रु एक करोड २० लाख रकम फिर्ता गर्ने र पीडकले छ कठ्ठा १३ दशमलव…