झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, १२ पुस । संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिले प्याब्सन एनप्याब्सनको नाममा शुक्रवार ४ वजेसम्म संस्थागत विद्यालय सञ्चालन गर्ने निर्णको प्रतिवाद गर्ने भएको छ । नगर अध्यक्ष विदुर ढुंगाना तथा सचिव रमेश भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार राज्यको नियम विपरित शुक्रवार १ वजेपछि संस्थागत विद्यालय विदा नगरिए बहिस्कार गरेर विद्यालय छोड्ने निर्णय गरिएको हो । राज्यको नीति नियमभन्दा शक्तिशाली निकाय बन्न खोज्दै प्याब्सन एनप्याब्सनको आडमा आगामी दिनमा यस्ता गतिविधि संस्थागत विद्यालयहरूले बढाउँदै लगे कानुनी उपचारमा जाने समेत निर्णय भएको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ — विभिन्न बाहना बनाएर संस्थागत विद्यालयहरूले संगठित रूपमा सार्वजनिक विदा अतिक्रमण गर्ने,…

Read More

सन्तोष शर्माझापा, १२ मंसिर । झापामा तोरी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । सरकारी प्रोत्साहनसँगै मूल्य पनि राम्रो पाउन थालेपछि यहाँका किसान तोरी खेतीतर्फ आकिर्षत भएका हुन् । तोरी खेतीलाई प्रबद्र्धन एवम् प्रोत्साहन गर्न स्थानीय तहहरुल अनुदान दिइरहेका छन् भने संघीय सरकारबाट समेत सशर्त अनुदान आएको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले जानकारी दिनुभयो । संघीय सरकारबाट तोरी खेती प्रबद्र्धनका लागि झापाको बुद्धशान्ति गाउँपालिकामा रू २० लाख र मेचीनगर नगरपालिकामा रू ३० लाख आएको उहाँले बताउनुभयो । “स्थानीय तहहरुले समेत आआफ्नो क्षमताअनुसार किसानलाई प्रोत्साहित गरिरहेका छन्”, उहाँले भन्नुभयो, “जसले गर्दा जिल्लामा तेहलन बालीतर्फ किसान आकर्षित भइरहेका छन्…

Read More

भद्रपुर, १२ पुस । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरले वीरेन्द्र मावि चन्द्रगढीका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । प्रतिष्ठानले आज यहाँका कक्षा–१ देखि ८ सम्मका ५० जना विद्यार्थीलाई स्वीटर, मोजा र जुत्ता वितरण गरेको हो । जाडोको मौसममा न्यानो कपडा पाएपछि विद्यार्थीहरु खुसी भएका छन् । कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, विशेष अतिथि उपप्रमुख राधा कार्की, वडा नं. ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, ओली वंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष उमेशचन्द्र ओली, जिल्ला अध्यक्ष भवानी ओली लगायतका अतिथि विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक खिलराज कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक गिरीधर…

Read More

मोरङ, १२ पुस । मोरङको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधीसहित बुधबार ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका–१६ दरैया स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको को १९ प ८६० नम्बरको मोटसाइकल चेकजाँच गर्ने क्रममा चालक दुहबी–९ का ३० वर्षीय मो सहबाज र पछाडी सवार २७ बर्षीय मो जावेद आलमको साथबाट १ ग्राम ९ मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका–१० स्थितबाट प्रतिबन्धित औषधी स्पासपेन, ट्रमाडोल र डाइक्लोमाइन गरी ३६ चक्कीसहित स्थानीय ३६ वर्षीय नारायण राईलाई पक्राउ गरेको हो…

Read More

झापा, १२ पुस । झापा, मोरङ, उदयपुर र पाँचथर जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट बुधवार विभिन्न मुद्दाका ५ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग मुद्दामा झापा जिल्ला अदालतले २०८० असार ६ गतेको फैसलाले ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएका दमक–३ का २९ वर्षीय शम्भु लिम्बुलाई खोजतलास गर्ने क्रममा गाउँघरबाटै पक्राउ गरेको हो । त्यसैगरी, घरमा आगो लगाएको मुद्दामा मोरङ जिल्ला अदालत बिराटनगरको २०७९।०९।२८ गतेको फैसला आदेशले ६ महिना कैद भई फरार रहेका लेटाङ–३ का ३० वर्षीय सुमन राईलाई इलाका प्रहरी कार्यालय लेटाङबाट…

Read More

विराटनगर, १२ पुस । मोरङको विराटनगर महानगरपालिका–६ केशलियाबाट स्रोत नखुलेको नेपाली नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ साढे ५ बजे केशलिया मार्गमा को ७ प ५२२१ नम्बरको मोटरसाइकल चालक देवानगञ्ज गाउँपालिका–५ सुनसरीका ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको नेपाली नगद १९ लाख ९० हजार रुपैयाँ फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Read More

दमक, १२ पुस । दमक नगरपालिकाले दमक–१ का एक सय सात वर्षीय धनञ्जय घिमिरेलाई नगर पिता घोषणा गर्दै सय वर्षमाथिका छ जनालाई ज्येष्ठ नागरिक सम्मान गरेको छ । तेस्रो ज्येष्ठ नागरिक दिवसका अवसर पारेर नगरपालिकाले दमक–८ का एक सय छ वर्षीय कुबेरबहादुर श्रेष्ठ, दमक–३ की एक सय छ वर्षीया नरमाया सोराली, दमक–१० की एक सय पाँच वर्षीया नर्वदा खनाल, दमक–७ की एक सय पाँच वर्षीया मीनादेवी कार्की र दमक–१ की १०१ वर्षीया चन्द्रमाया लावतीलाई सम्मान गरेको हो । नगरपालिकामा उपलब्ध तथ्याङ्कका आधारमा दमककै ज्येष्ठ नागरिक वर्षीय घिमिरेलाई नगर पिता घोषणासहित अन्य ज्येष्ठ नागरिकलाई सामूहिकरुपमा सम्मान गरिएको नगर प्रमुख रामकुमार थापाले…

Read More

झापा, १२ पुस । लामो समय निराशामा रहेका लगानीकर्ता पछिल्लो समय उत्साहित बन्न थालेका छन् । सरकारले गरेको नीतिगत अनुकूलताले लगानीकर्ताको मनोबल पनि बढ्न थालेको छ । सेयर बजारमा उछाल आउन थालेको छ भने बजारमा दैनिक औसत पाँच अर्ब रुपियाँभन्दा माथिको कारोबार हुन थालेको छ । यस साताको दुई दिनको कारोबारमा नेप्सेमा गिरावट देखिए तापनि कारोबार उच्च हुनुले सेयरको भविष्य राम्रो भन्ने अर्थमा ठुलो लगानी यस क्षेत्रमा छिर्न थालेको देखिन्छ । देशको अर्थतन्त्र र आर्थिक क्षेत्रका सूचकहरू बजार प्रभावित हुने मुख्य आधार भए पनि सबैभन्दा महत्वपूर्ण कुरा भनेको लगानीकर्ताको मनोबल नै हो । सेयर लगानीकर्ता सङ्घका उपाध्यक्ष ताराप्रसाद फुलेलका अनुसार पछिल्लो समय लगानीकर्ताको बजारप्रतिको विश्वास…

Read More

झापा, १२ पुस । भूमिसुधार कार्यालयले रोक्का राखेको जग्गा फुकुवाका लागि निर्देशन माग गर्दै पूर्वराजपरिवारका सदस्यहरूले संसदीय समितिमा उजुरी दिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहका भाइ धीरेन्द्रका तीन छोरीले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका हुन् । पुस ८ गते दर्ता उजुरी छलफलमा भने लगिएको छैन । भूमिसुधार राज्य व्यवस्थाको क्षेत्राधिकार भने होइन । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसुधारको क्षेत्र तोकिएको छ । धीरेन्द्रका श्रीमती प्रेक्षा राज्यलक्ष्मी शाहको नाममा रहेको हदबन्दीभन्दा बढी राखेको भन्दै भूमिसुधार कार्यालय काठमाडौँले रोक्का गरेको छ । छोरीहरूले यसबारे छलफल र निर्देशनको माग गर्दै संसदीय समितिमा उजुरी गरेका हुन् । उक्त…

Read More