
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड,पुस ८ । कतारको अदालतले मृत्यु दण्ड सुनाएका झापाको कनकाई नगरपालिका– ४ का सुवास राउतलाई ‘सुवास राउत स्वदेश फर्काऔँ अभियानले नेपाल ल्याउन सफल भएको छ । आफ्नै सहकर्मीको हत्या अभियोगमा त्यहाँको अदालतले तीन वर्ष कैदसहित मृत्यु दण्ड वा ९० लाख रुपैयाँ ब्लड मनी दिनुपर्ने फैसला सुनाएको थियो । राउतलाई अभियानकर्मीहरूको पहलमा नेपाल ल्याउन सफल भएको अभियानका संयोजक तथा वडा नम्बर ४ का पूर्व वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले बताए । यस्तै, उनले अभियानलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए । अभियानले आज (आइतबार) पत्रकार सम्मेलनको आयोजना गर्दै उनलाई स्वदेश फर्काउन लागेको बताएको छ । विभिन्न संघ संस्था तथा व्यक्तिहरूमार्फत अभियानलाई २० लाख २४…
मोरङ, ८ पुस । कोशी प्रदेशको दुई जिल्लामा एक जना पुरुष र एक महिला मृत फेला परेका छन् । मोरङको विराटनगर महानगरपालिका–५ कोचाखाल चोक डेरा गरी बस्ने भोजपुर नगरपालिका–७ पोखरे लाइन घर भएका ७० वर्षीय सम्बर बहादुर श्रेष्ठ आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । यता धनकुटाको धनकुटा नगरपालिका–९ बेलहारा बेसी बस्ने ७४ वर्षीय ईन्द्र कुमारी राई सोही ठाउँस्थित तमोर नदी किनारामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । दुवै घटनामा आवश्यक अनुसन्धान प्रक्रिया सुरु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
टेक्सास, ८ पुस । अमेरिकी कन्ट्री साङ्गीतिक ब्यान्ड ‘डिक्सी चिक्स’ की संस्थापक सदस्य लाउरा लिन्चको कार दुर्घटनामा निधन भएको छ । उनी ६५ वर्षकी थिइन् । द टेक्सास डिपार्टमेन्ट अफ पब्लिक सेफ्टीका अनुसार शुक्रबार एल पासोमा दुई सवारीबिच भएको दुर्घटनामा उनको मृत्यु भएको हो । समाचारबारे प्रतिक्रिया जनाउँदै हालको ब्यान्डका सदस्यहरूले आफूहरू स्तब्ध र मर्माहत भएको बताएका छन् । टेक्सासको डालासमा सन् १९८९ मा डिक्सी चिक्सको स्थापना भएको थियो । यसमा लिन्च (बेसिस्ट र गायक), रोबिन लिन मेसी (गायक र गिटारिस्ट) र मार्टी र एमिली अर्विन दिदीबहिनी रहेका थिए । उनीहरूले कन्ट्री र ब्लूग्रास सङ्गीतहरू प्रस्तुत गर्ने गर्थे । सन्…
जेनेभा, ८ पुस । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले डेंगीको खतरालाई लिएर चेतावनी जारी गरेको छ । लामखुट्टेबाट सर्ने यो रोगबाट यस वर्ष ५० लाखभन्दा बढी संक्रमित भएको र ५० हजारभन्दा बढीको ज्यान गएको सङ्गठनले जनाएको छ । जलवायु परिवर्तन पनि आंशिक रूपमा यो महामारी फैलिनुमा दोषी देखिएको छ । उच्च वर्षा, आर्द्रता र तापमान वृद्धिले लामखुट्टे फस्टाएको र सङ्क्रमण बढेको बताइएको छ । डब्ल्युएचओले चार अर्ब मानिस डेंगीको जोखिममा भएको र संक्रमितमध्ये पनि धेरैजसो लक्षणविहीन हुने र सामान्यतया एकदेखि दुई हप्ताभित्र निको हुने गरेको बताएको छ । डेंगीको कुनै खास उपचार नभएकोले, प्रारम्भिक पहिचान र चिकित्सकको निगरानीले सुधार ल्याउन…
वीरगञ्ज, ८ पुस । वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा दुई सय ६० जनाको उद्धार भएको छ । माइती नेपालले दुई सय ५७ महिला र तीन जना बालकलाई उद्धार गरेको हो । उक्त अवधिमा उद्धार गरिएकामध्ये धेरैजसो मधेस प्रदेशको पर्सा, सर्लाही, धनुषा, महोत्तरी र कोशी प्रदेशको झापा जिल्लाका छन् । संस्थाको संरक्षणमा रहेकामध्ये ३८ मधेस प्रदेशका, ५८ बागमती प्रदेश, ३३ कोशी प्रदेश, १३ लुम्बिनी, ३८ गण्डकी र सात जना सुदूरपश्चिम प्रदेशका छन् । वीरगञ्जस्थित सीमानाकामा माइती नेपाल, आशिष समाजिक नेपाल, आफन्त नेपाल, साना हात नेपाल र नेपाल प्रहरीलगायत मानव बेचबिखनविरुद्ध निगरानीमा सक्रिय छन् । वीरगञ्ज नाकामा निगरानी बढाए पनि पर्साको भिश्वा,…
काठमाण्डौ, ८ पुस । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा आज पनि चार वटा खेल हुँदैछन् । आज कीर्तिपुरमा अहिले साढे ९ बजे मधेस र कोशी प्रदेश तथा मूलपानीमा लुम्बिनी र एपीएफ खेल्दैछन् । त्यस्तै, दिउँसो सवा एक बजे कीर्तिपुरमा कर्णाली र सुदूरपश्चिम तथा मूलपानीमा बाग्मती र गण्डकी प्रदेशबीच खेल हुनेछ । प्रतियोगितामा ७ वटा प्रदेश र नेपाल एपीएफ क्लब सहभागी छन् । पहिलो पटक प्रतियोगिता राउन्ड रोबिनको आधारमा चलिरहेको छ । सबै टोलीले एक अर्कासँग खेल्नेछन् । लगातार दुई खेल जितेको एपीएफ शीर्ष र कोशी प्रदेश दोस्रो स्थानमा छ । उनीहरुको समान ४ अङ्क छ । त्यस्तै, एकरएक खेल जितेका…
झापा, ८ पुस । झापा दमकमा रहेको भुटानी शरणार्थी शिविरमा आज बिहान आगलागी भएको छ । दमक–३ को बेलडाँगी भुटानी शरणार्थी शिविरमा बिहान तीन बजेतिर भएको आगलागीमा तीन वटा छाप्रा जलेका छन्। शरणार्थी शिविर सेक्टर–सी फोर बस्ने भीमबहादुर घिमिरेको बाँसको टाटी तथा टिनको छाना भएको घरमा आगो लागेको र सँगै रहेका अरु दुई वटा छाप्रा समेत जलेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । आगलागीबाट लत्ताकपडा, अन्नपात जलेर नष्ट भएको छ । दमक नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो । बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।
मिस अर्थ २०२३ को उपाधि अल्बायिनाकी द्रिता जिरीले जितेकी छन् । शुक्रबार बेलुका भियतनाममा सम्पन्न फिनालेमा उनले वातावरण सुन्दरीको ताज जितिन् । फिलिपिन्सकी एलना अदुआना फस्ट–रनरअप बन्दै मिस अर्थ एयर घोषित भइन् । भियतनामकी दोथि लाना सेकेण्ड रनरअप बन्दै मिस अर्थ वाटर बनिन् । थाइल्याण्डकी कोरा ब्लिअल्ट थर्ड रनरअप बन्दै मिस अर्थ फायर घोषित भइन् । विजेता घोषित भएसँगै जिरीले वातावरण संरक्षणको लागि जनचेतना फैलाउने कार्यको दूत भएर काम गर्नेछिन् । भियतनामको होचि मिन्ह सहरमा भएको फिनालेमा ८४ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।
काठमाण्डौ, ७ पुस । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी बुटवल लुम्बिनीले वीरगञ्ज युनाइटेड एफसीलाई हराएको छ । आज शनिवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा बुटवलले वीरगञ्जलाई १–० गोलले हरायो । खेलको इन्ज्युरी समयमा गोल गर्दै बुटवलले सान्त्वना जित निकाल्यो । बुटवलका चन्दन दासले गोल गरे । प्लेअफमा पुग्न वीरगञ्जलाई यो खेल जित्नैपर्ने थियो तर हारेर प्रतियोगिताबाट बाहिरियो । बुटवल पनि प्लेअफमा पुग्न सकेन । यो जितसँगै बुटवलले ८ खेलमा १० अङ्कसहित तालिकाको पाँचौँ स्थानमा रहेर प्रतयोगिता अन्त्य गरेको छ । वीरगञ्ज ८ खेलमा ८ अङ्कसहित सातौँ स्थानमा रह्यो । एनएसएलमा आजै बेलुका ५ बजे लिगको अन्तिम खेलमा ललितपुर सिटी…
झापा, ७ पुस । भारतको दार्जीलिङ, सिक्किममा हुने कार्यक्रममा नौमती बाजाको माग हुन थालेपछि झापाली महिलाको टोली पटकपटक पुग्न थालेका छन् । महिलाको बाजाको टोली ती स्थानमा पुगेर उत्कृष्ट बाजा बजाएबापत पुरस्कारसमेत प्राप्त गर्न थालेपछि उनीहरुको मनोबल बढेको छ । जिल्लामा नौमती घन्काउने महिलाको दुई दर्जनभन्दा बढी टोली तयार भइसकेका छन् । तीनमध्ये आर्ट स्टुडियो महिला नौमती बाजाको टोली भारतको सिक्किम, दार्जीलिङ र कोलाकता पुग्न थालेको हो । विवाह, व्रतबन्ध, गुन्यूचोली, पुराण, उद्घाटन र साधारणसभालगायत कार्यक्रममा एउटै पहिरनमा सजिएका महिला टोलीले नौमती बाजा घन्काउँदै गरेको रोचक दृश्य झापामा पछिल्लो समय बाक्लै देख्न पाइन्छ । विर्तामोड–२ की शान्तादेवी पौडेलको नेतृत्वमा झापामा…