
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १३ मंसिर । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारणसभा अन्तगरतको इकाइगत सभा आजदेखि शुरु हुने भएको छ । कोशी प्रदेशको तीन जिल्लामा ३१ वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गर्दै आएको संस्थाको मंसिर १३ गतेदेखि २० गतेसम्म इकाइगत साधारणसभा सम्पन्न हुने संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले जानकारी दिनुभयो । आज इकाइ नं. १ अन्तरगत बुधाबरे, धुलाबारी, चारआली, इटाभट्टा, काँकरभिट्टा र हर्कटे सेवा केन्द्रको पासाङहाल्मु जेसीज सभाहल धुलाबारीमा बिहान ११ बजेदेखि इकाइगत साधारणसभा शुरु हुने उहाँले जानकारी दिनुभउो । सात वटा इकाइगत साधारणसभा गरेर मंसिर २७ गते अन्तिम माइन्युट प्रमाणीकरण भेला गरी साधारणसभा सम्पन्न हुने जनाइएको छ ।…
झापा, १३ मंसिर । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०–८१ को त्रैमासिक अवधिमा रु दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको चार हजार तीन सय ३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ । झापा, इलाम, पाँचथर, धनकुटालगायत कोशी प्रदेशको जिल्लामा चियाको खेती हुँदै आएको छ । पछिल्लो समय नेपालको जैविक चियाको भारतलगायत युरोपको बजारमा माग बढिरहेको व्यवसायी बताउँछन् । पहाडी जिल्लामा धेरै उत्पादन हुने अलैँची, अदुवा र अम्रिसो पनि भारतीय बजारमा निर्यात हुँदै आएको छ । प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार आव २०८०–८१ को साउन, भदौ र असोज…
झापा, १३ मंसिर । २२ वर्षमा लागत इस्टिमेटभन्दा चारगुणा बढीमा सम्पन्न भएको मेलम्चीको खानेपानी आउन यस वर्ष पनि अन्योलका साथ समय लाग्ने भएको छ । दुई वर्षअघिको मेलम्ची बाढीले प्रमुख सुरुङमार्ग थुनिएपछि अस्थायी संरचना बनाएर सञ्चालनमा आएको आयोजनामा यस वर्षको बाढीले पुनः क्षति पु¥याएपछि अन्योलता बढेको हो । सुरुङमार्ग सारेपछि मात्र स्थायी समाधान निस्किने जिकिर गरिए पनि सोको निर्माण गर्न चार वर्ष लाग्ने भएपछि यसपालि पनि अस्थायी रूपमा पानी ल्याउने तयारी मेलम्ची खानेपानी आयोजनाको रहेको छ । बाढीले क्षति पु¥याएको मेलम्ची खानेपानीको मर्मत सक्न डेढ महिना लाग्ने भएपछि पानी आउन समय लाग्ने भएको हो । यद्यपि, खानेपानीमन्त्री महिन्द्र राय यादवले…
झापा, १३ मंसिर । नेपाल सेनाले निर्माण अघि बढाएको काठमाडौंलाई तराई र मधेससँग जोड्ने फास्ट ट्रयाकमा करिब २५ अर्ब रूपैयाँको ठेक्का हत्याउन दाउपेच भएको छ । सेनाले आह्वान गरेको बोलपत्रमा ‘कानुनी छिद्र’को फाइदा उठाउँदै निर्माण कम्पनीहरू सरकारी उच्च अधिकारीलाई प्रभावमा पारेर आफ्नो पक्षमा ठेक्का पार्न लविङ गरिरहेका छन् । सेनाले आह्वान गरेको फास्ट ट्रयाकको प्याकेज ८–ए र ९–बी को बोलपत्र मूल्यांकन प्रक्रियामा विवाद देखिएको छ । बोलपत्रमा नौवटा कम्पनीले प्रस्ताव दर्ता गरेका थिए । पहिलो चरणको मूल्यांकनमा एक्ससिज जिसी हनुमान् बानियाँ (जेभी), भिपिआरपिएल (बज्रगुरु कन्स्ट्रक्सन कम्पनी (जेभी) र जेसिई (गौरी पार्वती निर्माण सेवा (जेभी) प्राविधिक रूपमा छनोटमा परेका थिए ।…
झापा, १३ मंसिर । पैँतिस वर्षअघि स्थापना भएको त्रिभुवन विश्वविद्यालय ९त्रिवि० को जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग यतिखेर विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको छ । कुनैबेला वार्षिक तीन सय विद्यार्थीले अध्ययन गर्ने गरेको यो विभागमा अचेल विद्यार्थी पढ्न आउँदैनन् । बिहान सबेरै पढाउन गएका प्राध्यापकहरू कक्षाकोठामा विद्यार्थी नपाएपछि घर फर्किने गरेका छन् । एकाबिहानै विभाग आइपुगे पनि विद्यार्थी नआएपछि उक्त विभागका सहप्राध्यापक बालकृष्ण माबुहाङले दुई दिनअघि फेसबुकमै लेखे, “पढाउने पिरियडभरि विद्यार्थी पर्खी बसेँ, आएनन् । कसलाई, कसले दोषारोपण गर्ने वा विद्यार्थी खोज्न जाने !” विगतमा महिलाको प्रजननदर अधिक भयो, घटाउनु पर्छ भनेर बहस गरेकोदेखि जनसङ्ख्या समस्या समाधानका लागि ‘पड्किन तयार बम’ भन्ने उपमा पाएको…
झापा, १३ मंसिर । देशभरका कारागारमा विपश्यना ध्यान शिविर सञ्चालन गरिने भएको छ । गृह मन्त्रालयले एकमहिना भित्रै नक्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरु कारागारमा पनि सोही अनुरुपको शिविर आयोजना गर्ने भएको हो । सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नक्खु कारागारबाट शिविर सञ्चालन गर्ने निर्णय गरेको थियो । केन्द्रीय कारागारसहित देशभर ७४ वटा कारागार छन् । नेपाल विपश्यना केन्द्रका धर्मसेवक सुशील शाहका अनुसार केन्द्रकै व्यवस्थापनमा शिविर सञ्चालन हुनेछ । व्यवस्थापन अवस्थाअनुसार एकपटकमा ६०–७० जनाले ध्यान गर्नेछन् । पटकपटक शिविर सञ्चालन गरी सबैलाई विपश्यना ध्यान गराइने छ। यसअघि नक्खु भिमफेदी, परासी र विराटनगर कारागारमा पहिलो चरणको शिविर सम्पन्न भइसकेको छ।…
मेचीनगर, १३ कात्तिक । झापाको मेचीनगर नगरपालिका–५ स्थित किसन कामत टोलबाट प्रहरीले अवैध कपडा बरामद गरेको छ । मंगलबार बेलका जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर–१५ किसन कामत टोलबाट अवैध रुपमा भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको विभिन्न किसिमका कपडा बरामद गरेको हो । प्रहरीले बच्चाले लगाउने कपडा १०८ पिस, बच्चाले लगाउने टाउजर ३६ पिस, बच्चाले लगाउने मोजा ५३० जोर, केटाले लगाउने मोजा १२० जोर, तौलिया १० पिस गरी करिब १ लाख ६३ हजार ५०० रुपैयाँ बराबरको कपडा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय…
झापा, १२ मंसीर । झापाको गौरादह नगरपालिकाको कार्कीचोकमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गौरादह चोक भन्दा करिब ७०० मिटर दक्षिण कार्की चोकमा बेल्ला पानीको पिकअप र सिटी सफारी एक आपसमा ठोकिएर दुर्घटना भएको हो । उत्तः दुर्घटनामा सिटी चालक गौरादह–२ का अन्दाजी ५० वर्षीय रघुनाथ काफ्लेको मृत्यु भएको छ भने अन्य घाइते रहेको प्रहरीले जनाएको छ । सिटीमा सवार भएका २ जना मध्ये १ जनाको अवस्था सामान्य रहेको अन्य एक जनालाइ थप उपचारका लागि निम्स अस्पताल दमक लगिएको जनाइएको छ । घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
झापा, १२ मंसिर । गणतन्त्र विरोधी प्रदर्शनको अगुवाइ गरिरहेका दुर्गा प्रसाईंका स्वकीय सचिवसहित १५ जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । प्रहरीमाथि ढुंगामुढा गरेको पाइएपछि प्रसाईंका स्वकीय सचिव विनञ्जय थापासहित १५ जनालाई पक्राउ गरिएको प्रहरीको दाबी छ । पक्राउ पर्ने अन्यमा श्रीनिवास आचार्य, निकेश बाँस्तोला, भोजराज तमिल्सिना, हरि बिशुङ्खे, भुवन परियार, दीपक गोस्वामी, देवेन्द्र कार्की, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, युभिन श्रेष्ठ, सुजन खड्का, दिपेश खड्का र मेहरमान बस्नेत छन् । प्रसाईं नेतृत्वको नागरिक तथा राष्ट्र बचाउ महाअभियानले मंसिर ७ गतेदेखि काठमाडौँमा गणतन्त्रको विरोधमा प्रदर्शन गर्दै आएको छ ।
झापा, १२ मंसिर । नेकपा एमालेले सञ्चालन गरेको समृद्धिका लागि संकल्प यात्रालाई सफल एवम् प्रभावकारी बनाउन झापामा तयारी थालिएको छ । पार्टीले यही मंसीर १४ गतेदेखि पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान सुरु गर्न लागेको हो । ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को समुद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंसीर १४ गते बिहान साढे ८ बजे पश्चिम नेपालको झुलाघाटमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर गर्ने तय भएको छ । १९ दिन लामो संकल्प यात्राको तेह्रौं दिन मंसीर २६ गते अभियानको टोली कोशी प्रदेश प्रवेश गर्ने कार्यतालिका छ । अभियानको १७औं दिन मंसीर ३० गते पाँचथरको फिदिममा बृहत जनसभा गरिने तय भएकोले…