झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कनकाई, ११ पुस । खप्तडी बस्नेत बन्धु सेवा समितिले धान्यपूर्णिमा (उधौली पर्व)को अवसरमा कुलपुजा (गोठको धुप) तथा जेष्ठ दुई जना आमाबुबालाई सम्मान गरेको छ। झापाको कनकाई नगरपालिका र बाह्रदशी गाउँपालिका क्षेत्रमा रहेका खप्तडी बस्नेतहरुको साझा संस्थाले कनकाई–१, दुर्गपुरस्थित राजेन्द्र बस्नेतको घरमा आयोजना गरेको कार्यक्रममा कुलपुजा गरेको हो । त्यस्तै, कनकाईका देबबहादुर बस्नेत तथा विष्णुमाया बस्नेतलाई जेष्ठ माता र पिताका रुपमा फुलमाला, दोसल्ला र प्रमाणपत्रबाट समान गरिएको छ । खप्तडी बस्नेत बन्धु सेवा समाज कनकाई तथा बाह्रदशीका अध्यक्ष तुलाराम बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कुलबहादुर बस्नेतले स्वागत गर्नुभएको थियोे । कार्यक्रममा अध्यक्ष बस्नेतले औचित्य माथि प्रकाश पार्दै भावी योजनाका बारेमा समेत…

Read More

झापा, ११ पुस । मुलुकका मध्यपहाडी जिल्लालाई यातायात सञ्जालमा जोडी त्यस क्षेत्रको आर्थिक, पर्यटकीय र शैक्षिकलगायत समग्र क्षेत्रको सन्तुलित विकास गर्ने उद्देश्यले निर्माण सुरु गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्गको निर्माण तीव्र गतिमा हुँदै छ । यसैबिच सरकारले उक्त राजमार्गलाई द्रुत सञ्चारका लागि सूचना महामार्गका रूपमा पनि निर्माणमा तीव्रता दिएको छ । यसका साथै दस वटा आधुनिक सहर पनि यही राजमार्ग अन्तर्गत स्थापना हुँदै छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा सुरु भएको यो राजमार्ग हालसम्म करिब तीन तिहाइ निर्माण भइसकेको छ । मुलुकलाई पूर्वपश्चिम जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्गपछिको यो तेस्रो राजमार्ग हो । पूर्वमा पाँचथरको चिवाभन्ज्याङ (नेपाल–भारत…

Read More

झापा, ११ पुस । एक वर्षको अवधिमा सोचेअनुसार सरकारका विभागीय मन्त्रीहरूले काम गर्न नसकेको भाष्य निर्माण गरेर मन्त्रीहरूको कार्य सम्पादनमाथि प्रश्न उठाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्री हेरफेरको प्रयासमा छन्। प्रधानमन्त्री दाहालले केही दिनयता मन्त्री परिवर्तन गरेर भए पनि अबका वर्ष जनताले महसुस गर्ने गरी सुशासन, विकास र सेवा प्रवाहमा सरकारले काम गर्ने दोहोर्‍याउँदै आएका हुन् । केही दिनदेखि लगातार मन्त्री हेरफेर गरेर भए पनि विकास निर्माणको कार्यलाई गति दिने बताउँदै आए पनि सत्ता गठबन्धनको मुख्य साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनिच्छुक देखिएका छन्। माओवादी केन्द्रका नेताहरूले समेत मन्त्रीमण्डल परिवर्तन गर्नेबित्तिकै सबै समस्या समाधान भइहाल्ने अवस्था नरहेको बताएका…

Read More

कनकाई, १० पुस । किरात समुदायले हरेक वर्ष मनाउँदै आएको उद्यौली पर्व विभिन्न कार्यक्रमको आयोजना गरी यसवर्ष पनि पुर्वका किरात समुदायहरुले भव्य रुपले मनाएका छ्न। किरातजन्य सामाजिक सङ्घ संस्थाले अघिल्ला वर्षझै यसवर्ष पनि विशेष उत्सवका साथ उद्यौली पर्व मनाएका हुन् । किरात समुदायले मनाउने प्रमुख चाडमध्ये यसलाई किरात राई जातिले साकेला, लिम्बूले चासोक तङ्नाम, याक्खाले चासुवा, सुनुवार जातिले फल्षाँदर भनेर मनाउने गर्दछन् । यसैबीच, झापाको बुद्धशान्तिमा पनि किरात राई समुदायले हरेक वर्ष मनाउँदै आएको उद्यौली पर्व विभिन्न कार्यक्रमको आयोजना गरि भव्य रुपले मनाएका छ्न। बुद्धशान्ति गाउपालिकामा बुद्धशान्तिवडा न १,२ र ३ किरात राई यायोक्खा सयुक्त समितिका अध्यक्ष हरि राई को…

Read More

इलाम, १० पुस । इलाममा सञ्चालित सुपरमाई हाइड्रोपावरको उत्पादन स्थानीयद्वारा बन्द गरिएको छ । हाइड्रोले छोड्नुपर्ने जति पानी खोलामा नछोडेको र स्थानीयको माग सम्बोधन नगरेको भन्दै स्थानीयवासीले सोमबार रातिदेखि उत्पादन बन्द गराएका हुन् । इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबीचको माईखोलामा हाइड्रोपावर सञ्चालित छ । स्थानीयले खोलाको पानी हाइड्रोमा जान नदिई बगरमा पानी कटाइदिएको स्थानीय हरि भण्डारीले जानकारी दिए । सो हाइड्रोपावरले माईजोगमाई–५ सोताङमा ३० घण्टा सडक मर्मतका लागि स्काभेटर उपलब्ध गराउने भन्दै स्थानीयलाई पटकपटक झुक्याएका कारण हाइड्रोको उत्पादन बन्द गर्नुपरेको उनले बताए । “खोलामा छोड्नुपर्ने २० प्रतिशत पानीसमेत उहाँहरूले छोड्नु भएको छैन,” भण्डारीले भने । सुरुमा स्थानीयवासीले माग गरेको ३०…

Read More

शिवसताक्षी, १० पुस । लिम्बु जातिहरुको मौलिक पर्व चासोक तङ्नाम शिवसताक्षीको दूधेमा भव्यताका साथ मनाइएको छ । प्रकृतिक पुजकको रुपमा मान्दै आएको चासोक तङ्नाम (न्वागी पुजा) शिवसताक्षीको दूधेमा विविध कार्यक्रम गरी मनाइएको हो । किराँत याक्थुङ चुम्लुङ शिवसताक्षी नगर समितिको आयोजनामा निर्माणधिन दुधे रंगशालामा चासोक तङ्नाम पर्व मनाइएको किराँत याक्थुङ चुम्लुङ शिवसताक्षीका विरबल जवेगुले जानकारी दिए । चासोक तङ्नाम कार्यक्रममा बोल्दै संघीय सांसद एलपी साँवा लिम्बुले सबै समुदायहरुलाई एकै स्थान जम्मा गरी मौलिक पर्व चासोक तङ्नामलाई उत्सवको रुपमा मनाउनका निमित्त कार्यक्रमको आयोजन गर्ने किराँत याक्थुङ चुम्लुङ र जनप्रतिनिधिहरुलाई धन्यवाद दिएका छन् । नेपाल बहुजाति, बहुभाषी र बहुसंस्कृतिक मुलक हो ।…

Read More

भद्रपुर, १० पुस । झापाको झापा गाउँपालिकामा सोमबार राति आगलागी हुँदा एक लाखको क्षति भएको छ । झापा गापा–६ की सकुन्तला खड्काको गोठमा खोले पकाउने क्रममा चुलोबाट अचानक आगो सल्कन गई आगलागि हुँदा टिनको छानो टाटि बेरा भएको गोठ पूर्ण रुपमा जलि गोठभित्र रहेको एउटा खसी र एउटा बाख्रासमेत गरी करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागी प्रहरी चौकी शरणामतिबाट खटिएको प्रहरी टोली र स्थानियबासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो । त्यस्तै, सोमबार दिउँसो झापा गौरीगञ्ज गाउँपालिका–१ का सूर्य सन्तोषी केसीको १ बिघा १६ कठ्ठाको धानको कुन्यू नजिकै रहेको धानको परालको…

Read More

इलाम, १० पुस । सूर्योदय नगरपालिका–१ मकरजुङका टीकाराम अधिकारीले यस वर्ष पोहोरभन्दा तीन मुरी बढी धान फलाए । “अघिल्लो साल १५ मुरी लेको ठाउँमा यो साल १८ मुरी थन्क्याएँ, चियामा मूल्य छैन, अब जसोतसो धानमै बल गर्ने बेला भयो”, अधिकारीले भने । चिया उत्पादनको उर्वरभूमि इलामका किसान धानखेतीतर्फ आकर्षित हुन थालेका छन् । नगदे बालीसहित दूध, चियालगायतका कृषि उपज उत्पादनलाई आधुनिकीकरण गर्दै बजार प्रवर्द्धनको लक्ष्य लिएको सूर्योदय नगरपालिकाले चियाको न्यूनतम मूल्य तोकेर मूल्य र गुणस्तरमा एकरुपता ल्याउन पहल गरे पनि कार्यान्वयन हुन नसकेपछि आफूहरू वैकल्पिक खेतीप्रति आकर्षित भएको किसान गिरिज घिसिङले बताए । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा तीन…

Read More

भोजपुर, १० पुस । बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन् । चिराइतो यो वर्ष किसानको घरबाट प्रतिमन (४० केजी) ५० हजारले बिक्री भएकाले किसान उत्साहित बनेका हुन् । यस वर्ष चिराइतो बिक्रीबाट रु १८ लाख आम्दानी भएको टेम्केमैयुङ–१ तिम्माका किसान देवेन्द्र राउतले बताए । सुरुमा प्रतिमन ४४ हजारले ३५ मन र प्रतिकेजी रु १० हजारका दरले १० केजी बीउ बेच्न सफल भइएको उनको भनाइ थियोे । “यो वर्ष चिराइतोले राम्रो मूल्य पाएको अवस्था छ”, राउतले भने, “चिराइतो र यसको बीउ गरेर रु १८ लाखको बिक्री गरेँ । सुरुमा मैले प्रतिमन रु ४४ हजारमा बेचेँ अहिले प्रतिमन…

Read More

झापा, १० पुस । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन् । यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ । यःमरी बनाउन आज बिहानदेखि घरघरका महिला व्यस्त भएका छन् । बिहान स्नानपछि घरमा लिपपोत गरी यःमरी पकाउने प्रचलन…

Read More