झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

फुङ्लिङ, १ पुस । ताप्लेजुङमा आजदेखि पुसे स्वर्ण महोत्सव आरम्भ भएको छ । मेरिङदेन र आठराईत्रिवेणी गाउँपालिको सङ्गमस्थल दोभान बजारमा मेला सुरु भएको हो । मौलिक संस्कृतिको संरक्षण, पर्यटन र कृषि क्षेत्रको प्रवद्र्ध्न गर्ने उद्देश्यले दोभान स्पोर्टिङ क्लब तथा पुसे मेला स्वर्ण महोत्सव व्यवस्थापन समितिको संयुक्त पहलमा महोत्सव आयोजना गरिएको हो । महोत्सव यही पुस ५ गतेसम्म चल्नेछ । समितिका अध्यक्ष हेम सिरिङ चोङबाङका अनुसार ५० वर्षदेखि ताप्लेजुङको दोभानमा लाग्दै आएको पुसे मेलामा यसवर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीको सहभागितामा अन्तर जिल्ला क्लबस्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुँदैछ । प्रतियोगिताको विजेताले रु तीन लाखका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त…

Read More

उपत्यका सहित देशका सबै भागमा चिसो बढेको छ । यो मौसममा केटाकेटी र बुढाबुढीको स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्छ । केटाकेटी र बुढाबुढीले मात्रै होइन दम तथा मुटुरोगबाट ग्रसित विरामीले पनि यो मौसममा विशेष सावधानी अपनाउनुपर्छ । चिसो सुरू भएसंगै राजधानीका अस्पतालहरूमा मुटुजन्य समस्या लिएर आउनेको संख्या बढदै गएको छ । हार्टएट्याक , हार्टफेल, व्लडप्रेसर तथा स्ट्रोकका विरामीहरूको संख्यामा निकै बृद्धि भएको अस्पतालको तथ्याङ्कले प्रष्ट पार्छ । कसरी गर्छ असर ?बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी भन्छन्, चिसोले सबैभन्दा पहिले हाम्रो शरीरको बाहिरी भाग छालालाई असर गर्छ । त्यसपछि छालाबाट भित्र घुस्ने चिसोले छालासंगै टासिएको रक्तनलिलाई असर पार्छ । चिसो…

Read More

विराटनगर, ३० मंसिर । पहिचान पक्षधरले गरेको बन्दको आह्वानले कोशी प्रदेशको पहाडी जिल्लामा यातायात अवरुद्ध भएको छ । तराईका जिल्लामा भने आंशिक प्रभाव परेको छ । यसअघि पक्राउ परेको नेता कार्यकर्तालाई छाड्न माग गर्दै पहिचान पक्षधरले बन्द आह्वान गरेका थिए । यसक्रममा झापा र सुनसरीमा यातायात बन्द गराउँदै हिंडेका थप ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरानबाट पाँच जना र झापाको केरखाबाट एक जनालाई पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कंडेलले जानकारी दिए । उनले बन्दको प्रभाव सामान्य रहेको बताए । पूर्वपश्चिम राजमार्गको ठाउँ–ठाउँमा बन्द गराउँदै सडकमा निस्किएको समूहलाई प्रहरीले हटाएर यातायात सुरु…

Read More

काठमाडौं, ३० मंसिर । सर्वोच्च अदालतले अभिनेता पल शाह (पूर्णविक्रम शाह)विरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिएको छ । न्याधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मंसिर २२ गेतको संयुक्त इजलासले शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिएको हो । उच्च अदालत पोखराले प्रमाणहरूको समुचित मूल्यांकन नगरी फैसला गरेको भन्दै उच्च अदालतले शाहविरुद्धको फैसला दोहोर्‍याएर हेर्न अनुमति प्रदान गरेको हो । पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादीबीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानमा रहेको स्वीकारोक्तिलगायतका प्रमाणको समुचित मूल्यांकन नभएको सर्वोच्चको भनाइ छ । अभिनेता शाहले बलात्कार गरेको भन्दै एक नाबालिगले २०७८ फागुन…

Read More

सधैं स्कूल गइरहेको बच्चा कहिलेकाहीं अचानक जान मान्दैनन् । स्कूल जान डराउने, रुने, कराउने, झगडा गर्ने गर्छन् । बालबालिकाको यस्तो जिद्दीको अगाडि अभिभावक पनि लाचार भएर उनीहरुको इच्छाअनुसार स्कुल पठाउँदैनन् । कहिलेकाहीं यस्तो अवस्था आएमा त गम्भीर नहोला । तर कतिपय अवस्थामा लामो समयसम्म पनि बालबालिका स्कूल जान मान्दैनन् । बच्चालाई स्कूल पठाउने अभिभावकको प्रयास असफल भइरहेको हुन्छ । कसैलाई बल्ल पठायो, पुनंः फर्किएर आउने र अर्को दिन पठाउन कठिन हुने अवस्था हुन्छ । यस्तोमा बालबालिकाको यस्तो बानीबाट आजित कतिपय अभिभावक स्कूल नजानुको कारण बुझ्नुको सट्टा बच्चाले नै झुट बोलेको वा बहाना बनाएको ठानेर कुटपिट गरी विद्यालय पठाउने गर्छन् ।…

Read More

दमक, २४ मंसिर । च्याम्बर अफ् कमर्स, दमक झापामा पुनः राजेन्द्रकुमार ढकाल नेतृत्वको ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । मंसिर २२ गते यहाँ सम्पन्न संस्थाको दोस्रो अधिवेशनले सो कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।कार्यसमितिको उपाध्यक्ष– अजयकुमार अग्रवाल, सचिव– रामप्रसाद रिमाल, सहसचिव– ख्याम सापकोटा र कोषाध्यक्ष शम्भुप्रसाद खतिवडा चयन हुँदा सदस्यहरुमा– सन्दीप साहेवाला, नवीन सेढाईं, रिङकुमार आचार्य, विन्दु सिटौला, राजकुमार गुप्ता र कुसुम ढुंगेल चयन भएको जनाइएको छ । अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि दमक नगरपालिकाका मेयर रामकुमार थापाले– विकासका काम साझा भएकाले पार्टी हेर्न नहुने जिकीर गरे । त्यसैगरी, व्यवसायीहरुले– बैंकले बढी ब्याज लिने गरेका कारण…

Read More

चन्द्र बस्नेतकनकाई, २४ मंसिर । झापाको कनकाईमा लैङ्गिक हिंसाको अवस्था, प्रकृति र कानुनी व्यवस्था विषयक विद्यार्थी लक्षित सचेतनामूलक तालिम तथा महिला हिंसा सम्बन्धी विभिन्न वडामा कानूनी प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत कनकाई नगरपालिकामा महिला हिंसा सम्बन्धी कानूनी प्रशिक्षण एवम् विद्यार्थी लक्षित सचेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको हो । किशोरावस्थाका बालबालिकालाई लक्षित गरी कनकाई नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा लैङ्गिक हिंसामा प्रविधिको प्रयोग, हिंसाको प्रकृति, समाजमा देखिएका हिंसाजन्य घटनाक्रम, हिंसामा पर्न सकिने सम्भावित जोखिम र बच्ने उपाय लगायतका विषयमा प्रशिक्षण अधिवक्ता तारा बारकोटीले सहजीकरण गर्नुभएको थियोे । त्यसैगरी लैंङ्गिक हिंसा, बाल लैङ्गिक हिंसा, बालविवाह,…

Read More

भद्रपुर, २४ मंसिर । गायन रियालिटी शो द भ्वाइस अफ नेपालको सिजन ५ को टप १२ पुग्न सफल झापा भद्रपुर–६ का प्रशान्त शिवाकोटीलाई भोट गर्न अपिल गरिएको छ । आज भद्रपुर प्रेस क्लबमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रशान्तका पिता कमलप्रसाद शिवाकोटीले देश–विदेशमा रहनुहुने सबैमा प्रशान्तलाई जिताउन भोट गरिदिन अपिल गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘मेरो छोरा टप १२ मा पुगेछ, क्षमतासँगै अब भोटिङ राउण्डबाट अघिल्लो चरणमा प्रवेश गर्ने भएकाले सबैलाई भोट गरिदिनुहुन अनुरोध गर्दछु ।’ हाल ललित कला क्याम्पस काठमाडौंमा स्नातक तहमा अध्ययनरत प्रशान्त बाल्यकालदेखि नै गीतसंगितमा रुची राख्दथे । कक्षा–४ देखि निरन्तर गायनमा रुचि राख्दै आएका उनी झापाका विभिन्न स्थानमा…

Read More

भरतपुर, २४ मंसिर । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु२च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश०६००१प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो । अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते भएका छन् । तीनै जना माडीको सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत रहेका थिए। बेलेरोको ठक्करबाट गम्भीर घाइते भएका खत्रीको बगौडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अधिकारीको भरतपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । मृतक अधिकारी माडी नगरपालिका–१…

Read More

सुरुङ्गा, २४ मंसिर । साझा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दुर्गापुरले ११ जना शेयर सदस्यलाई सम्मान गरेको छ । संस्थाको सभाहलमा आयोजित संस्थाको ३१ औं वार्षिक साधारण सभामा उनीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा असल ऋणीका रूपमा कनकाई ८ कि सृजना कडरीया , उत्कृष्ट बचतकर्ताका रूपमा कनकाई ७ का युक्तप्रसाद घिमिरे , उत्कृष्ट विध्यार्थीका रूपमा शेयर सदस्य गोमा गजुरेल घिमिरेकि छोरी रितिका घिमिरेलाई सम्मान गरिएको थियो । त्यसै गरी, संस्थाका पुर्व संचालक समिती र लेखा सुपरिवेक्षण समितिमा रहि महत्त्वपूर्ण योगदान दिने गङ्गा प्रसाद खरेल , तारा थपलिया , भक्तिप्रसाद संग्रौला, भिस्मभुषण सिटौला लाई सम्मान गरिएको थियो । सम्मान क्रममा वर्ष भरिमा…

Read More