
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
जाजरकोट, १४ मंसिर । भूकम्पपीडितले भत्किएका घर पुनर्निर्माणको माग गरेका छन् । भूकम्पका कारण घर भत्किएपछि घरवासविहीन नागरिकले पुनर्निर्माणको काम छिटोछरितो गर्न माग गरेका हुन् । पीडितहरूले त्रिपालमुनिको चिसोबाट बचाउन पुनर्निर्माणलाई तत्काल अघि बढाउन आग्रह गरेका छन् । रूकुम पश्चिम आठबिसकोट नगरपालिका–१४ मा नेपाल ग्रामीण पुनर्निर्माण संस्था, (आरआरएन) ले भूकम्प प्रभावितलाई राहत सामग्री वितरणका क्रममा पीडितले सो बताएका हुन् । त्रिपालले जाडो नछेक्ने तथा खुला आकाशमुनि खाना पकाउने गरेका पीडितले अस्थायी टहरा निर्माणको प्याकेज ल्याएर आउन आग्रह गरेका छन् । त्रिपालमुनिको चिसो छल्ने न्यानो कपडा नपाएर जीवन बिताउन बाध्य पीडितले चार हप्ता बित्दा पनि अस्थायी टहरा पाउन नसकेको गुनासो गरेका…
झापा, १४ मंसिर । पार्टीको १४औं महाधिवेशनसँगै एकै ठाउँमा आइपुगेका नेपाली कांग्रेसका नेता शेखर कोइराला, वर्तमान महामन्त्री गगनकुमार थापासहित संस्थापनइतर गुट दुई वर्ष बित्दा नबित्दै विभाजित हुन पुगेको छ।२०७९ मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि भएको पार्टी संसदीय दलको नेता निर्वाचनमा महामन्त्री थापा संस्थापनइतर समूहबाट आफैं उम्मेदवार बनेका थिए। शेरबहादुर देउवासँग पार्टी नेतृत्वमा प्रतिस्पर्धा गरेका शेखर कोइराला संसदीय दलको नेतामा पनि प्रतिस्पर्धा गर्न चाहेका थिए तर संस्थापनइतर समूहबाट आफू दलको नेतामा प्रतिस्पर्धा गरिछाड्न थापाको अडानपछि कोइराला पछाडि हटेका हुन्। कोइराला १५औं महाधिवेशनमा सभापतिमा सहयोग गर्ने वाचासहित थापा दलको नेताका लागि मैदान खडा भएका थिए। बढ्दो आशंका र अविश्वासबीच कोइराला र…
झापा, १४ मंसिर । इलाम नगरपालिका–९ का गंगाराज मोक्तानको रुस–युक्रेन युद्धमा मृत्युको खबरले परिवारमा बज्र थपिएको छ। ०९२००७५१ राहदानी नम्बर भएका गंगाराज वैदेशिक रोजगारीका लागि तीन वर्षअघि दुबई गएका थिए। त्यहींबाट उनी रुसी सेनामा भर्ना भएका थिए। उनले १२ नोभेम्बरमा इलाममा रहेकी पत्नीसँग कुरा गर्दै युक्रेन युद्धमा आफू सात दिन गएर सकुशल रहेको जानकारी दिएका थिए। त्यसपछि गंगाराज करिब सात दिन आराम गरेपछि पुनः आफूलाई युद्धमा पठाउनसक्ने बताएको पत्नी याङ्गिला शेर्पाले बताइन्। ‘त्यसपछि उहाँ फेरि युद्धमा जानुभयो वा भएन भन्ने यकिन थिएन, पत्नी याङ्गिला शेर्पाले भनिन्, ‘कुरा हुन पाएको थिएन।’ मोक्तानको १५ जुलाई २०२३ मा मृत्यु भएको दूतावासले २४ नोभेम्बर…
झापा, १४ मंसिर । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि कृषि र उत्पादनको उद्योग र सिप बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप निर्माण र सेवा सर्भिसका क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको हो । वैदेशिक रोजगार विभाग इपिएस शाखाका अनुसार दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रको छनोट भाषा परीक्षाको आवेदन अबको एक महिनाभित्र आह्वान गर्ने छ । सो शाखाका निर्देशक गुरुदत्त सुवेदीले दक्षिण कोरियाले रोजगारीका लागि लैजाने नेपाली युवाको सङ्ख्या बढाउँदै लगेको र कोरियाका साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा थप श्रमिक आवश्यक रहेको जनाउँदै भाषा परीक्षा सञ्चालन गरिने…
काठमाडौँ, १३ मंसिर । आज साँझ ६ बजेर ४४ मिनेटमा चैनपुर आसपास भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ । बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि मंगलबार भक्तपुर र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको थियो ।
भद्रपुर, १३ मंसिर । लागुऔषध मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–२ का ५२ वर्षीय यादवराज पौडेल रहेका छन् । पौडेललाई झापा जिल्ला अदालतले २०७९ फागुन ११ गतेको लागुऔषध मुद्दामा २ महिना कैद सजाय तोकेको थियो । अदालतको फैसला पछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको र इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार पक्राउ गरेको थियो । फैसला कार्यान्वयनका लागि आज झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको र अदालतको आदेशले कैद भुक्तानको लागि झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड, १३ मंंसिर । ताजा अनलाइन पत्रिका मिडिया हाउस प्रालिद्वारा सञ्चालित ईखरीपाटी डटकम सञ्चालनमा आएको छ । बुधबारबाट ईखरीपाटीको शुभारम्भ भएको संस्थाका अध्यक्ष विकासजंग कार्कीले जानकारी दिए । यो अनलाइनलाई www.ekharipati.com मा हेर्न सकिने उनले बताए । यसको मुख्य कार्यालय बिर्तामोड–५ मा रहेको छ । ‘अनलाइन सञ्चार माध्यममा भिड बढाउन मात्र हैन सशक्त सञ्चार माध्यमको रूपमा खबरदारी गर्न हामी आएका हौँ,’ अध्यक्ष कार्कीले भने, ‘हामी सधैँ सत्यको पक्षमा रहनेछौँ । निष्पक्ष पत्रकारिता गर्ने छौँ ।’ ईखरीपाटीको सम्पादकमा शम्भु दाहाल रहेका छन् । उनी डेढ दशकदेखि झापाली पत्रकारितामा क्रियाशील छन् । साझामञ्च डटकम, माउन्टेन टेलिभिजन, जनता टेलिभिजन, बिर्ताज्योती साप्ताहिक, जनसंसद दैनिकलगायत…
भद्रपुर, १३ मंंसिर । झापाको भद्रपुरमा जारी प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा गौरादह र शिवसताक्षी नगरपालिका विजयी भएका छन् । आज भएको पहिलो खेलमा गौरादहले कनकाई नगरपालिकालाई हराएको हो । पहिलो जित दर्ता गर्दै गौराहदले ३ अंक जोडेको छ । समान दुई खेल खेलेको कनकाईले अंक जोड्न सकेको छैन । समूह ख मा रहेका गौरादह र भद्रपुर ब्लेजर्सको समान ३ अंक भएको छ । तर, गोल अन्तरमा भद्रपुर ब्लेजर्स अगाडि छ । त्यस्तै, झापा गाउँपालिका ६ अंकका साथ शीर्ष स्थानमा छ । अंकविहीन रहेको कनकाई पुच्छरमा छ । गौरादहले कनकाईलाई ३–२ गोल अन्तरले हराएको हो ।…
कनकाई, १३ मंसिर । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत झापाको कनकाई नगरपालिकामा महिला हिंसा सम्बन्धी दुई दिने कानूनी प्रशिक्षण कार्यक्रम शुरु भएको छ । महिला हिंसाविरुद्धको कानूनी शिक्षा दिने उद्देश्यले नगरपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा लैंगिक हिंसा सम्बन्धी कानूनी शिक्षा प्रदान गरिने महिला तथा बालबालिका शाखाकी प्रमुख टीका खतिवडाले जानकारी दिनुभयो । कार्यक्रममा कनकाई–१ का महिला समूह र १६ वटा टोल विकास समितिका अध्यक्ष एवम् प्रतिनिधि सहभागिता रहेको छ । दुई दिवसीय प्रशिक्षण कार्यक्रमको प्रशिक्षण इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सुरज कार्कीले दिने छन् । प्रशिक्षण कार्यक्रममा अधिकांश लैंगिक हिंसाका घटना घरपरिवार, आफन्तबाटै हुने गरेको बताउनुभयो…
बिर्तामोड, १३ मंसिर । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारणसभा आगामी पुस ६ शुक्रबार बिर्तामोडको अग्रसेन भवनमा हुने भएको छ ।