झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, १६ मंसिर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) को ३१औं वार्षिक साधारणसभा अन्तरगत माइन्युट प्रमाणित सभा आज सम्पन्न भएको छ । साधारणसभाको अवसरमा एनएमसीले संस्थामा २५ वर्षभन्दा बढी समयदेखि कार्यरत दुईजना कर्मचारीहरुलाई १० ग्राम सुनको सिक्कासहित र १० वर्षभन्दा लामो अवधि काम गर्ने ४६ जनालाई ५० ग्राम चाँदीको सिक्कासहित दीर्घसेवा पदकबाट सम्मानित गरेको छ । संस्थाका अधिकृत कर्मचारी पारसचन्द्र भट्टराई र वरिष्ठ सहायक प्रथम दुर्गा बराल २५ वर्षभन्दा लामो अवधि लगातार काम गरेर दीर्घसेवा पदकबाट विभुषित हुनुभएको हो । यसैगरी आर्थिक वर्ष २०७९÷०८० मा घोषित विभिन्न विधाका उत्कृष्ट चार जना कर्मचारीहरुलाई पनि सोही अवसरमा पुरस्कार प्रदान गरिएको थियो…

Read More

भद्रपुर, १६ मंसिर । झापाको मेचीनगर नगरपालिका–९ मागुमाडीमा धानको कुन्युमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ । आज दिउँसो मेचीनगर–९ मागुरमाडीका टंकप्रसाद उप्रेतिको घर नजिकैमा रहेको ५ बिगा खेतमा लगाएको धानसहितको चार वटा परालको कुन्युमा आगलागी हुँदा करिब तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागी इलाका प्रहरी कार्यालय धुलाबारी, मेचीनगर नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो । आगलागीबाट उनको घरको झ्यालको एउटा सीसा समेट फुटेको छ भने आगलागीको कारण भने खुल्न नसकेको जनाइएको छ ।

Read More

भद्रपुर, १६ मंसिर । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत मेचीनगर नगरपालिका समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । आजको खेलमा कचनकवल गाउँपालकिालाई हराउँदै मेचीनगर स्पष्ट ९ अंकका साथ समूह ग को विजेता बनेको हो । मेचीनगरसँग ३–० गोल अन्तरले हारेको कचनकवल लिग चरणबाटै बाहिरिएको छ । मेचीनगरका निरज कार्की प्लेयर अफ दि म्याच भए । यसैबीच, आज भएको दोस्रो तथा समूह ग को लिग चरणको अन्तिम खेलमा भद्रपुर नगरपालिका विजयी भयो । जितसँगै समूह उपविजेता हुँदै भद्रपुर पनि नकआउट चरणमा प्रवेश गरेको छ । बाह्रदशी गाउँपालिकासँग बराबरी…

Read More

बिर्तामोड, १६ मंसिर । नेपाल पत्रकार महासंघ झापा महिला विभागको आयोजनामा आज बिर्तामोडमा लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियाका सहभागीले लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्र अझ जिम्मेवार बन्नुपर्नेमा जोड दिए । लैंगिक हिंसा न्यूनीकरणका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुले यसका लागि सबै सरोकारवालाहरुबीच सहकार्य समेत जरुरी रहेको औल्याए । हिंसापीडितलाई न्याय दिन र पीडकलाई कानूनी कठघरामा ल्याउन सक्नुपर्नेमा उनीहरुको जोड थियो । अन्तरक्रियाको उद्घाटन प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले गरेका थिए । प्रजिअ पोखरेलले हिंसाको मुख्य कारण विभेद भएको बताउँदै मानिसको सोच र व्यवहारमा परिवर्तन ल्याउन जरुरी…

Read More

भद्रपुर, १६ मंसिर । झापाको भद्रपुर–१० स्थित चन्द्रगढी सेवा समाजको चौथो वार्षिक साधारणसभा सम्पन्न गरिएको छ । समाजका अध्यक्ष कमलप्रसाद अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न गरिएको हो । कार्यक्रममा संस्थाको बार्षिक गतिविधि तथा साँगठनिक प्रतिवेदन बरिष्ठ उपाध्यक्ष नयाँनाथ पाण्डेले प्रस्तुत गरेका थिए भने नगर प्रमुख पोखरेलले समाजको नयाँ भवन निर्माणका लागि समितिले बनाउने योजनाका आधारमा नगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा सेवा समाजको भवन निर्माणको लागि जग्गा प्रदान गर्ने जग्गादाता अमरबहादुर कार्की, नगरपालिकाकी उपप्रमुख राधा कार्की, भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, सहिद चोक टोल विकास संस्थाका अध्यक्ष ढाकालाल…

Read More

बिर्तामोड, १६ मंसिर । झापाको बिर्तामोड–४ स्थित श्री प्राणनाथ सामुदायिक सत्सङ्ग भवन समितिको आयोजनामा श्रीमत्तारतम ब्रह्मवाणी चर्चा एवम् श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । यही मंसिर २३ गते २९ गतेसम्म सप्ताहव्यापी ज्ञान महायज्ञ हुने लागेको हो । सत्सङ्ग भवनको प्रबद्र्धनसँगै विश्व शान्तिको कामनासाथ ज्ञान महायज्ञ आयोजना गर्न लागिएको आज शनिबार सत्सङ्ग भवन परिसरमा आयोजित पत्रकार भेटघाटका क्रममा श्री प्राणनाथ सामुदायिक सत्सङ्ग भवन समिति युवा परिसद अध्यक्ष खगेन्द्र कुँवरले जानकारी दिनुभयो । गुरुजी श्री १०८ मोहनप्रियाचार्यजी महाराज मंगलधाम कालेपुङ तथा सन्तशिरोमणि स्वामी श्री १०८ सदानन्दजी महाराज भारतको वृन्दावन र मुक्तिधाम इटहरीका गादीपति श्री १०८ कृष्णदासजी महाराजको आगमन हुने…

Read More

झापा, १६ मंसिर । झापाको मेचीनगरबाट बालिका करणीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । एक १३ वर्षीया बाालिकलाई करणी गरेको आरोपमा प्रहरीले मेचीनगर–६ बर्मेली टोल का ३४ वर्षीय जगतमणि आचार्यलाई पक्राउ गरेको हो । आचार्यले गत मंसीर ८ गते आफ्नै घरमा जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Read More

झापा, १६ मंसिर । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृङ्खला घरेलु मैदानमा हुने भएको छ । नेपाल, नेदरल्यान्ड र नामिबियाबीच हुने उक्त शृङ्खला आगामी फागुन ५ देखि हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । नेपालले दुबै टोलीसँग समान दुई खेल खेल्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार यस संस्करणको खेलमा विभिन्न आठ राष्ट्र सहभागी हुनेछन् । जसमा नेपालसहित नामिबिया, क्यानडा, नेदरल्यान्ड, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स ९युएई०, ओमान र अमेरिका छन् । लिग सन् २०२७ सम्म सञ्चालन हुनेछ । यसअघि सन् २०१९ देखि २०२३ सम्म भएको अघिल्लो संस्करणको लिगमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो ।

Read More

झापा, १६ मंसिर । पूर्वी नेपालको मोरङ, सुनसरी तथा झापा जिल्लामा वर्षेनी जङ्गली हात्तीको आक्रमणले मानवीय तथा भौतिक संरचनामा क्षति पुग्ने गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित शान्तिझोडाको बुढासुब्बा चोकमा बिहीबार राति हात्तीको आक्रमणबाट एक स्थानीय युवाको मृत्यु भएको छ । जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गर्न लागेपछि राति हात्ती खेदाएर घर फर्किने क्रममा २५ वर्षीय रविन खड्कालाई हात्तीले आक्रमण गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता नवीनसिंह भण्डारीले जानकारी दिए । सामुदायिक वन क्षेत्रको बाटोमा हात्तीले आक्रमण गरेपछि खड्कालाई उपचारको क्रममा धरान घोपाक्याम्प लागेपछि उपचारको क्रममा निधन भएको उनले उल्लेख गरे । हात्तीले किचेर खड्काको मृत्यु भएपछि इटहरी…

Read More

झापा, १६ मंसिर । दुई महिनाअघि बेलायतमा स्थापना गरिएको एक कम्पनीले दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत स्वामित्व खरिद गरेको छ । नेपाली मूलका सिङ्गापुरका नागरिक सतीशलाल आचार्य निर्देशक रहेको स्पेक्ट्रलाइट युके लिमिटेडले यसअघि कम्पनीमा रहेको आजियटाको उक्त स्वामित्व खरिद गरेको हो । बेलायतको लन्डनस्थित वन फ्लिट प्लेसमा दर्ता ठेगाना रहेको उक्त कम्पनीको एनसेलमा प्रवेशसँगै स्वामित्व खरिदबिक्रीको नयाँ चरण सुरु भएको छ । गत असोज ९ गते सो कम्पनी दर्ता भएको देखिन्छ । एनसेलमा रहेको आफ्नो ८० प्रतिशत स्वामित्व स्पेक्ट्रलाइटलाई बिक्री गरेको आजियटाले पनि पुष्टि गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै आजियटाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री सम्बन्धी सम्झौता…

Read More