
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
धरान, ७ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन प्रवर्द्धन एवं सेवा प्रवाहलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन् । नेपाल पत्रकार महासङ्घ सुनसरीले आज धरानमा आयोजना गरेको कार्यक्रममा उनले लोकतन्त्रमा अभिव्यक्तिको स्वतन्त्रता भए पनि संविधानको मर्मविपरीत बोल्ने छुट कसैलाई नभएको बताइन् । मन्त्री शर्माले वर्तमान सरकारले जनताका अपेक्षाअनुरुप काम गरिरहेको बताउँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन चाँडो टुङ्ग्याइने जानकारी दिइन् । उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सबै दलसँग सहकार्य, सहमति र छलफल गरेर टुङ्ग्याइने बताइन् । मन्त्री शर्माले सञ्चार क्षेत्रमा पनि अन्य व्यापार व्यवसायमा जस्तै आर्थिक सङ्कट देखिएको भन्दै सञ्चार क्षेत्रलाई छुट दिने सोचमा सरकार रहेको बताइन् ।…
काठमाडौँ, ७ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले देशमा कुनै राजनीतिक संकट नरहेको बताएका छन् । शनिवार काठमाडौँमा जारी नेपाली कांग्रेसको पहिलो बागमती सम्मेलनमा बोल्दै उनले नेपालमा आहिले संकट रहेको कुरा गर्ने गरेपनि राजनीतिक संकट नरहेको उल्लेख गरे । उनले भने– ‘संकट केलाई मान्न मिल्छ भने जतिबेला नेपालमा हिंसात्मक विद्रोहको अवस्था थियो । राज्य नै गाउँ छिर्न नसक्ने अवस्था थियो । मान्छे यतै मरेको उतै मरेको ठप्प अवस्था थियो । त्यस्तो अवस्थामा हल खोज्ने कांग्रेस तर अहिले हामीले सानोतिनो समस्यालाई संकट भनेर कांग्रेसले बिस्कुन सुकाउन मिल्छ ?’ संविधानसभाको निर्वाचनपछि संविधान बन्न नसकेको संकटमा अर्को चुनाव गराएर संविधान बनाएर…
बिर्तामोड, ७ पुस। बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले नेपाल पत्रकार महासंघ झापा शाखालाई ५० थान कुर्सी प्रदान गरेका छन् । न्यौपानेले आज शनिबार बिर्तामोडस्थित महासंघको कार्यालयमा पुगेर कुर्सी हस्तान्तरण गरेका हुन् । महासंघको कार्यालयमा पत्रकारहरुको क्षमता वृद्धि लगायतका कार्यक्रमका लागि विभिन्न सामग्री अभाव भएको बेला न्यौपानेले उक्त सहयोग गरेको महासंघ झापाले जनाएको छ । महासंघ झापाका अध्यक्ष एकराज गिरीले ५० थान कुर्सी प्रदान गरेकोमा वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष न्यौपानेलाई धन्यवाद ज्ञापन गरे । न्यौपानेले समाज परिवर्तनका लागि अहोरात्र खट्ने सञ्चारकर्मीको हितमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै पत्रकारहरुको छाता संस्था महासंघलाई आवश्यक सामग्री सहयोग गर्न अन्य दातालाई…
कटारी, ७ पुस । कोशीका मुख्यमन्त्री केदार कार्कीले नेताहरू समाजिक सञ्जालमा लाइक र कमेण्टका लागि मात्रै बोल्ने गरेकाले राजनीतिक दल कमजोर भएको बताएका छन् । नेपाली कांग्रेस उदयपुरको कटारीमा शुक्रबार आयोजित जिल्ला सम्मेलनमा मुख्यमन्त्री कार्कीले पार्टीका नेतृत्व तहका नेताहरू भोट लिएर जाने तर फर्केर नआउने, जे मन लाग्यो त्यो बोल्यो तर त्यसलाई पूरा नगर्ने गरेकाले अहिले कार्यकर्ता माझ पार्टी कमजोर भएको बताएका हुन् । ‘पार्टीका जिम्मेवार पदमा बस्नेहरूले नै अहिले पार्टी सकिएको सार्वजनिक अभिव्यक्ति दिँदै आउनु भएकोले पनि पार्टीलाई कमजोर बनाइरहेको छ, उनले भने, जनतालाई सपना देखाएर पूरा नगर्ने जिम्मेबार पदमा बसेका चटके नेताहरूका कारण पार्टी पंक्ति नै बदनाम भइरहेको…
झापा, २ पुस । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार नेपालबाट आर्थिक वर्ष २०५०/५१ देखि २०७९/८० सम्म करिब ७२ लाख १४ हजारभन्दा बढी युवा श्रम स्वीकृति लिएर विदेश गएका छन् । जसमा करिब चार लाख महिला रहेका छन् । हरेक वर्ष औसतमा पाँच लाखको हाराहारीमा विदेशिने नेपाली युवा स्वदेश फर्किएको तथ्यांक भने सरकारले राखेको छैन । पछिल्ला दुई आवमा भने विदेश जानेको सङ्ख्या क्रमशः छ लाख ३० हजार र सात लाख ७१ हजार छ । नेपालबाट रोजगारीको खोजीमा सबैभन्दा ठुलो सङ्ख्यामा मलेसियालगायत खाडी मुलुकमा युवा जाने गरेका छन् । विश्व बैङ्कको अक्टोबर २०२३ को प्रतिवेदन अनुसार वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको योगदान…
झापा, २ पुस । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मेधावी विद्यार्थीलाई पुरस्कार तथा पदक वितरणमा अन्याय गरेको पाइएको छ । समान अङ्क ल्याएका एकै ब्याचका विद्यार्थीमध्ये एउटालाई काखा र अर्कोलाई पाखा लगाउने प्रवृत्ति देखिएको छ । विश्वविद्यालयले सोमबार आयोजना गर्न लागेको ४९ औँ दीक्षान्त समारोहमार्फत उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीलाई वितरण गर्न लागेको विभिन्न पदक तथा पुरस्कारमा गलत निर्णय गरिएको फेला परेको छ । विभिन्न विषयमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीमध्ये त्रिविले वातावरण केन्द्रीय विभाग अन्तर्गतका क्याम्पसबाट स्नातकोत्तर (एमएससी) तहमा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीलाई ‘मदन विद्या वातावरण विज्ञान पुरस्कार र पदक’ वितरण गर्दै छ । तर उक्त विषयमा दुई जना छात्राले समान अङ्क…
झापा, २ पुस । वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय आप्रवासन श्रमिक दिवसको अवसर पारेर देशभर सप्ताहव्यापी कार्यव्रmम गरिरहेका छन् । सरकार र वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरोकारवाला निकायले आइतबारदेखि आउँदो शुुव्रmबारसम्म साताव्यापी रूपमा श्रमिकका हक अधिकारका विषयमा कार्यव्रmम गरिरहेका छन् । सरोकारवालाले वैदेशिक रोजगारीका क्रममा ठगिएका श्रमिकलाई न्याय दिन सफल भएको भन्दै तथ्यसमेत सार्वजनिक गरेका छन् । वैदेशिक रोजगार विभागको महानिर्देशकको पदबाट भर्खर अन्य कार्यालयमा सरुवा हुुनुुभएका मदन दाहालले विभागमा आएका धेरै उजुरीको सुुनुुवाइ गरेको दाबी गरे । चालुु आर्थिक वर्ष २०८०/८१ मा विभागमा परेका ८६१ वटा उजुरीमध्ये २३० उजुरीको मिलापत्र गरी विगतको तुुलनामा…
रणवीर कपूरको फिल्म एनिमल वल्र्डवाइड बक्स अफिसमा ८ अर्ब भारु क्लबमा प्रवेश गरेको छ । फिल्म रिलिज भएको १६ औं दिन अर्थात् डिसेम्बर १६ मा विश्वभर फिल्मको कमाई १९ करोड ७६ लाख भारु थियो । योसँगै फिल्मको कूल वल्र्डवाइड कलेक्शन ८ अर्ब १७ करोड ३६ लाख भारु भएको छ । भारतीय बक्स अफिसमा फिल्मले तेस्रो शनिबार १३ करोड भारु कलेक्शन गरेको थियो । योसँगै घरेलु बक्स अफिसमा फिल्मको कलेक्शन ४ अर्ब ९८ करोड १४ लाख भारु पुगेको छ । शनिबार फिल्मको हिन्दी भर्जनको अकुपेन्सी २२ दशमलव १४ प्रतिशत थियो । आइतबारको कलेक्शन सार्वजनिक भएपछि फिल्म घरेलु बक्स अफिसमा ५ अर्ब…
काठमाडौँ, १ पुस। नेपाल सरकारले कुवेतका अमिरको निधनमा शोक मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार अमिर शेख नवाफ अल अहमद अल जावेर अल सबाको सम्मानमा पुस २ गते शोक मनाउने तय भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जुन दिन नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
काठमाडौँ, १ पुस । मलेसियामा नेपालीको हत्यापछि काठमाडौँ आएका युवकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–५ घर भएका २४ वर्षीय अनिल कुमार शाह छन् । मंसिर २५ मा मलेसियामा उनले झापाको शिवसताक्षी नगरपालिका–३ घर भएका ४० वर्षीय धन बहादुर प्रधानको हत्या गरेका आरोप छ । प्रधान र आरोपी एक वर्षदेखि मलेसियामा एउटै कम्पनीमा कार्यरत थिए । मलेसियामै कार्यरत मृतकका आफन्तले दिएको सूचनाको आधारमा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) कुमोध ढुंगेलले बताए । मुलुकी अपराध संहिताले दिएको बहुक्षेत्रीय अधिकार प्रयोग गरेर प्रहरीले इन्टरपोल मार्फत मलेसियन प्रहरीसँग समन्वय गरेर हत्याको…