
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २४ मंसिर । अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०र८१ मा दोब्बर विदेशी मुद्रा भित्र्याउने अनुमान गरिरहेको अवस्था सरोकारवालाले चिया क्षेत्रमा गम्भीर सङ्कट निम्तिएको बताएका हुन् । बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले चालु आर्थिक वर्षमा नेपालबाट अर्थोडक्स र सिटीसी चिया निर्यातबाट करिब रु आठ अर्बको विदेशी मुद्रा भित्रिने आकलन गरेको बताए । उनले भने, “सरकारले समयमै चियालाई चाहिने मलसहितका कार्यक्रम उपलब्ध गराएको छ । यसले उत्पादन पनि बढ्ने अनुमान छ । उत्पादन बढेसँगै निर्यात बढी स्वतः भइहाल्छ ।”…
झापा, २४ मंसिर । झापाको बिर्तामोडमा मंसीर २६ गते नेपाली चलचित्र ‘सतीदेबी’ को प्रिमियर शो हुने भएको छ । चलचित्र पत्रकार संघ नेपाल झापाको आयोजनामा आगामी मंसीर २६ गते मंगलबार बिर्तामोडको पाथिभरा सिने प्लाजामा नेपाली चलचित्र ‘सतीदेवी’ को विशेष प्रदर्शनी हुने भएको हो । झापा चलचित्र पत्रकार संघ गठनसँगै नेपाली फिल्म प्रवद्र्धनका लागि कार्य अगाडी बढाएको हो । लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतिदेवी’ मा मुख्य पात्र मलिका महत रहेकी छिन् । चलचित्र सतीदेवी सामाजिक कथामा आधारित फिल्म हो । फिल्ममा बाबु छोरीबीचको स्नेहलाई देखाउन खोजिएको छ । फिल्मको लेखन, गीत, निर्माण निर्देशक लक्ष्मणले नै गरेका छन् । मलिकासहित फिल्ममा हर्षिका…
पाँचथर, २४ मंसिर । बिर्तामोड युनाइटेड झापालाई पराजित गर्दै डाँगीहाट फुटबल क्लब मोरङले प्रथम किराँत गोल्डकपको उपाधि उचालेको छ । शनिबार भएको फाइनल खेलमा झापालाई २–१ को गोल अन्तरले पराजित गर्दै मोरङले उपाधि चुमेको हो । उपाधिसँगै मोरङले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ हात पारेको छ भने उपविजेता बिर्तामोडले २ लाख २ हाजर २ सय २२ रुपैयाँमा चित्त बुझाएको छ । शनिबार फिदिम माविको मैदानमा सञ्जय धिमालले दशौं मिनेटमा मोरङलाई अग्रता दिलाएका थिए । झापाको कमजोर रक्षपङतिको फाइदा उठाउदै धिमालले गोल गरेका थिए । पहिलो हाफको अतिरिक्त समयमा मोरङका उमेश राईले गोल गर्दै अग्रता दोब्बर पारे ।…
जाजरकोट, २४ मंसिर । भूकम्पले घर भत्केपछि भेरी–२ का बिर्खबहादुर कार्कीको परिवार त्रिपालमा बास बस्न थालेको महिना दिन भइसक्यो । तर, अस्थायी भवन बनाउन सरकारले दिने भनेको राहत अझै पाएका छैनन् । त्यसैकारण चिसो भुइँमै रात बिताउनु परिरहेको कार्कीको गुनासो छ । सरकारले अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार दिने निर्णय गरेको थियो । जसअनुसार पहिलो किस्तामा २५ हजार र निर्माण सम्पन्न भएपछि २५ हजार दिने सरकारको निर्णय छ । तर, केन्द्र सरकारले उक्त रकम निकासा गरिसके पनि स्थानीय तहहरूले वितरणमा ढिलासुस्ती गरिरहेको पीडितहरूको भनाइ छ । राहत पाउन स्थानीय तहहरूले भूकम्प प्रभावितको लाभग्राही फारम भर्न लगाएका थिए । रकम निकासाका लागि बंैक खाता पनि खोल्न…
शिवसताक्षी, २४ मंसिर । पाराबारी भेट्रान क्लबले प्रथम पाराबारी अन्तरपालिका भेट्रान कपको आय व्यय सार्वजनिक गरेको छ । गएको असाज २४ गतेदेखि ३० गतेसम्म शिवसताक्षी ३, भानु माविको खेल मैदानमा सञ्चालन गरेको भट्रान कपको आय व्यय सार्वजनिक गरेको हो । शनिबार एक कार्यक्रम गर्दै पाराबारी भेट्रानले पाराबारी बजारमा आफ्नो कार्यालयको उद्घाटन गर्दै आय व्यय सार्वजनिक गरेको हो । भेट्रान कप सञ्चालन गर्दा ४ लाख ३७ हजार ३८१ आम्दानी र ४ लाख ३ हजार ७६० खर्च भएको पाराबारी भेट्रान क्लबको सचिव सुवास तामाङ्गले जानकारी दिए । भट्रान कपका लागि शिवसताक्षी नगरपालिकाबाट ७० हजार, वडा नं. ३ बाट, ५० हजार, वडा नं.…
झापा, २४ मंसिर । नेपाल प्रहरी प्रधान कार्यालयको आँकडाअनुसार पछिल्ला सात वर्षमा ३५ जना प्रहरी कर्मचारीले आत्महत्या गरेका छन्। जसमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका कर्मचारी छन्। प्रधान कार्यालयले दिएको तथ्यांकअनुसार एक एसएसपी, एक प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), एक प्रहरी सहायक निरीक्षक (असई), पाँच प्रहरी हबल्दार, २१ प्रहरी जवान, दुई प्रहरी कार्यालय सहयोगी (प्रकास) समेतले आत्महत्या गरेका छन्। सात वर्षकै आकडालाई केलाएर हेर्ने हो भने बर्सेनि आत्महत्या गर्नेको संख्या उकालो चढिरहेको छ। प्रहरी कर्मचारीमा देखिएको आत्महत्याको यो चित्र निकै डरलाग्दो रहेको पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) हेमन्त मल्ल बताउँछन्। ‘आत्महत्या बढ्नु समाजका लागि निकै घातक विषय हो, त्यसमा पनि…
भद्रपुर, २४ मंसिर । भद्रपुर स्थित शिक्षक मैत्री बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । सहकारीका अध्यक्ष कैलास राईको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यतामा सभा सम्पन्न गरिएको हो । संस्थाका अध्यक्ष कैलास राईले वार्षिक गतिविधि प्रस्तुत गर्दै ९३ जना शेयर सदस्य तथा ४ लाख ६२ हजार ८०० शेयर पूजी विवरण पेश गरेका थिए । गणेश गिरीले सञ्चालन गरेको कार्यक्रममा व्यवस्थापकीय जिम्मेवार तोषल दाहालले वार्षिक आम्दानी विवरण पेश गर्दै २ लाख २९ हजार ७१९ रूपैया आय विवरण पेश गरेका थिए ।
झापा, २४ मंसिर । राष्ट्रिय गौरवको योजना अन्तर्गत पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति काम सम्पन्न नहुँदा प्रथम पटक एक वर्ष म्याद थप गरिएको छ । कोरोनाको मारमा परेको र सडकमा विद्युत् पोल र अतिक्रमण हटाउन ढिलाइ भएका कारण समयमा काम सम्पन्न नहुँदा म्याद थप गरिएको जनाएको छ । तीन वर्षभित्र स्तरोन्नतिको काम सम्पन्न गर्ने ठेक्का भएको थियो । सिराहाको बलानदेखि सप्तरीको कञ्चनपुरसम्म ८६ किलोमिटरसम्म सडक, मुख्य पुल, ओभर पास ब्रिज, अन्डर पास ब्रिज, कल्भर्ट, नालासहित कालोपत्रे सडक निर्माण सम्पन्न गर्नुपथ्र्यो तर अहिलेसम्ममा ११ किलोमिटर मात्र कालोपत्रेको काम सकिएको छ । कालोपत्रेका लागि सडकको बेस बनाउने, कल्भर्ट निर्माण, पुल, नाला निर्माणको काम अझै…
भद्रपुर, २४ मंसिर । भद्रपुर स्थित मेची बहुमुखी क्याम्पस अनुसन्धान व्यवस्थापन कक्षले झापाका अग्रज पत्रकार तथा हास्यव्यंग्य लेखक नकुल काजीलाई स्रष्टा सम्मानबाट सम्मानित गरेको छ । हाँस्यव्यंग्य विषयक विचार गोष्ठी तथा हाँस्यव्यंग्य कविता वाचन कार्यक्रमको अवसरमा अग्रज पत्रकार तथा साहित्यका स्रष्ठा काजीलाई सम्मान गरिएको हो । मेची बहुमुखी क्याम्पस अनुसन्धान व्यवस्थापन कक्षका प्रमुख गंगाप्रसाद अधिकारीको अध्यक्षता तथा क्याम्पस प्रमुख जीवन पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मेची क्याम्पसका पूर्व सहप्राध्यापक चुडामणि वशिष्ठले हाँस्यव्यंग्य सिर्जनाका सीप र शैली विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाली हाँस्यव्यंग्य लेखनको विगतदेखि वर्तमानसम्मको अवस्था बारेमा जानकारी गराएका थिए । यस्तै कार्यपत्रमाथि टिप्पणी गर्दै पूर्व सहप्राध्यापक तथा हाँस्यव्यंग्यकार होमनाथ…
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । धार्मिक यात्राको योग छ । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पुँजी बजारले पनि साथ दिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)यो साता शुभ र मङ्गल कार्यको योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शुभकार्यको चर्चा चल्ने र सरुवा बढुवाको योग छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । साताको…