
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २३ मंसिर । दलित अधिकार ऐन निर्माण गर्न सक्रृय भएर लाग्ने कोशी प्रदेशका सांसदहरुले प्रतिबद्धता जनाएका छन् । संघीयता कार्यान्वयनमा आएको दुई कार्यकाल लागिसक्दा पनि अझै दलितहरुको अवस्था नाजुक रहेको र उनीहरुले जातिय विभेद र छुवाछुतको अमानविय पिडा भोग्नु परिरहेकोले चाँडै दलित अधिकार ऐन निर्माण गराउन आफुहरु सक्रृय भएर लाग्ने कोशी प्रदेशका सांसदहरुले प्रतिबद्धता जनाएका हुन । शुक्रबार विराटनगरमा भएको छलफलमा प्रदेश सांसद लिलाबल्लभ अधिकारीले दलितहरुले बर्षौदेखी भोग्नुपरेको अमानविय व्यवहारबाट मुक्त्त गराउदै क्षतिपुर्ति दिलाउन कोशी प्रदेशमा शक्त्ति सम्पन्न संरचना सहितको दलित अधिकार ऐन निर्माण गर्नुपर्नेमा जोड दिए । उनले ऐन निर्माण भएपछि मात्र दलितहरुले संबिधानमा उल्लेख भएके हक अधिकार…
झापा, २३ मंसिर । झापाको अर्जुनधारा नगरपालिकाबाट प्रहरीले अवैध काठ नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा आज बिहान मे १ त ८०५ नम्बर ट्याक्टर प्रहरीले चेकजाँच गर्दा माटोले छोपेको अवस्थामा ५२ थान करिब ५४ दशमलव ५ क्युफिट सखुवा जातको काठ फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त काठको बजार मूल्य २ लाख ७० हजार रहेको प्रहरीले जनाएको छ । प्रहरीले काठ नियन्त्रणमा लिने क्रममा ९५ हजार रुपैयाँ घुस दिन खोजेको प्रहरीको भनाइ छ । नगद, ट्याक्टरसहित अर्जुनधारा–३ का ४० वर्षीय कृष्ण श्रेष्ठ र ३८ वर्षीय रोहित घतानी समेतलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप…
बिराटनगर, २३ मंसिर । मोरङ र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधी सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार दिउँसो मोरङको बिराटनगर महानगरपालिका- १६ दरैया स्थितबाट लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेका बिराटनगर-९ का ३३ बर्षीय जिवन तामाङ र खाँदबारी नगरपालिका-७ संखुवासभाका २८ बर्षीय हिरालाल बिश्वकर्मालाई १ ग्राम ४८ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने सोहि दिन मिक्लाजुङ गाउँपालिका-९ का ३० बर्षीय सरोज मण्डल र उर्लाबारी नगरपालिका-५ का २४ बर्षीय रमेश सिंह लिम्बुलाई १ ग्राम १८ मिलिग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको हो । यसैगरी बिराटनगर- १५ बाट प्रतिबन्धित…
मोरङ, २३ मंसिर । मोरङको सुन्दरहरैचा नगरपालिका–४ स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । हिजो राती साढे १० बजे पूर्व–पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४५२५ नम्बरको ट्रक र बिपरित दिशाबाट आउदै गरेको को. २० प ५८५४ नम्बरको मोटरसाइकल अचानक ठोक्किई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक सुन्दरहरैचा–७ का २५ वर्षीय भुपाल मगर, सोही मोटरसाइकलमा पछाडी सवार ३२ वर्षीय भीमबहादुर मगर र २८ वर्षीय विक्रम माझीलाई उपचारका लागि घोपा धरान पठाइएकोमा उपचारको क्रममा बिक्रम माझीको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनामा संलग्न दुबै…
झापा, २३ मंसिर । भारत सरकारले प्याजको निर्यातमा पुनः प्रतिबन्ध लगाएको छ । तीन महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको भारतले अहिले निर्यातमा पूर्ण रोक लगाएको हो । भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनलायले सन् २०२४ को मार्च ३१ सम्मका लागि प्याजको निर्यातमा रोक लगाएको हो । अन्य मुलुकका सरकारको आग्रहबमोजिम सरकारले अनुमति दिएमा भने प्याज निर्यात हुन सक्ने पनि महानिर्देशनलायको सूचनामा उल्लेख छ । पछिल्लो समय नेपाली बजारमा समेत प्याजको हाहाकार छ । आलु र प्याजको भ्याट विवादले होलसेल व्यवसायीले आयात र बिक्री बन्द गर्दा सर्वसाधारण उपभोक्ता मारमा परेका छन् ।
जुम्ला, २३ मंसिर । जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन प्रभावित भएको छ । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जिल्लाको न्यूनतम तापक्रम–२ दशमलव ६ डिग्री र अधिकमत तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस रहेको कार्यालय प्रमुख महेश शर्माले जानकारी दिए । तापक्रम माइनसमा झरेसँगै बिहान–बेलुका घरबाट बाहिर निस्कन कठिन भएको चन्दननाथ नगरपालिका–४ निवासी सरिता न्यौपानेले बताइन् । एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि अस्पतालमा बिरामीको सङ्ख्या पनि बढेको छ । चिसो बढेसँगै रुघाखोकीका बिरामीको चाप बढेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक पुजन रोकायले बताए । चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत…
झापा, २३ मंसिर । मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) सम्झौता अन्तर्गत विद्युत् प्रसारण लाइनसम्बन्धी खरिद प्रक्रिया अघि बढेको छ । नेपाल कम्प्याक्टको व्यवस्थापकीय निकाय एमसिए नेपालका अनुसार त्यसका लागि नेपाल सरकारको अर्थ मन्त्रालय, एसमसिसी र एमसिएले आपसी समन्वयमा खरिद प्रक्रिया अघि बढाएको हो । खरिद प्रक्रियाको पहिलो चरणको बोलपत्र आह्वान अन्तर्गत गत भदौ महिनामा परेका प्रस्तावमा अनुमानित बजेटभन्दा धेरै बढी भएपछि सबै बोलपत्रको प्रस्ताव अस्वीकृत गरिएको थियो । सम्झौता अनुसार स्रोतसाधनले देशलाई अधिकतम लाभ पुग्ने गरी परिचालन गर्नका लागि अर्को बोलपत्र आह्वानको तयारी गरिएको एमसिए नेपालले जनाएको छ । विद्युत् प्रसारण आयोजनाको कार्यान्वयन छिटो गर्नुपर्ने भएकाले त्यसका लागि आन्तरिक पहल…
झापा, २३ मंसिर । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले ऋण लिएपछि तिर्नुपर्ने भन्दै राष्ट्र बैङ्कले ऋणको सदुपयोग गरेकालाई सहजीकरण गर्ने बताए । राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीतिको समीक्षापछि आयोजित पत्रकार सम्मेलनमा उनले नीतिगत रूपमा व्यवस्था गरेको र ब्याज कोरिडोर मेन्टेन गर्नका लागि राष्ट्र बैङ्क सजग रहेको बताएका हुन् । बैङ्क तथा वित्तीय क्षेत्रमा नियतवश कर्जा भुक्तान नगर्ने ऋणीहरूउपरको कारबाहीलाई थप प्रभावकारी बनाउँदै परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणलगायतका माध्यमबाट सहजीकरण गरिने उनको भनाइ छ । यसका लागि बैङ्क तथा वित्तीय संस्थाले समस्यामा परेका ऋणीबाट प्राप्त निवेदनको विश्लेषणका आधारमा बक्यौता ब्याजको…
झापा, २३ मंसिर । सरकारले समयमै अस्थायी टहरा निर्माण गर्ने रकम नदिँदा कात्तिक १८ यता त्रिपालमै बसेका ३२ भूकम्पपीडितको मृत्यु भएको छ । प्रहरीको तथ्यांक अनुसार बिहीबारसम्म जाजरकोटमा २७ र रुकुम पश्चिममा पाँचजनाले ज्यान गुमाएका छन् । चिसो बढ्दै गएकाले यो सङ्ख्या बढ्न सक्ने सम्भावना छ । कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका(१, रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको ज्यान गएको थियो । यसरी ज्यान गुमाउनेमा जाजरकोटका १०१ र रुकुम पश्चिमका ५३ जना छन् । भूकम्पले घर भत्काएपछि पीडित बारीमा त्रिपाल टाँगेर बसिरहेका छन् । सरकारले समयमै अस्थायी टहरा बनाउने रकम निकासा नदिँदा र…
बिर्तामोड, २२ मंसीर । नारी सञ्चार गृह झापाको आयोजना र बिर्तामोड नगरपालिका वडा नं. ६ को सहयोगमा शुक्रबार लैंगिक हिंसाको अवस्था, प्रकृति र कानूनी व्यवस्था विषयक विद्यार्थी लक्षित सचेतनामूलक तालिम सम्पन्न भएको छ । किशोरावस्थाका बालबालिकालाई लक्षित गरी बिर्तामोड नगरपालिका वडा नं.–६ स्थित सरस्वती माविमा आयोजित कार्यक्रममा लैंगिक हिंसामा प्रविधिको प्रयोग, हिंसाको प्रकृति, समाजमा देखिएका हिंसाजन्य घटनाक्रम, हिंसामा पर्न सकिने संभावित जोखिम र बच्ने उपाय लगायतका विषयमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायब निरीक्षक सुवास मिश्रले सहजीकरण गरेका थिए । त्यसैगरी, लैंङ्किक हिंसा, बाललैङ्गिक हिंसा, बालबिवाह, बलात्कार जस्ता जधन्य अपराधजन्य घटनामा दोषी उम्काउन गरिने प्रयास र पीडितले अपनाउनु पर्ने…