
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
ताप्लेजुङ, २२ मंसिर । ताप्लेजुङमा सामान्य वर्षासँगै जिल्लाका उच्च क्षेत्रमा हिमपात सुरु भएको छ । साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा सामान्य हिमपात सुरु भएको स्थानीयले बताएका छन् । वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका सदस्य पृथ्वी पालुंवाले बताए । पाथीभरामा यो वर्ष दोस्रो पटक हिमपात भएको हो । यसअघि कात्तिकमा सामान्य हिमपात भएको थियो । हिउँ पर्न सुरु भएसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको पाथीभरा क्षेत्रमा काम गर्दै आएका राजेन्द्र महतले जानकारी दिए । उता जिल्लाका उच्च क्षेत्र घुन्सालगायत ठाउँमा सामान्य वर्षा भएको छ भने चिसो बढेको छ । हिउँद लागे यता सदरमुकाम सहितका क्षेत्रमा सामान्य…
झापा, २२ मंसिर । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश टेकप्रसाद ढुङ्गानाविरुद्ध राजस्व न्यायाधीकरणमा आफैँसँग इजलास सेयर गरेका एक सदस्यले संसदीय सुनुवाइ समितिमा उजुरी गरेको पाइएको छ । ढुङ्गानाले न्यायाधीकरणको अध्यक्षता गर्दा लेखा सदस्य रहनुभएका पुष्पप्रसाद गुरागाईंले समितिमा उजुरी दिनुभएको हो । सुनुवाइमा प्राप्त उजुरी यसअघि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा पनि परेको थियो । न्यायाधीशको सुनुवाइ यही मङ्सिर २७ गतेदेखि मात्र हुने छ । ढुङ्गाना नेतृत्वको बहुमत सदस्यले राजस्व न्यायाधीकरण ऐन–२०३१ को दफा ९ बमोजिमको कार्यविधि पालना नगरेर राज्यलाई हानिनोक्सानी पु¥याएको आरोप गुरागाईंको छ । उनले १५० भन्दा बढी फैसलामा कुनै न कुनै रूपमा कानुनको व्यवस्था उल्लङ्घन भएको जिकिर उजुरीमा गर्नुभएको…
झापा, २२ मंसिर । त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले करिब एक महिनाअघि बनाउनुभएको त्रिविको उपकुलपति छान्ने समितिको अझै अत्तोपत्तो छैन । सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा शिक्षासचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा। चन्द्रकला घिमिरे कुलको ३ सदस्यीय छानबिन समितिले हालसम्म कुनै प्रक्रिया अघि बढेको छैन । अस्वस्थताको कारण मन्त्री राई मन्त्री क्वाटरमै बसेर काम गरिरहेका छन् भने सचिव अधिकारी तान्जानिया भ्रमणमा छन् । मन्त्री राईलाई सन्चो नभएको र कुलपतिले चासो नदिएका कारण उपकुलपति छनौट कमिटिको बैठक अनिश्चित प्रायः भएको मन्त्रालय स्रोतको भनाइ छ ।शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले त्रिवि…
झापा, २२ मंसिर । सरकारका मन्त्रीहरूले साउन २६ यता आफूहरूले गरेको कामको विवरण मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा बुझाएका छन्। मन्त्रीहरूले बुझाएका विवरणमाथि समीक्षा गर्ने काम भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठले प्रधानमन्त्री कार्यालयले माग गरेअनुसार मन्त्रालयले गरेका कामको सबै विवरण प्रधानमन्त्री कार्यालयमा बुझाएको बताइन्। प्रधानमन्त्री कार्यालयले सबै मन्त्रीसँग विस्तृत रूपमा कामको सूची मागेको छ। सरकार गठन भएको एक वर्ष पूरा हुनै लाग्दा मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले सबै मन्त्रीको ‘पर्फर्मेन्स’ ९कार्यसम्पादन० समीक्षा गर्न सुरु गरेको हो। दुई साताअघि मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयले सबै मन्त्रालयबाट कार्यसम्पादन सम्झौता मूल्यांकन फाराम मागेको थियो। धेरैजसो मन्त्रालयबाट अनलाइनमार्फत कार्यसम्पादन फाराम आइसकेको प्रधानमन्त्री कार्यालयले…
झापा, २१ मंसिर । बिर्तामोड युनाइटेट क्लब झापा पाँचथर सदरमुकाम फिदिममा जारी प्रथम किराँत गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ताप्लेजुङको कर्णसिंह सोनाम स्मृति क्लबलाई २–१ गोल अन्तरले पाखा लगाउँदै झापा उपाधि नजिक पुगेको हो । फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा विगतमा पनि भाग्यमानी देखिएको झापा योपल्ट पनि फाइनलमा पुगेको छ । ताप्लेजुङका डिफेन्डरले ह्यान्डबल गरेपछि पाएको पेनाल्टी नै झापाका लागि सुवर्ण अवसर बन्न पुग्यो । खेल सुरु भएको आठौँ मिनेटमा ताप्लेजुङका दिपेश लिम्बूले गोल गर्दै अग्रता दिलाएका थिए । झापाका डिफेन्डरले समयमा बल क्लियर गर्न नसक्दाको फाइदा उठाउँदै लिम्बूले उत्कृष्ट गोल गरेका थिए । यो अग्रता ३१औँ…
कनकाई, २१ मंसिर । जेष्ठ नागरिक कनकाई वडा नं. ७ ले वडाका १६ जना जेष्ठ मातापितालाई सम्मान गरेको छ। आज एक कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिक वडा समितिले वडामा रहेका सबै भन्दा जेष्ठ ८ जना माता र ८ जना पिता जेष्ठ नागरिक भवन निर्माणका जग्गा दाता र चन्दा दातालाई समेत सम्मान गरेको हो । कनकाई–७ स्थित जेष्ठ नागरिक भवनमा आयोजित कार्यक्रममा माताहरु मनमाया उप्रेती, नरमाया शिवाकोटी, डम्मरकुमारी पोखरेल, वचरीमाया तामाङ, सेती माया तामाङ, पार्वती आङथोपो, वुदिन मुर्मु, सुकमाया तामाङलाई सम्मान गरेको हो । त्यस्तै, ज्येष्ठ पिताहरु खड्गप्रसाद शिवाकोटी, भीमप्रसाद प्रसाईं, नारायणप्रसाद ओली, ललितप्रसाद उपरकोटी, टेकबहादुर बोहरा, टेकबहादुर दाहाल, रोहिलीप्रसाद गौतम,…
बिर्तामोड, २१ मंसिर । झापाको बाह्रदशीमा किसानले लगाएको सुठुनी खेतीमा हात्तीले क्षति पु¥याएको छ । आज दिउँसो बाह्रदशी–१ सिप्ताबारीका कमलेश गणेश र करण गिरीले संयुक्त रुपमा ३ बिघा जग्गामा लगाएको सुठुनी तरूल खाएर क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चारकोसे जंगलबाट आएका ८ वटा जंगली हात्तीले दुई लाख मूल्य बराबरको ५० कुइन्टल सुठुनीमा क्षति पु¥याएको प्रहरीले जनाएको छ ।
अर्जुनधारा, २१ मंसिर । झापाको अर्जुनधारा नगरपालिकास्थित शनिश्चरेमा लैंगिक हिंसा एवम् मानव अधिकारको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रम भएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । सम्बोधन महिला सरोकार केन्द्र झापाको आयोजना, इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडको शहजीकरण तथा शनिश्चरे प्रहरी चौकीको सहकार्यमा बिहीवार (आज) अन्तरक्रिया कार्यक्रम भएको हो । सरोकार केन्द्रकी अध्यक्ष लक्ष्मी न्यौपाने सरुको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा संवधानसभा सदस्य तथा पूर्व स्वास्थ्य राज्यमन्त्री धर्मशीला चापागाईको प्रमुख आतिथ्य रहेको थियो । स्वागत बिद्यार्थी प्रमिला रामदामले गरेको कार्यक्रममा लैङ्गीक हिंसा तथा मानव अधिकारको अवस्था बारे इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुरज कार्कीले शहजीकरण गरेका…
सागर गौतमअर्जुनधारा, २१ मंसिर । झापाको अर्जुनधारा–३ मा रहेको जुकेखाडी सामुदायिक वनको आर्थिक बर्ष २०७९/८० मा कुल ऋण ६० लाख भन्दा माथि पुगेको छ । २८ औं साधारणसभामा सार्वजनिक गरेको विवरण अनुसार हालसम्म ६० लाखभन्दा माथि ऋण रहेको र केही महिनामा १ करोड नाघ्ने बताइएको छ । बार्षिक ९ हजार ५ सय ८४ क्यू।फिट कटान क्षमता भएपनि यस समूहमा लाखौं ऋणभार प्रत्येक बर्ष बढ्दै गएको देखिन्छ। तीन वर्षमा नेतृत्व हस्तान्तरण भई सामुदायिक वनमा नयाँ नेतृत्व चयन हुने व्यवस्था छ । उम्मेदवारले निर्वाचनमा ऋण मुक्त सामुदायिक वन र कैदले पर्यापर्यटनको विकासलाई मुख्य प्राथमिकता राखी नेतृत्वमा पुग्ने गर्छन्। तर यस वनमा जुन…
मोरङ, २१ मंसिर । मोरङको बिराटनगर महानगरपालिका-७ स्थितमा रहेको कवाडी पसलमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । हिजो दिउँसो २ बजे सातघुम्ती स्थित कवाडी पसलमा अचानक आगलागी हुँदा बिराटनगर-६ का ४० बर्षीय दिपक मण्डल, ५५ बर्षीया सुशिला पासवान र ६४ बर्षीय सुनिता कामतको मृत्यु भएको छ । सुशिला पासवानको घटना स्थलमा नै मृत्यु भएको हो भने मण्डलको उपचारको लागि अस्पताल लैजाने क्रममा र सुनिता कामतको किर्तिपुर स्थित वर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । आगोमा परी घाईते भएका बिराटनगर-६ का ५८ बर्षीय किशोर पासवान, ६० बर्षीया रिता सरदार र कटहरी गाउँपालिका-६…