
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १६ मंसिर । चालु आर्थिक वर्षको चार महिनामा पेट्रोलियम पदार्थको आयात नौ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि कात्तिकसम्म ८८ अर्ब ९८ करोड ४४ लाख २२ हजार रुपियाँको आठ लाख किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मटितेल, ग्यास र हवाई इन्धन) आयात भएको हो । गत वर्ष सो अवधिमा ९८ अर्ब २७ करोड ९९ लाख ६६ हजार रुपियाँको इन्धन आयात भएको थियो। गत वर्षको तुलनामा चालु आवको चार महिनामा १० अर्ब रुपियाँको इन्धन कमी आएको छ। बजारमा इन्धनको खपत कम हुँदा आयातमा कमी आएको तथ्याङ्कले देखाएको छ । औद्योगिक प्रयोजनमा २५ देखि ३० डिजेल खपत हुने…
अर्जुनधारा, १५ मंसिर । पूर्वको पशुपतीनाथले परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा अनुष्ठान हुने भएको छ । बाला चतुर्दशीको अवसर पारेर धाममा मंसिर १७ गतेदेखि ९ दिनसम्म ४१ औँ वार्षिक अनुष्ठान आयोजना गर्न लागिएको आज आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो । धामले हरेक वर्ष धार्मिक अनुष्ठान आयोजना गर्दै आएको धामका मूल अर्चक अग्निप्रसाद सिग्देलले जानकारी दिए । अनुष्ठानलाई ऐतिहासिक बनाउने उद्देश्यले श्रीमद् देवीभागवत ज्ञान महायज्ञ पनि आयोजना गरिएको छ । अनुष्ठानमा पतञ्जलि योगपीठ हरिद्वार भारतका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण मंसिर २४ गते सहभागी हुने जनाइएको छ । अनुष्ठानमा ४० लाख खर्च र एक करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ ।
शिवसताक्षी, १५ मंसिर । झापाको शिवसताक्षी नगरपालिकाले ३२ औं लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानको आज औपचारिक उद्घाटन गरेको छ । शिवसताक्षी नगरपालिकाको नौमति बाजासहितको र्याली झिलझिले बजारबाट सुरु गरेर दुधे बजार परिक्रममा गरी औपचारीक रुपमा उद्घाटन गरेको हो । पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक विरुद्ध कार्यक्रम अभियानकै रुपमा सञ्चालन गरिदै आएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा बोल्दै नगर प्रमुख थोप्राले विभिन्न कारणबाट समाजमा भैइरहेको हिंसालाई निरुत्साहित गर्दै सभ्य समाज निर्माणका…
भद्रपुर, १५ मंसिर । झापाको भद्रपुरमा जारी प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत झापा गाउँपालिका समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । आज भएको समूह ख को पाँचौँ खेलमा कनकाईसँग हार व्यहोरे पनि यसअघिको दुई जित र गोल अन्तरका आधारमा झापा गाउँपालिका समूह विजेता बनेको हो । कनकाईका सन्दीप रसाइलीले खेलको ५३ औँ मिनेटमा गोल गरेका थिए । प्लेयर अफ दि म्याच भएका उनले नगद दुई हजार र ट्रफी पाए । यसैबीच, आज भएको दोस्रो तथा समूह ख को लिग चरणको अन्तिम खेलमा गौरादह नगरपालिका विजयी भयो । जितसँगै समूह उपविजेता हुँदै गौरादह पनि नकआउट…
झापा, १५ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् प्रजातन्त्र सेनानी पूर्णानन्द शर्मा दाहालका परिवारलाई समवेदना पठाउनुभएको छ । राष्ट्रपति पौडेलले पठाउनुभएको समवेदना सन्देश झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र उहाँकी कान्छी छोरी अवज्ञा पौडेलले बुधवार उहाँको झापास्थित निवासमा पुगेर हस्तान्तरण गर्नुभयो । राष्ट्रपति पौडेलले पठाउनुभएको समवेदना सन्देशमा भनिएको छ–‘लोकतन्त्रका लागि भएका आन्दोलनमा पटक–पटक सहभागी भएर जेलनेल र यातना भोग्नुभएका पूर्णानन्दजी एक निष्ठावान, सिद्धान्तनिष्ठ र असल नेता हुनुहुन्थ्यो । लोकतन्त्रप्रति समर्पित पूर्णानन्दजीको निधनले लोकतान्त्रिक आन्दोलनलाई अपुरणीय क्षति भएको मैले महशुस गरेको छु ।’ राष्ट्रपति पौडेलले पञ्चायतका कठिन समयमा २०२७ सालमा नेपाल विद्यार्थी संघको पूर्वाञ्चलमा संगठन विस्तारका क्रममा…
बिर्तामोड, १५ मंसिर । झापाको बिर्तामोडस्थित पतालगंगा बचत तथा ऋण सहकारी संस्थाले पत्रकार उद्धव पुरीलाई सम्मान गरेको छ । संस्थाले १५ औं वार्षिक साधारण सभाको अवसरमा आज पत्रकार पुरीलाई नगदसहित सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले सम्मानित पुरीलाई दोसल्ला ओढाउँदै सम्मान पत्र र सहकारीका अध्यक्ष युवराज गिरीले नगद प्रदान गर्नुभएको थियो । पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रको श्रीबृद्धिमा उल्लेखनीय योगदान पु¥याएको भन्दै सहकारीले उहाँलाई सम्मान गरेको हो । पत्रकार पुरी अनलाइन पत्रिका शब्दपत्र डटकम सम्पादक हुनुहुन्छ । संस्थाले सहकारीका जेष्ठ सदस्य करणध्वज लिम्बू, बीरवहादुर गुरुङ, उत्कृष्ट उद्यमी हेमप्रसाद उप्रेती, ममता राजवंशी, उत्कष्ट बचतकर्ता…
झापा, १५ मंसिर । झापाको हल्दिबारीमा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । आज बिहान ९ बजे हल्दिबारी–३ स्थित रणकालि सामुदायिक वनमा चौकीदारको रुपमा काम गर्ने सोही स्थानका चन्द्रबहादुर वनको छोरा ४० वर्षीय को धनबहादुर बन सोही सामुदायिक वनमा रेखदेखका लागि गएकोमा जंगलबाट आएको एक ओटा जंगली हात्तीले लछार पछार पारी किल्ची मारी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जनाको जानकारी पाएपछि प्रहरी चौकी जलथलले घटना स्थाल सुरक्षित राखेको र अनुसन्धान तथा कानुनी प्रकृयाको लागि वडा प्रहरी कार्यालय भद्रपुर र जिप्रका झापाबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।
मेचीनगर, १५ मंसिर । झापाको मेचीनगर–१२ सहरेडाँगीस्थित ‘श्री पञ्चावटी वीरभद्र महाकाली धाम मन्दिर’मा आयोजना गरिएको महापुराणमा आर्थिक सहयोग जुट्न थालेको छ । मङ्सिर १५ भोलिदेखि सुरु हुने महापुराणको अन्तिम तयारी पूरा हुँदै गर्दा धार्मिक तथा सामाजिक ब्यक्तित्वहरुले पुराण अगाबै १५ लाख बढी रकम दिने घोषणा गरिसकेको पुराण आयोजक समितिले जनाएको छ । सार्वजनिक मन्दिरको चौतर्फी विकास गर्ने उद्देश्यले चर्चित भागवत वाचिका राधिका दासीको प्रमुख कथा वाचकत्वमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ धन–धान्यञ्चल महापुराणका लागि सम्पुर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । महापुराणमा प्रमुख अतिथि रुपमा संघीय सांसद एबम् उपसभामुख इन्दिरा राना मगरले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको महापुराण आयोजक…
झापा, १५ मंसिर । आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ । सन् १९८१ मा पहिलो एचआइभी सङ्क्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा आठ करोड ५६ लाख जनामा सङ्क्रमण भएको छ । सङ्क्रमणका कारण चार करोड चार लाखजनाको मृत्यु भइसकेको छ । विश्वमा हरेक दिन तीन हजार ६ सय मानिस एचआइभी सङ्क्रमित हुने गरेका छन्…
झापा, १५ मंसिर । मुलुकमा राज्यकोषमा दाखिला गर्नुपर्ने रकम दाखिला नगरी राजस्व छली गर्ने क्रम व्यापक छ । सरकारका नियामक निकायको आँखा छली वार्षिक अर्बौं रुपियाँ राजस्व छली हुने क्रम रोकिएको छैन । नियामक निकायका रूपमा रहेको राजस्व अनुसन्धान विभागले गरेको छानबिनले मात्रै विगत पाँच वर्षमा ५६ अर्ब ७२ करोड बढी राजस्व छली भएको देखाएको छ । यो राजस्व अनुसन्धान विभागको तथ्यांक मात्रै हो । यसबाहेक हुने गरेका अर्बौं राजस्व छलीका घटनाहरू भने बाहिर आउन सकेका छैनन् । विभिन्न व्यापारिक प्रतिष्ठानले राजस्व छलीका विविध उपाय अपनाएर राजस्व छली गर्ने क्रमलाई निरन्तरता दिँदै आएका हुन् । यो राज्यकोष माथिको बद्मासी हो…