झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ११ मंसीर । झापाको बाह्रदशी गाउँपालिका स्थित एक काठ मिलमा आज बिहान आगलागी भएको छ । आगलागीबाट अन्दाजी सात लाख रुपैयाँ बराबरको क्षति भएको छ । बाह्रदर्शी–३ राजगढ बजारमा रहेको गोपाल राजवंशीको काठको मिलमा विद्युत्को तार सर्ट भई आगलागी हुँदा काठ चिर्ने मेसिन, काठ र मोटर जलेर नष्ट हुँदा सात लाख बराबरको क्षति भएको हो ।आगलागी इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

Read More

झापा, ११ मंसिर । झापाको कमल गाउँपालिकामा छोराले बाबुको हत्या गरेका छन् । आज बिहान धारिलो हतियार दाउ प्रहार गरी छोराले बाबुको हत्या गरेका हुन् । कमल–४ बस्ने अन्दाजी ५० वर्षका भोलाकुमार तामाङलाई उनकै छोरा २३ वर्षीय का आशिष तामाङले कराई र दाउले टाउको र दाहिने खुट्टामा प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हत्या गरी फरार रहेका आशिषलाई प्रहरी चौकी केर्खा र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोलीले कमल वडा नं ४ दुध डेरी भन्ने स्थानबाट नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

बिर्तामोड, ११ मंसिर । वैदेशिक रोजगार विभागले रोजगारीका लागि बेलायत जान ७१ जना नर्सलाई अन्तरवार्ताका लागि बोलाएको छ । लैनचौरस्थित बेलायती दूतावासमा डिसेम्बर ४ देखि ७ तारिखसम्म उनीहरूको अन्तर्वार्ता हुनेछ । बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने गरी नेपाल र बेलायतबिच सम्झौता भएको थियो । सोही आधारमा विभागले १०० जना नर्सको लागि अनलाइन आवेदन आह्वान गरेकोमा सात सयभन्दा बढीले आवेदन दिएका थिए । आवेदनमध्ये ७५ जनाको मात्रै कागजपत्र पूर्ण भएको र उनीहरूबाटै विभागले ७१ जनाको प्रारम्भिक सूची तयार पारेको जनाएको छ ।

Read More

बिर्तामोड, ११ मंसिर । झापा नेत्रहीन संघको नयाँ नेतृत्व चयन भएको छ । संघको १७आंै वार्षिक साधारणसभा तथा छैठौं जिल्ला अधिवेशनले होमनाथ राजवंशीको अध्यक्षतमा नयाँ नेतृत्व चयन गरेको हो । बिर्तामोडमा भएको अधिवेशनले उपाध्यक्ष उत्तम खतिवडा, सचिव देउकुमार राजवंशी, सहसचिव मुना भट्टराई र कोषाध्यक्षामा रोशन थापालाई चयन गरेको जनाइएको छ । त्यस्तै सदस्यहरुमा भोजकुमार तामाङ, केशवप्रसाद न्यौपाने, सुशिला दाहाल सापकोटा, भीमकुमारी श्रेष्ठ, विमलादेवी कुमाल र सन्ध्या इङ्नामलाई चयन गरिएको छ । अधिवेशनले तीन सदस्यीय लेखा समिति समेत चयन गरेको छ । जसको संयोजकमा नरेन्द्रकुमार मेहेङ्गो, चयन भएका छन् । सदस्यहरुमा कल्पना बाँस्तोला र रञ्जु रजक राई चयन भएको बताइएको छ…

Read More

इलाम, ११ मंसिर । इलामको फाकफोकथुम गाउँपालिका–७ का ५५ वर्षीय मनबहादुर लिम्बूको शव गोली लागेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । स्थानीय दौलत लिम्बूको घर पश्चिमपट्टि लिम्बूको शव भेटिएको बताइएको छ । भरुवा बन्दुकको गोली छातीमा लागे जस्तो देखिने लिम्बूको हातमा पनि चोट रहेको पाइएको प्रहरी नायव उपरीक्षक प्रकाश जगेबूले बताए । लिम्बूको शवलाई पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रान पठाइएको र घटनाको अनुसन्धान शुरु गरिएको जबेगूले बताए ।

Read More

झापा, ११ मंसिर । पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय प्रमुख डिल्ली रिजालले जानकारी दिनुभयो । उहाँले यातायात व्यवस्था विभागको परिपत्र र कार्यालयको निर्णयानुसार नयाँ दर्ता हुने सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडानलाई अनिवार्य गरिएको उल्लेख गरे । “इम्बोस्ड नम्बर प्लेट जडान त पोखरामा पहिलेदेखि नै सुरु भएको हो, तर त्यति प्रभावकारी हुनसकेको थिएन”, कार्यालय प्रमुख रिजालले भने, “अबदेखि नयाँ सवारीसाधनमा अनिवार्य गरिएको छ, पुराना सवारीसाधनमा पनि नियमितरूपमा इम्बोस्ड नम्बर प्लेट जडान…

Read More

झापा, ११ मंसिर । नेपाल प्रायः सबै वस्तुमा परनिर्भर छ । स्वदेशमा उत्पादन गर्न सकिने वस्तु पनि विदेशबाट आयात भइरहेका छन् । तर नेपालको एउटा उत्पादन गलैँचा स्वदेशमा मात्र नभएर अमेरिकी बजारमासमेत लोकप्रिय छ । मुलुकले वार्षिक साढे १४ खर्ब रुपैयाँ व्यापार घाटा बेहोरिरहेको अवस्थामा उत्पादित गलैँचाले भने आशा जगाएको छ । आर्थिक वर्ष २०७९र८० मा नेपालबाट करिब १२ अर्ब २५ करोड रुपैयाँको गलैँचा विदेश निर्यात भएको छ । त्यसको आधाभन्दा बढी ७ अर्ब ३८ करोडको गलैँचा अमेरिका निर्यात भएको छ । भन्सार विभागका अनुसार गलैँचा निर्यात मूल्यको ६० प्रतिशत अमेरिका गएको देखिन्छ । यसले अमेरिकी बजारमा नेपाली गलैँचाको माग…

Read More

झापा, ११ मंसिर । रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकले सम्झौताअनुसार काम र तलब नपाएको गुनासो गरेका छन् । करिब चार महिनाअघि त्यहाँ पुगेका २५ नेपालीमध्ये १५ जनाले भनेअनुसारको काम र तलब नपाएको भन्दै आफूहरूलाई उद्धार गरी नेपाल फर्काउन अनुरोध गरेका छन् । राम्रो रोजगारको प्रलोभन देखाएर नेपालबाट त्यहाँ पु९याइएका उनीहरू सम्झौताअनुसारको काम नपाएपछि उद्धारका लागि हारगुहार गरिरहेका छन् । पशुपति एचआर सोलुसन प्रालिमार्फत् साउदीको सुमित डाइरेक्सन फर इन्डस्ट्रिज कम्पनीमा पुगेको तर, त्यहाँ त्यो कम्पनी नै नभेटिएपछि आफूहरूलाई अर्कै कम्पनीमा सप्लाइका रूपमा काममा लगाएको भए पनि समयमा तलब नपाएको उनीहरूको गुनासो छ । त्यहाँ कार्यरत हरि गिरीका अनुसार अझै…

Read More

झापा, ११ मंसिर । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक एक लाख रुपियाँसम्म पेन्सन लिन थालेका छन् । सामाजिक सुरक्षा कोषले कोषको योजनामा आबद्ध भएर योगदान गरिरहेका बेला विभिन्न कारणले मृत्यु भएका ४१४ योगदानकर्ताका आश्रित परिवारलाई चार हजारदेखि ९९ हजार ६२५ रुपियाँसम्म निवृत्तिभरण वितरण गर्दै आएको छ । कोषका अनुसार बालाजुु ग्रुप अफ कम्पनीमा कार्यरत सन्तोष मेट्रु र अक्सफाम जिबी नेपालमा कार्यरत सुवास न्यौपानेको मृत्युपछि उनीहरू आश्रित परिवार श्रीमती र सन्ततिले गरेर मासिक त्यो बराबरको रकम निवृत्तिभरणका रूपमा प्राप्त गर्दै आएका छन् । मृतक मेट्रु र न्यौपाने कम्पनीमा काम गर्ने र तलब…

Read More

अर्जुनधारा, १० मंसिर । झापाको अुर्जनधारा नगरपालिकाले सुधारिएको चुल्हो वितरण थालेको छ । आज यहाँस्थित १० नम्बर वडा कालीझोडाका एक सय ५० विपन्न परिवारलाई सुधारिएको चुल्हो वितरण गरेको छ । खर्चिलो र धुँवा युक्त युक्त चुल्हो प्रयोग गर्दै आएका स्थानीय विपन्न परिवारले अर्जुनधारा नगरपालिकाको पहलमा मोटर पंखा जडित सुधारिएको चुलो पाएका छन् । जसले स्थानीयबासी हर्षित बनेका छन् । एक कार्यक्रमका बीच अर्जुनधारा नगरपालिका प्रमुख वलदेवसिंह गोम्देन चुलो वितरण गरेका छन् । इपीसी नामक संस्थाले अनुदानमा उपलब्ध गराएको तीन हजार सात सय थान चुल्हो नगरपालिकाले वितरण गराउन थालेको हो । त्यस्तै, नगरपालिकाले ११ नम्बर वडामा पनि चुलो वितरण गरेको छ…

Read More