झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १२ मंसिर । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी रहेका अधिकांश पुलको समेत मूल संरचनाको काम सकिएको छ । उनले निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर दूरीसम्मका रहेको जानकारी दिए । हालसम्म मोरङ, सुनसरी, झापा र इलामका खोलाका पुलको निर्माण सकिएको छ । डाले, मुगु, खुदुम, मोरङे, नुसारी, सुखानी सहादत्तस्थल, बुद्धि सुखानी, सुखानी खोला, टाङटिङ, बयङ्ग, तेली, विजुवा, बुकुवा, रतुवालगायतका खोलाको पुल निर्माण सम्पन्न भएको उनले बताए। यसमध्ये सबैभन्दा लामो खुदुम खोलाको चार सय मिटर, तेली खोलाको…

Read More

झापा, १२ मंसिर । भद्रपुरमा फर्निचर पसल चलाउँथे ३९ वर्षीय अकबर अन्सारी। पारिवारिक समस्याले उनी ऋणमा चुर्लुम्मै डुबे। ऋणको बोझ हटाउन श्रीमतीसहित वैदेशिक रोजगारीमा जाने उनले निधो गरे। अन्सारीले आफू र श्रीमती अफ्रुज खातुनको राहदानी बनाए। फर्निचरको काममा दुवै विदेश जाने सोचमा पुगे। अनि म्यानपावर एजेन्टहरूसँग सम्पर्क गर्न थाले। यसै क्रममा आफूले सञ्चालन गर्दै आएको फर्निचर पसल उनले बन्द गरे। भद्रपुर–८ स्थित फूलबारी टोलनिवासी अन्सारीको अन्ततः दुबईको भिसा लाग्यो। श्रीमतीको चाहिँ लागेन। अन्सारीलाई काठमाडौंं धुम्बाराहीस्थित सागर रिक्रुटमेन्ट प्रालिले गत असोज २८ गते दुबईस्थित जेबेल अली उडायो। उक्त म्यानपावर कम्पनीले फ्री भिसा, फ्री टिकटको समेत धज्जी उडाउँदै आफूसँग १ लाख ७५…

Read More

झापा, १२ मंसिर । झन्डै दुई महिनाको गृहकार्यपछि सरकारले आइतबार सार्वजनिक गरेको ७१ जना सहसचिवको सरुवा सूचीले निजामति क्षेत्रमा तरंग ल्याए पनि केही सरुवा विवादित देखिएको छ । लामो समयपछि एकै दिन ७१ सहसचिवको सरुवा भएको हो । लामो गृहकार्य भएको भए पनि यसपटकको सरुवामा पनि कुनै सुधार देखिन सकेन । परम्परागत रूपमै सोर्सफोर्स र भनसुनकै आधारमा सहसचिवको सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाटै बढी हस्तक्षेप गरेर सरुवालाई विवादित बनाइएको स्रोतको दाबी छ । नीतिगत तहमा सहसचिवहरूको भूमिका महत्वपूर्ण हुन्छ । उनीहरू विभागीय प्रमुखहरूको रूपमा रहन्छन् । यति महत्वपूर्ण भूमिकामा रहने सहसचिवहरूको सरुवा गर्दा सधैं हचुवा र स्वार्थका…

Read More

झापा, १२ मंसिर । रुस–युक्रेनको सीमा क्षेत्रमा भएको भिडन्तमा परेर नौ जना नेपाली घाइते भएका छन् । एक वर्षभन्दा बढी समयदेखि दुई मुलुकबिच चलेको द्वन्द्वमा नेपालबाट गएकामध्ये नौ जना हाल घाइते भएर मस्कोमा उपचाररत छन् । उपचाररत सबैको अवस्था खतरामुक्त रहेको घाइतेमध्ये एक जनाले नाम सार्वजनिक नगर्ने सर्तमा बताए । ‘हामीसँग रहेका नौ जना साथी एकैसाथ घाइते भयौँ,’ मस्कोमा उपचाररत नेपालीले भने, ‘अहिले मस्कोमा उपचार गरिरहेका छौँ ।’ गत १३ नोम्बेम्बरमा रुस र युक्रेनको सीमा क्षेत्रमा भिडन्त हुँदा नौ जना घाइते भएका हुन् । नेपालमा सेना समायोजनमा बहिर्गमनमा परेका झन्डै ५० पूर्वमाओवादी लडाकु रुस पुगेका छन् । ‘पहिलो श्रेणीमा लामबद्ध…

Read More

बिर्तामोड, ११ मंसीर । पाथीभरा टोल सुधार संस्थाको १६ औं वार्षिक साधारणसभा सभा संस्थाको आफ्नै सभाहलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तेजप्रसाद शिवाकोटीको अध्यक्षता तथा कोशी प्रदेशका सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्था विभिन्न क्षेत्रमा उत्कृष्ठलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । हरिप्रसाद ढकाललाई ज्येष्ठ नागिरक सम्मान गरिएको कार्यक्रममा प्रमिला ढकाल वर्षोत्कृष्ट बुहारी, उत्कृष्ट सरसफाइ वातावरण सम्मान रोड नं ४ कि देवी कुँवरलाई सम्मान पत्र र नगदसहित सम्मान गरिएको थियो । त्यस्तै भवन निर्माणका लागि सहयोग गर्ने उषा प्रसाई बस्नेतलाई सम्मान गरिएको कार्यक्रममा एसईई उत्कृष्ठ विद्यार्थीहरु सृजन सिटौला र रोसिका उप्रेतीलाई नगदसहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो…

Read More

भद्रपुर, ११ मंंसिर । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकाले अंक बाँडेका छन् । आज भएको पहिलो खेलमा शिवसताक्षी र अर्जुनधाराको खेल १–१ गोल मा सकिएको थियो । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलमा बराबरीसँगै शिवसताक्षी र अर्जुनधाराले एक–एक अंक जोडेका छन् । खेलको प्लेयर अफ दि म्याच अर्जुनधाराका निखिल तामाङ भए । आज भएको दोस्रो खेलमा झापा गाउँपालिका विजयी भयो । झापाले भद्रपुर ब्लेजर्सलाई १–० गोल अन्तरले हरायो । खेलको प्लेयर अफ दि म्याच झापाका मर्गुस किस्कू भए । प्रतियोगिताको विजेताले नगद…

Read More

शिवसताक्षी, ११ मंसिर । शिवसताक्षी नगरपालिकाले कृषि शाखालाई विस्तार गरेको छ । कोरोना भाइरस सक्रमणको बेला कोभिड अस्पतालको रुपमा रहेको शिवसतक्षी ११ को साविकको झरना प्राविको भवनमा कृषि सेवा केन्द्र वितार गरेको हो । कृषकलाई सहजरुपमा पहुँच पु¥याउनका लागि सेवा केन्द्र विस्तार गरेको शिवसताक्षी नगरपालिकाका प्रशासकीय अधिकृत अमृतबहादुर राईले जानकारी दिए । त्यस्तै शिवसताक्षी नगरपालिका ११ दूधेमा रहेको पशु सेवा केन्द्र समेत सोही स्थानमा स्थान्तरण गरिएको छ । दूधेमा भाडाको घरमा सञ्चालन भइरहेको पशु सेवालाई नगरकै स्वामित्वमा रहेको भवनमा सारिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । उक्त विद्यालय यस अघि नै मर्च भई सतासी प्राविमा गाभिएको थियो । विद्यालय भवन शिवसताक्षी…

Read More

बिर्तामोड, ११ मंसिर । स्वीकारोक्ति फाउन्डेशनले ‘स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३’ शुरु गरेको छ । झापाको बेलडाँगीबाट फाउण्डेशनले आजदेखि शान्ति यात्रा शुरु गरेको हो । आज बेलडाँगीमा विभिन्न स्रष्टाका पाँच पुस्तक विमोचन, विद्यार्थीहरुसँग अन्तरक्रिया लगायतका कार्यक्रम गरेको छ । फाउण्डेशनको ११ औं वार्षिकोत्सवका अवसरमा खुसी, शान्ति र सत्भाव फैलाउने उद्देश्यका साथ स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३ शुरु गरिएको फाउण्डेशनका अध्यक्ष डेम्जोङ साम्पाङ राईले जानकारी दिनुभयो । विश्व शान्ति यात्रा अन्तरगत नेपाल र भारतको विभिन्न स्थानहरुमा स्वीकारोक्ति दर्शन सम्बन्धी विभिन्न कार्यक्रम गरिने छ । ‘अस्तित्वहरुको न्यायिक सम्बोधन’ भन्ने मूल विचार र मान्यता बोकेर विगत ११ वर्षदेखिे निरन्तर अस्तित्वहरूको न्यायिक सम्बोधन र…

Read More

इलाम, ११ मंसिर । इलामको माई नगरपालिका–३ बाट २ ग्राम ३२० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी दानावारीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा पैदल हिँडिरहेका स्थानीय २५ वर्षीय सुदिप कुमार दनुवारलाई चेकजाँच गर्दा दनुवारको साथमा उक्त परिणामको लागुऔषध बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका दनुवारको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

झापा, ११ मंसिर । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०र८१ को साउन, भदौ र असोजमा भारतबाट रु ४७ करोड ९७ लाख ६० हजार मूल्यबराबरको २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ । सोही अवधिमा नेपालबाट रु नौ करोड ६५ लाख ७२ हजार आठ सय मूल्यबराबरको छ हजार ३० मेट्रिक टन तरकारी भारत निर्यात भएको कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले बताए । पूर्वीनाकाबाट हुने ताजा तरकारीको व्यापारमा चालु आवको तीन महिनामै रु ३८…

Read More