
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ९ मंसिर । झापाको भद्रपुर–९ स्थित प्रकाश एकता कृषि सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष गोपालप्रसाद श्रेष्ठको सभापतित्व तथा कोशी प्रदेशका पूर्व भूमि व्यवस्था गरिबी निवारण तथा सहकारी मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा उत्कृष्ट सम्मान एवम वार्षिक गतिविधि प्रस्तुत गर्दै सभा सम्पन्न गरिएको हो । संस्थाको नीति तथा कार्यक्रम सहित वार्षिक गतिविधि प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले ९४८ महिला तथा ६९४ पुरूष र अन्य ५ गरी १६४७ शेयर सदस्य रहेको विवरण प्रस्तुत गर्दै ८२ लाख ८ हजार ५०० शेयर पूँजी रहेको जानकारी गराएका थिए । संस्थाका कोषध्यक्ष चन्द्रबहादुर कार्कीले…
भद्रपुर, ९ मंसिर । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा कमल र झापा गाउँपालिका विजयी भएका छन् । आज भएको पहिलो खेलमा कमल गाउँपालिकाले दमक नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै तीन अंक जोडेको छ । त्यस्तै, झापाले गौरादह नगरपालिकालाई ३–० गोल अन्तरले हराउँदै झापा गापाले तीन अंक बटुलेको छ । पहिलो खेलको प्लेयर अफ दि म्याच कमलका युनिस मगर र दोस्रो खेलको प्लेयर अफ दि म्याच झापाका उमेश मुर्मू भए । फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगितमा झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर…
बिर्तामोड, ९ मंसिर । झापाको बिर्तामोडमा द शिप सट कफी सप तथा बारिष्टा ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ । बिर्तामोड ५ मायादेवी कम्प्लेक्समा शनिबारदेखि ट्रेनिङ सेन्टर सञ्चालनमा आएको हो । ट्रेनिङ सेन्टरको उद्घाटन वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरी, संस्थापक अध्यक्ष शारदा रिजाल ढकाल, सञ्चालिका सुमित्रा भट्टराईले संयुक्त रुपमा गरेका हुन् । विगत पाँच वर्षयता कफी संस्कृतिको विकास हुँदै गएकाले यस क्षेत्रमा लगानी गरिएको सञ्चालिका एञ्जेला भट्टराईले बताइन् । ४० लाख रुपैयाँ भन्दा बढीकोे लगानीमा सञ्चालनमा आएको सेन्टरमा कफीका पारखीले ५ प्रकारका अग्र्यानिक र गुणस्तरीय कफीको स्वाद लिन सक्ने छन् । कफी सपमा ६२ प्रकारका हट तथा कोल्ड कफी पाइने…
भद्रपुर, ९ मंसिर । झापाको हल्दिबारी गाउँपालिका–२ स्थित एक किसाना पसलमा क्षति पु¥याएको छ । आज बिहान हल्दिबारी–२ सरस्वतीका हरिप्रसाद आचार्यको काठको घुम्तीमा सोही स्थानकी मनकुमारी मगरले सञ्चालन गर्दै गरेको किराना पसल भत्काएर चाउचाउ, बिस्कुट, चकलेट, मुरै, चिनी, दाल लगायतका सामान खाँदा ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पसलको सामान खाएर हात्ती जंगल तिरै गएको प्रहरीले जनाएको छ ।
झापा, ९ मंसिर । राजतन्त्रको पक्षमा उपत्यकामा दुई दिनयता आन्दोलनरत मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको समूह पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिकाप्रति असन्तुष्ट देखिएको छ । प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक महाभियान’ मा जोडिएका अभियन्ता पूर्वराजा शाहको भूमिकासँग असन्तुष्ट देखिएका हुन् । राजतन्त्रका पक्षमा राजधानीमा आन्दोलन चलिरहँदा यसबारे पूर्वराजा शाहबाट कुनै अभिव्यक्ति आएको छैन । आन्दोलनका क्रममा प्रसाईं समूह र सुरक्षाकर्मीबीच सिर्जना भइरहेको छ । तर पूर्वराजा शाहबाट त्यसबारे कुनै प्रतिक्रिया आएको छैन । बरु उनी प्रसाईं समूहको आन्दोलनलाई खुलेर समर्थन नगरेको तर उस्तै अजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले शनिबार आयोजना गर्ने कार्यक्रममा सहभागी हुन शुक्रबार त्यसतर्फ…
झापा, ९ मंसिर । झापामा यो वर्ष बर्खे धानको उत्पादन बढ्ने भएको छ । गत वर्ष चार लाख २३ हजार मेट्रिकटन धान उत्पादन भएकोमा यो वर्ष चार लाख ३० हजार मेट्रिक टनभन्दा बढी हुने कृषि ज्ञान केन्द्र झापाको प्रारम्भिक अनुमान छ । गत वर्ष जिल्लामा धानको ४.८९ मेट्रिकटन प्रतिहेक्टर रहेकोमा यो वर्ष ५ पुग्ने कार्यालयले जनाएको छ । “नमूना संकलन गरिरहेका छौं”, कार्यालयका निमित्त प्रमुख सागर विष्टले भन्नुभयो, “यो वर्ष धान उत्पादन बढी भएको पाएका छौं, चार÷पाँच दिनमा यकिन तथ्यांकन आउँछ ।” जिल्लाका माइपश्चिम बिर्तामोड, बुद्धशान्ति, अर्जुनधारा, हल्दिबारी लगायतका स्थानमा नमूना संकलन गर्दा उत्पादन राम्रो भएको पाइएको उहाँको भनाइ छ…
झापा, ९ मंसिर । विश्वव्यापी भोकमरीको सूचकाङ्क ९जिएचआई० मा नेपालको अवस्था सुधार देखिएको छ। ग्लोबल हंगर इन्डेक्स २०२३ र वेल्टहङ्गर हिल्फेद्वारा संयुक्त रूपमा प्रकाशित वार्षिक प्रतिवेदनमा यस्तो सुधार देखिएको हो । जिएचआईले १२५ राष्ट्रमा गरेको अध्ययनमा नेपाल ६९ औँ स्थानमा रहेको छ । अङ्कका आधारमा नेपालले १५ अङ्क प्राप्त गरेको छ। अघिल्लो वर्ष नेपालको अवस्था ८१ औँ नम्बरमा रहेको थियो। सार्क राष्ट्रमा भने नेपाल दोस्रो स्थानमा छ। शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा बालबालिकामा हुने कुपोषण, पुड्कोपन, ख्याउटेपन र बाल मृत्युदरलाई भोकमरीको सूचक मानिएको थियो। नेपालमा १५ प्रतिशत जनसङ्ख्याले मात्रै पेटभर खान नपाउने अवस्था रहेको अध्ययनले देखाएको छ। आजको गोरखापत्र दैनिकमा…
झापा, ९ मंसिर ।औसतमा दैनिक एक हजार पाँच सय नेपाली युवा रोजगारीको खोजीमा विदेश गइरहेका बेला नेपालमा भने विदेशी दक्ष जनशक्ति आएर काम गरिरहेका छन् । नेपालबाट रोजगारीकै लागि श्रम स्वीकृति लिएर बिदेसिने युवाको ठुलो सङ्ख्या अदक्ष जनशक्ति हो । यसबाहेक सानो सङ्ख्यामा दक्ष जनशक्ति पनि बाहिरिने गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो चार महिनामा सरकारले ६९० विदेशी नागरिकलाई काम गर्ने अनुमति ९श्रम स्वीकृति दिएको छ । नेपालमा दक्ष जनशक्ति नपाएको अवस्थामा विदेशी राख्न पाउने कानुनी व्यवस्था छ। नेपालमा खास गरी विदेशी लगानीमा निर्माण भइरहेका परियोजनामा काम गर्न विदेशी आउने गरेका छन्…
झापा, ८ मंसिर । झापाको सुरुङ्गा जेसीजले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । लागुऔषध दुव्र्यसनीविरुद्ध विभिन्न कार्यक्रम गर्न कोष स्थापना गर्ने उद्देश्यले सुरुङ्गा जेसीजले यही मंसिर १० गतेदेखि १७ गतेसम्म साताव्यापी महायज्ञ गर्न लागेको हो । महायज्ञको ९५ प्रतिशत तयारी पूरा भइसकेको आज सुरुङ्गा जेसीज भवनमा आयोजित पत्रकार सम्मेलनमा पुराण मूल आयोजक समितिका अध्यक्ष एलपी उप्रेतीले जानकारी दिनुभयो । महायज्ञ सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ खर्च हुने र खर्च कटाएर ५० लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको सुरुङ्गा जेसीजका अध्यक्ष प्रविन तिम्सिनाले बताउनुभयो । कोष स्थापना गरेर प्राप्त ब्याजबाट लागुऔषध न्यूनीकरणका लागि अभियान चलाइने उहाँको भनाइ…
बिर्तामोड, ८ मंसिर । झापाको मेचीनगर नगरपालिका–११ धाइजनस्थित एक रबर उद्योगमा आज बिहान आगलागी भएको छ । मेचीनगर–११ का शान्तिराम चिमरियाले सञ्चालन गरेको धाइजन पशुपालन तथा रबर उद्योगमा आगलागी हुँदा रू २५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । रबर सुकाउने क्रममा रबर भट्टीबाट अकस्मात आगलागी हुँदा रबर, रबर सुकाउने मेसिन र १५० मन धान पूर्ण रुपमा जलेर नष्ट भएको उहाँले बताउनुभयो । आगलागी प्रहरी, स्थानीयबासी र मेचीनगर नगरपालिकाको बारुण यन्त्रले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।