
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ४ मंसिर । झापाको बाह्रदशी गाउँपालिकामा धानसहितको परालको कुन्युमा आज आगलागी भएको छ । आज दिउँसो भएको आगलागीबाट बाह्रदशी–६ बिहीबारेका कैलाश तामाङको १४ कठ्ठा खेतको धानसहितको परालको कुन्यु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागी भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी र स्थानीयबासीको सहयोगमा करिब २ घण्टा पछि आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट धानसहितको पराल पूर्ण रुपमा जलेर नष्ट हुदा करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।
झापा, ४ मंसिर । सार्वजनिक यातायातमा ग्लोबल पोजिसनिङ सिस्टम ९जिपिएस० जडान गर्ने सरकारी योजना अलपत्र परेको छ । भेहिकल ट्र्याकिङ सिस्टम (भिटिएस) मार्फत सार्वजनिक यातायातको अनलाइन निगरानी गर्न दुई वर्षअघि जिपिएस जडानको काम सुरु भए पनि हालसम्म जम्मा ३५ वटा सवारीसाधनले मात्र जडान गरेका छन् । यातायात व्यवस्था विभागले २०७८ मङ्सिरमा निःशुल्क सेवासहित १०० वटा सवारीमा निःशुल्क सेवा दिएर जडान सुरु गरेको थियो । निःशुल्क सेवा दिँदा पनि जम्मा ३५ वटा सार्वजनिक सवारीले मात्र जडान गरेका थिए । निःशुल्कका लागि एक सय वटा कोटा तय गरिएकामा ६५ वटा अझै बाँकी रहेको विभागले जनाएको छ । विभागले निःशुल्क सेवासहित नमुना अभ्यासका…
इलाम, ४ मंसिर । इलाममा शैक्षिक भ्रमणमा आएका विद्यार्थी र शिक्षक सवार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनुषा जिल्ला धानुषाधाम नगरपालिका-९ धारापानीका १२ वर्षीय अर्पण लामा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । आइतबार साँझ मेची राजमार्गस्थित रोङ गाउँपालिकाको अर्याल चोकमा बस दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख वासुदेव खतिवडाका अनुसार धानुषाधाम नगरपालिका–९ धारापानीका २० वर्षीया गणेशकुमारी मोक्तानको अनुहारमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ । दुर्घटनामा परी घाइते सोही ठाउँ बस्ने ११ वर्षीया समीक्षा मोक्तान, १२ वर्षीय शेखर मोक्तान,…
झापा, ४ मंसिर । पछिल्ला वर्षमा मधुमेह लागेसँगै आँखाको दृष्टि गुम्नेको संख्या पनि बढ्दै गएको छ । मधुमेहका बिरामीको आँखाको पर्ने असरबारे सन् २०२० मा गरिएको अध्ययन प्रतिवेदन अनुसार १९।४ प्रतिशत मधुमेहका बिरामीको आँखामा पनि असर परेको पाइएको हो । तीमध्ये ५० प्रतिशतमा गम्भीर असर परेको पाइएको छ। मुलुकका मुख्य आँखा अस्पताल पुगेका बिरामीमा गरिएको अध्ययनबाट यस्तो तथ्यांक आएको हो । नेपाल अन्धोपना सर्वेक्षण १९८५ अनुसार मुलुकमा विभिन्न कारणले आँखाको दृष्टि गुम्नेको संख्या तीन प्रतिशत थियो भने सन् २०११ मा यो संख्या बढेर नौ प्रतिशत पुगेको छ । नेपालमा अन्धोपनाको संख्या बढ्नुका पछाडि मधुमेह मुख्य कारण भएको तिलगंगा आँखा अस्पतालकी…
झापा, ४ मंसिर । उदाउँदो सूर्यलाई अघ्र्य दिँदै यस वर्षको छठ पर्व सम्पन्न भएको छ । हिजो बेलुका अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको थियो ।
झापा, ४ मंसिर । राजनीतिक नेतृत्व, कर्मचारी र व्यापारीहरूबीच त्रिपक्षीय मिलेमतोमा ठुला ठुला भ्रष्टाचार भइरहेको तथ्य भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका विभिन्न प्रतिवेदनहरूलाई अध्ययन गर्दा विगत चार वर्षमा कर्मचारीहरूले राजनीतिक नेतृत्व र व्यापारीहरूसँग सेटिङ गरी ११ अर्ब रुपियाँभन्दा बढी अकुत सम्पति आर्जन गरेको पाइएको छ । यद्यपि, भ्रष्टाचार कार्यमा सेटिङ गरी अकुत सम्पति आर्जन गर्ने राजनीतिक नेतृत्व र व्यापारिक पक्ष भने बिरलै मात्र अख्तियारको छानबिनमा परेको पाइएको छ । अख्तियारका अनुसार आर्थिक वर्ष २०७६–७७ देखि आर्थिक वर्ष २०७९–८० सम्मको चार वर्षको अवधिमा ८८ जना कर्मचारीहरूको ११ अर्ब रुपियाँभन्दा बढी अकुत सम्पति देखिएको हो । अकुत सम्पति देखिएपछि अख्तियारले…
जाजरकोट, ४ मंसिर । जाजरकोट भूकम्पमा ज्यान जोगाएका ११ जनाले चिसोलाई भने परास्त गर्न सकेनन्। कात्तिक १७ गते राति आएको भूकम्पबाट त जसोतसो जोगिए, तर यसपालिको हिउँद उनीहरूका लागि ‘काल’ बनेर आयो। बितेको १० दिनमा जाजरकोटमै ११ दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गयो। कारण हो, चिसोको बास। भूकम्पका कारण घरमा क्षति पुगेपछि हजारौं जाजरकोटवासी त्रिपालमा बस्दै आएका छन्। ज्यान गुमाउनेमा बारेकोट गाउँपालिका–१, रामीडाँडाका ७० वर्षीय डुमे पुन, भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४, जिरीका ७९ वर्षीय नरेन्द्रबहादुर सिंह नलगाड नगरपालिका–४ का ७७ वर्षीय गोपालबहादुर रावल र ४८ वर्षीया पम्फा रावलले ज्यान गुमाएका छन्। चार जना दम रोगी हुन्।…
भद्रपुर, ३ मंसिर । झापाको भद्रपुर नगरपालिका–३ मेचीपारिस्थित अनहै राजवंशीको मेचीखोला छेउमा रहेको खेतमा करिब आठ फिट लम्बाइ र १० केजी तौल भएको अजिंगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । जीवित अवस्थामा फेला परेको उक्त अजिंगर डिभिजन वन कार्यालय चन्द्रगढीमा बुझाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
झापा, ३ मंसिर । इलामको रोङ गाउँपालिकास्थित किटानीमा यात्रु सवार बस दुर्घटना भएको छ । ४० जना सवार उक्त बस दुर्घटनामा ९–१० वर्षको एक बालकको मृत्यु भएको इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले बताउनुभयो । ‘प्रहरीको टोली त्यहाँ पुगेको छ । धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली दुर्घटनामा परेको हो,’ उनले भने, ‘९–१० वर्ष जतिको एक जना बालक रुखमा ठोक्किएको अवस्थामा देखिन्छ । बाँकी २७ जनाको उद्धार भइसकेको छ । कति जना गम्भीर र कति सामान्य घाइते छन् भन्ने कुरा खुलेको छैन ।’
बिर्तामोड, ३ मंसिर । बिर्तामोड नगरपालिकाको आयोजनामा बिर्तामोड र कनकाई क्षेत्रका करिव १५० ज्येष्ठ नागरिकहरुलाई सम्मानसहित लौरो वितरण गरिएको छ । सभामुख देवराज घिमिरेको सचिवालयको समन्वयमा आज आयोजित कार्यक्रमका विच ज्येष्ठ नागरिकहरुलाई सभामुख घिमिरेले ढाका टोपी, मजेत्रो र लौरो प्रदान गर्नुभयो । कार्यक्रममा बोल्दै सभामुख घिमिरेले बुढेसकालको सहाराका लागि लौरो प्रदान गरेको बताउनु भयो । उहांले नेतृत्वकर्ताबाट कुनै गल्ती भए यहि लौरोले खवरदारी गर्न आग्रह समेत गर्नुभयो । सभामुख घिमिरेले ज्येष्ठ नागरिकहरु सबैको साझा अभिभावक भएको भन्दै उहाँहरुको सम्मान जरुरी रहेको बताउनु भयो । कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरुलाई यातायात खर्च समेत उपलब्ध गराइएको छ।सभामुख घिमिरेको सचिवालयको समन्वयमा अर्जुनधारा र बुद्धशान्तिमा…