झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ५ मंसिर । झापामा कात्तिक महिनामा सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । कात्तिममा ४६ वटा दुर्घटनामा परी १० पुरुष र ३ महिला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले जानकारी दिनुभयो । उक्त दुर्घटनामा १० जना सख्त घाइते भएका छन् भने ४९ जना सामान्य घाइते भएको कार्यालय प्रमुख न्यौपानेले बताउनुभयो । गत वर्षको तुलनामा यो वर्ष चाडपर्वको समयमा दुर्घटनामा भने कमी आएको उहाँको भनाइ छ ।

Read More

झापा, ५ मंसिर । व्यावसायिक सयपत्री फूलको खेतीमा लगानी गरेका किसान फूल नबिकेपछि समस्यामा परेका छन् । तिहार र छठपर्वमा पनि नबिकेका फूल अब खेतमै कुहिने अवस्था पुगेको छ । बिर्तामोड नगरपालिका वडा नं ९ का दलबहादुर अधिकारीले यस वर्ष एक बिघा पाँच कठ्ठा जग्गामा सयपत्री फूलको खेती लगाउनुभएको थियो । गत वर्ष १० कठ्ठामा मात्र फूलखेती गर्दा मनग्य आम्दानी भएपछि उत्साही बनेर यसपालि खेती विस्तार गर्दा लगानी नै बर्बाद भएको उहाँले गुनासो गर्नुभयो । तिहारको मुखैमा भारतबाट आयातित फूलको माला र थुँगाले बजार जमाएपछि स्वदेशी सयपत्री फूलको उत्पादन बिक्री नभएको उहाँको भनाइ छ । “भारतबाट सयपत्री फूल र कागजको…

Read More

झापा, ५ मंसिर । करेन्ट लगाएर माछा मार्न खोज्दा क्रममा पोखरामा श्रीमान–श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मुस्ताङको जोमसोम घर भएका ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीय सावित्री सुनार रहेका छन् । उनीहरूले पोखरा–२९ पटनेरीमा खेतमा पानी लैजाने कुलोबाट करेन्ट लगाएर माछा मार्न खोजेका थिए । उक्त करेन्टले आफैँ घाइते भएको उनीहरुको उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

Read More

बिर्तामोड, ५ मंसिर । बिर्तामोड नगरपालिका र हल्दिबारी गाउँपालिका जोड्ने सहिद चन्द्र मार्गको शिलान्यास गरिएको छ । बिर्तामोड नगरपालिका–४ देखि वडा नं ३ को आर्दश चोक नडियाबारी हुँदै वडा नं ९ को हल्दिबारी गाउँपालिकाको सम्झाना चोकसम्म जोड्ने एक हजार दुई सय मिटर लम्बाइको सडकको सभामुख देवराज घिमिरेले सोमबार शिलान्यास गरेका हुन् । सडक बोर्डले गत वर्ष विनियोजन गरेको एक करोड र चालु आर्थिक वर्षको एक करोड १० लाख गरी दुई करोड १० लाखको लागतमा सडक निर्माण हुन लागेको सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले बताए । उनका अनुसार सडक बोर्डले मुलुकमा विशेष महत्वका सडकलाई लक्षित गरेर बजेट विनियोजन गर्दै…

Read More

झापा, ५ मंसिर । इन्डियन आयल आयल कर्पोरेसन (आईओसी) बाट डिजेलको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य घटाएको छैन । डिजेलको मूल्य लिटरमा ७ रुपैयाँ र पेट्रोलमा ८० पैसा घटेर आए पनि ग्यासमा प्रति सिलिन्डर २ सय ८० रुपैयाँ घाटा भएको भन्दै निगमले मूल्य नघटाएको हो । मूल्य घटेर आउँदा निगमलाई डिजेलमा ३४ करोड रुपैयाँ नाफा भए पनि ग्यासमा ३४ करोड नै घाटा रहेकाले मूल्य समायोजन नगरेको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक बिरेन्द्र गोईतले बताए। डिजेलको मूल्य घटेर आएकाले घटाउनु पर्ने उपभोक्ताको माग रहेको छ। आईओसीबाट हरेक १५–१५ दिनमा नयाँ मूल्य आउँछ। त्यसका आधारमा मूल्य निर्धारण हुन्छ।…

Read More

झापा, ५ मंसिर । दसैँ, तिहार र छठ पर्वको लामो बिदापछि विद्यालय खुलेका छन् । यसैक्रममा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ स्थित जनविकास माध्यमिक विद्यालय पनि सोमबारबाट खुल्यो । साथी भेट्ने, कक्षाकोठामा पढ्ने र विद्यालयको प्राङ्गणमा खेल्ने उत्साह बोकेर विद्यालय आएकी कक्षा ८ की १४ वर्षीय कृष्णा मल्ललाई आजको स्कुले दिन भारी लाग्यो । न उनी कसैसँग खुलेर बोल्न सकिन्, न त कक्षाकोठामा छिर्ने आँटै गरिन् । गत कात्तिक १७ गते रातिको भूकम्पमा परेर एउटै कक्षामा पढ्ने साथी विराज मल्ल र प्रेमा मल्ल मरेको खबरले कृष्णाको अनुहार उदास भइरह्यो । विद्यालय भवन भत्किएको देखेकी उनको मन पनि भत्कियो । भावविह्वल अवस्थाकी कृष्णाले…

Read More

झापा, ५ मंसिर । बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएसँगै र उद्यमी व्यवसायीहरु व्यवसायमा ¥हास आएका कारण लगानी गर्न डराएका कारण बैंकहरुले क्रमिक रुपमा कर्जाको व्याजदर घटाउन थालेका छन् । बैंकहरुले ५९ खर्ब १९ अर्ब निक्षेप संकलन गर्दा कर्जामा लगानी भने ४९ खर्ब ८७ अर्ब मात्र पु¥याउन सकेका छन् । सीडी रेसियो ८१ प्रतिशतको आसपासमा रहे पछि बैंकहरु कर्जामा लगानी गर्न व्याजदर घटाउन लागि परेका हुन् । बैंकहरुको व्याजदर महँगो भएका कारण उद्योग धन्दा फस्टाउन नसकेका कारण कर्जा व्याजदर एकल अंकमा झार्नुपर्ने दबाब उद्यमी व्यवसायीहरुको परेका कारणले पनि बैंकहरुले व्याजदर घटाउन थालेका हुन् । गतवर्षसम्म बैंकहरुमा तरलताको अभाव भएपछि बैंकहरुले कर्जाको व्याजदर…

Read More

झापा, ५ मंसिर । अर्जुनधारा नगरपालिकालाई तयार पारिएको आवधिक नगर विकास योजना हस्तान्तरण गरिएको छ । अर्जुनधाराबासी हाल सभामुख देवराज घिमिरेको सचिवालयमा कार्यरत केशवराज ढुङ्गेलले तयार पारेको आवधिक नगर विकास योजना हस्तान्तरण गरिएको हो । सोमबार नगरपालिकाको सभाहलमा भएको एक समारोहमा कार्यक्रमका प्रमुख अतिथि देवराज घिमिरे तथा योजनाका सहजकर्ता ढुङ्गेलले उक्त पुस्तक नगर प्रमुख बलदेवसिंह गोम्देनलाई हस्तान्तरण गरेका हुन् । अर्जुनधारा नगरले प्रत्येक वर्ष आवधिक योजनाका लागि बजेट विनियोजन गर्दै आएको भए पनि काम हुन सकेको थिएन । ढुङ्गेलले नगरलाई निःशुल्क उक्त आवधिक योजना प्रदान गरेका हुन् । उक्त योजनाका लागि नगरले छुट्याएको ४० लाख रुपैयाँ बजेट अन्य विकास निमार्णका…

Read More

एजेन्सी । अमेरिकाको शिकागोस्थित इलिनोयमा रहेको ब्रुकफिल्ड चिडियाखानामा रहको एक पोथी सार्क माछाको बच्चा जन्मिएको छ । चिडियाखानामा रहेको एपुलेट सार्क माछाको वंश वृद्धि हुनु खुसीको कुरा हो । तर निकै आश्चर्यको कुरा त के भने उक्त पोथी सार्कले कुनै भालेसँग संसर्ग नगरीकनै बच्चा पैदा गरेको छ। सो पोथी सार्क पछिल्लो चार वर्षदेखि एक्लै रहेको छ र ऊसँग सम्बन्ध कायम गर्नका लागि त्यहाँ कुनै भाले सार्क छैन । चिडियाखानाका अनुसार त्यहाँ कुनै पनि पोथी जीवले भालेबिनै यसरी आफ्नो बच्चा पैदा गरेको यो दोस्रो घटना हो । यो प्रक्रियालाई भर्जिन बर्थ अर्थात् कुमारी जन्म भनिन्छ । त्यसक्रममा सार्क माछाले पाँच महिनासम्म…

Read More

झापा, ४ मंसिर । मुलुकको दोस्रो ठूलो सहकारी संस्थाका रुपमा पहिचान बनाएको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को ३१औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत साधारणसभा जारी छ । मंसीर २ गतेदेखि सुरु भएको इकाइगत साधारणसभाको तेस्रो दिन आज बुधबार बिर्ताअर्जुन क्षेत्रका १० वटा सेवा केन्द्रमा उपइकाइगत सभा सम्पन्न गरिएको हो । सोही क्रममा बिर्तामोड सेवा केन्द्रको उपइकाइगत साधारण सभा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा बिर्तामोडमा सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीले सञ्चालक समितिको तर्फबाट तयार गरिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले वित्तीय कारोबार गर्ने एनएमसीका ५८ वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गर्दै आएको…

Read More