
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
राजेश ढुंगानायतिबेला मुलुकमा धेरै चर्चा र चासोको विषय नेपाली कांग्रेसको महाधिवेशन भएको छ । इतिहासदेखि अघिल्लो पटकसम्म लगातार पहिलो दलका रुपमा स्थापित रहेको कांग्रेसको महाधिवेशन जस्तो सबैभन्दा महत्वपूर्ण विषयमा आम चासो र चर्चा हुनु स्वाभाविक नै हो । तर, यसपटकको महाधिवेशनको चर्चा कांग्रेसका लागि त्यति प्रीतिकर र सुखद भने छैन । त्यसै पनि कांग्रेस यो समय अत्यन्त गम्भीर मोडमा पुगेको छ । उसको जीवन रहने वा नरहनेसम्मको फैसला यो महाधिवेशनकै समयमा, नभए त्यसको केही महिनाभित्र हुन सक्छ । हुन सक्छ– कांग्रेस बाँची नै रह्यो भने पनि अत्यन्त लिखुरे भएर बाँच्ने सम्भावना प्रबल छ । कांग्रेसको घोषित महाधिवेशन समयमा नै हुने…
बिर्तामोड नगरपालिकाको प्रस्ताव आह्वान सम्बन्धी सूचना !
झापा, १८ पुस । बंगलादेशको मयमनसिंह जिल्लामा सोमबार साँझ एक हिन्दु कामदारको गोली हानी हत्या भएको छ । यो दुई हप्ताभित्र बंगलादेशमा हिन्दु समुदायका तेस्रो सदस्यको हत्या हो । घटना स्थानीय समयअनुसार साँझ ६ः४५ बजे भालुका उपजिल्लामा रहेको सुल्ताना स्वेटर लिमिटेड कपडा कारखानामा भएको हो । कारखानामा कार्यरत सुरक्षा गार्ड ४२ वर्षीय बजेन्द्र विश्वासलाई गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हत्या अभियोगमा २९ वर्षीय नोमान मियालाई पक्राउ गरिएको छ । प्रत्यक्षदर्शीका भनाइअनुसार ड्युटीमा रहेका दुई सुरक्षा गार्डबीच कुराकानीको क्रममा नोमानले सरकारले जारी गरेको बन्दुक तेर्स्याउँदा गोली पड्कियो । गोली बायाँ तिघ्रामा लागेर बजेन्द्रको घटनास्थलमै मृत्यु भएको…
झापा, १६ पुस । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ । हिजो बढेको अमेरिकी डलर, युरो, पाउन्ड, बहराइन दिनारसहितका मुद्राको मूल्य आज घटेको हो । अस्ट्रेलियन डलर, कुवेती दिनारसहित केही मुद्राको भाउ हिजो पनि घटेको थियो । आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९७ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा थियो । पुस २…
झापा, १६ पुस । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहनुभएका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, नेताहरु खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता तथा कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्कनुभएको थियो । भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहनुभएका कोइरालालगायतका नेताले राष्ट्रियता एकता तथा…
झापा, १६ पुस । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा हुस्सु लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । यसैबीच, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । हुस्सु र कुहिरोका कारण तराई क्षेत्रमा हवाई तथा स्थल यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । काठमाडौँ उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ५ डिग्री सेल्सीयस रह्यो…
झापा, १५ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गर्ने ६४ राजनीतिक दलमध्ये २२ दलले मात्रै ११० स्थानमा उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगमा यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीमा २२ दलले मात्रै समानुपातिकको सबै स्थान ११० उम्मेदवारी मनोनयन गरेका हुन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कूल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएको बताए । सबै (११०) स्थानमा उम्मेदवारी दिने राजनीतिक दलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, मङ्गोल नेशनल अर्गनाइजेशन, लोकतान्त्रिक समाजवादी…
झापा, १५ पुस । झापा गोल्डकपका अध्यक्ष केदार गिरी बिर्तामोड उद्योग वाणिज्य संघको सल्लाहकारमा मनोनित भएका छन् । संघको आज बसेको बैठकले गिरीलाई एक कार्यकालका लागि सल्लाहकारमा मनोनयन गरेको हो । बिर्तामोड उद्योग वाणिज्य संघको विधान २०७३ को परिच्छेद ९ अन्तर्गत दफा २९.१ को उपदफा ‘क’ बमोजिम सल्लाहकारमा मनोनयन गरिएको संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए । विधानअनुसार संघले पाँच सदस्यीय सल्लाहकार समिति गठन गर्न पाउने व्यवस्था छ । सोही प्रावधानअनुसार गिरीलाई सल्लाहकार समितिमा समेटिएको अध्यक्ष न्यौपानेले बताए । कञ्चन निर्माण सेवाका सञ्चालकसमेत रहेका गिरी झापाका स्थापित व्यवसायी हुन् । उद्योगी व्यवसायीको हकहित तथा संरक्षणका क्षेत्रमा उनको भूमिका प्रभावकारी रहने…
बर्दिया, १५ पुस । बर्दियाको मधुवन नगरपालिका–२ को जनजागृति सामुदायिक वनमा घाँस काट्न गएकी १७ वर्षीया विनीता परियारको मृत्यु भएको छ । सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा बाघले आक्रमण गरी जङ्गलभित्र लगेको स्थानीयले बताएका छन् । आमा छोरी लगायत पाँच जनाको समूहमा सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा बाघले आक्रमण गरेको थियो । छोरी उकालो चढेर आमालाई तान्दै गर्दा पछाडिबाट बाघले आक्रमण गरेको पारिवारिक स्रोतले जनाएको छ । घटनाको बारेमा थाहा पाउन साथ प्रहरीको टोली र स्थानीयबासी खोजतलास गर्दा उनी वनमा मृत फेला पारेको प्रहरीले जनाएको छ । पछिल्लो समयमा बर्दियामा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ…
तीर्थराज तिम्सिनाझापा, १५ पुस । स्वास्थ्य बीमा कार्यक्रममा मंसिर मसान्त सम्ममा झापाका सात लाख ५६ हजार पाँच सय ८९ जना नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय झापाकी सुचना अधिकारी राधा रिमाल अधिकारीका अनुसार पछिल्लो समय स्वास्थ्य बीमामार्फत सेवा पु¥याउने अस्पताल तथा उपचार केन्द्र प्रशस्त भएका कारण झापामा सरकारको स्वास्थ्य बीमाप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको बताएकी छिन् । झापा जिल्लामा सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा सबैभन्दा बढी संख्यामा सहभागी भएको जिल्ला समेत रहेको छ । पन्ध्रवटा स्थानीय तह रहेको झापामा सबैभन्दा बढी दमक नगरपालिकाका नागरिकहरु बीमामा आबद्ध भएका छन् भने सबैभन्दा कम झापा गाउँपालिकाका नागरिकहरु…