झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

ताप्लेजुङ, १४ पुस । ताप्लेजुङमा कुल मतदाताको सङ्ख्या ९० हजार ३ सय २७ पुगेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले प्रकाशित गरेको अन्तिम मतदाता नामावली अनुसार ४८ हजार २ सय ८५ पुरुष र ४२ हजार ४२ महिला मतदाता रहेका छन् । पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या ६ हजार २ सय ४३ कम छ । पछिल्लो पटक जिल्लामा २ हजार ४२ नयाँ मतदाता थपिएका हुन् । विसं २०७९ को निर्वाचनमा जिल्लामा ८८ हजार २ सय ८५ मतदाता रहेका थिए । नौ स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी १८ हजार १ सय ९० मतदाता फुङलिङ…

Read More

सन्तोष शर्माझापा, १४ पुस । झापामा पछिल्लो समय पेभर्स सडकको लोकप्रियता बढ्दै गएको छ । छिटो–छरितो रुपमा निर्माण हुनुका साथै हेर्दा आकर्षक, टिकाउ र मर्मत गर्न सजिलो हुने भएपछि जिल्लामा पेभर्स सडकको लोकप्रियता बढ्दै गएको हो । अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले नगर क्षेत्रमा अधिकांश सडकहरु कालोपत्रे र केही सडक पेभर्स लगाएको रहेको बताउनुभयो । “पछिल्लो समयमा कम भारबहन क्षमता भएका भित्री सडकमा पेभर्स लगाएर सडक निर्माण गर्न थालिएको छ”, उहाँले भन्नुभयो, “हेर्दा राम्रो देखिने र भत्किहाले पनि मर्मत गर्न सजिलो हुँदो रहेछ ।” सडक निर्माण गर्ने ठेकेदारले नै पाँच वर्षको ग्यारेन्टी दिएर सडक मर्मत गर्ने भएकाले नगरपालिकालाई सहज हुने…

Read More

झापा, १४ पुस । सरकारले इराकमा गएर फर्केका नेपाली कामदारलाई पुनः इराक जान श्रम स्वीकृति दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले इराकको आधिकारिक भिसा तथा वैध ‘रेसिडेन्सी कार्ड’ भएका कामदारलाई आवश्यक प्रक्रिया पूरा गरी श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । सन् २००४ मा १२ नेपालीको हत्या भएपछि इराकलाई द्वन्द्वग्रस्त मुलुकको सूचीमा राखी श्रम स्वीकृति रोकिएको थियो । तर, हाल करिब ३० हजार नेपाली इराकमा कार्यरत रहेको अध्ययनले देखाएको छ । सरकारको निर्णयपछि श्रम स्वीकृति लिएर जाने कामदारले वैदेशिक रोजगार कल्याणकारी कोषअन्तर्गत मृत्यु वा अङ्गभङ्गमा आर्थिक सहायता पाउनेछन् । साथै वैध प्रणालीमार्फत कमाइ स्वदेश पठाउने बाटो…

Read More

झापा, १४ पुस । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले पुस १४ गते सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो। जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ । डेढ वर्षदेखि एक वर्षको लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

Read More

झापा, १४ पुस । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ । आयोगले मतदाता नामावली खरिदका लागि एक हजार, सवारी साधनमा ७० हजार, सवारी इन्धन १० हजार, प्रचारप्रसार सामग्रीमा १४ हजार ५०० खर्च गर्न पाउने गरी खर्चको सीमा निर्धारण गरेको छ । यसैगरी, ढुवानी १० हजार, गोष्ठी अन्तरक्रियाका लागि एक लाख, अन्य प्रचारप्रसार, छापा एवम् विद्युतीय माध्यममा खर्च १४ हजार ५०० खर्च गर्न पाइनेछ । त्यस्तै, कार्यालय सञ्चालन ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध शीर्षकमा…

Read More

झापा, १४ पुस । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार तराई भू(भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ। देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । देशका तराई भू–भागमा हुस्सु र कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ ।

Read More

झापा, १४ पुस । झापा गाउँपालिका–२ सडकबारीमा खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । आइतबार दिउँसो करिब २ः२५ बजे झापा गाउँपालिका–२ सडकबारीका दिनेश कडेलका ३ वर्षीय छोरा दिवांस कडेल खेल्ने क्रममा आफ्नै घर अगाडि रहेको पानीको खाल्डोमा डुबेर गम्भीर घाइते भएका थिए । घाइते बालकलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो । उपचारको क्रममा चिकित्सकले आइतबार दिउँसो ३ः२२ बजे बालकलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

बिर्तामोड, १३ पुस । बिर्तामोडमा स्थानीय तहस्तरीय अन्तरविद्यालय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा वडा नम्बर ८ स्थित सेन्ट जेभियर्स स्कुलको खेलमैदानमा आजदेखि प्रतियोगिता सुरु भएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईँले औपचारिक कार्यक्रमका बीच पानसमा दीप प्रज्वलन गरी रनिङ शिल्ड अनावरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभयो । प्रतियोगितामा ३८ वटा विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थी सहभागी रहेको नगरपालिकाको शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिनुभयो । भोलिसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, उसु, तेक्वान्दो, कराते लगायत विभिन्न खेल विधा समावेश गरिएका छन्। उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईँले विद्यार्थीहरूको खेलकुद क्षेत्रमा…

Read More

बिर्तामोड, १३ पुस । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद झापा जिल्ला कार्यसमितिको आयोजनमा तमु ल्होसार पर्वविविध कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइएको छन् । तमु ल्होसारको पूर्व सन्ध्यामा शनिबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालाको पश्चिम पट्टीको खुला मैदानमा आयोजित कार्यक्रममा झापाभरि छरिएर रहेका तमु (गुरुङ) समुदायको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा गुरुङ समुदायको मौलिक परिकारका स्टल, नमुना रोधी घर सजावट गरी दैनिक जीवनमा प्रयोग हुने मौलिक सामग्री प्रदर्शनीमा राखिएको थियो । कार्यक्रममा कक्षा–१२ मा सर्वोत्कृष्ट अंक प्राप्त गरी उर्तीर्ण विद्यार्थी छात्रतर्फ प्रतिक गुरुङ र छात्रातर्फ सन्दिया गुरुङलाई सम्मान गरिएको थियो । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद झापा…

Read More

सुनसरी, १३ पुस । सुनसरीको अस्थायी प्रहरी चौकी वरगाछीले पुस १२ गते धरान–८ बाट लागुऔषध ब्राउनसुगरसहित पाँचथर हिलिहाङ गाउँपालिका–७ का विशाल योक्पाङदेन र धरान–१० का इमन लिम्बुलाई ६ ग्राम ७ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । यसैगरी, इलाका प्रहरी कार्यालय देवानगञ्जले देवानगञ्ज गाउँपालिका–२ बाट बेवारिसे अवस्थामा रहेको प्रतिबन्धित औषधी ट्रामाडोल २ हजार २ सय २० क्याप्सुल बरामद गरेको हो । लागुऔषधसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ भने प्रतिबन्धित औषधी कारोबारमा संलग्नहरुको खोजीकार्य भइरहेको छ ।

Read More