
झापा, १४ पुस । सरकारले इराकमा गएर फर्केका नेपाली कामदारलाई पुनः इराक जान श्रम स्वीकृति दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले इराकको आधिकारिक भिसा तथा वैध ‘रेसिडेन्सी कार्ड’ भएका कामदारलाई आवश्यक प्रक्रिया पूरा गरी श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
सन् २००४ मा १२ नेपालीको हत्या भएपछि इराकलाई द्वन्द्वग्रस्त मुलुकको सूचीमा राखी श्रम स्वीकृति रोकिएको थियो । तर, हाल करिब ३० हजार नेपाली इराकमा कार्यरत रहेको अध्ययनले देखाएको छ ।
सरकारको निर्णयपछि श्रम स्वीकृति लिएर जाने कामदारले वैदेशिक रोजगार कल्याणकारी कोषअन्तर्गत मृत्यु वा अङ्गभङ्गमा आर्थिक सहायता पाउनेछन् । साथै वैध प्रणालीमार्फत कमाइ स्वदेश पठाउने बाटो पनि खुला हुनेछ । नयाँ कामदारलाई भने इराक जान श्रम स्वीकृति खुला गरिएको छैन ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



