झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २१ असार । राष्ट्रिय परीक्षा बोर्डले २०७९ को एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आज बोर्डले नतिजा सार्वजनिक गरेको हो । गत चैत १७ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए । सहभागी परीक्षार्थीमध्ये ४३१ जनाको परीक्षा रद्द र २९० जनाको स्थगित भएको जनाएको हो । परीक्षामा २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए अंक ल्याएका छन् । जुन गत वर्षको भन्दा ४.६३ प्रतिशत रहेको बोर्डले जनाएको छ । अघिल्लो वर्ष ९ हजार ६३३ विद्यार्थीले ए प्सल जीपीए ल्याएका थिए ।

Read More

झापा, २१ असार । झापामा लागुऔषध सम्बन्धी मुद्दामा महिलाको संलग्नता बढ्दै गएको छ । पछिल्लो चार वर्षको तथ्यांक हेर्दा जिल्लामा लागुऔषध सम्बन्धी मुद्दामा महिलाको संलग्नता बढ्दै गएको देखिन्छ । झापामा आर्थिक वर्ष २०७६/०७७ मा लागुऔषध सम्बन्धी मुद्दामा १२ जना महिला पक्राउ गरेका थिए । तर, चालू आव २०७९/८० को जेठ मसान्तसम्ममा आइपुग्दा उक्त संख्या झण्डै तेब्बर बृद्धि भएको छ । अर्थात्, चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा दुई भारतीय नागरिकसहित ३१ जना महिला लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका छन् । आव २०७७/०७८ मा दुई भारतीयसहित १२ जना र २०७८/०७९ मा दुई भारतीयसहित २८ जना महिला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका…

Read More

झापा, २१ असार । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको लागि १९ वटा संस्थाले अनुमति पाएका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले १९ वटा संस्थालाई नतिजा उपलब्ध गराउन अनुमति दिएको हो । ती संस्थाले वेबसाइट, एसएमएस र आईभीआरबाट नतिजा उपलब्ध गराउने भएका हुन् । त्यसरी अनुमति पाएकामा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा हेर्न सकिनेछ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । शुक्रवार भित्रमा नतिजा प्रकाशन गर्ने गरी बोर्डले तयारी गरेको हो । गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट चार…

Read More

झापा, २१ असार । बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्यधिक गर्मी हुने छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले सो कुराको जानकारी दिएको छ । समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको बताउँदै पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति कम हुने विज्ञप्तिमा उल्लेख गरे । पृथ्वी र सूर्यबिचको दुरी करिब १५ करोड किलोमिटर छ । बिहीबार दुवैबिचको दुरी करिब १५ करोड २० लाख किलोमिटर हुने छ । पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्यदुरुस्थ भनिन्छ । उनले सूर्यबाट टाढा…

Read More

झापा, २१ असार । प्रतिस्थापन विधेयक ल्याउन भएको ढिलाइ र प्रतिपक्षी दलहरूको अवरोधका कारण मिटरब्याजपीडितका समस्या सम्बोधनका लागि ल्याइएको अध्यादेश निष्क्रिय अवस्थामा पुगेको छ। अध्यादेश जारीपछि बसेको सङ्घीय संसद्को बैठकमा पेस भएको ६० दिनको अवधिमा प्रतिस्थापन पारित नभएपछि अध्यादेश निष्क्रिय भएको हो। वैशाख २४ गते प्रतिनिधि सभामा अध्यादेश पेस भएको थियो। सरकारले असार ५ गते प्रतिस्थापन विधेयक राष्ट्रिय सभा सचिवालयमा दर्ता गरेको थियो। अध्यादेश निष्क्रिय भएसँगै मिटरब्याज कसुरमा हुने कारबाहीमा कानुनी शून्यता भएको छ। अध्यादेश निष्क्रिय भए पनि विचाराधीन विधेयक भने यथावत् नै रहने छ। बुधबार अन्तिम दिन विधेयक पारितको कार्यसूची तय भए पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहितका प्रतिपक्षी…

Read More

झापा, २१ असार । वर्तमान सरकारका अधिकांश मन्त्रालयको कार्यप्रगति विवरण (रिपोर्टकार्ड) कमजोर देखिएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको ६ महिनाको अवधिमा धेरैजसो मन्त्रालयको कार्यप्रगति कमजोर देखिएको भन्दै सचिव बैठकमा समीक्षा भएको छ । मुख्य सचिव डा. वैकुण्ठ अर्यालको अध्यक्षतामा हालै बसेको सचिवहरूको बैठकले मन्त्रालयको कार्यप्रगति कमजोर रहेको ठहर गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै २१ वटै मन्त्रालयको नियमित अनुगमन गर्ने निर्णय गरेको हो । सचिव बैठकमा गरिएका १२ वटा निर्णय मध्ये पहिलो निर्णयमा मन्त्रालयहरूको अनुगमन गर्ने निर्णय भएको छ । सो बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको एकीकृत अनुगमन प्रणालीमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम…

Read More

इलाम, २० असार । इलाम नगरपालिका–८ स्थित महभीर चट्टानमा आरोहणको रुट बनाउन थालिएको छ । विश्व कीर्तिमानी सगरमाथा आरोही तथा इलाम नगरपालिकाको पर्यटन सदभावना दूत कल्पना महर्जनको संयोजकत्वमा उक्त रुट बनाउ थालिएको हो । उक्त रुट फिक्सिगको लिड इन्टरनेशल माउन्टेन गाइड नरबहादुर अस्तानीले गरेका थिए । साथमा सहयोगीहरू सुजन गुरुङ, थोप्टेन लामा र सज्जन घले रहेका छन् । यसको व्यवस्थापन भने क्लाम्विग पर्यटकीय क्षेत्र प्रवद्र्धन विकास समितिले इलाम नगरपालिका ८ महभीरको रहेको छ । इलाम नगरपालिका र पर्यटन वोर्डको आर्थिक व्यस्थापनबाट महभीरमा रहेको चटानमा ६ वटा विभिन्न ग्रेडको रुट बनाउने कार्य भइरहेको सदभावना दूत महर्जनले बताइन् । रुट बनाउने काम…

Read More

झापा, २० असार । अब अनलाइनबाटै सेवाग्राहीले लाइसेन्स प्रक्रियाको आवेदनदेखि राजस्व भुक्तानी समेत गर्न सक्नेछन् । साबिकको लाइसेन्स प्रणालीमा सुधार गरी विद्युतीय सेवा प्रवाह प्रणाली ‘अप्लाइडीएलन्यू डीओटीएम डट जीओभी डट एनपी’ वेबसाइटको सुरुवात गरेसँगै सेवाग्राहीले अनलाइनबाटै आवेदन र राजश्व भुक्तानी गर्न पाउने भएका हुन् । सरकारले सवारी चालक अनुमति पत्र प्रक्रियालाई थप व्यवस्थित बनाउने गरी अनलाइन प्रणालीको विकास गरेको हो । यातायात व्यवस्था विभागले आज देशभरका यातायात कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री र सहज बनाउन उक्त प्रणालीको शुरुवात गरेको हो ।

Read More

झापा, २० असार । झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापा स्थित प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका–३ का २४ वर्षीय मनिष वाग्लेलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । यसैगरी, इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका–८ का २५ वर्षीय सुवास कार्की, २५ वर्षीय लोकेश राई लेटाङ–९ का २० वर्षीय दिबाहाङ राई, २० वर्षीय पवन बाग्दान र २६ वर्षीय अबिषेक दर्जी समेतलाई स्पासपेन २ सय चक्की, ट्रामाडोल ६ सय ४५…

Read More

विराटनगर, २० असार । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङविरुद्ध परेको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आफूखुसी खानेपानी बोर्डको अध्यक्ष बनेको भन्दै उनी विरुद्ध उच्च अदालतमा रिट परेको थियो । अदालतको यो आदेशसँगै हर्क साम्पाङले धरान खानेपानी बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने बाटो खुलेको छ । साम्पाङविरुद्ध खानेपानी बोर्डका सदस्य विजय श्रेष्ठलगायतले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । उक्त रिटको सुनुवाइ गर्दै न्यायाधीश कृष्णकमल अधिकारी र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बुधबार साम्पाङलाई बोर्डको अध्यक्षकै रुपमा काम गर्ने बाटो खोलिदिएको हो । रिटमा उच्च अदालत विराटनगरले जेठ २६ गते अल्पकालीन अन्तरिम आदेश दिएर दुवै…

Read More