झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २२ जेठ । बिर्तामोड नगरपालिकालाई हरितनगरका रुपमा विकास गरिने भएको छ । यो वर्ष हरित वर्ष घोषणा गरेर हरित नगर निर्माणका लागि अघि बढ्ने नगरपालिकाको योजना रहेको जनाइएको छ । विश्व वातावरण दिवसका अवसरमा बिर्ताबजारमा आज आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईंले बिर्तामोडलाई हरित नगर बनाउने अभियानमा लागेको बताउनुभयो । वातावरण स्वच्छ र हराभरा बनाउनका लागि बिरुवा रोप्न आवश्यक रहेको भन्दै उहाँले नगरबासी सबैले जतिसक्दो धेरै बिरुवा रोप्न आग्रह गर्नुभयो । सडकको दायाँ–बायाँ, घर, विद्यालय वरिपरि रुख रोपेर स्वच्छ वातावरणमैत्री हरितनगर निर्माणको लागि सबै एकजुट भएर लाग्नुपर्नेमा उहाँले जोड दिनु भयो । वातावरण दिवसको अवसरमा आज…

Read More

कनकाई, २२ जेठ । झापाको कनकाई नगरपालिकास्थित नेपालकै पहिलो समुदायमा हस्तान्तरण गरिएको सामुदायिक वन परिसरमा विश्व वातावरण दिवसको अवसरमा सरसफाई तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ । कनकाई सामुदायिक वन समूहको अयोजना तथा यस क्षेत्रका दुई दर्जन बढी सामाजिक तथा शैक्षिक संघ–संस्थाको सह–आयोजनामा दिवसको अवसरमा सुरुङ्गा बजार पश्चिम गोसलाइन वन क्षेत्रमा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम गरिएको हो । वन क्षेत्रमा अत्याधिक मात्रामा फोहोर थुप्रिन थालेपछि यसको निवारणका लागि सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम गरिएको कनकाई समुदायिक वनका अध्यक्ष ख्याम ओलीले जानकारी दिनुभयो । उनले आगामी दिनमा वन क्षेत्रमा जो कसैले फोहोरमैला फालेको भेटिएमा जरिवानासहित कानूनी कार्वाही गरिने उहाँले बताउनुभयो । वन क्षेत्रमा…

Read More

भद्रपुर, २२ जेठ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले आफ्ना दश बुँदे माग समेटेर भद्रपुर नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । नगर समितिका अध्यक्ष विदुर ढुंगानाको नेतृत्वमा गएको टोलीले नगर प्रमुख तथा शिक्षा समिति अध्यक्ष गणेश पोखरेललाई शिक्षक तथा कर्मचारीका समस्या हल गरिदिन माग राख्दै ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्रमा वर्तमान श्रम ऐनको पूर्ण रूपमा कार्यान्वयन गराउँदै भद्रपुरमा संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको न्युनतम पारिश्रमिक १५,५००। (पन्ध्र हजार पाँच सय) कायम हुनु पर्ने, श्रम ऐनले तोकेका सवै प्रकारका विदा कार्यान्व हुनु पर्ने, सार्वजनिक विदा अतिक्रमण रोकिनु पर्ने, शैक्षिक योग्यता अनुसारको जिम्मेवारी तथा पारिश्रमिक दिने वातावरण निर्माण…

Read More

बिर्तामोड, २२ जेठ । नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालयले बिर्तामोडको चारपाने चोकमा सरसफाई कार्यक्रम आयोजना गरेको छ । विश्व वातावरण दिवसको अवसरमा शिक्षालयले कार्यक्रम आयोजना गरेको हो । विद्यार्थीहरुले ‘सलुसन टु प्लाष्टिक पलुसन, वातावरण जोगाउ र आफु बाचौँ, वातावरण जोगाउने हाम्रो दायित्व’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए । र्यालीमा वन विज्ञान, बाली विज्ञान, पशु विज्ञान र होटल म्यानेजमेन्ट अध्ययनरत शिक्षालयका विद्यार्थीहरुको सहभागिता रहेको कलेजका सहायक प्रधानाध्यापक विष्णुप्रसाद चुडालले जानकारी दिए । विभिन्न नारा लेखिएको प्ले कार्ड सहित कलेजबाट निस्किएको विद्यार्थीको र्यालीले चारपाने चोकमा गएर सरसफाई गरेको थियो । सरसफाई पश्चात संक्षिप्त कोणसभा गरी कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षालय व्यवस्थापन समितिका अध्यक्ष ज्योतिसिं…

Read More

सान सिरो, २२ जेठ । एसी मिलानका स्ट्राइकर ज्लाटान इब्राहिमोविचले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । योसँगै ४१ वर्षीय खेलाडीको उत्कृष्ट फुटबल करियरमा पूर्णविराम लागेको छ । ‘म फुटबललाई अलबिदा भन्दै छु तर तपाईंहरुलाई होइन,’ आइतबार सिजनको अन्तिम खेलपछि स्वीडिस खेलाडीले सान सिरोमा समर्थकहरूलाई भने । इब्राहिमोविचले यसअघि नै क्लब छाड्ने घोषणा गरिसकेका थिए । आफ्ना करियरमा पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड, एसी मिलान र इन्टर मिलानमा रहँदा उनले ५११ गोल गर्नुका साथै लिग उपाधिहरू जितेका थिए । उनी सन् २०२० मा पुनः मिलानसँग आबद्ध भएका थिए । गत सिजन उनले पुनः टोलीलाई लिग उपाधि दिलाएका थिए । आफ्नो करियरमा…

Read More

बिर्तामोड, २२ जेठ । झापाको अर्जुनधारा–११ स्थित नयाँ बसपार्कमा (बिर्तामोड बसपार्क) को एक होटलबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार बेलुका अर्जुनधारा–११ बसपार्कस्थित रहेको मेमेङ होटल एण्ड लजमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उक्त होटलको रुम नम्बर १०१ मा बस्ने अर्जुनधारा–१० का ३० वर्षीय विक्रम लिम्बु र पाँचथर फिदिम नगरपालिका–१ का ३४ वर्षीय मदन मगरलाई पक्राउ गरेको हो । मगरले प्लास्टिकमा प्याक गर्दै गरेको अवस्थामा ब्राउनसुगर ३६ ग्राम, डिजिटल तराजु एक थान र २ हजार ५३० रुपैयाँसहित फेला पारी नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखी…

Read More

झापा, २२ जेठ । गायक रामकृष्ण ढकालको स्वरमा रहेको “आफ्नै छायाँले” गीतको भिडियो आस्था मिडियाको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ । गीतकार दिलिप योन्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा रहेको गीतको अडियोलाई विन्दाबासिनी म्युजिकले बजारमा ल्याएको थियो । गीतको अडियोलाई मिक्सिङ र मास्टरीङ किशोर थापाले गर्नु भएको छ । यस गीती संग्रहको आवरण डिजाइन भने अनिल स्थापित ले गर्नुभएको छ । “आफ्नै छायाँले” गीतको भिडियोमा अजय रेग्मीले छायाकन गरेका छन् भने भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका हुन् ।सुजन शाहीको सम्पादन रहेको भिडियोमा पुष्पल खड्का र किरण केशी र रुपा कडेँलको अभिनय रहेको छ ।

Read More

झापा, २२ जेठ । गाइड, गेसपेपर, ओल्ड इज गोल्ड वा बजारमा पाइने सहयोगी सामग्रीबाट परीक्षाको तयारी गर्ने सोच राखेका स्कुले विद्यार्थीले अब चाहिँ धोका पाउने छन् । कक्षा ८, १० र १२ का विद्यार्थीले यस्ता सामग्री खरिदमा खर्च नगर्दा हुन्छ । राष्ट्रिय परीक्षा बोर्डले स्तरीकृत परीक्षा प्रणाली अवलम्बन गरेको छ । यो प्रणालीका कारण वार्षिक परीक्षामा एक पटक सोधिएका प्रश्न कम्तीमा पाँच वर्षसम्म सोधिने छैन । हाल परीक्षामा बर्सेनि जस्तो प्रश्न दोहोरिने गरेका छन् । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बजारमा पाइने पुराना प्रश्नपत्रको सँगालो सङ्कलन गर्ने र त्यसका आधारमा अभ्यास गरी कण्ठ गर्ने प्रवृत्तिलाई अन्त्य गर्न खोजिएको बताए ।…

Read More

झापा, २२ जेठ । रौतहट गढिमाई नगरपालिका–९ का रामजी रामको विद्यालयमा अध्ययन गर्दा ठुलो सपना थिएन । भारतको पन्जाबमा गएर धान या उखु काट्ने काम गर्ने र आमाबुबालाई राम्रोसँग पाल्ने मात्र उनको लक्ष्य थियो । समाजका सबै मानिस जागिरका लागि पन्जाब जान्थे, धान काट्थे र पैसा कमाएर ल्याउँथे । त्यसैले उनले त्यसभन्दा माथि सोचेका थिइनन् । तर रामजी रामको जिन्दगीले अहिले अर्कै मोड लिएको छ । धान काटेर आमाबाबु पाल्ने सपनाभन्दा ठुलो क्षितिजमा उनी पुगेका छन् । रामजीले देख्दै नदेखेको सपना चिकित्सक भएर बिरामीको उपचार गर्ने सपना भने पूरा भएको छ । अब रामजी रामले सरकारले पठाएको ठाउँमा गएर बिरामीको…

Read More

झापा, २२ जेठ । सरकारले दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ । योजनाअनुसार नेपालीहरू वैदेशिक रोजगारीका लागि थप ७१ सहित जम्मा १७९ वटा देशमा जान पाउने दाबी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ । नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापित भएका सबै देशमा सरकारले खुला गरेपनि सबै देशबाट नेपाली श्रमिकको माग आउँछ भन्ने सुनिश्चित भने छैन तर कसैले माग ल्याएमा श्रम स्वीकृति दिन नरोक्ने सरकारी तयारी छ । आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै श्रम मन्त्रालयले प्रतिबन्धमा रहेको इराकमा समेत वैदेशिक रोजगारी खुला गर्न गृहकार्य भइरहेको बताएको छ । सोही सम्मेलनमा श्रम मन्त्रालयले इराकको…

Read More