झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १ असार । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेस प्रदेशका थोरै बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। त्यस्तै भोलि मंगलबार मधेस प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशका तराईका भू–भागमा आंशिक बदली रही बाँकी भू(भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, बागमती र कोशी प्रदेशका पहाडी भू(भागका थोरै…

Read More

कनकाई, १ साउन । बालमैत्री नगर घोषणाको क्रममा रहेको कनकाई नगरपालिकाका तीन वडामा जिल्ला अनुगमन समिति झापाले स्थलगत अनुगमन गरेको छ । कनकाईको वडा नं ५, ६ र ८ को बालमैत्री स्थानीय शासन अवलम्बन प्रक्रियामा सूचकहरु प्राप्त भएको सम्बन्धमा जिल्ला अनुगमन समिति झापाबाट आइतबार स्थलगत अनुगमन भएको हो । समितिले ती तीन वटा वडाका वडा कार्यालय, विद्यालयको स्थलगत अनुगमन गरी सूचकहरुको प्रगति र अवस्था अनुगमन गरेको हो । सँगै समितिले स्थानीय सरोकारवालाहरुसँग बालमैत्री स्थानीय शासनबारे अन्तरक्रिया समेत गरेको छ । अनुगमनमा जिल्ला समन्वय समिति उपप्रमुख, सदस्यहरु, निमित्त जिल्ला समन्वय अधिकारी, शिक्षा विकास समन्वय इकाई प्रमुख, जिल्ला प्रशासन कार्यालय प्रतिनिधि, जिल्ला…

Read More

बिर्तामोड, १ साउन । झापाको कनकाई नगरपालिकाले आजदेखि सार्वजनिक क्षेत्रमा सूर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले ऐन नै बनाएर साउन १ गते अर्थात आजदेखि लागू हुनेगरी सूर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । नगरसभाबाटै सूर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । नगर क्षेत्रमा सूर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएकाले कसैले अटेर वा बेवास्ता गरे नगरको ऐन बमोजिम बिक्री–वितरणकर्तालाई अधिकतम् रू ५० हजार जरिवाना तिराइने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले बताउनुभयो । त्यस्तै, प्रयोगकर्ताको हकमा भने अधिकतम् रू पाँच हजार जरिवाना भराइने उहाँले बताउनुभयो…

Read More

झापा, १ साउन । नेपाली युवा रुसी निजी सेना वाग्नर समूहमा भर्ती भएको बेलायतबाट प्रकाशित द टेलिग्राफ पत्रिकाले लेखेको छ । वाग्नर समूहमा भर्ना भएका नेपालीले बेलारूस र रुसका विभिन्न सैन्य क्याम्पमा भइरहेका तालिममा सहभागिता जनाएको सैन्य मेसमा खाना खाइरहेको, युक्रेनमा युद्ध गर्दाताका आइपर्ने खतराहरूबारे छलफल गरिरहेको भिडियोमा देख्न सकिने समाचारमा जनाइएको छ । नेपालीहरू युक्रेनविरुद्ध लड्न गएको घटनाले नेपाल सरकारलाई अप्ठेरोसमेत परेको पत्रिकाको दाबी छ । वाग्नर समूहमा भर्ती हुनका लागि २२ वर्षीय कमल आचार्य गत अप्रिलमा नेपालको चिसापानी गाउँबाट मस्को पुगेका थिए । उनले खिचेको एउटा तस्बिरमा रुसी सेनाले प्रयोग गर्ने राइफल बोकेको देखिन्छ । यस्तै आचार्यका एकजना…

Read More

झापा, १ साउन । नेपाल आयल निगमले राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७९ लागू गर्दै आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । यससँगै, निगमले अबदेखि पेट्रोलको परल मूल्यमा २.५ प्रतिशत र डिजेलमा २ प्रतिशत नाफा लिने व्यवस्था गरेको छ । यससँगै, आज राती १२ बजेदेखि लागू हुने गरेर डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ । यससँगै, भारतीय सिमा बजारको तुलनामा नेपाली बजारमा पेट्रोलको मूल्य १३.२७ रुपैयाँ र डिजेलमा ९.९४ रुपैयाँ सस्तो हुन्छ । हवाई इन्धनमा २३.८१ रुपैयाँ र…

Read More

झापा, १ साउन । आजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आव सुरु भएसँगै बजेटमार्फत घोषणा गरिएका नयाँ कार्यक्रम र आर्थिक नीति कार्यान्वयनमा आउँछन् । संवैधानिक व्यवस्था अनुसार सरकारले यस आवका लागि जेठ १५ गते नै बजेट प्रस्तुत गरिसकेको छ । चालु आवका लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँको बजेट सार्वजनिक गरेको हो । सरकारले बजेटसँगै खर्चको स्रोत बेहोर्न नयाँ करका दरसमेत सार्वजनिक गर्छ । आर्थिक ऐनमार्फत सरकारले नयाँ करका दर लागु गर्छ । भन्सारसम्बद्ध कतिपय करका दर बजेट घोषणा भएकै दिन लागु हुन्छन् भने कतिपय करका दर आर्थिक वर्ष सुरु भएको दिनदेखि…

Read More

कनकाई, ३१ असार । सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानलाई सफल बनाउन झापाको कनकाई नगरपालिकामा आज सतेचनामूलक र्याली निकालिएको छ । नगरपालिकाले चुरोट, खैनी, गुट्खा लगायतका सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा प्रयोगमा रोक लगाउने अभियान शुरु गर्न लागेको पूर्वसन्ध्यामा आज सचेतनामूलक र्याली निकालिएको हो । साउन १ अर्थात भोलि (सोमबार) देखि कनकाईको सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ बिक्री–वितरण एवम् प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । नगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोग गर्नेहरूलाई जरिवाना समेत तोकेको छ । नगरपालिकाले केही दिनदेखि गरेको सूचना र आज गरेको सचेतना कार्यक्रम मार्फत जरिवाना तोकिएको जानकारी गराएको हो । नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि…

Read More

सङ्खुवासभा, ३१ असार । सङ्खुवासभामा बाढीमा बेपत्ता भएका सुपर हेवा हाइड्रोपावरका मजदुरको शव फेला परेको छ । बाढीमा परेर बेपत्ता भएको एक महिना पछि एउटा शव फेला परेको हो । आज बिहान चैनपुर नगरपालिका–४ मा एक पुरुषको शव फेला परेको तर शवको पहिचान भने खुल्न नसेकेको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । यही असार २ गते राति वर्षासँगै आएको बाढीले बगाउँदा जिल्लाका विभिन्न स्थानका २२ जना बेपत्ता भएका थिए । बेपत्ता भएका २२ मध्ये चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरका १७ जना मजदुर थिए । बाढीपहिरामा परेका अन्य १८ जना अझै बेपत्ता भएको…

Read More

ताप्लेजुङ, ३१ असार । ताप्लेजुङमा पछिल्लो समयमा पाठेघरसम्बन्धी रोग बढ्दो देखिएको छ । फुङ्लिङ नगरपालिकाले आयोजना गरेको ‘पाठेघरसम्बन्धी स्वास्थ्य शिविर’मा पाठेघरसम्बन्धी रोगबाट पीडित महिलाको सङ्ख्या बढ्दो देखिएको हो । फुङ्लिङ नगरपालिकाका उपाध्यक्ष भीमादेवी ओझाका अनुसार एक सय ८० जना महिलाको पाठेघरको परीक्षण गरिएकामा ६८ जना महिलामा समस्या देखिएको थियो । तीमध्ये १० जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने देखिएको ओझाले बताइन् । बुधबार र बिहीबार १० जनामध्ये पाँच जनाको सफल शल्यक्रिया गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । धनकुटास्थित जिल्ला अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा अमिताभ ठाकुर नेतृत्वमा आएको चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले पाठेघरमा गम्भीर समस्या देखिएका पाँच जनाको शल्यक्रिया…

Read More

झापा, ३१ असार । झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सूर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सूर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । नगरसभाबाटै सूर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । “मानव स्वास्थ्य र वातावरणीय हिसाबले धेरै हानीकारक देखिएकाले सूर्तीजन्य पदार्थ प्रतिबन्ध गर्ने गरी काम थालेका हौं”, उहाँले भन्नुभयो, “कानून बनाएका छौं, भोलिदेखि निर्णय कार्यान्वयनको चरणमा जान्छ, सबैलाई नगरपालिकाको निर्णय मान्न आग्रह गर्दछु ।” कनकाई नगरपालिकालाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा आफूहरु लागेको उहाँको भनाइ छ…

Read More