
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १७ पुस । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६९ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ र बिक्रीदर १९३ रुपैयाँ ८१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८० रुपैयाँ ९४ पैसा र बिक्रीदर १८१ रुपैयाँ ६९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३४ पैसा, क्यानेडियन डलर एकको…
झापा, १७ पुस । नेपाल पत्रकार महासंघ झापा शाखाका कोषाध्यक्ष झापा मेचीनगर–६ काँकरभिट्टा निवासी मुक्ति पौडेललाई पितृ शोक परेको छ । उहाँका पिता चन्द्रबहादुर पौडेलको पुस १६ गते साँझ ८८ वर्षको उमेरमा निधन भएको हो । तत्कालीन यासोक गाउँ पञ्चायत–९ खाल्डेमा (हाल कुमायाक गाउँपालिका–१ मा) बुवा दलबहादुर र आमा जशोदा पौडेलको कान्छो पुत्ररत्नको रूपमा १९९५ साल मंसिर १९ गते स्व. चन्द्रबहादुर पौडेलको जन्म भएका थियो । दिवंगत पौडेलका पत्नी टीकामायाको २०७० सालमै निधन भइसकेको छ । चार छोरा र दुई छोरीमध्ये एक छोरीको निधन भइसकेको छ । हाल जेठा छोरा देवेन्द्र, माइलो लैनबहादुर, साइँलो हरिबहादुर, कान्छो छोरा मुक्ति पौडेल र…
बिर्तामोड, १७ पुस । झापाले विपद्मा सहयोग गर्ने दाताहरुलाई एकका लागि एक अभियान सम्मान गर्ने भएको छ । गत असोज १८ र १९ गतेको बाढी–डुबान तथा पहिरोमा परी जनधनको क्षति व्यहोरेका पीडित परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउन सहयोग गर्ने दाताहरुलाई अभियानले सम्मान गर्न लागेको हो । यही पुस २० गते आइतबार बिर्तामोडमा विशेष समारोहकाबीच दाताहरुलाई सम्मान गर्ने अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । कार्यक्रममा विपद्को बेला सहयोग गर्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी झापालाई समेत सम्मान गरिने भएको छ । बुधवार बिर्तामोडमा सम्पन्न अभियानको बैठकले सहयोग दातालाई सम्मान गर्ने र अभियानको हिसाब सार्वजनिक गर्ने…
बिर्तामोड, १६ पुस । झापाको बिर्तामोडमा आज सम्पन्न स्थानीय तहस्तरीय अन्तरविद्यालय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि निदि माध्यमिक विद्यालयले जितेको छ । बिर्तामोड नगरपालिकाद्वारा आयोजना प्रतियोगितामा बिर्तामोड–२ स्थित निदि माविले १७ स्वर्ण, ८ रजत र ५ कास्य जितेर उपाधि हात पारेको हो । वडा नम्बर १० मा रहेको महेन्द्रज्योति माध्यमिक विद्यालयले ७ स्वर्ण, ५ रजत र ४ कास्यसहित दोस्रो भएको छ भने वडा नम्बर ३ को महेन्द्ररत्न माध्यमिक विद्यालय तेस्रो भएको छ । महेन्द्ररत्नले ६ स्वर्ण, ९ रजत र ७ कास्य प्राप्त गरेको छ । विजेताहरु प्रथम, द्वितीय र तृतीयले क्रमश १५ हजार, १२ हजार र १० हजार रुपैयाँसहित…
झापा, १६ पुस । झापाको भद्रपुर नगरपालिका–१ मा एक नाबालिगमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । गत पुस १३ गते बिहान विद्यालय जाँदै गरेकी १४ वर्षीया बालिकालाई बाटो छेक्दै जिस्क्याउने, कट्टु खोलेर संवेदनशील अंग देखाई हैरानी दिने कार्य गरेको आरोपमा ४० वर्षीय मंगल टुडु पक्राउ परेका हुन् । पुस १४ गते इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको टोलीले टुडुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापा पठाएको हो । प्रहरीका अनुसार मुलुकी अपराध संहिता २०७४ को करणी कसूर अन्तर्गत बाल यौन दुर्व्यवहार अभियोगमा जिल्ला अदालत झापाबाट आज पुस १६ गते पहिलो पटकका लागि ५ दिनको म्याद लिइ अनुसन्धान…
इलाम, १६ पुस । स्थानीय जातजाति र समुदायको परम्परागत खानाको संरक्षण पर्यटन प्रवर्द्धन संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ इलामको सूर्योदय नगरपालिका–७ कन्याममा ५ दिने ‘सूर्योदय फुड एण्ड कल्चरल फेस्टिभल’ सुरु भएको छ । आजदेखि सुरु भएको ‘सूर्योदय फुड एण्ड कल्चरल फेस्टिभल’ पुस १९ गते सम्म स्थानीय खाद्य परिकार सांस्कृतिक कार्यक्रमसहित जारी रहने आयोजक कन्याम पर्यटन विकास समितिका अध्यक्ष दलबहादुर तामाङले बताउनुभयो । फेस्टिभलको उद्घाटन गर्नुहुँदै सूर्योदयका नगर प्रमुख रण बहादुर राईले स्थानीय जातजातिको परम्परागत खानाको परिकारको संरक्षण र यसबारेमा अरूलाई जानकारी दिन विभिन्न जातजातिको संस्कार संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ फेस्टीवल आयोजना गरिएको र यसबाट पर्यटन…
झापा, १६ पुस । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित सूर्योदय होटलमा एक १६ वर्षीया नाबालिगमाथि जबरजस्ती करणी भएको घटना सार्वजनिक भएको छ । प्रहरीका अनुसार गत २७ गते दिउँसो अर्जुनधारा–९ का २३ वर्षीय कृष्ण बुढाथोकीले नाबालिगलाई ललाई फकाई जबरजस्ती करणी गरेको भनी पीडितका आफन्तले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी दिएका थिए । सूचना प्राप्त भएपछि पुस १५ गते अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका बुढाथोकीलाई अनुसन्धानका लागि इप्रका अनारमनीमा राखिएको छ । जिल्ला अदालत झापाबाट आज पहिलो पटकका लागि ६ दिनको म्याद लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मोरङ, १६ पुस । मोरङको विराटनगर महानगरपालिका–११ स्थित बसपार्कबाट प्रहरीले १०१ ग्राम ब्राउनसुगरसहित १ जनालाई पक्राउ गरेको छ । पुस १५ गते वडा प्रहरी कार्यालय विराटनगर र लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१० का ३० वर्षीय पप्पु रामलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट १ सय १ ग्राम लागू औषध ब्राउन सुगर फेलापरेसँगै पप्पु रामलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी, इलाका प्रहरी कार्यालय बुधनगरले जहदा गाँउपालिका–१ कुलरियास्थित परालको कुन्युमा बेवारिसे अवस्थामा राखेको ६० किलोग्राम लागु औषध गाँजा बरामद गरी नियन्त्रणमा लिएको छ ।
झापा, १६ पुस । झापाको मेचीनगर प्रेस क्लबको आयोजना हुन गइरहेको ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप–२०८२’ को लागो सार्वजनिक गरिएको छ । मंगलबार प्रेस क्लब मेचीनगरको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमकाबीच लोगो सार्वजनिक गरिएको हो । प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा नं ७ का वडाध्क्ष प्रल्हादमणि ओलीले लोगो सार्वजनिक गरेका हुन् । सार्वजनिकी कार्यक्रममा प्रेस क्लब मेचीनगरको संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौलाले सफलताको शुभकामना व्यक्त गरे । प्रेस क्लब मेचीनगरका उपाध्यक्ष खगेन्द्र घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव प्रविण अधिकारीले गरेका थिए । यही पुस २७ र २८ गतेदेखि हुन लागेको मिडियाकपमा नेपालसहित…
देवेन्द्र किशोर ढुङ्गानाफुर्सत छैन कसैलाईकसैका लागि आजकलबेशर्म छ दुनियाँ बढीघातक छ आजकलमतलबि छ दुनियाँकहाँ छ यहाँ उसूल जो,कागति चूसेर फ़्याके झैमिल्काई दिन्छन् आजकलशान निकाल्नको फुर्सतकसैलाई छ अधिक,मिलन पछि बिछोडको पीडालेगर्यो किनारा आजकलकसैलाई पाउनु भाग्य ठान्नेचलन छ संसारमा,त्यही भावले नै फुर्सदनिकाले आजकलअहंमको नशामा हरेकभइरहेछ बेसुर,मान्यजनलाई आदर गर्नेफुर्सत छैन आजकलखायो जुन थालीमाउसैमा गरे छेद बेशर्म,फुर्सत छैन मानिसलाईइज्जतको डर आजकलअसली मुहार आफ्नैपहिचान गर्न छैन फर्सद,भूलेर बसेका छन् कोहीअस्तित्व आफ्नो आजकलूसोच हरेक मनिसले कहिलेमार खान्छन पल्टेर,फुर्सत छैन कसैको पनिअरुको लागि आजकल !— भद्रपुर, झापा