
देवेन्द्र किशोर ढुङ्गाना
फुर्सत छैन कसैलाई
कसैका लागि आजकल
बेशर्म छ दुनियाँ बढी
घातक छ आजकल
मतलबि छ दुनियाँ
कहाँ छ यहाँ उसूल जो,
कागति चूसेर फ़्याके झै
मिल्काई दिन्छन् आजकल
शान निकाल्नको फुर्सत
कसैलाई छ अधिक,
मिलन पछि बिछोडको पीडाले
गर्यो किनारा आजकल
कसैलाई पाउनु भाग्य ठान्ने
चलन छ संसारमा,
त्यही भावले नै फुर्सद
निकाले आजकल
अहंमको नशामा हरेक
भइरहेछ बेसुर,
मान्यजनलाई आदर गर्ने
फुर्सत छैन आजकल
खायो जुन थालीमा
उसैमा गरे छेद बेशर्म,
फुर्सत छैन मानिसलाई
इज्जतको डर आजकल
असली मुहार आफ्नै
पहिचान गर्न छैन फर्सद,
भूलेर बसेका छन् कोही
अस्तित्व आफ्नो आजकल
ूसोच हरेक मनिसले कहिले
मार खान्छन पल्टेर,
फुर्सत छैन कसैको पनि
अरुको लागि आजकल !
— भद्रपुर, झापा
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


