
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १२ पुस । गौरवशाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पत्रकार रेजीना रोदनलाई सम्मान गरेको छ । १६ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनको अवसरमा संस्थाको पत्रकार रोदनलाई सम्मान गरेको हो । संस्थाका अध्यक्ष लवकुमार चौधरी, झापा जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद खतिवडा लगायतले पत्रकार रोदनलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
राजेश ढुंगाना एक हुल मान्छेहरूआएर आफ्नै छातीमा मुड्की ठोक्तैएक दिन मसँगआफै आफ्नो परिचय माग्ने छन्लुगा होउञ्जेली त ठीकै छतरच्यातिएको दिन लुगाती मान्छेहरू आएर मसँगठिङ्ग उभिएर सोध्नेछन् –किहाम्रो भेष कुन होर भन्ने छन्हामीले तनमूनासम्म पनि राख्न नसकेरआफ्नो भेषकोकटिङ्ग नै समेत हराएका छौंधरतीहोउञ्जेली त नाँच्ने होपाइताला पनितरधरती नै गुमाएको दिनउनीहरूलेमसँग भन्ने छन्एकोहोरो नाँच्ने धुनमाहामीले त नाँच्नलाईखुट्टा मात्र पर्याप्त ठानेका थियौंटेक्नेएक अंगुल माटोकोअभावमा पनिनाँच्न नसकिने रहेछनाँच्नखुट्टा मात्र होइनटेक्ने जमिनको चाहिँजरुरी हुँदोरहेछहामीले त नाँच्ने धुनमाटेक्नेएक अंगुलजमिन पनि गुमाएका छौंमलाई विश्वास छ किएक हुल मान्छेहरू भ्रम टुटेको दिनमसँग आएर रुनेछन्र भन्ने छन्खोइ, हाम्रो माटो खोइ ?खोइहाम्रो देश खोइ ??
बिष्णुप्रसाद पोखरेलदमक, १२ पुस । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धारा, काठमाडौँबाट फरार भएका एक व्यक्तिको भारतमा मृत्यु भएको पाईएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काकाअनुसार बिर्तामोड नगरपालिका–३ का ४० वर्षीय आलम मियाँको भारतको हिमाञ्चल प्रदेशस्थित एच एण्ड एफ ए पानी प्रशोधित कम्पनीमा काम गर्ने क्रममा बिहीबार अचानक बेहोस भई लडेपछि उपचारका लागि त्यही नजिकको अस्पताल लगिएको खुलेको छ । सोही दिन उपचारका क्रममा मृत्यु भएको र आफन्तले कानूनी प्रक्रिया पुरा गरी शनिबार भारतको गलगलिया नाँका हुँदै भद्रपुरबाट शव बिर्तामोड ल्याएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । अदालतको फैसलाबमोजिम जबरजस्ती करणी कसुरमा दोषी…
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको ‘पहाड भो मलाई यो उमेर काट्न ।।।’ बोलको गीत सार्वजनिक भएको छ । कवि तथा गीतकार दिनेश अधिकारीको शब्द रचनाको उक्त गीतमा सङ्गीतकार हरि लम्सालको सङ्गीत रहेको छ । म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् । टुवेल्भ नोट्सले प्रकाशनमा ल्याएको यो गीतमा आफ्नो प्रिय मान्छेसँग बिछोड हुँदाको अवस्था, परिस्थिति र उसका अनेकन मनोदशालाई उजागर गरिएको छ । गीत र कविताको मिश्रण रहेको त्यस सृजनाले नेपाली गीतरसङ्गीतका श्रोतालाई एउटा फरक स्वाद दिने सङ्गीतकार लम्सालको विश्वास छ ।
पछिल्लो समय कलाकारहरूको नाम दुरुपयोग गरेर सामाजिक सञ्जालमार्फत पैसा उठाउने क्रम बढेको छ । हालै नायक अनमोल केसीको नामबाट पनि पैसा मागेको विवरणहरू सार्वजनिक भएका छन् । अनमोल आफैले सामाजिक सञ्जाल फेसबुकमार्फत सचेत गराउँदै आफूले कसैसँग पैसा नमागेको र नक्कली एकाउन्टबाट आएका आग्रहलाई बेवास्ता गर्न आग्रह गरेका छन् । यसअघि नायिका केकी अधिकारी, स्वस्तिमा खड्का, रिमा विश्वकर्मालगायतका कालाकारको नाम दुरुपयोग गरेर पैसा माग्ने काम भएका थिए ।
जाडोमा मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने र रोगको प्रकोप बढ्छ । यस मौसममा चिसो, खोकी र ज्वरोबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक हुन्छ । खाना र पेय पदार्थमा पाइने पोषक तत्त्वले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यदि तपाईंले आफ्नो आहारमा केही खानेकुराहरू समावेश गर्नुभयो भने, रोग प्रतिरोधात्मक क्षमता बलियो हुन सक्छ। बेसार–बेसारलाई रोग प्रतिरोधात्मक क्षमताका लागि राम्रो मानिन्छ । बेसारलाई ओस्टियोआर्थराइटिस र रुमेटोइड आरथाइटिस दुवैको उपचारमा इन्फ्लेमेटरीको रूपमा वर्षौँदेखि प्रयोग गरिएको छ। विज्ञका अनुसार अनुसार बेसारमा कर्क्युमिन नामक तत्त्व राम्रो मात्रामा पाइन्छ, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ। जाडोमा दूधमा बेसार मिसाएर पिउन सकिन्छ । अदुवा–अदुवालाई पनि जाडोमा…
झापा, १२ पुस । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक वर्षमा १२१ जना सहयोगापेक्षी व्यक्तिको उद्धार गरेको छ । आश्रमले सडक र सार्वजनिकस्थलमा कष्टपूर्ण जीवन गुजारिरहेका सडक मानवहरुलाई उद्धार गरेर पालनपोषण, उपचार र सम्भव भएसम्म आफन्तसँग पुनर्मिलन गराउँदै आएको शाखाका संयोजक खगेन्द्र विश्वकर्माले बताए । आश्रमको १७ औँ शाखाको रुपमा २०८१ मङ्सिर २३ गते झापा शाखा औपचारिक रूपमा सञ्चालनमा आएको थियो । एक वर्षको अवधिमा आश्रम सञ्चालनमा रु ५४ लाख ८१ हजार ९१५ खर्च भएको शाखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार सो अवधिमा शाखाले रु ५४ लाख ६९ हजार ५५७ सेवा आम्दानी गरेको छ भने…
झापा, १२ पुस । रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्वसाधारणतर्फ मागभन्दा ३३ गुणा बढी आवेदन परेको छ । कूल ९ लाख २४ हजार ७ सय ६८ कित्ताको लागि खुला गरिएकोमा अन्तिम समय हिजो शुक्रवारसम्म ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताको लागि आवेदन परेको छ । पाँच लाख ८३ हजार ८ सय ९६ आवेदकबाट ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताको लागि आवेदन परेको छ । प्रतिकित्ता ८ सय २० रूपैयाँ ८० पैसाको दर अनुसार कूल २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८ सय ४० रुपैयाँको सेयर माग भएको हो । यो आईपीओ ५०–५० कित्ताका…
उदयपुर, १२ पुस । उदयपुरको चौदण्डीगढी नगरपालिका–३ स्थितबाट ७ सय ६३ किलोग्राम ७०० ग्राम लागू औषध गाँजा बोकेको बोलेरो गाडीसहित २ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो राति १२ः३० बजे इलाका प्रहरी कार्यालय बेल्टार र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका–३ स्थित पैतालिस चौकबाट गाईघाट तर्फ आउदै गरेको को–१ ज ३४५६ नं. को बोलेरो गाडीलाई चेकजाँच गर्दा गाडी भित्र ३० बोरामा राखेको ७ सय ६३ किलोग्राम ७०० ग्राम गाँजा बरामद गरी चालक बेलका नगरपालिका –६ का रविन कुमार राई र सोही गाडीमा सवार बेलका नगरपालिका –९ का राम बहादुर राईलाई पक्राउ गरेको छ ।
विराटनगर, १२ पुस । मोरङ र धनकुटाबाट प्रतिबन्धित औषधीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ११ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलिले विराटनगर महानगरपालिका – ४ स्थित नोबेल मेडिकल कलेजमा बेवारिसे अवस्थामा प्रतिबन्धित औषधी ट्रामाडोल– ६००० पिस फेला पारि नियन्त्रणमा लिएको छ भने विराटनगर – २ स्थित वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा विराटनगर–१२ का दिनेश राई लाई प्रतिबन्धित औषधी ७ पिस इस्पासमो र २ पिस नाईट्रोजन ट्याबलेट सहित नियन्त्रणमा लिईएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले धनकुटा – ७ बाट सोहि स्थानका बिजय मल्लिक, रविन मल्लिक, धनकुटा–६ का…