
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ८ असार । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा चट्याङ्ग सहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति सातै प्रदेशको एक दुई…
कनकाई, ८ असार । हेमकला—टिकाराम निरौला रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार तीर्थराज खरेल पुरस्कृत भएका छन् । रोटरी क्लब अफ सुरुङ्गाले रोटरी स्थापना दिवसको अवसरमा बिहीबार पत्रकार खरेललाई सम्मान गरेको हो । खरेल दुई दशकदेखि सञ्चारकर्ममा क्रियाशील छन् । कनकाई खबर साप्ताहिकका सम्पादक राम निरौलाको परिवारले आफ्ना आमा–बुवाको नाममा स्थापना गरेको हो । पुरस्करको राशी नगद रू १५ हजार रहेको छ । कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले खरेललाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष ख्याम प्रसाईको सभापतित्वमा भएको पुरस्कार वितरण कार्यक्रममा कार्यक्रमको औचित्यमाथि पत्रकार निरौलाले प्रकाश पार्नुभएको थियो भने स्वागत रोटरीका इनकमिङ…
झापा, ७ असार । पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र पाँचथरमा बाढी र पहिरोमा परी मृत्यु भएका मृतकका परिवारले पाउने गरी कोशी प्रदेश सरकारले प्रति मृतक एक लाखका दरले राहत रकम पठाएको छ । पाँचथरमा मृतक जुना साउदेन, हेमराज भन्न्ने संजोग लिम्बु र एलिषा माझी तथा ताप्लेजुङमा मृतक गणेश तामाङ, सुरेश राई र केशर राईको नजिकको हकवालाले पाउने गरी राहत रकम पठाइएको छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयले तोकेको कोष तथा लेखा नियनत्रण कार्यालयको खातामा पुग्ने गरी उक्त राहत रकम बिहीबार कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पठाएको हो । सोमबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले प्रति मृतक…
झापा, ७ असार । झापाको झापा गाउँंपालिका–३ का कृषक चन्द्रप्रसाद बस्नेत नगद १ लाख रुपैयाँसहित राष्ट्रिय युवा प्रतिभा सम्मान २०८० बाट सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज बिहीबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा पत्रकारिता पुरस्कार वितरण समारोह कार्यक्रममा कृषक बस्नेतलाई सम्मान गरिएको हो । व्यवसायीक केरा खेती मार्फत कृषि क्षेत्रमा अनुकरणीय कार्य गरी नेपाली युवामा सिर्जनशिलता, उद्यमशीलता र युवा पुस्तामा कृषिको सकारात्मक सोच प्रवाह गर्न सहयोग पु¥याएको भन्दै सरकारले उनलाई नगद १ लाख सहित सम्मान गरेको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु तथा मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले दोसल्ला…
पाँचथर, ७ असार । पाँचथरको याङवरक गाउँपालिका-५ गुवापानी स्थितमा पोखरीमा डुबेर १ जनाको मृत्यु भएको छ । हिजो अपरान्ह साढे ५ बजे पौडी खेल्ने क्रममा १९ बर्षीय सुमन काम्बाङ बाङ्गे पोखरीमा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त भएसगै घटनास्थलमा प्रहरी टोली खटिगई घाईतेलाई उद्दार गरी जिल्ला अस्पताल पाँचथर लगिएकोमा उनको मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाको छ ।
मोरङ, ७ असार । मोरङको रंगेली नगरपालिका-९ फर्साडागी स्थितमा टिपरको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । हिजो दिउँसो १२ बजे ना।१ क ७२१८ नम्बरको टिपरले बाटो क्रस गर्दै गरेकी स्थानीय ७० बर्षीया मुस्नी राजवंशीलाई ठक्कर दिदा घाईते भएकी उनको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको हो । घटनामा संलग्न चालक सर्लाही लालबन्दीका ३५ बर्षीय दिनेश अधिकारी र टिपर नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
ताप्लेजुङ, ७ असार । ताप्लेजुङको सिरिजंघा गाउँपालिका-३ सिकैचाका ३८ वर्षीय लक्ष्मण चाम्लिङ राईलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । असार ५ गते सांझ राईले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ३१ बर्षीया निशा राईलाई दाउराको चिर्टपले प्रहार गरी हत्या गरेको भन्ने सूचना प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले आरोपित राईलाई पक्राउ गरेको हो । श्रीमान श्रीमती बिच घरायशी बिषयमा बादबिबाद भएको र बादबिबादकै क्रममा रिशको आवेगमा भान्सा कोठामा रहेको दाउराको चिर्पटले श्रीमतीको टाउकोमा प्रहार गर्दा घटनामास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खूल्न आएको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय…
यस झापा अनलाइन न्युज पाेर्टलमा २०८० साल असार ६ गते प्रकाशित “झापा बिर्तामोड न पा वडा नम्बर ८ का वडाध्यक्ष अजय कार्की जङ्गे लाई इलाम उच्च अदालतले ६ महिना जेल सजाय गर्ने शुरु जिल्ला अदालत झापाले गरेकाे फैसला सदर गरेकाे” समाचारको शिर्षकम बिर्तामोड ८ हुनुपर्नेमा बिर्तामोड ६ भएकालेे क्षमापार्थी छौ । – सम्पादक ।
विर्तामोड, ६ असार । साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा अब जिल्ला अदालतहरूमै चल्ने भएका छन् । सरकारले यी मुद्दा जिल्ला अदालतहरूबाटै नै सुरू कारबाही र किनारा लगाउने अधिकार दिएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दासमेत जिल्ला अदालतको क्षेत्राधिकार राख्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।विद्युतीय कारोबार ऐन २०६३ को दफा ६० को उपदफा ५ बमोजिम सोही ऐनको परिच्छेद ९ का कसुरहरूको सुरू कारबाही र किनारा लगाउने अधिकार सबै जिल्ला अदालतलाई दिने निर्णय गरेको छ । ऐनले त्यस्ता मुद्दामा न्यायिक कार्य गर्न सरकारले न्यायाधीकरण गर्नुपर्ने नभए कुनै निश्चित अदालतलाई त्यस्तो अधिकार दिन सक्ने…
झापा, ६ असार । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज ध्यान प्राणायाम तथा मन्दिर सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । दिवसको अवसरमा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, कोशी प्रदेश, जिल्ला कार्य समिति झापा, दुवागढी(चन्द्रगढी प्रारम्भिक समितिको आयोजनामा आज भद्रपुर नगरपालिका–९ दुवागढीस्थित श्रीकृष्ण प्रणामी मन्दिर परिसरमा ध्यान प्राणायाम तथा मन्दिर सरसफाई कार्यक्रम गरिएको हो । कार्यक्रममा युवा परिषद् केन्द्रीय सदस्य मदन अधिकारी, कोशी प्रदेशका अध्यक्ष अनिल ढुङ्गाना, कोषाध्यक्ष दिपक शिवाकोटी, झापा जिल्ला अध्यक्ष टहल दास ओली, उपाध्यक्ष सुरज सापकोटा, श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति झापाकी कोषाध्यक्ष कल्पना वाग्ले तिम्सिना, मन्दिर सञ्चालक समितिका अध्यक्ष दिपक ढुंगना, उपाध्यक्षद्वय टिकादत्त प्याकुरेल, दमन्ता पोख्रेल, सचिव टिकाराम…