झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २८ असार । झापाको बिर्तामोड नगरपालिका–३ स्थित आदर्श स्कुल अफ म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । यस आदर्श स्कूल अफ म्यानेजमेन्टमा अध्ययन गरेपछि होटल तथा पर्यटकीय क्षेत्रमा सहजै रोजगारीको अवसर मिल्ने भएपछि पनि पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्न थालेको हो । होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीका लागि व्यवस्थापन, सामाजिक र शिक्षण पेशा संकायमा उच्च शिक्षा हासिल गर्न दर्बिलो आधार बन्ने स्कूलका प्रबन्ध निर्देशक संजोग खरेलले बताउनुभयो । कक्षा–११ र १२ अध्ययन सकिँदा सम्ममा नेपालको सिटीभिटी, मलेशियाको इटीभिए र क्यानाडाको एसडिसीको सर्टिफिकेट पनि प्रदान गरिने उहाँले बताउनुभयो । प्रबन्ध निर्देशक खरेलका अुनसार हाल कक्षा १२ मा एक सय ५६…

Read More

अर्जुनधारा, २८ असार । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ७ को वडा कार्यालयले विद्युतीय चुल्हो वितरण गरेको छ । एलपी ग्यासको प्रयोगलाई न्यूनीकरण गर्दै विद्युतको खपतलाई वृद्धि गराउने उद्देश्यले वडाले स्थानीयबासीलाई विद्युतीय चुल्हो वितरण गरेको हो । वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा २९ वटा चुल्हो वितरण गरिएको कार्यालयकी वडा सचिव सस्मिता लुँइटेलले जानकारी दिइन् । ८०–२० को लागत साझेदारीमा वितरण गरिने चुल्होको लागि खुलारुपमा आव्हान् गरिएको चुल्हो वितरण कार्यक्रम अन्र्तगत वडा कार्यालयमा एक सय १० जनाको निवेदन परेको थियो । निवेदन परेकामध्ये अर्जुनधारा जलेश्वर धामलाई उपस्थित सबैको सहमतिमा एक थान र बाँकी २८ थानको लागि गोलाप्रथाबाट लाभग्राही छनौट भएका…

Read More

भद्रपुर, २८ असार । झापा र सुनसरीका केही ठाउँमा ठूलो वर्षा भएको छ । गएरातिदेखि नै ठूलो वर्षा भएकाले बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार झापाको कनकाई, बिर्तामोड, चन्द्रगढी एअरपोर्ट तथा आसपासका क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भइरहेकोले त्यस क्षेत्रका नदीहरूमा बाढीको जोखिम छ । यस्तै, सुनसरीको धरान, चतरा तथा आसपासका क्षेत्रमा पनि मध्यमदेखि ठुलो वर्षा भइरहेका कारण महाशाखाले तटीय तथा होचा क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । झापा र सुनसरीसहित कोशी प्रदेशका सबैजसो ठाउँमा गएरातिदेखि नै वर्षा भइरहेको छ । आज पनि यो प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको…

Read More

झापा, २८ असार । ‘ढिलो न्याय दिनु न्याय नपाउनुजस्तै हो ।’ यो भनाइलाई हेर्ने हो भने कुनै पनि व्यक्तिले आफूमाथि लगाइएको आरोपमा कि दोषी ठहर नभए सफाइ पाउनुपर्छ । यो व्यक्तिको अधिकार पनि हो । कहिलेकाहीं देशका अतिजिम्मेवार संस्थाका प्रमुखलाई पनि आरोपमात्रै लगाएर छाड्ने गरिएको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोगको प्रस्ताव दर्ता गरियो । महाभियोग लागेपछि उनी निलम्बनमा परे । समयमै महाभियोग नटुंगिँदा निलम्बनको ९ महिनापछि अन्योलमै उनी गत मंसिरमा सेवाबाट अवकाशमा गए । पटकपटक चर्चामा आएको जबराविरुद्धको महाभियोगको विषय अहिलेसम्म टुंगो लाग्न सकेको छैन । अवकाश पाउनुअघि जबरालाई दोषी करार वा सफाइ दिन नसक्नु संसद्को गैरजिम्मेवारीपन…

Read More

झापा, २८ असार । सीता दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसंगिनी मात्रै नभएर प्रचण्डलाई प्रचण्ड बनाउन पनि उनको ठूलो भूमिका रहेको छ । चाहे सशस्त्र ‘जनयुद्ध’का बेला होस्, चाहे शान्तिपूर्ण राजनीतिमा, उनले प्रचण्डलाई आफूले जानेको सल्लाह र सुझाव दिइरहिन् । १५ वर्षकै उमेरमा प्रचण्डलसँग वैवाहिक जीवनमा बाँधिएकी सीता २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध भएकी थिइन् । उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै पछिल्ला दिनमा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिइन् । मूल्यांकन मासिकका लागि राजेन्द्र महर्जन, चन्द्र खाकी र चन्द्रलाल गिरीसँग उनले केही वर्षअघि आफ्नो विवाह, पारिवारिक जिन्दगी, राजनीतिमा प्रवेश, सशस्त्र जनयुद्धका पल र शान्ति प्रक्रियामा आएपछिको जीवन’…

Read More

झापा, २८ असार । नेपालमा चिया रोपण सुरु भएको करिब १६० वर्षपछि चियासम्बन्धी पढाइ हुनेभएको छ । इलामको साँखेजुङस्थित रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयले यही वर्षदेखि चिया प्रविधिसम्बन्धी पढाइ सञ्चालन गर्ने तयारी गरेको हो । शिक्षालयले जिल्लास्थित सरोकारवाला र चिया उद्योगीहरुबीच चिया प्रविधिसम्बन्धी अन्तरक्रिया गरेको छ । चिया प्रविधि प्रि–डिप्लोमा तह (अप्रेन्टिशीप मोडालिटी) मा रहेर चिया प्रविधिसम्बन्धी कक्षा सञ्चालन गर्ने तयारी गरिएको शिक्षालयका प्रमुख दिपक खनालले बताए । चिया प्रविधि पढाइका लागि दुई वर्षै पाठ्यक्रम भने यसअघि नै स्वीकृत भइसकेको छ । पाठ्यक्रम विकास तथा स्तर निर्धारण महाशाखाले चियाको पाठ्यक्रम निर्माण गरेको हो । पाठ्यक्रम निर्माणपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम…

Read More

झापा, २८ असार । राजनीतिक दलले दल दर्ता गर्दा पाँच सय जना मतदातालाई सनाखतका लागि निर्वाचन कार्यालयमा अनिवार्य उपस्थित गराउनुपर्ने व्यवस्था गरिएको छ । यसअघि भने दल दर्ताका क्रममा दलको सदस्य रहने प्रतिबद्धता जनाएका मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नागरिकताको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर गरेको विवरण बुझाए हुने व्यवस्था थियो । निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले आयोग पदाधिकारीको असार २४ गतेको बैठकले उक्त व्यवस्था लागु गर्ने निर्णय गरेको जनाएको छ । राजनीतिक दलसम्बन्धी ऐनको दल दर्तासम्बन्धी दफामा कम्तीमा पाँच सय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धतापत्र र निजहरूको नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर…

Read More

खोटाङ, २७ असार । दश स्थानीय तह रहेको खोटाङका अधिकांश स्थानीय तहले चिया तथा कफी खेती प्रवर्द्धन कार्यक्रम लागू गरेका छन् । लेकाली भेगमा खालिरहेको जग्गा उपयोगमा ल्याउनाका साथै स्थानीय बासिन्दालाई आफ्नै गाउँमा रोजगारी सिर्जना गरेर उनीहरुको आम्दानीको स्रोत वृद्धि गर्ने उद्देश्यले अधिकांश स्थानीय तहले चिया तथा कफी खेती प्रवद्र्धनका कार्यक्रम लागू गरेका हुन् । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह ९१५ वडा रहेको० दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यस वर्ष २५ हजार कफीका बिरुवा निःशुल्क वितरण गरेको छ । पाँच वर्षभित्र पाँच लाख कफीको बिरुवा पु¥याउने लक्ष्य लिएको यस नगरपालिकाले दुई लाख बेर्ना उमार्ने गरी नर्सरी बनाएको छ । प्रतिवर्ष दश…

Read More

भद्रपुर, २७ असार । अत्याधिक वर्षा हुँदा झापा जिल्ला ‘हाइ अलर्ट’को अवस्थामा पुगेको छ । कचनकवल र भद्रपुरमा रहेको वर्षा मापन यन्त्रले मापन गरेको वर्षाका आधारमा हेर्दा जिल्ला हाइ अलर्टको अवस्थामा पुगेको रेडक्रस सोसाइटी झापाका प्रमुख हरिशरण खड्काले जानकारी दिनुभयो । “झापामा हालसम्म १५५ मिलिमिटर वर्षा भएको मापन गरिएको छ”, उहाँले भन्नुभयो, “वर्षाको यो मात्रा हाइ अलर्टको अवस्था हो, यही मात्रामा वर्षा भइरहने हो भने धेरै घर परिवार डुबानमा परी विस्थापित हुने अवस्था आउन सक्छ ।” जिल्लाका विभिन्न स्थानमा पानी पसेर घर खेत डुबानमा परे पनि विस्थापित नै भएको भन्ने सूचना नआएको उहाँको भनाइ छ । हालसम्म भद्रपुर–३ स्थित सूर्यनगरमा…

Read More

झापा, २७ असार । सरकारले आर्थिक वर्ष २०८०–८१ का लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले धानको न्यूनतम समर्थन मूल्य तोकेको हो । सरकारले आगामी आर्थिक वर्षका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १९८ रुपैयाँ तोकेको छ । यस्तै, मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ३६२ रुपैयाँ तोकेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । नयाँ न्यूनतम समर्थन मूल्य गत वर्षको तुलनामा २३१ रुपैयाँले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले मोटो धानका लागि प्रतिक्विटल २ हजार ९६७ रुपैयाँ तोकेको थियो भने मध्यम धानका लागि प्रतिक्विटल…

Read More