
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १६ साउन । कनकाई नगरपालिका वडा नम्बर ४ त्रिवेणी चोकमा सोमबार राति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे ३ प ७०७९ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको नम्बर नखुलेको योद्धा पिकअपले ठक्कर दिँदा सोही स्थान बस्ने ३५ बर्षीय शम्भु लिम्बुको मृत्यु भएको हो । सोमबार राति साढे आठ बजे भएको दुर्घटनामा परि मोटरसाइकल चालक कनकाई –४ का सागर लिम्बु र शम्भु घाइते भएको र उपचारका लागि बिर्ता सिटी अस्पतालमा लगिएकोमा शम्भुलाई चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकल चालक सागरको अवस्था सामान्य रहेको र…
कनकाई, १६ साउन । झापा कनकाई नगरपालिकाका एक युवालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । एक १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कनकाई नगरपालिका–९ का २३ वर्षीय एक युवालाई प्रहरीले पक्राउ गरेको हो । गत असार १८ गते दिउँसो ती किशोरीलाई जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ताप्लेजुङ, १६ साउन । नेपाली कांग्रेस ताप्लेजुङले गत असार पहिलो साता गएको बाढीपहिरोबाट प्रभावित घरपरिवारलाई राहत वितरण गरिरहेको छ । यही आइतबारदेखि प्रभावित क्षेत्रमै पुगेर राहत सामग्री वितरण सुरु गरेको हो । गत जेठ ३२ देखि असारको पहिलो सातासम्म अबिरल वर्षासँगै गएको बाढीपहिरोबाट प्रभावित सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका घरपरिवारलाई राहत वितरण जारी रहेको छ । सिदिङ्वा गाउँपालिकाको मेहेले र सुरुम्खिमका ९६ घरपरिवारलाई राहत वितरण भइसकेकोे तरुण दलका ताप्लेजुङका कार्यवाहक सभापति पृथ्वी पालुंवाले जानकारी दिए । उनका अनुसार प्रभावित परिवारलाई नुन, तेल, चामलसहितका खाद्यान्नका सामग्री वितरण गरिएको छ । यस्तै आज सिदिङ्वाकै बाँकी परिवारलाई राहत वितरण गरिने जनाइएको छ । यसअघि…
झापा, १६ साउन । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षामा ७० अङ्क ल्याए उत्तीर्ण हुने व्यवस्था लागु भएपछि उत्तीर्ण हुनेको सङ्ख्या करिब ५० प्रतिशतले वृद्धि भएको छ । मोटरसाइकलमा एक सय पूर्णाङ्कमा शतप्रतिशत नै अङ्क ल्याउनुपर्ने व्यवस्था हुँदा ४० प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण हुन्थे भने हाल ७० अङ्क मात्र ल्याए उत्तीर्ण हुने व्यवस्थामा ८० प्रतिशत उत्तीर्ण भएका छन् । यातायात व्यवस्था कार्यालय एकान्तकुनाका अनुसार चारपाङ्ग्रे सवारीसाधनको लाइसेन्स परीक्षामा पहिला १० देखि १५ प्रतिशत मात्र उत्तीर्ण हुन्थे । हाल ३० देखि ३५ प्रतिशतसम्म उत्तीर्ण भएका छन् । पुरानो परीक्षा प्रणालीमा हरेक आइतबार आठ सयको सङ्ख्यामा सेवाग्राही हुन्थे भने हाल झन्डै ५०…
झापा, १६ साउन । नेपाल सरकार सामाजिक सञ्जाल व्यवस्थापन तथा नियमन गर्न गृहकार्यमा जुटेको छ । यसका लागि छुट्टै नियम, कानुन वा ऐन के ल्याउने भन्ने विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आन्तरिक छलफलमा जुटेको छ । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएको सामाजिक सञ्जालको नियमनका लागि आवश्यक कानुनी व्यवस्था गर्न गृहकार्य सुरु भएको जानकारी दिए । उनले विभिन्न मन्त्रालयका कर्मचारीबिच सामाजिक सञ्जालको व्यवस्थापन र नियमनका विषयमा के गर्न सकिन्छ भन्ने विषयमा प्रारम्भिक चरणमा छलफल भएको बताए । उनले केही दिनअघि सामाजिक सञ्जालको व्यवस्थापन र नियमनका लागि कस्तो कानुनी प्रावधान उल्लेख गर्दा ठिक होला भन्दै सामाजिक…
झापा, १६ साउन । चिकित्सकको लापरबाहीका कारण कान्ति बाल अस्पतालले एक पीडित बालकलाई ३० लाख रूपैयाँ क्षतिपूर्ति भराउनुपर्ने भएको छ । आडकै शय्याका एक बालकलाई दिनुपर्ने औषधि अर्कोलाई लगाइदिएपछि जीवनभर शारीरिक रूपमा क्षति बेहोरेका ती बालकलाई क्षतिपूर्ति भराउन सर्वोच्च अदालतले कान्ति बाल अस्पताललाई आदेश गरेको हो । न्यायाधीश हरिप्रसाद फुंयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले २०७९ माघ २५ गते गरेको फैसलाको पूर्णपाठ हालै आएको हो । कान्ति बाल अस्पतालको चिकित्सकीय असावधानीका कारण ८ महिनाको बालकको स्वास्थ्यमा गम्भीर असर परेको पुष्टि भएको थियो । त्यसपछि बच्चाका बुवालाई जिल्ला प्रशासन कार्यालयले १५ लाख रूपैयाँ दिने निर्णय गरेको थियो । त्यसमा चित्त नबुझेपछि…
झापा, १६ साउन । साउन १५ अर्थात खिर खाने दिन । नेपाली परम्परा र संस्कार अनुसार यो दिनलाई खिर पर्वको रूपमा मनाइएको छ। अधिकांशले नेपालीले घरघरमा खिर खाएर यो दिनलाई स्मरणीय बनाए÷ खाइयो । यो व्यक्तिगत कुरा रह्यो र हो । तर, कतिपय संघसंस्थाले सामुहिक रूपमा खिर खाएर र खुवाएर यो दिनलाई विशेष बनाएका छन् । झापामा महिला उद्यमी संघ नेपाल झापाले २३ जना अनाथ बालबालिकालाई खिर खुवाएर यो दिन सम्झन लायक बनाएको छ । संघले बिर्तामोड नगरपालिका–४ भद्रपुर बसस्टेशन नजिक रहेको तारा नमस्ते बालग्राममा आश्रीत नानीबाबुहरूलाई खिर खुवाएको संघकी कार्य समिति सदस्य कल्पना कडरियाले बताइन् । उनका अनुसार त्यहाँ…
सन्तोष शर्माझापा, १६ साउन । झापामा डेंगु संक्रमितको संख्या बढेको छ । जिल्लामा असार ३१ गतेदेखि साउन १५ गतेसम्म १६ दिनमा एक सय ९६ जना डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चुडामणि लुइँटेलले जानकारी दिनुभयो । उक्त अवधिमा नौ सय १४ जनामा डेंगु परीक्षण गर्दा ८५ महिला र एक सय नौ जना पुरुषमा डेंगु संक्रमण देखिएको हो । डेंगु संक्रमितको संख्या क्रमशः बृद्धि हुँदै गएपछि साउन १ गतेदेखि दैनिक तथ्यांक संकलन गर्न थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार झापामा सोमबार मात्रै आठ जना नयाँ संक्रमित फेला परेका छन् । दमकका अस्पतालहरुबाट सबैभन्दा धेरै डेंगु संक्रमित फेला परेको तथ्यांक…
भद्रपुर, १५ साउन । नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्थाले सोमबार संयुक्त रुपमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेका छन् । कुशल संगठक, राष्ट्रसेवक सहिदहरु मनोज, झपेन्द्र तथा सुरेन्द्रको स्मृति दिवसको अवसर पारेर भद्रपुर १० लेखनाथचोकस्थित संगठनको कार्यालय रहेको मनोज झपेन्द्र समृति सामुदायिक भवन परिसरमा संगठनका अध्यक्ष केदार पोखरेललको अध्यक्षतामा आयोजित कार्यक्रममा १३ जना महिलासहित ८३ जनाले रक्तदान गरेको राष्ट्रसेवक सहकारी संस्थाका व्यवस्थापक अनुज खतिवडाले जानकारी दिए । रक्तदाताहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । कोशी प्रदेशका प्रदेश सभा सदस्य छविलाल चूडालले कार्यक्रमको उद्घाटन गरेका थिए । संगठनका सचिव कृष्ण सुवेदीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख…
मोरङ, १५ साउन । मोरङ जिल्लामा डेङ्गु रोगको असर दिनप्रति दिन वृद्धि हुँदै गएको छ । विराटनगरस्थित जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत असार १ गतेदेखि हालसम्म जिल्लाभर आठ सय ६५ जना डेङ्गुबाट सङ्क्रमित भैसकेका छन् । पथरीशनिश्चरे नगरपालिकामा छ सय ५० जना यो रोगका बिरामी फेला परेका छन् । त्यसैगरी लेटाङ, मिक्लाजुङ, केरावारी, कानेपोखरी, सुनवर्षी र बेलावरी पालिकामा पनि यो रोगका सङ्क्रमित देखापरेका छन् । मोरङको १७ पालिकाकामध्ये सात पालिकामा यो रोगको बिरामी देखिएको हो । जिल्लामा अहिलेसम्म यो रोगबाट कसैको मृत्यु नभएको स्वास्थ्य कार्यालयका प्रमुख डा.सुरेश मेहताले जानकारी दिए । उनले यो रोग नियन्त्रणका लागि स्थानीय पालिकासँग समन्वय गरी…