
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २९ असार । अव्यवस्थित एवं फोहोरको डम्पिङसाइटजस्तै देखिने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा काम विशेषले पुग्ने जोकोहीलाई ‘नार्क हो कि नर्क’ छुट्याउनै गाह्रो हुन्छ ।ललितपुरको खुमलटारस्थित नार्क कृषिका वैज्ञानिक एवं कर्मचारी बसेर काम गर्ने कार्यालय हो । तर, कार्यालयभित्रै जताततै फोहोरै फोहोर एवं जथाभावीको पार्किङले कार्यालय ‘डम्पिङ’साइटजस्तै देखिन्छ । करिब अढाइ सय बढी क्षेत्रफलमा विभिन्न कार्यालय रहेका छन् । कृषिसम्बन्धी विभिन्न विषयगत कार्यालयदेखि लिएर खाद्यान्य उत्पादन एवं अनुसन्धान हुने गरेको सोही क्षेत्रमा नार्कको साढे तीनतले भवन छ । सो भवनमा हाकिमपिच्छेका छुटाछुटै किचेन छ । जतिखेर नि केही न केही पाकिरहेको हुन्छ । कार्यालयको प्रत्येक तल्लामा हाकिमपिच्छे १५…
बिर्तामोड, २९ असार । बिर्तामोड नगरपालिकाले वडा नम्बर ५ का वडा सचिव विमल पोखरेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले वडा सचिव पोखरेल निर्धारित समयमा कार्यालयमा उपस्थित नहुने, कार्यालयमा पटक–पटक ढिलो आउने, चाँडो जाने तथा कार्यालय समयमा कार्यालयको काम बाहेक स्वीकृति नलिई कार्यालय छोड्ने जस्ता विषयमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बैठकले सचिव पोखरेलको ई–हाजिरी तथा हाजिरी पुस्तिकाबाट आवश्यक अभिलेख लिई स्वीकृति बिनाको अनुपस्थिति, बिदा, आवश्यक हुनुपर्ने कार्यालय समययावधिको हिसाब गरी निजामती सेवा नियमावली २०५० को नियम ५५ बमोजिम नपुग समयको गयलकट्टी गर्ने समेत निर्णय गरेको छ ।…
झापा, २९ असार । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एक(दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा(हुरीको पनि सम्भावना रहेको छ। आज राति भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा राति पनि हावाहुरीको सम्भावना रहेको छ।
झापा, २८ असार । कागजातहरु शङ्कास्पद देखिएको भन्दै कुवेतलगायत मुलुक जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शङ्का लागेर यही असार २५ गते ३७, असार २७ गते १०१ र आज १८ जना गरी १५६ जनालाई फर्काइएको हो । उक्त कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत झङ्कनाथ ढकालले उनीहरुको भिसा परीक्षण गर्दा कतिपयको ‘वेटिङ फर एप्रुभ’ भनेको भेटिएको, कतिपयको व्यक्तिगत श्रम स्वीकृतिमा जान लागेको देखिएको तर राजदुताबासबाट श्रम स्वीकृतिको बोधार्थ प्राप्त नभएको तथा एउटा देशमा जाने भनेर कागजात पेश गरिएको तर उसको भिसा अर्कै देशको रहेको पाइएकोलगायतका समस्याहरु देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यी…
झापा, २८ असार । मिटरब्याजका साहुहरूले लिएको आठ बिघा जग्गा पीडितहरूले फिर्ता पाएका छन् । गृह मन्त्रालयका अनुसार उनीहरूले अहिलेसम्म आठ बिघा आठ कठ्ठा नौ धुर जमिन फिर्ता पाएको र अझै मेलमिलापमार्फत फिर्ता हुने क्रम जारी रहेको छ । यसरी जग्गा फिर्ता पाउनेमा ४५ जना पीडित रहेका छन् । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगले अहिले मेलमिलापमार्फत समस्या समाधानलाई प्राथमिकता दिएर काम अघि बढाइरहेको छ । आयोगका सदस्य उत्तमराज सुवेदीले पीडितहरूले देशभर हालसम्म झन्डै २४ हजार उजुरी दिएका र त्यसमध्ये एक हजार पाँच सय जति उजुरीमा मेलमिलाप गराइएको जानकारी दिनुभयो । यसअघि…
झापा, २८ असार । वर्षासहित आएको बाढी पहिरोका कारण पूर्वको मेची राजमार्गसहित तमोर करिडोर अवरुद्ध भएको छ । सडक विभागका अनुसार अन्य १८ सडक भने एकतर्फी सञ्चालन भइरहेका छन् । आज बिहानको विवरणअनुसार मेची राजमार्ग अन्तर्गत केचना–चन्द्रगढी–चारआली, इलाम–फिदिम र गणेशचोक–ताप्लेजुङ–ओलाङचुङ्गोला सडक खण्ड अवरुद्ध छ । पाँचथरको हेवा खोलामा सडक र पुल भत्किँदा मेची राजमार्ग अवरुद्ध भएको हो । यसैगरी तमोर करिडोर अन्तर्गत चतरा–मुलघाट माझीटार–अमरापुरडाँडा सडक खण्ड पनि अवरुद्ध सडक विभागले जनाएको छ । यो सडक खण्डमा पर्ने पाँचथरको माझीटार र हेवा खोलामा सडकमा भएको क्षतिका कारण यातायात पूर्ण रुपमा ठप्प भएको हो । विभागका अनुसार सङ्खुवासभाको मुढे, हाइटार र दोभानमा…
भद्रपुर, २८ असार । झापाको कनकाई र बिरिङ नदीमा जलाधार बढ्न सक्ने भएकाले आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । इलामका पानी परिरहेकाले ती दुई नदीमा जलाधार बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको हो । रेडक्रस सोसाइटी झापाका प्रमुख हरिशरण खड्काले रेक्रसकर्मी र स्वयम्सेवीहरुलाई तयारी अवस्थामा रहन एसएमएसमार्फत् अलर्ट गरिएको बताउनुभयो । हालै झापा गाउँपालिका–१ स्थित मिलन बस्तीको १० वटा घरमा कनकाईको पानी पस्न थालेको जानकारी आएको खड्काले बताउनुभयो । झापामा अत्याधिक वर्षा भएकाले आधा बढी भूभाग डुबानमा परेको र पानीको स्तर क्रमशः घट्दै गएको छ ।
झापा, २८ असार । झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको दमक नगरपालिका–९ स्थितमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचीनगर नगरपालिका–७ की ४२ वर्षीया रुपा प्रधानलाई ८ ग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैंचा नगरपालिका–१० का २६ वर्षीय सुमन कोइराला र बेलबारी नगरपालिका–३ की २५ वर्षीया ज्योति तामाङलाई १ ग्राम ७० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी मंगलबारे मोरङबाट खटिएको प्रहरी टोलीले रंगेली–२ का…
भद्रपुर, २८ असार । झापाको भद्रपुर नगरपालिका–९ स्थित स्थित झोडा स्कुल आसपासका दुई वटा गाउँमा हात्तीले क्षति पुर्याएको छ । हात्तीले इन्दिरा दाहालको घुम्ती पसल भत्काइदिएको छ । पसलभित्र रहेको सामान खानुका साथै क्षति पुर्याएको हो । त्यस्तै खीलबहादुर मगरको मतानको दिवाल ढोका लडाइ दिएको छ भने कुलबहादुर मगरको झुत्त्याएर राखेको र थुपारेर राखेको मकै र बोराको धान खाएर क्षति पुगाएको छ । बर्खाको बेला जङ्गली हात्ती आहारको खोजीमा गाउँ छिर्न थालेपछि जङ्गल आसपासका स्थानीय त्रसित बनेका छन् ।
झापा, २८ असार । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले झापाको गौरीगञ्जमा तीन बिघा जग्गा भाडामा लिएर सामूहिक धान खेती गरेका छन् । कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले अनिवार्य श्रम र उत्पादनमा जोडिनु पर्ने केन्द्रीय नीति अन्तर्गत जग्गा भाडामा लिएर धान खेती गरिएको पार्टीका जिल्ला सेक्रेटरी सञ्जय सी ले बताए । यसअघि भुगोलमा जनताका विभिन्न समस्या लिएर कहिले संघर्ष त कहिले छलफलमा दौडिने विप्लवका कार्यकर्ता यतिबेला गौरीगन्जमा रहेको खेतीमा हिलाम्मे भएर धान रोपिरहेका छन् । झापा जिल्ला पार्टी अन्तर्गतका सम्पूर्ण नेता तथा कार्यकर्ता असार १० गतेपछि निरन्तर श्रम गरिरहेको पार्टीका जिल्ला इन्चार्ज प्रशान्त सी ले बताए । यतिबेला विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट…