झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

लीलाराज खडकाकनकाई, ६ साउन । झापामा मानव हात्तीको द्वन्द्व बढ्दो रूपमा जाँदा बर्सेनि हात्तीको आक्रमणमा परि ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७९–८० मा मानव हात्ती द्वन्द्वका क्रममा झापामा मात्रै ८ जना मानिस र २ वटा हात्तीले ज्यान गुमाएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । यस अवधिमा दुई गैह्र नेपालीसहित ८ जना मानिसले हात्तीको आक्रमणबाट ज्यान गुमाएका छन् । यसै गरी यस आर्थिक वर्षमा दुई वटा हात्ती समेत विद्युतीय तारमा परि मारिएको छ । हात्तीको आक्रमणमा परि ज्यान गुमाउने गैह्र नेपालीमा एक जना भुटानी र एक जना भारतीय नागरिक रहनुभएको डिभिजन वन कार्यालय झापाले जनाएको छ…

Read More

कनकाई, ५ साउन । पछिल्लो समय बारम्बार विद्युत् अवरुद्ध हुन थालेपछि झापा कनकाईका युवाले शुक्रबार विरोध प्रदर्शन गर्दै विद्युत् प्राधिकरण शाखा सुरुङ्गामा ज्ञापन–पत्र बुझाएका छन् । पछिल्लो ३–४ दिनयता लाइन जाँदै आउँदै गर्नाले घरमा भएका विद्युतीय सामग्रीहरु मोबाइल, टिभी, फ्रीज, फेन, पानी तान्ने मोटर, राइस कुकर लगायतका घरायसी सामग्री बिग्रेको भन्दै आज शुक्रबार नगरका युवाले विद्युत् प्राधिकरण शाखामा पुगेर कार्यालय प्रमुख रन्जित विष्टलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुज्दै कार्यालय प्रमुख विष्टले केही दिनदेखि विभिन्न सव स्टेसनमा भोल्टेजको समस्या भएकाले आगलागी जस्ता घटना हुने गरेको भन्दै त्यसको समाधानका लागि आफूहरु लागिपरेको बताउदै अब लाइने जने समस्या छिट्टै समाधान…

Read More

बिर्तामोड, ४ साउन । बिर्तामोड नगरपालिकाले फोहोर वर्गीकरणको प्रक्रियालाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले सम्बन्धित वडाका जनप्रतिनिधिहरुको अगुवाईमा साउन ६ गते अर्थात भोलिदेखि नै यस अभियानलाई अघि बढाउने भएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज फोहोर व्यवस्थापनको विषयमा बसेको जनप्रतिनिधिहरुको बैठकले फोहोरको समस्या समाधानका लागि विभिन्न निर्णय गरेको छ । बैठकले सरसफाई कार्ड अनिवार्य गर्ने, सडक तथा सार्वजनिक स्थलमा फोहोर फ्याल्नेको टोल विकास समिति मार्फत निगरानी बढाउने र दण्ड जरिवाना गर्ने निर्णय गरेको छ । यस्तै सरसफाई शुल्क मध्ये टोल विकास समितिले १५ प्रतिशत त्यहिँको विकासको लागि खर्च गर्न पाउने व्यवस्था गर्नका लागि कार्यपालिकामा…

Read More

भद्रपुर, ५ साउन । ४१ औं विपि स्मृति दिवसको अवसर पारेर भद्रपुरमा विद्यालय स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न गरिएको छ । विपि स्मृति प्रतिष्ठानको आयोजनामा भद्रपुर नगरपालिका भित्रका विद्यालयका विद्यार्थी बीच निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरिएको हो । प्रतियोगितामा ग्यालेक्सी इङ्लिस स्कुलकी छात्रा अल्विना तामाङ प्रथम, वीरन्द्र माविकी छात्रा दिक्षा खड्का द्वितीय र सिद्धार्थ शिशु सदनकी छात्रा दिपिका रेग्मी तृतीय हुन सफल भएकी थिइन् भने भद्रपुर माविकी सविता राई र पुहाँतु जनज्योति माविकी तुलसा अधिकारी सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । २५ वटा निबन्धबाट छानिएका १० उत्कृष्ट प्रतियोगी बीच प्रतिष्पर्धा भएको कार्याक्रममा उत्कृष्ट निबन्धकारलाई नगद सहित सम्मान समेत गरिएको थियो ।…

Read More

बिर्तामोड, ४ साउन । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले ऋणी सदस्यको कर्जा मिनाहा गरेको छ । झापाको बिर्तामोड–४ निवासी सरस्वती भट्टराईको मृत्युपछि कर्जा मिनाहा गरिएको हो । शिक्षा बहुउद्देश्यीय सहकारीमा नियमित कारोवार गर्दै आएकी भट्टराईको गत चैत २४ गते क्यान्सर सम्वन्धी रोगका कारण मृत्यु भएको थियो । महिला उद्यमी समूहको सदस्य समेत रहेकी भट्टराईको मृत्युपछि संस्थामा तिर्न बाँकी देखिएको एकलाख ८० हजार एक सय ५५ रुपैयाँ ऋण मिनाहा गरिएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए । सहकारी संस्थाका उपाध्यक्ष हेमराज मिश्रका अनुसार ऋणी सदस्यको मृत्युपछि कर्जा मिनाहा गर्ने संस्थागत नीति छ । कर्जा मिनाहासँगै भट्टराई परिवारलाई मृत्यु संस्कार राहतवापत…

Read More

झापा, ५ साउन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐनको मस्यौदा सुटुक्क संसद् लैजाने तयारी गरेको छ । मन्त्री अशोक राई र शिक्षा सचिव रामकृष्ण सुवेदीले ऐनको मस्यौदा गोप्य रूपमा अध्ययन गरी मन्त्रिपरिषद्मा पेस गर्नुभएको हो । सो मस्यौदालाई मन्त्रिपरिषद्ले स्वीकृत गरी विधेयक समितिले अध्ययन गरिरहेको छ । तर, मस्यौदाको विषयमा मन्त्रालयका उच्च अधिकारीलाई जानकारी छैन । विधेयक समितिले पारित गरेपछि मन्त्रालयले सभामुखको कार्यालयमा दर्ता गराएपछि उक्त विधेयक संसदमा पेस हुनेछ । कानुनमन्त्री ५ सदस्यीय विधेयक समितिको अध्यक्ष हुने व्यवस्था छ भने अर्थ, शिक्षा, संघीय मामिला मन्त्रालयका सचिवलगायत सदस्य रहने व्यवस्था छ । प्रतिनिधि र राष्ट्रिय सभाले पनि…

Read More

झापा, ५ साउन । राजस्व विभागले तस्करीको करिब सय किलो सुन बुधबार ‘अनौठो ढंगले’ बरामद गर्‍यो। हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको विमानमार्फत आएको उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारबाट पास भएपछि बरामद गरिएको थियो। विमानस्थल र भन्सारको ‘कडा सुरक्षा घेरा’ पार गरेर त्यति ठूलो परिणामको सुन कसरी बाहिरियो भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ। बाहिरबाट आउने सामान ओसार्ने र भन्सार पास गर्ने ठाउँमा आफ्नो उपस्थिति नहुने प्रहरीको भनाइ छ। भन्सारका कर्मचारीको संलग्नताबारे भने अनुसन्धान भइरहेको राजस्व विभाग र प्रहरीको भनाइ छ। तस्करले स्कुटरको ‘ब्रेक सु’ र दाह्री काटने मेसिनभित्र प्याकिङ गरेर सुन ल्याएका थिए। उक्त सुन जडित ‘ब्रेक सु’ को भन्सार…

Read More

झापा, ५ साउन । प्रतिनिधि सभाले विधेयकको प्रकृति नै परिमार्जन गरेर पारितको सन्देश पठाएको भन्दै मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक (मिटरब्याज विधेयक) पारितको प्रव्रिmयामा राष्ट्रिय सभाले प्रश्न उठाएको छ । तल्लो सदनले पारित गरेको विधेयकमा प्रश्न उठाएर सन्देश सुनाउने प्रव्रिmया माथिल्लो सदनले रोकेको पहिलो पटक हो । प्रतिस्थापन विधेयकलाई सामान्यसरह पारित गरिएको भन्दै सभाले बिहीबार सन्देश सुनाउने प्रव्रिmया रोकेको हो । महान्यायाधिवक्तासँग कानुनी परामर्श लिएर मात्र थप प्रक्रिया अघि बढाउने सहमतिसमेत कार्यव्यवस्था परामर्श समितिमा भएको छ । सङ्घीय संसद् र समितिमा महान्यायाधिवक्ताले कानुनी राय दिन सक्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार कार्यव्यवस्था परामर्श समितिले महान्यायाधिवक्ता दीनमणि पोखरेलसँग…

Read More

रोल्पा, ४ साउन । रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा रु पाँच हजार जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०र८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ । यही साउन १ गतेदेखि लागू हुने गरी सो कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिए । यही साउन १ गतेपछि गाउँपालिकाभित्र जन्मने हरेक छोरीलाई उम्दा बनाउन उक्त कार्यक्रम ल्याइएको उनको भनाइ छ । बैंकमा खाता खोली जम्मा गरिने उक्त रकम २० वर्षसम्म झिक्न पाइने छैन । “छोरी जन्मिदा परिवारमा खुशियाली ल्याउन तथा छोरीमा लगानी बढाउन यस्तो कार्यक्रम अघि सारेका हौँ”, उपाध्यक्ष डाँगीले…

Read More

कनकाई, ४ साउन । पूर्व–पश्चिम महेन्द्र राजमार्गस्थित कनकाई नगरपालिका–७ दुर्गापुर क्षेत्रमा आज भएको सवारी दुर्घटनामा परी एक युवा कुमार दर्जीको मृत्यु भएपछि भएको तनावग्रस्त स्थितिको भिडियो खिचिरहेको पत्रकार सीएम शर्मामाथि दुव्र्यहार भएको छ । बिर्तामोडका एक युवा पदम श्रेष्ठले दुर्घटनापछिको दुर्गापुर सडक क्षेत्रको रिर्पोटिङको क्रममा भिडिया बनाइरहेका ठोस खबर टडकमका सम्पादक पत्रकार शर्माको मोबाइल जबरजस्ती खोसेका छन् । पत्रकार शर्माको मोबाइल खोसेपछि स्थानीयको दबाबपछि केहीबेरमा श्रेष्ठले मोबाइल फिर्ता दिएका छन् । यसैबीच, पत्रकार शर्माको मोबाइल खोस्ने श्रेष्ठलाई कडा कारवाही गर्नका लागि पत्रकार सम्बद्ध संघ–संस्थाले जोडदार माग गरेका छन् । पत्रकार महासंघ प्रदेश समिति सदस्य लीलाराज झापालीले पत्रकारमाथि भएको दुव्र्यहारको जति…

Read More