
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
वेल्स । बेलायतकी एक नर्सले अस्पतालको पार्किङमा यौन सम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु भएको घटना सार्वजनिक भएको छ । ती बिरामीसँगको सम्बन्ध राख्दै आएको र यौन सम्बन्ध गर्दागर्दै बिरामीको मृत्यु भएको पत्ता लागेपछि अस्पतालले उनलाई जागिरबाट निकालेको छ। सो क्रममा मृतकसँग एक वर्षभन्दा बढी समयदेखि सम्बन्ध रहेको नर्सले स्वीकार गरिन् । नर्सले बिरामीको यौन सम्पर्कका बेला मृत्युपछि पनि एम्बुलेन्स नबोलाएको आरोप लागेको थियो । जब मेडिकल आपत्कालीन कर्मचारीहरू पार्किङ स्थलमा पुगेका थिए, उनीहरुले बिरामीलाई आंशिक रूपमा नग्न र निष्क्रिय रूपमा भेटेका थिए । ती बिरामीको वेल्सको अस्पतालमा डायलिसिसको उपचार भइरहेको थियो । यौन सम्पर्क गर्दा गर्दै हृदयाघातका कारण उनको मृत्यु…
झापा, २६ असार । सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका–१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार नर्सरीमा अध्ययनरत आठ वर्षे तान्छोपहाङ लिम्बूको मृत्यु भएपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार पक्राउ पर्नेमा मेचीनगर(११ का ४५ वर्षीय मनोज गुरुङ र ३५ वर्षीया रमा सुनार र मेचीनगर–१० की २४ वर्षीया अनिसा पोखरेल छन् । मन्टेश्वरीका सञ्चालक काठमाडौँ९३१ निवासी ४२ वर्षे सुरेन रसाइली भने फरार रहेको उनको भनाइ छ । मृतक बालकका बुबा खर्कबहादुर लिम्बू र आमा मेरिना लिम्बूले…
झापा, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको आज निधन भएको छ। बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उनको उपचारका क्रममा निधन भएको हो । प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित दाहालका ६९ वर्षको उमेरमा निधन भएको प्रधानमन्त्रीका निजी चिकित्सक डा युवराज शर्माले पुष्टि गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको शव श्रद्धाञ्जलीका लागि नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा राखिएको छ । दाहालको शव बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म पेरिसडाँडामा राखिने प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने उनले बताए ।
दमक, २६ असार । नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीका उपसचिव रोशन भण्डारीको संयोजकत्वमा ३१ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरिएको छ । एकीकृत समाजवादी केन्द्रिय परिषद सदस्य राजेन्द्र दाहालको उपस्थितिमा मंगलबार दमकस्थित मंगलदीप मार्केटको गोर्खा होटलमा भएको भेलाले भण्डारीको संयोजकत्वमा सम्मेलन आयोजक कमिटी गठन गरिएको हो । भण्डारी दमक नगर कमिटीका निर्वतमान उपसचिव हुन् । उनी एकीकृत समाजवादी सम्बद्ध अनेरास्ववियू केन्द्रिय उपाध्यक्ष समेत हुन् । दमक बहुमुखी क्याम्पसमा स्ववियु सचिवमा निर्वाचित भण्डारीले कार्यवहाक सभापतिको समेत कुशलताका साथ जिम्मेवारी सम्हालेका छन् । यसअघि, २५ सदस्यीय रहेको नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटी गठन भएको थियो । सो कमिटीका अध्यक्ष महेश…
बिर्तामोड, २६ असार । झापाको धुलाबारीस्थित सानो साथी किन्डर गार्टेनमा विद्यालयको शौचालयको सेप्टिक ट्यांकमा खसेर गम्भीर बनेका तान्छोक लिम्बूको निधन भएको छ । आठ वर्षीय उनको बिएन्डसी अस्पतालमा उपचारको क्रममा आज बिहान १०ः३० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको छ । लिम्बू हिजो खाजा खाएर शौचालय जाँदा उनी शौचालयको ढोकाअगाडि रहेको सेप्टिक ट्यांकभित्र खसेका थिए । सेप्टिक ट्यांकको प्वाल छोप्न मक्किएको प्लाइको प्रयोग गरिएका कारण त्यसमाथि लिम्बू हिँड्दा भित्र झरेका थिए ।
विराटनगर, २७ असार । झापा र मोरङका तीन छुट्टाछुट्टै स्थानबाट सोमबार प्रहरीले लागुऔषध ब्राउनसुगरसहित सात जनालाई पक्राउ गरेको छ । लागुऔषध ब्राउनसगुरको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१३ का २५ बर्षीय तुलसी राजवंशीलाई ८५० मिलीग्राम लागूऔष ब्राउनसुगरसहित फूलबारी टोलबाट पक्राउ गरेको हो । त्यसैगरी, प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–१ का २० वर्षीय बिशाल दमाईलाई २ ग्राम ५०० मिलीग्राम ब्राउनसुगर सहित चारआली चोकबाट पक्राउ गरेको हो भने सोही स्थानबाट स्थानीय २१ वर्षीय गणेश राजवंशी र अर्जुनधाराका २७ वर्षीय निकाश अधिकारी तथा मेचीनगर नगरपालिका–६ का ५५ वर्षीय डम्बरबहादुर तामाङ र…
नुवाकोट, २६ असार । “सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ ।” भारतीय अनलाइन ‘एबिपीलाइभ डटकम’ले सन् २०२२ डिसेम्बर १५ मा मुर्रा जातका भैँसीबारे यस्तै भावमा एक आलेख प्रकाशन गरेको थियो । अरु धेरै लोकप्रिय भारतीय सञ्चारमाध्यमले मुर्रा भैँसीबारे सामग्री प्रकाशन तथा प्रसारण गरिरहेका हुन्छन् । पछिल्लो समयमा नेपाली सञ्चारमाध्यममा पनि मुर्रा भैँसीको विषयले स्थान पाउन थालेको छ । गत जेठको दोस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक भारत भ्रमणका अवसरमा भएका विभिन्न सम्झौताहरूका विषयसँगै भारतले नेपाललाई…
झापा, २६ असार । कमाइ तीन वर्षदेखि उस्तै छ, महँगी भने दिनदिनै बढिरहेको छ, सीमित आय भएकालाई त बाँच्नै सकस भयो । थोरै कमाइ हुनेले त तरकारी खान पनि सोच्नुपर्ने बेला आयो,” यसो भनिररहँदा असन चोकमा भेटिएकी पवित्रा थापाको अनुहार मलिन देखिन्थ्यो । “एक सय रुपियाँको तरकारीले चार जनाको परिवारलाई एक छाक टार्न मुस्किल छ, त्यसलाई पकाउन चाहिने तेल, नुन मसला छँदै छ । दैनिक साढे पाँच सय रुपियाँ कमाउनेले एक छाकको एक सय रुपियाँको तरकारी किनेर कसरी खान सक्छ रु” उनले प्रश्न गरिन् । थापाका श्रीमान् न्युरोडको बैङ्कमा सुरक्षा गार्डका रूपमा कार्यरत छन् । थापाका श्रीमान्को मासिक तलब साढे…
झापा, २६ असार । सामान्य दिनमा ३–४ अर्ब रुपैयाँ मात्र भुक्तानी दिने गरेको सरकारले आइतबार भने एकै दिन ४१ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ भुक्तानी दिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा आर्थिक वर्ष सकिन सात दिनअगावै सबै भुक्तानी गरिसकेर खाता बन्द गरिसक्नुपर्ने व्यवस्था भएकाले आइतबार हतारहतारमा त्यति रकम भुक्तानी दिइएको हो । आर्थिक वर्षको अन्त्यमा बिल भौचर पनि नहेरिकन आपसी मिलेमतोमा पछि मिलान गर्नेगरी हतारहतारमा भुक्तानी गरी अनियमितता र बदमासी हुने गरेको आलोचना हुँदै आए तापनि यस वर्ष पनि वर्षान्तमा अस्वाभाविक भुक्तानी दिइएको हो । कतिपय आयोजनामा ठेकेदारसँग मिलेमतोमा हिसाब मिलान गर्न अन्तिम दिनतिर…
झापा, २६ असार । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले ललितानिवास जग्गा प्रकरणमा किर्ते र जालसाझीपूर्ण कार्य गरेको भन्दै सरकारका बहालवाला सचिवलाई पक्राउ गरेपछि कर्मचारी क्षेत्रमा तरंग सिर्जना भएको छ । ललितानिवासको जग्गा व्यक्ति र गुठीको नाममा बनाउनुअघि टिप्पणी उठाउने तत्कालीन शाखा अधिकृत र हालका बहालवाला सचिव कृष्णबहादुुर राउतलाई पक्राउ गरेकोमा कर्मचारी वृत्तमा असन्तुष्टि सिर्जना भएको छ । सीआईबीले सञ्चार सचिव राउतलाई बिरामी बुबालाई भेट्न आइतबार विराटनगर जाने क्रममा काठमाडौंस्थित एयरपोर्टबाट पक्राउ गरेको थियो । सीआईबीले सोही प्रकरणमा अन्य ५ पूर्वसचिव र १७ सहसचिवलगायतका दर्जनौं कर्मचारीमाथि पक्राउ पुर्जी जारी गरिरहँदा सो कार्यमा संलग्न उच्च राजनीतिक नेतृत्वमाथि सीआईबीले केही गर्न नसकेको…