
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २४ असार । नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम तलब बढाउन माग गरेको छ । नेपाली कांग्रेस सम्बद्ध ट्रेड युनियन कांग्रेसले सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापनसमेत नचल्ने अवस्था आएको भन्दै न्यूनतम तलब बढाउन माग गरेको हो । असारके पहिलो साता सम्पन्न राष्ट्रिय महाधिवेशनमा उठेको सुझावअनुसार ट्रेड युनियनले श्रमिकको न्यूनतम तलब मासिक २५ हजार रुपैयाँ पुर्याउन माग गरेको महासचिव अजयकुमार राईले बताए । राष्ट्रिय महाधिवेशनबाट आकासिँदो महँगीको अवस्थामा श्रमिकहरूको जीवनयापन नै कठिन बनेको भन्दै न्यूनतम पारिश्रमिक २५ हजार पुर्याउन रोजगारदाता र सरकारको ध्यानाकर्षण गराइएको उनको भनाइ छ । हाल सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँमात्रै…
झापा, २४ असार । अहिले बैंक तथा वित्तीय संस्थासँग कर्जा दिने क्षमता अधिक छ। यसअघिका समय बैंक तथा वित्तीय संस्थासँग लगानी योग्य पुँजी ९तरलता० नहुँदा कर्जा नपाउने गुनासो पटक–पटक आउँथ्यो। तर, अहिले यथेष्ट पैसा छ। यस्तो अवस्थामा पनि बैंकहरूले निजी क्षेत्रलाई थप कर्जा दिन चाहिरहेका छैनन् भने व्यवसायीहरूले पनि थप कर्जा मागेका छैनन्। बैंकको खराब अर्थात् निस्क्रिय कर्जा बढेकाले बैंकहरू कर्जा दिएर जोखिम मोल्नभन्दा सरकारी ऋणपत्रमा ७–८ प्रतिशतको ब्याजदरमा लगानी गर्न तयार देखिन्छन्। असार मसान्तमा सकभर ऋण दिनभन्दा धमाधम उठाउन लागि परेका छन्। व्यवसायीहरू चर्को ब्याजले कर्जा लिएर शिथिल अर्थतन्त्रको अवस्थामा थप लगानी गर्न डराइरहेका छन्। यसअघि आमसर्वसाधारणको निक्षेप चालु…
झापा, २४ असार । नेपाललाई वैदेशिक सहायता उपलब्ध गराउने सन्दर्भमा द्विपक्षीय विकास साझेदारको जोड अनुदानमा र बहुपक्षीय विकास साझेदारको जोड ऋणमा रहेको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार बेलायत, नर्वे, जापान, दक्षिण कोरियाजस्ता द्विपक्षीय विकास साझेदारले अनुदान सहायतालाई प्राथमिकतामा राखेको देखिन्छ । शुक्रबारसम्मको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा बेलायतले सबैभन्दा धेरै अनुदान उपलब्ध गराउने प्रतिबद्धता गरेको छ । स्थानीय पूर्वाधार रूपान्तरण परियोजनाका लागि बेलायतले १४ अर्ब ४० करोड रुपियाँ अनुदान उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो । बेलायतपछि नर्वेले दुई अर्ब ५७ करोड रुपियाँ, जापान र दक्षिण कोरियाले दुई अर्ब हाराहारीमा अनुदान उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्…
झापा, २४ असार । विदेशमा पुराना यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारीसाधन उमेरहदको सीमाभन्दा फिटनेस र इमिसन टेस्टुका आधारमा विस्थापित हुँदै आइरहेका छन् । नेपालमा भने प्रभावकारी ढंगले फिटनेस र इमिसन टेस्ट नहुने भएकाले उमेरहदका कारणले सार्वजनिक सवारीसाधन विस्थापित हुँदै आइरहेका छन् । दुर्घटना र प्रदूषणको प्रमुख कारक रहेको भन्दै सरकारले २०७४ सालदेखि नै २० वर्ष नाघेका पुराना सवारीसाधनमाथि प्रतिबन्ध लगाउँदै आएको छ । युरोपेली मुलुक जर्मनीमा १० वर्षकै अवधिमा पुराना सवारीसाधन विस्थापित हुँदै आएका छन् । ती मुलुकले पुराना सवारीसाधन विस्थापित गरेर नयाँ खरिद गर्नेलाई प्रोत्साहन गर्ने नीति अंगीकार गर्दै आएका छन् । नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने सार्वजनिक सवारीसाधनलाई यात्रुवाहक…
झापा, २४ असार । बलम्बुमा निर्माणाधीन मुलुककै पहिलो फ्लाइओभरको काम आधाभन्दा बढी सम्पन्न भएको छ । फ्लाइओभर आगामी वर्षदेखि सञ्चालनमा ल्याइने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जानकारी दिएको छ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका उपनिर्देशक गोविन्द डमरूले निर्धारित समयमा काम सम्पन्न गर्ने लक्ष्यसहित अहिले तीव्र रूपमा आयोजनाको काम भइरहेको बताए । उनका अनुसार फ्लाइओभरको सहायक संरचनाका रूपमा निर्माण गर्नुपर्ने पाँच वटा पाइलमध्ये दुई वटाको निर्माण सम्पन्न भइसकेको छ । त्यसै गरी एउटा पाइलको जग हाल्ने काम सम्पन्न भइसकेको छ । फ्लाइओभरको निर्माण अवधि सन् २०२४ अप्रिल २५ सम्म रहेको छ । निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै सवारीसाधन राजमार्गबाट सुरुङमार्गतिर मोडिँदा हुन सक्ने…
बिर्तामोड, २३ असार । बिर्तामोड नगर अस्पताल सेवा प्रवाह मूल्याङ्कनमा प्रथम भएको छ । आर्थिक वर्ष २०७९÷०८० को स्वास्थ्य तर्फको वार्षिक समिक्षा कार्यक्रम अन्तर्गत विभिन्न सूचाङ्क मुल्याङ्कनका आधारमा नगर अस्पताल प्रथम भएको हो । स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटी र तथ्याङ्क अधिकृत चुडामणि लुइटेल सहितको उपस्थितिमा आज नगरपालिकामा आयोजित समिक्षात्मक कार्यक्रमबाट नगर अस्पताल प्रथम भएको मुल्याङ्कन गरिएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. सुनिल अधिकारीलाई कार्यबाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौला, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी र स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले संयुक्तरुपमा प्रथम भएको प्रमाण पत्र प्रदान गर्नु भयो । यस्तै सेवा प्रवाह मुल्याङ्कनमा वडा…
भद्रपुर, २३ असार । भद्रपुर नगर क्षेत्रको सौन्दर्यलाई अव्यवस्थित तारले चुनौति दिइरहेको भए पनि नगर प्रशासनले व्यवस्थित गर्न कुनै चासो राखेको छैन । सडक किनारा आसपास विद्युत पोलमा जताभावी टाँगिएका तारका कारण नगरको सौन्दर्भमाथि प्रहार मात्र नभएर यात्राका क्रममा ज्यान जोखिम पनि बढाएको हो । विभिन्न इन्टरनेट कम्पनी तथा केवुल टिभीले टागेका अव्यवस्थित तारका कारण विद्युत पोल ढल्ने अवस्था हुँदा समेत सम्बन्धित निकाय बेखवर देखिने गरेको छ । अनावश्यक तथा अव्यवस्थित तार हटाउन नगर सरकार पहिलो जिम्मेवार निकाय हुनु पर्ने पूर्व जनप्रतिनिधि समेत रहिसकेका नेत्रप्रसाद पौडेल नुतनको भनाइ छ । अघिल्लो कार्यकालका वडा सदस्य पौडेलले प्रत्येक पटक नगर सभामा अव्यवस्थित…
बिर्तामोड, २३ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आफूलाई विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस झापाद्वारा आयोजित स्वागत–सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले आगामी एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने र आफूलाई प्रदेशसभामा विश्वासको मत प्राप्त हुने विश्वास ब्यक्त गर्नुभएको हो । ‘३० दिनपछि विश्वासको मत प्राप्त भएपछि पदीय जिम्मेवारी शुरु हुनेछ’–थापाले भन्नुभयो–‘बहुमत प्राप्त भएपछि गठबन्धन दलको सरकारले ४ बर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नेछ ।’ विश्वासको मत प्राप्त भएपछि जनअपेक्षा र स्थानीय आवश्यकताका आधारमा छलफल गरेर बजेटमार्फत सम्बोधन गर्ने धारणा राख्नुभयो । सबैको सद्भाव र इच्छाशक्तिका कारण आफू मुख्यमन्त्री बनेको र यो सबैको उपलब्धी भएको…
बिर्तामोड, २३ असार । मोरङको लेटाङ–कानेपोखरी सडकखण्डमा शुक्रबार साँझ बोलेरोले टेम्पोलाई ठक्कर दिँदा चालकसहित दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा टेम्पो चालक कानेपोखरी गाउँपालिका–६ का करिब ३५ वर्षीय सागर तामाङ र टेम्पोमा सवार सोही ठाउँकी ८ वर्षीया रोश्नी मगरको मृत्यु भएको हो । प्रदेश १–०२–००२ च ४१७३ नम्बरको बोलेरोले प्रदेश १–०२–०३ ह १३१२ टेम्पोलाई ठक्कर दिएको थियो । तामाङको मंगलबारेस्थित मदन भण्डारी ट्रमा सेन्टरमा उपचारका लागि पुर्याउनसाथ मृत्यु भएको थियो भने रोश्नीको गोल्डेन अस्पताल विराटनगरमा राति पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बालिका रोश्नकी आमा करिब ३५ वर्षीया टिका आलेमगरको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।…
झापा, २३ असार । झापामा ११ महिनाको अवधिमा झण्डै डेढ किलोग्राम ब्राउनसुगर बरामद भएको छ । प्रहरीले ११ महिनाको अवधि (जेठ मसान्तसम्म) मा झापाका विभिन्न स्थानबाट एक किलो ४९२ दशमलव २५ ग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । त्यस्तै, २७ केजी २५० ग्राम गाँजा, लुपिजेसिक ११५ एमपुल, डाइजिपाम १३० एमपुल, नाइट्रोजन १५ चक्की, नाइट्राजेपाम १७८ चक्की, एभिल छ एमपुल, नाइट्राभेट २९८ चक्की, स्पास्पेन ५५० चक्की, ट्रामाडोल हाइड्रोक्लोराइड ५५० चक्की लगायत विभिन्न प्रकारका प्रतिबन्धित लागुऔषध बरामद गरेको छ । झापाको पूर्वी नाका काँकरभिट्टा र भद्रपुरको सीमा नाकाबाट ब्राउनसुगरसहित मानिसहरु भित्रिने गरेका छन्…