झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ११ साउन । मनसुनी वायुको साथै बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही मधेस, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । आज राति भने कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Read More

झापा, ११ साउन । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको लागि दरखास्त आव्हान गरेको छ । न्यूनतम योग्यता पुगेका व्यक्तिहरुले आजदेखि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त पेस गर्न सक्नेछन् । अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण पेस गरेका कागजातहरू राजश्व बुझाइसकेपछि संशोधन गर्न नसकिने भएकोले सावधानीपूर्वक दरखास्त दिन आयोगले आग्रह गरेको छ ।

Read More

झापा, ११ साउन । झापाको दमकमा भएको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उपाधि मोरङको सुकुना बहुमुखी क्याम्पसले जितेको छ । फाइनल खेलमा सुकुनाले झापाको काँकरभिट्टा बहुमुखी क्याम्पसलाई ८–१ को फराकिलो गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । उपाधिसँगै सुकुनाले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेता काँकरभिट्टाले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगिताका उत्कृष्ट खेलाडी सुकुनाका दिवस राई भए । उच्च गोलकर्ता सुकुनाका अनिश खवास, उत्कृष्ट गोलकिप्पर सुकुनाका युकेश राई, उत्कृष्ट प्रशिक्षक सुकुनाका नितेश काफ्ले भए । फेयर प्लेको उपाधि काँकरभिट्टाले पायो ।

Read More

झापा, १० साउन । अनियमित वर्षाका कारण झापामा धान रोपाइँ प्रभावित बनेको छ । जिल्लामा अपर्याप्त र अनियमित वर्षा हुँदा रोपाइँ प्रभावित बनेको हो । अघिल्लो वर्षको तुलनामा यो वर्ष करिब ७ प्रतिशत रोपाइँ कम भएको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख तेजराज भण्डारीले जानकारी दिनुभयो । केही दिन अघिको तथ्यांक अनुसार झापामा ७२ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । पर्याप्त वर्षा नहुँदा रोपाइँका लागि तयारी अवस्थामा राखेको खेतमा पनि रोपाइँ हुन नसकेको उहाँको भनाइ छ । “गत वर्षको तुलनामा भन्दा ६–७ प्रतिशत रोपाइँ फरक छ”, उहाँले भन्नुभयो, “बिजुली आउँदै जाँदै गर्नाले समेत सिञ्चाइ मोटरबाट किसानले पर्याप्त लाभ लिन सकेका…

Read More

झापा, १० साउन । निर्वाचनको खर्च विवरण नबुझाउने झापाका ५५ उम्मेदवार कारवाहीमा पर्ने भएका छन् । गत वर्षको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन उम्मेद्वार बनेका मध्ये ५५ जनाले खर्च विवरण सार्वजनिक नगर्दा उनीहरु निर्वाचन आयोगले कारबाहीको तयारी गरेको हो । उनीहरुलाई जनही १५ हजार रुपैयाँका दरले कारवाही गर्न लागिएको सार्वजनिक सूचना जारी गर्दै निर्वाचन आयोगले जनाएको छ । सात दिनभित्र खर्च विवरण बुझाउन पनि आयोगले निर्देशन दिएको छ । योसंगै खर्च विवरण बुझाउनेहरूको पनि नामावली आयोगले सार्वजनिक गरेको छ ।

Read More

झापा, १० साउन । हाल नेपालमा मनसुनी वायुको साथै बङ्गालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी , बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू–भागमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी…

Read More

झापा, १० साउन । पूर्वी पहाडी जिल्लामा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानहरू गाईभैँसीलाई खोले पकाएर खुवाउँछन् । तर त्यही फर्सी बजारमा भने भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका अनुसार आर्थिक वर्ष २०७९-८० मा भारतबाट रु सात करोड ५७ लाख २८ हजार मूल्यको चार हजार सात सय ३३ मेट्रिक टन फर्सी आयात भएको छ । फर्सीमात्र होइन, नेपालको हिमालीबाहेक मधेस र पहाडी जिल्लामा अत्यधिक उत्पादन हुने कोदो, फापर, खुर्सानी, घिरौला, लौका, करेला, तरुल, भिन्डी, सिमीलगायतका भान्सामा उपभोग हुने खाद्यवस्तु अपत्यारिलो मात्रामा भारतबाट आयात हुने गरेको पाइएको छ । आव २०७९–८० मा पूर्वीनाका काँकडभिट्टा भएर…

Read More

झापा, १० साउन । नेपालबाट धेरै निकासी हुने वस्तुमा अलैची पनि पर्छ । भखरै सकिएको आर्थिक वर्ष (आव) २०७९–८० मा नेपालले विश्वका विभिन्न मुलुकमा ८ अर्ब २७ करोड ६८ लाख रुपैयाँभन्दा बढी मूल्यको ९ हजार ९९१ मेट्रिक टनभन्दा केही बढी अलैंची निर्यात गरेको अभिलेख भन्सार विभागसँग छ । आव २०७९–८० को निर्यात अघिल्लो वर्षको तुलनामा मूल्यका हिसाबले ७१ दशमलव ९५ र परिमाणका हिसाबले ८६ दशमलव १५ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७८–८९ मा नेपालबाट ४ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ मूल्यको ५ हजार ३६७ मेट्रिक टन अलैची निर्यात भएको देखिन्छ । अचम्मको सत्य चाहिँ नेपालबाट निकासी हुने अलैंचीको…

Read More

झापा, १० साउन ।  नेपालको पशुपालनको क्षेत्रले पछिल्लो एक वर्षमा निकै ठुलो क्षति बेहोर्यो। ‘लम्पी स्किन’ महामारीले गाईभैँसी र अफ्रिकन स्वाइन फिभरले बङ्गुरपालक किसान नराम्ररी प्रभावित बनेका छन्। पाँच प्रतिशतभन्दा कम मृत्युदर भएको ‘लम्पी स्किन’ सङ्क्रमणले एक खर्ब २६ अर्बको क्षति पुग्ने आकलन गरिँदा शतप्रतिशत मृत्युदर रहेको अफ्रिकन स्वाइन फिभरले पारेको क्षतिको विवरण भने सङ्कलनसमेत भएको छैन। कुनै पनि सरकारी निकायसँग त्यसको वास्तविक तथ्याङ्क छैन। लम्पीबाट मात्र चालु आर्थिक वर्षको बजेटको ७.२ प्रतिशत बराबरको क्षति पुगेको छ। तथ्याङ्क नै नभएपछि बङ्गुरपालक किसानलाई दिने क्षतिपूर्तिको विषय उठेको छैन। जब कि विपन्न वर्गको जीविकोपार्जनमा बङ्गुर पालनले ठुलो सहयोग गरेको छ। एकै बेतमा…

Read More

झापा, १० साउन । प्रतिनिधि सभा सदस्य निर्वाचनपछि खर्च विवरण सार्वजनिक नगरी जरिबाना तिर्नुपर्ने सूचीमा प्रदेश सभा सदस्य, प्रतिनिधि सभा सदस्य र मन्त्रीसम्म छन् । प्रतिनिधि सभा सदस्यतर्फ दलीय आधारमा खर्च विवरण सार्वजनिक नगरी जरिबानामा पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबैभन्दा बढी उम्मेदवार छन् । सङ्घीय संसद्मा प्रतिनिधित्व गरेकामध्ये नेकपा (एकीकृत समाजवादी) का सबैभन्दा थोरै छन् । राप्रपाका ५९ र रास्वपाका ३९ जना उम्मेदवार खर्च विवरण सार्वजनिक नगरी कारबाहीमा परेका छन् । आयोगले सार्वजनिक गरेको सूचीमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, खानेपानीमन्त्री महिन्द्र राय यादव र वन तथा वातावरणमन्त्री…

Read More