झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, १४ असार । झापाको भद्रपुरस्थित प्रादेशिक अस्पताल भवन निर्माणमा गुणस्तरहीन भएकोे भन्दै मेची प्रादेशिक अस्पताल सुधार समितिले दोषीलाई कारबाहीको माग गरेको छ । अस्पताल भवन गुणस्तरहीन भएको चौतर्फी चर्चा भइरहेका बेला सुधार समितिले आज एक विज्ञप्ति जारी गर्दै त्यस्तो माग गरेको हो । नव–निर्मित भवनमा भएको कमी–कमजोरीको सत्यतथ्य छानबिन गर्न सरकारले दक्ष प्राविधिकसहितको छानबिन समिति गठन गरी निर्माण कार्यमा सम्बद्ध ठेकेदार लगायत सबै सरोकार निकाएका व्यक्तिहरु उपर हदैसम्मको कारबाही होस् भन्दै समितिले माग गरेको छ । “प्रादेशिक अस्पताल भद्रपुरको भवन धेरै पुरानो र जीर्ण भएको कारण केही वर्षदेखि नयाँ भवन निर्माणको आवाजहरु उठिरहेको बेला सरोकारवाला सबैको पहलबाट नेपाल सरकारले…

Read More

भद्रपुर, १४ असार । आयात–निर्यात व्यापारमा संलग्न उद्योगी–व्यवसायीहरुका लागि झापामा दुईदिने व्यापार व्यापार सहजीकरणसम्बन्धी दुईदिने अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजना एवम् झापा उद्योग वाणिज्य संघको सहकार्यमा झापाको विर्तामोडमा आजदेखि तालिम सञ्चालन भएको हो । झापा उद्योग वाणिज्य संघका विशिष्ट सदस्य खड्कबहादुर लिम्बूको अध्यक्षतामा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् महासंघको मेला समितिका सभापति उमेश डालमियाले तालिमको उद्घाटन गरेका थिए । झापा उद्योग वाणिज्य संघका महासचिव सुमन्त मैनालीले सञ्चालन तथा नेपाल अलैंची व्यवसायी महासंघका महासचिव नारायण चिमरियाले स्वागत गरेको उद्घाटनपछि व्यापार तथा…

Read More

भद्रपुर, १४ असार । शिवसताक्षी नगरपालिकाले शिक्षा क्षेत्रमा अहिलेसम्मकै धेरै बजेट विनियोजन गरेको छ । नगरपालिकाले पुँजीगत खर्चको नौ दशमलव २० प्रतिशत रकम शिक्षा क्षेत्रमा विनियोजन गरेको गरपालिकाका नगरप्रमुख रोशन थोप्राले जानकारी दिनुभयो । “हामीले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएका छौं”, उहाँले भन्नुभयो, “समग्र विकासको मेरुदण्ड नै शिक्षा हो, त्यसैले पनि योग्य र दक्ष नागरिक उत्पादन गर्ने सोचका साथ शिक्षलाई प्राथमिकता दिएका हौं ।” नगरपालिकाले नगर शिक्षा शाखा अन्तरगत रू एक करोड ४० लाख, स्मार्ट विद्यालयका लागि रू ७५ लाख, सामुदायिक विद्यालयका कक्षा–११ का विद्यार्थीलाई निःशुल्क शिक्षाका लागि रू ३० लाख, नगर छात्रवृत्तिका लागि रू १० लाख, नगर स्काउटका लागि…

Read More

कनकाई, १४ असार । इलाका प्रहरी कार्यालय सुरुङ्गा र जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले झापाको सुरुङ्गामा भारतबाट नेपाल ल्याउँदै गरेको माछा बरामद गरि नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गा र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त प्रहरी टोलीले भारतबाट सुरुङ्गाको बजारतर्फ ल्याउँदै गरेको जिउँदो मुङ्ग्री जातको र मरेको समेत गरी ६० केजी माछा बिहीबार दिउँसो कनकाई नगरपालिका–५ हनुमानचोकबाट बरामद गरी नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय सुरुङ्गामा नेपाल पत्रकार महासंघ प्रदेश कार्यसमिति कोषाध्यक्ष बिमल लामिछाने, प्रदेश सदस्य लीलाराज झापाली लगायत नागरिक समाजको अगुवा समेतको उपस्थितिमा माछा नष्ट गरिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका वरिष्ठ प्रहरी नायब निरीक्षक अशोक…

Read More

सन्तोष शर्माझापा, १४ असार । झापाको हल्दिबारी गाउँपालिकाले शिक्षासँग सीप जोड्दै लाने नीति बनाएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ मा शिक्षासँग सीपलाई जोड्न गाउँपालिकाभित्र रहेका सामुदायिक माध्यमिक विद्यालयमध्ये एक वटा वडामा विद्यालय छनोट गरी सीपमूलक शिक्षा लागू गर्ने तयारी थालिएको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिनुभयो । “कक्षा–८ देखि १० सम्म जीवनोपयोगी सीपमूलक शिक्षा लागू गर्ने तयारी गरिरहेका छौं”, उहाँले भन्नुभयो, “कार्यविधि बनाएर आगामी आर्थिक वर्षदेखि कार्यक्रम लागू गर्दैछौं ।” सीटीइभीटीसँगको सहकार्यमा विद्यालय शिक्षासँगै विद्यार्थीलाई सिलाइ कटाइ, प्लम्बिङ, इलेक्ट्रिसियन र मेकानिक तालीम प्रदान गरिने उहाँले बताउनुभयो । उक्त तालीमका लागि गाउँपालिकाले आन्तरिक स्रोतबाट प्रशिक्षक व्यवस्थापन गर्नेछ । “पढ्दै, सिक्दै…

Read More

झापा, १४ असार । झापाको बुद्धशान्ति गाउँपालिकाले शिक्षा क्षेत्रको समग्र विकासका लागि २१ बुँदे नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि समग्र शिक्षा क्षेत्रको विकास गर्ने नीति लिएको गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले बताउनुभयो । गाउँपालिकाले आगामी आवमा यहाँका आधारभूत तहका सामुदायिक विद्यालयमा “हाम्री आमा राम्री आमा” कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यस्तै, अंग्रेजी माध्यमलाई प्राथमिकता दिई सामुदायिक विद्यालयहरूमा इन्टर्न शिक्षक नियुक्ति गर्ने प्रबन्ध मिलाइने उहाँले बताउनुभयो । “बालविकास कक्षाहरुलाई स्तरोन्नति गरी नमूना बालमैत्री कक्षा कोठा निर्माण गर्दै लगिनेछ”, उहाँले भन्नुभयो, “बुद्धशान्ति गाउँपालिकाको आवधिक शिक्षा योजना तर्जुमा गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाइनेछ ।” प्रचलित…

Read More

झापा, १४ असार । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउछन् । भगवान् विष्णु शयन हुने चार महिनालाई चतुर्मासा…

Read More

झापा, १४ असार । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व बकर इद २०८० को अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले शुभकामना दिनुभएको छ । बकर इदको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि दीर्घायु एवम् उत्तरोरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो । शुभकामना सन्देशमा– “विभिन्न धर्म, संस्कृति, भेषभूषा, रहनसहन र पहिचानको विविधिताले सम्पन्न हाम्रो मुलुकमा हरेक जातजाति र धर्मका आ—आफ्नै मौलिक संस्कृति र पहिचान छन् । नेपाल लगायत विश्वका विभिन्न मुलुकमा रहेका इस्लाम धर्मावलम्बीहरुले मनाउने बकर इद (ईद उल अजाह) चाडको पनि आफ्नो छुट्टै पहिचान, मौलिकता र विशिष्टता…

Read More

झापा, १४ असार । कोशी प्रदेश सरकारले श्रष्टा सम्मानका लागि नामावली स्वीकृति गर्ने निर्णय गरेको छ । जसमा एक लाख राशीको सर्वोकृष्ट भाषा साहित्य सम्मानतर्फ बमबहादुर राई (सुनसरी) र एक राशीको सर्वोकृष्ट कला र संस्कृति सम्मान तर्फ प्राडा सोमप्रसाद खतिवडा (मोरङ) रहनु भएको छ । त्यसैगरी, ५० हजार राशीको उत्कृष्ट भाषा, साहित्य, कला र संस्कृति तर्फ बैजयन्ती मिश्र (भाषा÷सहित्य), राधिका गुरागाई (भाषा सहित्य), शंकर चापागाईं (धनकुटे कान्छा) साहित्य, बसुन्धरा देवी झा (मैथली संस्कृति), मिनकुमार श्रेष्ठ ‘नवोदित’ (साहित्य), साजन सन्ध्या राई (संगीत÷गायन), संगीता कुमारी यादव (नृत्य÷अभियन), गणेशकुमार राई (भाषा, सहित्य), लक्ष्मीकुमार शेर्मा (भाषा अनुसन्धान), डिल्ली कृष्ण आले (ललितकला), वियोग सापकोटा (साहित्य),…

Read More

झापा, १३ असार । जिल्लामा टिस्यु कल्चर प्रविधिबाट केराका बिरुवा उत्पादन गर्न थालिएको छ । योसँगै भारत र वीरगञ्जबाट बिरुवा ल्याउनुपर्ने झन्झटबाट यहाँका किसान मुक्त भएका छन् । गौरादह नगरपालिका–२ र अर्जुनधारा नगरपालिका–३ मा टिस्यु कल्चर प्रविधिबाट जी–नाइन, विलियम हाइव्रेड र मालबोक जातका केराको बिरुवा उत्पादन गर्न थालिएको हो । जिल्लामा उत्पादित केराका बिरुवा यहाँको वातावरणमैत्री रहेकाले केरा कृषकका लागि उपयुक्त भएको कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकृत गणेश शिवाकोटीले बताए । उनका अनुसार सरकारले कृषि ज्ञान केन्द्र र स्थानीय तहमार्फत प्रदेश नं–१ लाई केरा खेतीमा आत्मनिर्भर बनाउन ब्लक र पकेट क्षेत्र सञ्चालन गरेको छ । केरा खेतीमा आत्मनिर्भर बनाउन…

Read More