झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २० जेठ । मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा ’लु’ लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले शुक्रबार दिउँसो विशेष बुलेटिन जारी गरेर विगत केही दिनदेखि काठमाण्डौ उपत्यकासहित देशभर गर्मी बढेको भन्दै तराईका भू–भागमा आउँदो पाँच दिन ’लु’ लाग्न सक्ने चेतावनी दिएको हो । पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिकरूपमा बढ्न सक्ने सम्भावना रहेकोले सचेत रहन महाशाखाले अनुरोध गरेको छ । काठमाण्डौ उपत्यकासहितका ठाउँको तापक्रम क्रमिक वृद्धि भइरहेको तथा मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन भएको महाशाखाले जनाएको छ । पछिल्लो पाँच दिनदेखि आकाश खुला भई निरन्तर चर्को…

Read More

कनकाई, १९ जेठ । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण झापाका अधिकांश पालिकाले विद्यालय बिदा दिएका छन् । सोही सन्दर्भमा कनकाई नगरपालिकाले समेत एक दिन आज बिदा दिएको छ । गर्मीले जनजीवन प्रभावित भएका बेला नगर सरकारले दिएको बिदा अनुसार अन्य विद्यालयले बिदा दिए पनि कनकाई–३ सुरुङ्गामा रहेको हरिकुल नमूना माध्यमिक विद्यालय नगर सरकारको निर्णयको बर्खिलाप गएको छ । नगरले दिएको बिदाको ठाडै उल्लंघन गर्दै हरिकुलले विद्यालय सञ्चालन गरेको छ । हरिकुल मावि कनकाई क्षेत्रमा रहेको राम्रो विद्यालयमा ठहरिन्छ । तर, विद्यार्थीलाई पठनपाठनसँगै अनुशासन सिकाउने उक्त विद्यालयले नगर सरकारको निर्णय नमान्नु विद्यालयको अनुशासनहीनता भएको चौतर्फी चर्चा चलिरहेको छ । यता,…

Read More

चन्द्र बस्नेतकनकाई, १९ जेठ । झापाको कनकाई ७ न वडाले निःशुल्क मिटरबक्स वितरण गरेको छ । वडा कार्यलयमा आयोजित एक कार्यक्रमका बिच वडाका अति विपन्न १३ घर परिवारलाई निःशुल्क मिटरबक्स वितरण गरेको वडा अध्यक्ष भिस्मभुषण सिटौलाले जानकारी दिनुभयो । वडाले अति विपन्न , गरिब परिवार जुन मिटरबक्स आफुले खरिद गर्न नसक्ने र बाध्य भई अर्काको घरबाट लाईन तानेर बाल्न बाध्य १३ घर परिवारलाई निःशुल्क मिटरबक्स उपलब्ध गराईएको वडा सदस्य निर्मल आङथोपोले बताउनुभयो । यस अघिवडाले गत चैत १७ गते आएको हावाहुरीसहितको असिना पानीले घरमा क्षति पुर्‍याएका ८६ घर परिवारलाई राहत स्वरुप पुर्ण र सामन्य गरि दुई भागमा छुट्टयाई नगत रकम…

Read More

झापा, १९ जेठ । तापक्रमले ‘थे्रसहोल्ड’ नाघेपछि नेपालका धेरै भू–भागमा ‘हिटवेभ’ सुरु भएको छ। कुनै पनि स्थानमा तापक्रमको थे्रेसहोल्ड तोकिएको हुन्छ। त्योभन्दा बढी तापक्रम निरन्तर तीन दिनसम्म रहनुलाई प्राविधिक भाषामा हिटवेभ भनिन्छ। चितवनदेखि पूर्वी तराई, गण्डकीको पोखरा आसपासका केन्द्र साथै दाङमा पनि हिटवेभको समस्या देखिएको छ। समग्रमा मध्य तथा पूर्वी तराईका धेरैजसो जिल्लाहरूमा हिटवेभ देखिएको हो। गर्मी बढेका अधिकांश स्थानमा विद्यालयहरू बन्द गरिएका छन्। जल तथा मौसम विज्ञान विभागमा कार्यरत मौसमविद् सुदर्शन हुमागाईंका अनुसार लगातार तीन दिन उस्तै गर्मी भएमा त्यसलाई हिटवेभ भनिन्छ। हिटवेभ हुनका लागि थ्रेसहोल्ड कट्नुपर्छ। प्रत्येक स्टेसनका फरक–फरक थ्रेसहोल्ड हुन्छन्। (हट डे, भेरी हट र एस्ट्रिम हट…

Read More

झापा, १९ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको आर्थिक वर्ष (आव) २०८०÷८१ को बजेटमा ट्रान्सफर प्राइसिङको माध्यमबाट कराधार क्षयीकरण, मुनाफाको स्थानान्तरण तथा आयको खण्डीकरणबाट हुन सक्ने कर छली नियन्त्रण गरिने उल्लेख गरेपछि यसबारे चासो बढेको छ । नेपालमा त्यति धेरै नसुनिएको ट्रान्सफर प्राइसिङ बजेटमा आएपछि चासो बढेको हो । एउटै मालिक वा साझा नियन्त्रणमा चल्ने व्यवसाय वा सहायक कम्पनी वा सम्बद्ध कम्पनीहरूले एकआपसमा वस्तु वा सेवा किनबेच गर्दा तिर्ने मूल्यलाई ट्रान्सफर प्राइस भनिन्छ । यस्तो कारोबारमा कम्पनीले आफ्नै कुनै एकाइ, सहायक वा सम्बद्ध कम्पनीको नाफालाई नियोजित रूपमा घाटामा गएको देखाएर उसको कर दायित्व कम गर्न वा एउटा कम्पनीको…

Read More

झापा, १९ जेठ । भारतले आगामी १० वर्षमा नेपालमा उत्पादित बिजुली १० हजार मेगावाट किन्ने घोषणा गरेसँगै नेपालको विद्युत बजार सुनिश्चित बन्ने सम्भावना देखिएको छ । भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार यो सहमति भएको हो। दाहाल चार दिने भ्रमणमा अहिले भारतमा छन्। विद्युत बजार सुनिश्चित बनेसँगै लगानीकर्ता तथा निजी क्षेत्रमा थप उत्साह देखिएको छ। यो सहमतिले नेपाललाई दक्षिण एसियाकै क्षेत्रीय पावर हब बनाउने अवधारणा पूरा हुने भन्दै सरोकारवालाले सकारात्मक प्रतिक्रिया दिएका छन्। यो अवसर पाएपछि नेपालले थप विद्युत उत्पादनका लागि आयोजनाहरुको पीपीए अगाडि बढाउनुपर्ने देखिन्छ। अहिलेसम्म नेपालमा उत्पादन भएको बिजुलीले…

Read More

झापा, १९ जेठ । चुरे संरक्षण गर्ने वा चुरे सिध्याउने भन्ने विषयमा सरकारको भूमिका अस्पष्ट देखिएको छ । चुरेको संरक्षण र विनाश दुवै नीति देखाएको सरकारले ‘संरक्षण नीति’ देखाउन मात्रै बनाएको विश्लेषण चुरे विज्ञहरूले गरेका छन् । फलतः सरकारको ध्यान यसको विनाशीकरणमा मात्रै केन्द्रित रहेको उनीहरूको बुझाइ छ । ‘सरकारले चुरेको संरक्षण गर्ने पनि भनेको छ अनि यसको उत्खनन गरी निकासी गर्ने पनि भनेको छ’, ६ वर्षअघि चुरे संरक्षणको गुरुयोजना निर्माणका लागि बनेको समितिका संयोजक डा विनोद भट्ट भन्छन्, ‘चुरे संरक्षणको नीति देखाउने मात्रै हो, सरकारको ध्यान चुरे सिध्याउने नै हो ।’ केही दिनअघि सरकारले आफ्नो नीति तथा कार्यक्रममा नेपालको…

Read More

बिर्तामोड, १९ जेठ । बिर्तामोड नगरपालिका वडा नम्बर १ मा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक वडा समितिको आयोजनामा आज ९० वर्ष भन्दा बढी उमेरका १० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा वासुदेव निरौला, वीरबहादुर चौहान, धरणीप्रसाद प्रसाई, हिमामाया प्रसाई, गंगादेवी बुढाथोकी, जानुकादेवि सेढाई, जयनारायण शिवाकोटी, लक्षीमा खरेल, ठगीमाया तामाङ र धनमाया ओझा रहनु भएको छ । सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ का वडाअध्यक्ष तथा बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले रुद्राक्षको माला, देसल्ला, तथा ढाकाटोपी लगाइदिएर सम्मान पत्र प्रदान गर्नु भयो । सम्मानित हुन पाउँदा जेष्ठ नागरिकहरुले पनि खुशी व्यक्त गरेका छन्…

Read More

शिवसताक्षी, १८ जेठ । झापाको शिवसताक्षी नगरपालिकाले १ हजार ७२ पशु चौपायाहरुको उपचार गरेको छ । शिवसताक्षी नगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित एक दिवशीय निःशुल्क पशु स्वास्थ्य शिविरमा उक्त चौपायाहरुको उपचार गरिएको हो । शिवसताक्षी न.पा. ०३ पाराबारी बजारमा सञ्चालन भएको शिविरमा २७५ गाई, १०१ भैसी, ४३६ बाख्रा, ८५ ओटा बंगुर, ९५ कुकुर,र ८० ओटा अन्य पक्षीको उपचार गरेको पशु शाखाले जनाएको छ । शिविरमा नगरप्रमुख मेगाहाङ्ग थोप्राले पशुधनी वडाबासीहरुलाई नगरपालिकाले आफ्नै ठाउँमा सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरेको बताए । पशुलाई टाडा लगेर उपचार गर्नु पर्ने बाध्यतालाई मध्यनजर गर्दै यो सेवा दिइएको हो । उनले भने, पशु धनी वडाबासीहरुले…

Read More

भद्रपुर, १८ जेठ । कोशी प्रदेशमै पहिलो पटक भद्रपुमा युवा सम्मेलन सुरू भएको छ । स्थानीय विकासमा युवा सहभागिता सवल नेतृत्व विकास, प्रविधि र उद्यमशीलता भन्ने मूल नारा बोकेर भद्रपुरमा प्रथम नगर सम्मेलन ‘२०८०’ सुरू भएको हो । भद्रपुर नगर युवा परिषद्को आयोजनामा जेठ १८ र १९ गते गरी दुइ दिनसम्म चल्लने भद्रपुर प्रथम नगर सम्मेलनको उद्घाटन राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले गरेका थिए । नगर सम्मेलनको औचित्यमाथि प्रकाश पार्दै नगर प्रमुख गणेश पोखरेलले युवाहरूको नेतृत्व विकास, परिचालन, सशक्तीकरण र स्थानीय विकासमा सहभागिताका लागि सकारात्मक उत्प्रेरणा प्रदान गर्ने बताए । प्रमुख पोखरेलले युवाहरूमा सामाजिक तथा सामुदायिक दायित्व बहनको…

Read More