झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १९ असार । सरकारले बेलायतको स्वास्थ्य क्षेत्रमा शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी ९नर्स० पठाउने तयारी थालेको छ । नेपाल र बेलायत सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना ९इम्प्लिमेन्टेसन प्रोटोकल० पारित भएसँगै सरकारले बेलायतमा नर्स पठाउने तयारी थालेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुई देशबिच भएको सम्झौता अनुसार नेपाली नर्सलाई बेलायतमा रोजगारीको अनलाइन आवेदन खुलाउने तयारी गरेको जनाएको छ । श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले दुई देशबिच यसअघि भएको सम्झौता अनुसार नेपाली नर्स बेलायतमा पठाउने इम्प्लिमेन्टेसन प्रोटोकल पारित भएसँगै बेलायत पठाउने गृहकार्य थालिएको जानकारी दिए । उनका अनुसार प्र्रोटोकलले तोके अनुसार साउनको १० गतेभित्र बेलायतमा एक सय…

Read More

झापा, १९ असार । मुलुकको अर्थतन्त्रमा देखिएको समस्या, वैदेशिक व्यापारमा आएको गिरावट लगायतका कारण यो वर्ष राजस्व संकलन ऋणात्मक भएको छ । हरेक वर्ष राजस्व संकलन वृद्धि हुँदै गएको भए पनि चालु आर्थिक वर्ष राजस्व संकलन ऋणात्मक भएको हो । महत्वाकांक्षी लक्ष्य राखेको कारण सरकारले राजस्व संकलनको लक्ष्य प्राप्ति गर्न चुकेको मात्र होइन पोहोरको भन्दा राजस्व पनि करिब १ खर्ब कम संकलन गरेको छ । आर्थिक वर्ष सकिन दुई साता बाँकी रहँदा ६१।३६ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार पोहोर असार १७ गतेसम्म ९ खर्ब ७३ अर्ब ६१ करोड राजस्व संकलन भएकोमा यो वर्षको सोही…

Read More

विराटनगर, १८ असार । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीडित पुनः भेटघाट कार्यक्रम–२०८० कार्य योजना अनुसार पीडितहरुको घरदैलोमा पुगी भेटघाट गरी सुचना आदन प्रदान गर्ने कार्य शुभारम्भ भएको छ । पाइलट प्रोजेक्टको रुपमा पहिलो चरणमा जिल्ला प्रहरी कार्यालय मोरङ र खोटाङबाट शुरु गरिएको कार्यक्रमलाई प्रदेशका सबै प्रहरी कार्यालयहरुबाट संचालन गर्ने कार्यविधि अनुसार आज कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको उपस्थितिमा सुनसरीको दुहबी नगरपालिका–२ स्थित पीडितको घरमा गई पीडितसंग छलफल तथा अन्तक्रिया गरी कार्यक्रमको शुभारम्भ गरिएको हो भने आजै बाट प्रदेश भरी अभियानको रुपमा उक्त कार्यक्रम संचालन गरिने छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पीडितहरुलाई न्यायको अनुभूति…

Read More

भद्रपुर, १८ असार । झापाको भद्रपुरमा दिगो तथा एकीकृत एकीकिृत फोहोरमैला व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । भद्रपुर नगरपालिकाको आयोजना तथा विराट प्राविधिक शिक्षा एवम् परामर्श प्रा. लि.को प्राविधिक सहयोगमा भद्रपुर नगरपालिका, वडा नं ५ र ६ का सरोकारावालाहरु सोमबार बीच कार्यक्रम सञ्चालन गरिएको हो । वडा नं ५ का वडाध्यक्ष बन्धु कार्की र वडा नं ६ का वडाध्यक्ष रतिया राजवंशीको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले गरेका थिए । उनले फोहोर व्यवस्थापन चुनौतीपूर्ण विषय भएकोले फोहोर व्यवस्थापनमा प्रत्येक नागरिक सचेत हुनुपर्ने बताए । उनले फोहोरलाई स्रोतमै वर्गीकरण गर्न सके व्यवस्थापन केही सहज…

Read More

बिर्तामोड, १८ असार । बिर्तामोड नगरपालिकाले लघु उद्यमीलाई प्रविधि सहयोग गरेको छ । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले विभिन्न वडाका उद्यमीहरुलाई आज प्रविधि हस्तान्तरण गरेको हो । नगरपालिकाको हलमा आयोजित एक कार्यक्रमका बीच लुगा सिलाउने मेशिन १० थान, इन्टरलग मेशिन ४ थान, ब्याग सिलाउने मेशिन १ थान, तौल मापन गर्ने मेशिन १ थान, अचार बनाउनका लागि ग्यास चुलो १ थान, बाख्रा पालनका लागि तारजाली १८ थान वितरण गरिएको हो । यस्तै, धुप पेपर कटिंग मेशिन १ थान, पोते उन्नका लागि ग्लु गन २० थान, व्युटी पार्लरको लागि आइरन ६ थान, ड्रायर ६ थान वितरण गरिएको कार्यक्रम…

Read More

झापा, १८ असार । झापाको मेचिनगर नगरपालिका–१० मा जंगली हात्तीको आक्रमणबाट एक जना बृद्ध महिलाको मृत्यु भएको छ । भारत सिलिगुडि घर भई हाल बैजनाथ साहसँगै बस्दै आएकी ८० बर्षीया पानालाल देवि साह आज बिहान ५ बजे माहानन्द चोकमा फूल टिप्ने क्रममा मागुरमाडी जंगलबाट जंगली हात्ती आई निज महिलालाई कुल्चिएर मारेको भन्ने खबर प्राप्त भएसगै ईलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट प्रहरीको टोली खटिगई सम्पुर्ण कानुनि प्रकृया पश्चात शवलाई पोष्टमाटमको लागि प्रदेशीक अस्पताल भद्रपुर पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Read More

झापा, १८ असार । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेस प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। भोलि मंगलबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा मेघ(गर्जन र चट्याङसहित…

Read More

झापा, १८ असार । “जो शिक्षक प्रसन्न चित्त रहन्छन् तिनका शिष्यहरू पनि प्रसन्न रहने गर्दछन् । हाँसीखुसी साथ नयाँ नयाँ कुरा सिक्तै जान्छन् । जो शिक्षक उदास मन गरेर पढाउँदछन् तिनीहरूका शिष्यहरू पनि ध्यानपूर्वक मन लगाएर पढ्दैनन् । शिक्षकको हृदय धार्मिक भावले, सुन्दर विचारले भरिइरहेको हुनुपर्दछ ।” “एक सय पाँच वर्षअघि अर्थात् १९७४ साल फागुन २८ गतेको गोरखापत्रमा शिक्षकको गुण’ शीर्षकमा एउटा लेख छापिएको लेखको यस भनाइले शिक्षक र विद्यार्थीबिचको सम्बन्ध र सिकाइको अभ्यासलाई दर्साउँछ । यसमा भनिए जस्तै वर्तमानमा शिक्षकलाई प्रसन्न चित्त अवस्थामा फेला पार्न सकिन्छ ? भन्ने जिज्ञासामा शिक्षकहरूको सहज जवाफ हुने गर्छ, “सकिँदैन ।” कारणबारे शिक्षकहरूको तर्क…

Read More

बिर्तामोड, १८ असार । कोशी नामको विरुद्धमा उत्रिएका आन्दोलनरत पहिचानवादीहरूले झापाका विभिन्न सरकारी कार्यालयको बोर्डमा लेखिएको कोशी प्रदेश मेटाएका छन् । कोशी प्रदेशको पुनः नामकरणको मागसहित आन्दोलित पहिचानवादीले आइतबार बिर्तामोड नगरसहित नगरका विभिन्न वडा कार्यालय साथै झापाका सरकारी कार्यालयमा रहेका बोर्डमा लेखिएको कोशी प्रदेश मेटाएका हुन् । उनीहरुले यातायात व्यवस्था कार्यालय, खानेपानी तथा सरससफाई डिभिजन कार्यालय झापा, कृषि ज्ञान केन्द्र, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय, कृषि विकास बैंक, भूमिसुधार तथा मालपोत कार्यालय, जिल्ला आयुर्वेद कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कलबलगुडीस्थित अनुसन्धान केन्द्र कार्यालयको साइन बोर्डमा लेखिएको कोशी प्रदेश नामलाई मेटाएका हुन् । पहिचानबादीले कोशी प्रदेश लेखको ठाउँमा लेखिएको…

Read More

बैतडी, १८ असार । पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक रामसागर साहकी श्रीमती नक्कली स्वास्थ्यकर्मी बनेर बिरामीलाई सुई लगाउँदा लगाउँदै पक्राउ परेकी छन् । उनको साथबाट प्रहरीले औषधी र सुईसमेत बरामद गरेको छ । स्वास्थ्य शाखा संयोजक साहले श्रीमती श्यामा साहलाई जनकपुरबाट पञ्चेश्वर बोलाई औषधी पसल सञ्चालन गर्न लगाएका थिए । । उनले श्रीमतीको नाम राखेर श्यामा क्लिनिक चलाउँदै आएको पत्ता लागेको छ । पुर्ख्यौली घर जनकपुर भए पनि विगत १७ वर्षदेखि बैतडी बस्दाबस्दै श्यामाले स्थानीय बिरामीसँग बैतडेली र डोटेली भाषा बोल्ने गरेको पाइएको छ । श्यामाले नै बिरामीको रगत तानेर ल्याबमा परीक्षण गर्ने गरेको बताइएको छ । उनमा स्वास्थ्य उपचार तथा…

Read More