
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २६ असार । चालु आर्थिक वर्षको ११ महिनामा आधा अर्ब रुपियाँ बराबरको स्वदेशी खानेपानी निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि जेठ महिनासम्म ५४ करोड ३२ लाख १८ हजार रुपियाँको ८२ लाख १७ हजार ८८३ लिटर पानी निर्यात भएको हो । स्वदेशी पानीको माग बढ्दै गएकाले चालु आवको सुरुदेखि नै पानीको निर्यात बढ्दै गएको तथ्याङ्कले देखाएको छ । ११ महिनाको अवधिमा सबैभन्दा धेरै पानी छिमेकी मुलुक भारतमा ५४ करोड २३ लाख ६४ हजार रुपियाँ ८२ लाख ८२२ लिटर निर्यात भएको तथ्याङ्क छ । जर्मनी, जापान, युनाइटेड अरब, अस्ट्रेलिया, हङकङ, भुटानमा स्वदेशी पानी निर्यात भएको तथ्याङ्क छ ।…
भद्रपुर, २६ असार । झापाको भद्रपुर–७ गार्मेन्ट चौक निवासी स्वर्गीय तुलसीप्रसाद ढकालद्वारा लिखित सुव्वा विष्णुलाल जिवनयात्रा र शाखा सन्तान विस्तार नामक पुस्तकको विमोचन गरिएको छ । आफ्नै जीवनकालमा प्रकाशन गरी सार्वजनिक गर्ने लक्ष्य राखेका लेखक तुलुसी ढकालको पुस्तक लेखिसकेपछि प्रकाशनको तयारीमा रहेकै बेला अचानक निधन भएपछि वार्षिक पुन्यतिथिको अवसरमा छोराहरुले प्रकाशन गरिदिएका हुन् । आफ्ना बुवाद्वारा लिखित पुस्तकको विमोचन ठुलोवुवा खगेन्द्रप्रसाद ढकालवाट विमोचन गराइएको हो । यस पुस्तकका प्रकाशक लेखकका छोरा भेषराज ढकाल रहेका छन् भने यो पुस्तक कभर पृष्ठ सहित ९२ पृष्ठको रहेको छ । चार खण्डमा विभाजित यस पुस्तकको पहिलो खण्डमा सुव्वा विष्णुलालको जीवनी र काम, दोश्रो खण्डमा…
मेचीनगर, २५ असार । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर आठ बर्षीया एक बालिका गम्भीर घाइते भएकी छिन् । धुलाबारीस्थित पूर्व–पश्चिम राजमार्ग उत्तर रहेको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी) को शौचालयको सेफ्टी ट्यांकीमा डुबेर मेचीनगर–१० ओम शान्तिकी मेरिना लिम्बु गम्भीर घाइते बनेकी हुन् । उनको अवस्था चिन्ताजनक छ भने विर्तामोडस्थित बीएण्डसी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ । आज दिउँसो साडे १२ बजे खाजा खाइसकेपछि बालिकालाई कोठामा नभेटिएको र खोजी गर्दा सेफ्टी ट्यांकीमा डुबेर बेहोसी अवस्थामा भेटिएको मन्टेश्वरीकी व्यवस्थापक अनिसा पोख्रेलले बताइन् । मन्टेश्वरीले सेफटी ट्यांकी सुरक्षामा गम्भीर लापारवाही गरेको देखिएको छ । सेफ्टी ट्यांकीमाथी मक्किएको प्लाइको टुक्रा मात्रै…
झापा, २५ असार । झापाको दमक नगरपालिका–१ बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बेलुका साढे ९ बजे लागुऔषध ब्राउनसुगर बिक्री वितरण भइरहेको छ भन्ने विषेश सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लुकाईछिपाई राखेको अवस्थामा ५ ग्राम ब्राउन सुगर फेला पारेसगै २० वर्षीय शैलेशकुमार मगर, २३ बर्षीय एनोस राई, दमक–२ का २८ वर्षीय मदनबहादुर मगर, २५ वर्षीय हेम श्रेष्ठ र दमक–६ का २० वर्षीय अन्जान मगरलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको छ ।
धनकुटा, २५ असार । धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण अभियान सुरु गरिएको छ । धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अगुवाइमा निबुवा तांखुवा जलाधार मूलाधार क्षेत्रमा वृक्षरोपण अभियान थालिएको हो । मुहान क्षेत्रको संरक्षण गर्दै खानेपानी समस्याको दिगो व्यवस्थापनका लागि वृक्षरोपण अभियान थालिएको धनकुटा नगरपालिकाका प्रमुख एवं खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष चिन्तन तामाङले जानकारी दिए । ‘खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण थालेका छौं, यसलाई अभियानकै रुपमा अघि बढाउछौं,’ मेयर तामाङले भने, ‘अब हरेक साता वृक्षरोपण र मुहान क्षेत्रको सरसफाइ गर्ने योजना बनाएका छौं ।’ अभियानको पहिलो दिन शनिवार धनकुटा नगरपालिका–१ स्थित विद्युत प्राधिकरणको जग्गा, आइतबारे रानी…
झापा, २५ असार । झापामा आधा भन्दा बढी सकिएको छ । कृषि ज्ञानकेन्द्र झापाका अनुसार ५३ प्रतिशत रोपाइँ सकिएको छ । कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी गणेश शिवाकाटीका अनुसार गत वर्षको तुलनामा दुई प्रतिशत बढी रोपाइँ भएको हो । समयमै वर्षा सुरु भएको र किसानले पाउने मलमा समेत समस्या नभएका कारण गत वर्षको तुलनामा दुई प्रतिशत बढी रोपाइँ गर्न सकिएको उहाँले बताउनुभयो । झापामा यस वर्ष ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेतीको तयारी छ । सोमध्ये ८० प्रतिशत खेती आकाशे पानीको भरमा हुने गरेको छ । हाल दैनिक वर्षा भइरहेकाले खोला पैनीमा समेत पानीको बहाव बढेका कारण किसानलाई रोपाइँका…
भोजपुर, २५ असार । भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ । बन्दुकले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो । घटना यही असार २२ गते रातिको भए पनि गोली लागेर साथी मरेपछि उनीहरुले खोलाको बगरमा पुरेको उहाँको भनाइ छ । मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा गए राति उनीहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । “घटना २२ गते रातिको भन्ने बुझिएको छ”, प्रहरी प्रमुख थापाले भन्नुभयो,…
झापा, २५ असार । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक(दुई स्थानमा मेघ–गर्जन–, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। भोलि मंगलबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
झापा, २५ असार । आजदेखि प्रदेश र स्थानीय तहको खाता रोक्का हुने हुने भएको छ । महालेखा नियन्त्रक कार्यालयले असार ११ गते जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले २४ गते राति १२ बजेपछि कुनै पनि रकम भुक्तानी लिन पाउने छैनन् । प्रदेश र स्थानीय तहको प्रणालीबाट एक सातासम्म नयाँ रकम भुक्तानी हुने छैन। राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेकहरु सोमबार पनि साटिन सक्नेछन्, तर कानुनअनुसार सोमबारबाट नयाँ चेक जारी गर्न पाइँदैन, सूचनामा भनिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० ले आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने…
झापा, २५ असार । वैदेशिक रोजगारीका लागि जोर्डन जान लागेका १५ जनालाई अध्यागमन विभागले फर्काएको छ । आइतबार बिहान १० बजेको एयर अरेबियाको विमानमार्फत जोर्डन जान लागेका १ जना पुरुष र १४ जना महिला गरेर १५ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको हो । सुरक्षित आप्रवासन (सामी) परियोजना मार्फत तालिम लिएर एससीसी मेनपावर कम्पनी मार्फत जोर्डन जान लागेका उनीहरूलाई अध्यागमनले फर्काएको हो । जोर्डन काम गर्न जान आएकोमा निजहरूको वर्किङ भिसा नदेखिएको र मिनिस्ट्रि अफ इन्भस्मेन्टले भिसा जारी गर्ने निकायलाई भिसा रिन्यूको लागि अनुरोध गरेको पत्र मात्र भएकाले प्रस्थान दिन नसकिएको जानकारीसहित उनीहरूलाई फर्काएको हो । मेनपावरका सञ्चालक अबुल शाहले सबै…