झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बेलबारी, २० असार । कोशी प्रदेशका विभिन्न स्थानमा पछिल्ला चार वर्षको अवधिमा ११ हजार छ सय ६५ सवारी साधन दुर्घटनामा परेका छन् । त्यसमा एक हजार सात सय एकको मृत्यु भएको तथ्याङ्क रहेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार गएको चार वर्ष अवधिमा वार्षिक ८० प्रतिशत सवारी दुर्घटना भएका छन् । त्यसमा २६ दशमलव ६४ प्रतिशत मानिसको मृत्युदर बढेर गएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०७–७९ मा मात्रै कोशी प्रदेशमा तीन हजार आठ सय २० सवारी साधन दुर्घटना हुँदा पाँच सय ३१ जनाको मृत्यु भएको र एक हजार एक सय १४ जना…

Read More

झापा, २० असार । संसद्को दोस्रो ठूलो एवं प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा सत्ताको छटपटी देखिन थालेको छ । नेकपा (माओवादी केन्द्र) लाई नेपाली कांग्रेससँगको गठबन्धनबाट टुटाएर आफ्नै सहयोगमा प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएको एमालेले माओवादीकै कारण संघीय सरकार हुँदै सातवटै प्रदेश सरकार गुमाउनुपरेपछि यस्तो छटपटी देखिएको हो । सातै प्रदेशबाट बाहिरिन पुगेको एमाले संवैधानिक तहबाट पनि बाहिरिने अवस्था आउन लागेपछि अझै अत्तालिएको छ । गत पुस १० गते नयाँ समीकरणका साथ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएका एमालेका अध्यक्ष केपी शर्मा ओली प्रचण्डबाट धोका पाएपछि अहिले कांग्रेसलाई नै प्रधानमन्त्रीको प्रस्ताव गर्ने तहमा पुगेका छन् । कांग्रेस…

Read More

भद्रपुर, २० असार । झापाको सदरमुकाम रहेको भद्रपुरमा रोजगार क्षेत्रको समग्र पक्षको समुचित व्यवस्थापन गर्ने उद्देश्यले रोजगार सम्वाद मञ्च गठनको तयारी गरिएको छ । नगरपालिकाले यसका लागि सरोकारवालाहरुसँग छलफल पनि शुरु गरेको छ । भद्रपुर नगरपालिकामा रोजगारीको क्षेत्रका अवसर तथा सम्भावनाको पहिचान, समस्याहरुको निदान र रोजगारी सिर्जनाका नविनतम उपाय एवम् ढाँचा तथा विधि विकास गर्न, रोजगार नीति तथा कार्यक्रमका सम्बन्धमा आवश्यक सुझाव आदान–प्रदान गर्न निजी, सहकारी तथा गैरसरकारी क्षेत्र, नागरिक समाज र सञ्चार क्षेत्रसमेतको सहभागितामा रोजगार सम्वाद मञ्च गठनको तयारी गरिएको नगरपालिकाका रोजगार संयोजक टिकाराम पाण्डेले जानकारी दिए । यसै सन्दर्भमा मंगलबार सरोकारवालाबीच ‘रोजगार सम्वाद मञ्च सञ्चालन एवम् स्थानीय तह…

Read More

भद्रपुर, २० असार । भवन निर्माण सम्पन्न भएर हस्तान्तरण भएको वर्षदिन बितिसक्दा पनि यहाँस्थित मेची बहुमुखी क्याम्पसको छात्रावास सञ्चालनमा आउन सकेको छैन । क्याम्पस प्रशासनले समयमा छात्रावास सञ्चालनको कार्यविधि बनाउन नसक्दा र छात्रावास सञ्चालनमा तदारुकता नदेखाउँदा निर्धारित समयमा छात्रावास सञ्चालन हुन नसकेको हो । २१ कोठे दुई तले छात्रावास निर्माणको सम्झौता २०७६ माघ १३ गते भएको थियो । साह इन्जिनीयरिङ कन्स्ट्रक्सनले ३ करोड ७७ लाख ७४ हजार ९५१ रुपैयाँमा ठेक्का लिएको सो भवन २०७९ बैशाख ११ गते निर्माणको सम्पूर्ण प्रक्रिया पूरा गरेर क्याम्पसलाई हस्तान्तरण गरेको थियो । पूर्वक्याम्पस–प्रमुख कमलप्रसाद गुरागाईंको कार्यकालमा तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले शिलान्यास गरेको छात्रावास दुई वर्षभित्रमा…

Read More

झापा, १९ असार । झापामा लम्पी स्किन रोगीवरुद्धको ३० हजार ४५६ खोप आवश्यक रहेको छ । कोशी प्रदेशमै सबैभन्दा बढी खोप झापामा आवश्यक रहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । निर्देशनालयले असार १४ गतेसम्ममा सङ्कलन गरेको विवरणमा हालसम्म प्रभावित पशुहरूमध्ये ८० हजार ४२ वटामा खोप अभाव भएको छ । झापा पछि इलाममा २२ हजार ५१८, पाँचथरमा ११ हजार ६५०, ताप्लेजुङमा ४ हजार ५०, खोटाङमा ४ हजार, ओखलढुंगामा ३ हजार ५० वटा पशुमा खोपको आवश्यकता रहेको बताइएको छ । सङ्खुवासभा, तेह्रथुम, भोजपुर र सुनसरीमा भने खोप लगाउनु पर्ने पशुको सङ्ख्या नरहेको निर्देशनालयले जनाएको छ । कोशी प्रदेशमा हालसम्म…

Read More

बिर्तामोड, १९ असार । झापामा प्रतिबन्धित लागुऔषध बिक्री वितरण गरिरहेको आरोपमा दुईजना युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका वडा नं. ९ झरना टोल बस्ने २४ वर्षीया झरना बिक कमल गाउँपालिका वडा नं।३ बस्ने २४ वर्षीया सन्ध्या राई रहेकी छन् । झरनाले आफ्नै घरमा प्रतिबन्धित लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले निजको घर भित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ३ ग्राम ५०० मिलिग्राम फेला परेकोले थियो । यस विषयमा इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

विराटनगर, १९ असार । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बढ्दो सवारी दुर्घटना न्युनीकरण गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भएको छ । मङ्लबार देखि कोशी प्रदेशमा सुरु भएको ट्राफिक सप्ताह २०८० को समुद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । उहाँले वर्षेनी हुने सडक दुर्घटनाका कारण मुलुकले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नु परेको दृष्टान्त प्रस्तुत गर्नुभयो । यातायाता व्यवसायि, सवारी चालक,ट्राफिक प्रहरी,नेपाल प्रहरी लगायतका सरोकारवाला क्षेत्रहरु बीच आपसी सहकार्य गरी काम गर्न सकेमा दुर्घटना कारण वर्षेनी हुने मानवीय र भौतिक क्षति रोक्न सकिने उहाँको भनाइ छ । उहाँले सडक दुर्घटना न्यूनीकरण गर्न आवश्यक पर्ने सबै खालको…

Read More

झापा, १९ असार । पल शाहलाई उत्कृष्ट अभिनेताको अवार्डले प्रदान गरिएको छ । सोमबार काठमाडौंको रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रमकाबीच अवार्ड प्रदान गरिएको हो । यस्तै चौथौं संस्करणको डिसिने अवार्ड २०७८ अन्तर्गत १३ बिद्यामा अवार्ड प्रदान गरिएको थियो। उक्त वर्षको अवार्डमा चलचित्र ‘म यस्तो गीत गाउँछु’ले उत्कृष्ट चलचित्रसहित ६ विधामा अवार्ड प्राप्त गरेको छ। उत्कृष्ट चलचित्र सहित यसै चलचित्रबाट पल शाहले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । पूजा शर्मालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइएको छ । यसै फिल्मबाट सुदर्शन थापाले उत्कृष्ट निर्देशक, बनिष शाह र मिलन श्रेष्ठले उत्कृष्ट सम्पादक र अर्जुन पोखरेलले उत्कृष्ट संगीतकारको अवार्ड प्राप्त गरेका छन् । समारोहमा अभिनेता…

Read More

झापा, १९ असार । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सोमबारसम्म ९ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले यस प्रकरणमा नयाँ शिराबाट अनुसन्धान सुरु गरेको छ। नयाँ अनुसन्धान सुरु भएसँगै पुरानो अनुसन्धान स्वतः ढिसमिस भएको छ। सीआईबीका एसएसपी दिनेश आर्चायका अनुसार यही प्रकरणमा सीआईबीले ३ वर्ष लगाएर गरेको अनुसन्धान प्रतिवेदन २०७८ पुस २२ गते सरकारी वकिल कार्यालयमा बुझाएको थियो। उक्त अनुसन्धान पूरा नभएको र विभिन्न विषयमा पुनः अनुसन्धान गर्ने भन्दै १७ बुँदे निर्देशनसहित सरकारी वकिल कार्यालयले पुस २६ प्रतिवेदन सीआईबीमै फिर्ता पठाएको थियो। एसएसपी आर्चाय भन्छन्, ‘अहिलेको अनुसन्धान नयाँ शिराबाट सुरु भएको छ। आरोपीहरू पक्राउ…

Read More

झापा, १९ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप १० नयाँ ब्रोकर कम्पनीलाई आशयपत्र (एलओआई) प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डबाट दोस्रो चरणमा लाइसेन्स पाएका ११ कम्पनीमध्ये १० लाई आशयपत्र प्रदान गरेको नेप्सेका सुपरिवेक्षण प्रमुख गिरिराज दाहालले जानकारी दिए । असार १५ गते बसेको नेप्से सञ्चालक समिति बैठकले १० कम्पनीलाई आशयपत्र दिने निर्णय गरेको दाहालको भनाइ छ । आशयपत्र प्राप्त गर्ने थप १० कम्पनीमा नबिल सेक्युरिटिज, मेगा स्टक मार्केट्स, एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनी वर्ल्ड शेयर एक्सचेन्ज, माछापुच्छ्रे सेक्युरिटिज र कलश स्टक मार्केट छन् । धितोपत्र बोर्डबाट ब्रोकर लाइसेन्स पाएका…

Read More