
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १ असार । बिर्तामोड नगरपालिकाले कृषक समूहलाई मकै छोडाउने मेसिन हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच नगरको कृषि विकास शाखाले उक्त मेसिन हस्तान्तरण गरेको हो । ७० प्रतिशत लागत अनुदानमा नगरका ३२ वटा कृषक समुहहरुलाई मशिन हस्तान्तरण गरिएकोे नगरका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिनुभयो । मेशिन प्राप्त गर्ने समूहहरुमा बिर्तामोड २ को चारपाने पाथिभरा कृषक समुह, निरन्तर कृषक समुह, लालीगुराँस कृषक समुह, वरगाछी महिला कृषक समुह, श्री भगवती कृषक समुह, ओमकार कृषक समुह, जनजागृति कृषक समुह, बिर्तामोड ३को गरमकाली महिला कृषक समुह, सूर्यनगर कृषक समुह, अनारमनी कृषक समुह, बिर्तामोड ४को विषेश्वर कृषक समुह, बिर्तामोड ६…
शिवसताक्षी, १ असार । झापाको शिवसताक्षी नगरपालिका वडा नं. २ ले सार्वजनिक सुनुवाई गरेको छ । सार्वजनिक सुनुवाईमा चालु आ.व.को विकास आयोजनाहरुको प्रगति सार्वजनिक, वडाबासीका गुनासा र सहभागीहरुको सुझाब संकलन गरिएको हो । सार्वजनिक सुनुवाईमा वडाबासीहरुले शिवसताक्षी नगरपालिका वडा नं. २ मा अघिल्लो कार्यकालको भन्दा विकासका काममा केही प्रगति भएको बताएका छन् । उनीहरुले उपभोक्ता समिति र ठेक्का मार्फत गरिएको केही कामहरु गुणस्तरीय नभएको समेत गुनासो गरेका छन् । यस्तै सहभागीहरुका तर्फबाट लीलाप्रसाद फुयलले बनियानी खोलामा ट्रष्ट ब्रिज बनेता पनि खोलामा वाल र पुलमा जाने बाटो नभएका कारण प्रयोगमा नआएको गुनासो गरे । उनले यो पुल किन अपुरो भयो र…
बिर्तामोड, १ असार । झापाको अर्जुनधारामा तीन दिवसीय लेखनसीप सम्बन्धी कार्यशाला सुरु भएको छ । अर्जुनधारा नगरपालिकाको आयोजना तथा टाइम्स मिडिया नेटवर्कको सहजीकरणमा कार्याशाला सुरु भएको हो । अर्जुनधारास्थित पितृ मोक्ष भवनमा आयोजित लेखनसीप कार्यक्रममा नगर क्षेत्रका ४० जनाभन्दा बढिको सहभागिता रहेको छ । वडा कार्यलयहरुको सिफारिसमा सहभागीहरुलाई न्यायिक समिति सम्बन्धी लेखनसीप प्रदान गरिने अर्जुनधारा नगरपालिकाले जनाएको छ । शुक्रवार उद्घाटन सत्रमा बोल्दै नगर उपप्रमुख खड्गमाया पराजुलीले न्याय निरुपणका लागि लेखनसीप अपरिहार्य भएको बताइन् । उनले गाउँघरमा सामान्य कागज बनाउन पनि समस्या भइरहेकोले नगरका तर्फबाट लेखनसीपको आयोजना गरिएको जानकारी दिइन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पराजुलीले कागज लेख्न नजान्दा धेरेलेै…
भद्रपुर, १ असार । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाभित्र रहेका भवन निर्माणकर्मी (डकर्मी)–हरुलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी पुनर्ताजगी तालिम प्रदान गरिएको छ । नगरभित्रका डकर्मीहरुलाई भूकम्प प्रतिरोधी घर निर्माणका लागि पूर्ण दक्ष बनाउने बनाउने उद्देश्यले भद्रपुर नगरपालिकाले डिलाइट इञ्जिनियरिङ कन्सल्टेन्सी भद्रपुरको प्राविधिक सहयोगमा तालिम प्रदान गरेको हो । तीन दिवसीय सो तालिमको एक समारोहका बीच मंगलबार भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले गरेका थिए । भद्रपुर नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख नेत्र पोखरेलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहको सञ्चालन डिलाइट इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक केशवप्रसाद अधिकारीले गरेका थिए । बिहीबार समापन गरिएको तालिममा भद्रपुर क्षेत्रका ३६ जना निर्माणकर्मीको सहभागिता रहेको र तालिममा…
झापा, १ असार । हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण देशका मध्य तथा पूर्वी भेगमा बदलीसँगै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेशका कतिपय स्थानमा हल्का वर्षा भइरहेको छ । गत जेठ ३१ गते बुधबार नेपालको पूर्वी भेग भएर मनसुन प्रणाली भित्रिएको थियो । देशको कोशी प्रदेश, मधेस प्रदेशको पूर्वी भूभाग, बागमती प्रदेशको अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा मनसुन आगमन भएको महाशाखाले मनसुन…
झापा, १ असार । झापाको अर्जुनधारामा अवैध रुपमा नदी उत्खनन् गर्ने जेसीबी र ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार राति अर्जुनधारा–४ स्थित टाङटिङ खोलाबाट नम्बर प्लेट नभएको १ वटा जेसीबी र मे १ ख ३१५५, प्र १ ०१ ००१ क ९२४, मे १ ख २८४८ नं. को ३ वटा ट्रिपर प्रहरीले नियन्त्रणमा लिएको हो । अवैध तवरले खोला उत्खन्न गर्दै गरेको अवस्थामा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले ती सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि अर्जुनधारा नगरपालिकामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रकाश उप्रेतीबिर्तामोड, १ असार । झापा मेचीनगर नगरपालिका–१४ का ५७ वर्षीय किसान डिल्लीराम खतिवडा यतिबेला नयाँ प्रविधिबाट मल उत्पादन गर्न सिकाइरहनुभएको छ । रासायनिक मलको विकल्पमा खतिवडाले ‘ओर्जिनल वेस्ट डिकम्पोजर’ (ओडब्ल्यूडीसी) प्रविधिबाट आग्र्यानिक मल उत्पादन गर्न किसानलाई सिइकारहेका छन् । रासायनिक मलको वैकल्पिक स्रोतको खोजी गर्दै आउनुभएका उहाँले स्वअध्ययन र विज्ञहरुबाट यो प्रविधि सिकेको बताउनुहुन्छ । किसानले प्रयोग गर्ने युरिया, डिएपी, पोटास लगायतका रासायनिक मलको वैकल्पिक प्रयोगका लागि ओर्जिनल वेष्ट डिकम्पोजर मार्फत आग्र्यानिक मल उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । “हाम्रै वरपर पाइने कुहिने चिजहरुमा केही थप गरेर गुणस्तरीय मल उत्पादन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “मैले अहिलेसम्म सात पटक बनाइसकेँ,…
ताप्लेजुङ, १ असार । बुधबार बेलुकादेखि परेको अविरल वर्षाका कारण पूर्वको काबेली नदीमा आएको बाढीले ताप्लेजुङ जिल्लाको जनजीवन प्रभावित भएको छ । ताप्लेजुङका प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका नेता योगेश भट्टराईले अविरल बर्षाका कारण जिल्लाका सिदिङ्मा र सिरिजंघा गाउँपालिकाका सुरुङ्खिम, खेवाङ र याम्फुदिन लगायतका क्षेत्रमा भैतिक क्षति पुर्याएको बताएका छन् । शुक्रबार बिहान केही तस्बिर सामाजिक सञ्जालमा राख्दै सांसद भट्टराईले जिल्लाका केही ठाउँमा सडक, मोटरेवल पुल तथा झोलुङ्गे पुलमा भएको क्षतिले आवागमनमा अवरोध पुगेको बताएका छन् । ‘केही निजी घर तथा विद्यालय भवन जोखिममा परेका छन् । म यातायातलाई सहज बनाउन, जोखिममा परेका समुदायलाई सुरक्षित गर्न तथा पुनः निर्माणको कार्य…
झापा, ३२ जेठ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट सार्वजनिक गरेको छ । अध्यादेशमार्फत ल्याएको बजेटमा चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पुँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख, वित्तीय व्यवस्थातर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रहेको छ । आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गरेको बजेटमा श्रोततर्फ राजस्व ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँटबाट ११ अर्ब ६४ करोड ८१ लाख, वित्त समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख,…
झापा, ३२ जेठ । द भ्वाइस अफ नेपाल सिजन ४ का विजेता करण राईको स्वर र लिला सेलिङ माबोको शब्दमा सिमाना बोलको नयाँ गीत सार्वजनिक भएको छ । देवेश राईको संगीत तथा एरेन्ज रहेको गीतको भिडियोमा गायिका नितु पुनको अभिनय छ । नितु र करणको स्टेज जोडीलाई गायन प्रतियोगिताको मञ्चमा निकै रुचाइएको थियो । शान थापा निर्देशित म्युजिक भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । अर्जुन तिवारी भने डीओपी (डाइरेक्टर अफ फोटोग्राफी) को जिम्मा सम्हालेका छन् । सुप्रिम पराजुलीले सम्पादन गरेको गीतको भिडियोमा दुई प्रेमिल जोडीको प्रेम र विछोडको कथा समेटिएको छ ।