झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ३२ जेठ । झापाको भद्रपुर नगरपालिका–७ देउनिया खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भद्रपुर–७ स्थित देउनिया खोलाबाट बुधबार बेलुका अवैध रुपमा उत्खनन् गर्ने प्र १–०१–००१ त ८७६६, प्र १–०१–००१ त ८०७४, मे १ त ४८६२ र अल्फाबेट नखुलेको ९९०४ नं. को ४ वटा ट्रयाक्टरले ढुङ्गा, बालुवा उत्खन्न गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि भद्रपुर नगरपालिकाको कार्यालयमा बुझाएको छ ।

Read More

बिर्तामोड, ३२ जेठ । पहिचानको आन्दोलनप्रति सरकार गैरजिम्मेवार र मुकदर्शक बनेको नागरिक उन्मुक्ति पार्टी (एकीकृत)ले आरोप लगाएको छ । झापाको बिर्तामोडमा पत्रकार सम्मेलन मार्फत् आज प्रेस विज्ञप्ति जारी गरेर पार्टीले सरकारले पहिचानको आन्दोलनलाई बेवास्ता गर्नुका साथै हिंस्रक बनाउन खोजेको आरोप लगाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका कोशी नाम खारेज आन्दोलन परिचालन समितिका संयोजक एवम् केन्द्रीय सदस्य धनबहादुर पङ्धाकले सरकारले वार्ता र सहमतिको माध्यमबाट समस्या समाधान गर्न लाग्नुपर्ने जोड दिनुभयो । “समस्या समाधान गर्न सरकार अग्रसर बन्नुपर्नेमा गैरजिम्मेवार तरिकाले आन्दोलनलाई हिंस्रक बनाउन खोजिरहेको छ”, उहाँले भन्नुभयो, “हामी आन्दोलन भन्दा पनि वार्ता र सहमतिको माध्यमबाट समस्या समाधान होस् भन्ने चाहन्छौं…

Read More

झापा, ३२ जेठ । झापाको कमल गाउँपालिका–७ स्थित सरस्वती माध्यमिक विद्यालय तथा प्राविधिक शिक्षालयमा अध्ययनरत् विद्यार्थीले फलफूल तथा तरकारीका विरुवा उत्पादन गर्दै स्थानीयलाई बितरण गर्ने गरेको पाइएको छ । बाली विज्ञान शंकायतर्फ अध्ययनरत् बिद्यार्थीले प्रयोगात्मक शिक्षण विधिमा केन्द्रीत रहेर उत्पादन गरेका विरुवा कमल गाउँपालिकावासीलाई बितरण गर्ने गरिएको बिद्यालयका प्रधानाध्यापक रुकमान लावतीले बताए । तत्कालीन प्रदेश नम्वर १ (हाल कोशी प्रदेश) सरकारको १० लाख रुपैयाँ आर्थिक सहयोग र विद्यालयको एक लाख ५० हजार गरी ११ लाख ५० हजार रुपैयाँको लागतमा विद्यालय परिसरमा हाइटेक नर्सरी तयार पारिएको छ । यहाँ अध्ययनरत् बिद्यार्थीले प्रयोगात्मक शिक्षण विधिमा सहभागिता जनाउँदै लगभग ४० हजार भन्दा बढी…

Read More

इलाम, ३२ जेठ । इलाममा छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश दिलीपकुमार दाहालको इजलासले ३५ वर्षीय ती व्यक्तिलाई जन्मकैदसहित सात लाख रुपियाँ जरिवाना र एक लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका श्रेस्तेदार फणीन्द्र भट्टराईले बताए । यस्तै दुई हजार आठ सय रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको उनको भनाइ छ । पीडित बालिका उनका बाबुसहित हजुरआमा र काकासँग बस्दै आएकी थिइन् । परिवारका सदस्य कोही नभएको बेला बाबुले जबरजस्ती करणी गरी कसैलाई नभन्नु भन्दै धम्की दिएको पीडितका काकाले दिएको जाहेरीमा उल्लेख छ । जाहेरीमा पीडित बालिकाकी आमा भने मानसिक…

Read More

झापा, ३२ जेठ । भन्सार विभागका अनुसार ५ वर्षको अवधिमा नेपालमा २६ अब १० करोड रुपैयाँको प्याज आयात भएको छ । स्वदेशमा कम उत्पादन हुँदा प्याजमा भारतमै भर पर्नुपर्ने अवस्था छ । सरकारले आर्थिक वर्ष ९आव० २०८०र८१ को बजेटमा प्याजमा मूल्य अभिवृद्धिकर ९भ्याट० लगाएसँगै अहिले बजारमा यसको अभाव देखिएको छ । भन्सार विभागको अनुसार चालू आवको १० महीनामै ५ अर्ब ७९ करोडको प्याज आयात भएको छ । उक्त अवधिमा १५ करोड ५७ लाख १४ हजार ६३१ किलो प्याज आयात भएको हो । गत आवको सोही अवधिमा ५ अर्ब ४० करोड रुपैयांको १४ करोड ५२ लाख ११ हजार ९७४ किलो प्याज…

Read More

झापा, ३२ जेठ । अन्तर्राष्ट्रिय जगत्मा ग्रिन गोल्ड अर्थात ुहरियो सुनुका नामले चर्चित गाँजाको खेतीका लागि सम्भाव्यता खोज्ने विषय आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमा समावेश गरिएको छ । तर यसका लागि राष्ट्रिय कानुन संशोधन गरेर मात्र पुग्दैन, अन्तर्राष्ट्रिय अभिसन्धिलाई पनि तदनुकूल मिलान गर्नुपर्ने अवस्था छ । लामो समयदेखि केही अभियन्ताले गाँजा खेतीलाई वैधानिक बनाउन माग गर्दै आएका छन् । कानुनले अवरोध गरेको हुँदा नेपालमा अहिलेसम्म गाँजा खेती हुन सकिरहेको छैन । तर सरकारले यसको उपयोगिता र अर्थतन्त्रमा दिन सक्ने सुधारबारे अध्ययन गर्ने र गाँजा खेतीका लागि सम्भाव्यता अध्ययनको विषय बजेटमा समावेश गरेको जनाएको छ । अघिल्लोपटक पनि सरकारले गाँजा…

Read More

झापा, ३२ जेठ । पश्चिम चितवनको पटिहानी, धनौजी चोकको पिपलको रुख अब स्मृतिमा सीमित भएको छ । स्थानीय अपिल घिमिरेको आँगन छोएर अडिएको पिपलको रुख ढल निर्माण गर्ने क्रममा एक्साभेटरले उखालिँदा घिमिरेको मन पीडाले भतभती पोल्यो । उनले त्यो रुख नकाट्न अनेक प्रयत्न गर्नुभयो तर जोगाउन सकेनन्। श्रद्धापूर्वक शिर निहुराउँदै उहाँले पिपलसँग अन्तिम पटक भने, “मलाई माफ गर्नू, मेरो एक्लो चित्कार कसैले सुनेनन् । तिमी रोएको कसले बुझिदिने रु मैले जोगाउन सकिनँ, दुवै हात जोडेर क्षमा माग्छु ।” वर्षौंदेखि छहारी दिँदै आएको पिपलको रुख मङ्गलबारदेखि स्थानीयको सम्झनामा मात्र रह्यो । वर्षौं अघिदेखि घरअघि ठडिएको पिपलसँग उहाँको परिवारको मात्र होइन, सिङ्गो…

Read More

झापा, ३२ जेठ । दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजना र भण्डारण गृह निर्माण हुने भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) को संयुक्त लगानीमा पाइपलाइन र भण्डारण गृह निर्माण गर्न लागिएको हो । चितवनको लोथरमा एक लाख किलोलिटर र झापामा ४५ हजार किलोलिटर क्षमताको भण्डारण गृह निर्माण गर्न लागिएको हो । चितवनमा भण्डारण गृह निर्माण निगमको लगानीमा हुने छ । हाल निगमसँग एक हप्तालाई मात्र पुग्ने ६८ हजार किलोलिटर क्षमताको भण्डारण रहेको छ । डेढ लाख किलोलिटर क्षमताको दुई ठाउँमा भण्डारण गृह निर्माण गरिने भएको हो । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले दुई ठाउँमा भण्डारण गृह निर्माण…

Read More

बनियानी, ३१ जेठ । झापाका १४ स्थानीय तहले पूर्ण खोप सुनिश्चितताको प्रतिवेदन बुझाएका छैनन् । पालिकास्तरको नगर खोप समन्वय समितिले वैशाख महिनाभित्रै पूर्ण खोप सुनिश्चित भएको तथ्याङ्कसहितको प्रतिवेदन जिल्ला खोप समन्वय समितिलाई बुझाउनुपर्ने भए पनि हालसम्म नबुझाएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिए । जिल्लाका १५ स्थानीय तहमध्ये कनकाई नगरपालिकाले मात्र प्रतिवेदन बुझाएको छ । प्रतिवेदन नबुझाएका कारण जिल्ला खोप समन्वय समितिको बैठक बस्न नसकेको प्रमुख बाराकोटीले बताए । “खोप नलगाउने बालबालिकामा सङ्क्रमणको जोखिम धेरै हुन्छ”, उनले भने । बालबालिकामा देखिने महामारी नियन्त्रण, न्यूनीकरण र पूर्वतयारीका लागि पूर्ण खोपको विवरण आवश्यक हुने उनको भनाइ छ । पालिकाबाट आएको…

Read More

खोटाङ, ३१ जेठ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा स्थितमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा मृतकका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा घर भई हाल मझुवागढी–७ बस्दै आएका ३२ वर्षीय बालजीत राईले मंगलबार साँझ ७ बजे सामान्य बादबिवादका कारण आफ्नै श्रीमती २८ बर्षीय सरीता तामाङलाई कुटपिट पश्चात खुकुरी प्रहार गरी हत्या गरेको भन्ने सूचना पाएसँँगै जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले श्रीमानलाई खोजतसाल गर्ने क्रममा घर नजिकै रहेको जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । हत्या गरेको आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय…

Read More