
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, १५ असार । २० औं राष्ट्रिय धान दिवश २०८० को अवसर पारेर भद्रपुरमा सामुहिक धान रोपाइ गरिएको छ । भद्रपुर १ स्थित नमुना धान पकेट समन्वय सञ्चालन समितिको धान खेतमा सामुहिक रोपाइ गरिएको हो । भद्रपुर १ का वडाध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा तथा कृषि शाखा भद्रपुरको संयोजनमा भएको कार्यक्रममा नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, भद्रपुर २ का वडाध्यक्ष रामबहादुर कँडेल, भद्रपुर ६ का वडाध्यक्ष रतिया राजवंशी, ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी लगायत जनप्रतिनिधिहरूले मेसिनबाट धान रोप्दै सामसहिक धान रोपाई महोत्सव मनाएका हुन् । सोही अवसर पारेर स्थानीय कृषक लक्ष्यित गरेर हिले…
बिर्तामोड, १५ असार । झापाको बिर्तामोडमा करेन्ट लागेर आज एक जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–३ निवासी ४० वर्षीय धनबहादुर राजवंशी रहेका छन् । आज घैलाडुब्बा–बिर्ताबजार सडक खण्डअन्तर्गत बिर्तामोड–२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा राजवंशीलाई करेन्ट लागेको थियो । सडक निर्माणको क्रममा कटेन्ट लाग्दा राजवंशीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए ।
सन्तोष शर्माझापा, १५ असार । झापामा पछिल्लो समय हात्तीको आक्रणमबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो पाँच वर्षयता जिल्लामा हात्तीको आक्रमणबाट मृत्यु हुनेको संख्या क्रमशः बढ्दै गएको हो । चालू आर्थिक वर्ष २०७९÷०८० को हालसम्म एक गैर नेपालीसहित सात जनाको हात्तीको आक्रमणबाट मृत्यु भइसकेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईल जानकारी दिनुभयो । हात्तीको आक्रमणबाट गत आर्थिक वर्ष २०७८÷०७९ मा पाँच जना, आव ०७७÷७८ मा तीन, ०७६÷०७७ मा दुई, आव ०७५÷०७६ मा एक जना र आव ०७४÷०७५ मा पाँच जनाको मृत्यु भएको छ । झापामा पछिल्लो १२ यता हात्तीको आक्रणममा परी ६१ जनाको मृत्यु भइसकेको छ जसमा…
शिवसताक्षी, १५ असार । झापाको शिवसताक्षीमा २० राष्ट्रिय धान दिवस मनाइएको छ । आज शिवसताक्षी नगरपालिका वडा नं. ५ स्थित कटुवाल चौकमा जनप्रतिनिधि र स्थानीयबासीले धान सामुहिक धान रोपेर धान दिवस मनाएका हुन् । शिवसताक्षी नगरपालका कृषि शाखाद्वारा आयोजित धान दिवसमा संघीय सांसद एलपी साँवा लिम्बु, शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, वडाध्यक्षहरु विष्णु प्रसाई र सिकिन पाश्वानले सामुहिक धान रोपेका थिए । कार्यक्रममा संघीय सांसद एलपी साँवा लिम्बुले नागरिकको मुख्य पेशा कृषि भएतापनि त्यसमा लाग्ने आधारभूत कच्चा पदार्थ मल, विउ, समय उपलब्ध नभएको गुनासो गरे । सरकारले कृषिलाई विशेष प्राथमिकतामा राखेर काम…
विराटनगर, १५ असार । सङ्खट टेनिस खेलको राष्ट्रिय प्रतियोगितामा दुई महिला फाइनलमा र चार पुरुष सेमिफाइनलमा प्रवेश गरेका छन् । खेलकुद विकास बोर्ड कोशी प्रदेश र मोरङ जिल्ला सङ्खट टेनिस संघले आयोजना गरेको खुल्ला राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको बिहीबारको खेलमा महिला तथा पुरुष एकलमा दुई महिला फाइनल र चार खेलाडी सेमिफाइनल पुगेका हुन् । महिला तर्फ लुम्बीनिका ऋषिका चौधरीले लुम्बीनीकै रोशिका पोखरेललाई ४–१ ले, बागमतीका जर्चिया चौधरीले सशस्त्र प्रहरीका भगवती चौधरीलाई ४–२ ले पराजित गरेर फाइनल पुगेका हुन् । पुरुष एकलतर्फको खेलमा कोशीका युकेश योन्जनले लुम्बीनीका रोशन केसीलाई ४–०, सशस्त्र प्रहरीका कमल भण्डारीले लुम्बीनीका सुरज चौधरीलाई ४–१ ले पराजित गरी…
झापा, १४ असार । कोशी प्रदेश क्रसर व्यवसायी तथा मेची क्रसर व्यवसायीले असार १८ गतेदेखि उद्योग बन्द गरेर सडक संर्घषमा उत्रिने चेतावनी दिएका छन् । सुनसरीको इटहरीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै क्रसर उद्योगको कम्पनी नवीकरण गर्न सरकारले कुनै चासो नदेखाएको बताउँदै उनीहरुले उद्योग उद्योग बन्द गर्ने चेतावनी दिएका हुन् । सरकारले क्रसर बन्द गराउने, नवीकरण नगर्ने तर आयकर, भ्याट नियमित तिर्नु पर्दा धान्न नसक्ने स्थिति आएको नेपाल क्रसर तथा खानी उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष देवराज तामाङले बताए । सरकारले असार १८ गते सम्म नवीकरण गर्ने प्रतिबद्धता नजनाए चरणबद्ध आन्दोलनमा उत्रिने नेपाल क्रसर तथा खानी उद्योग महासंघका केन्द्रिय सल्लाहकार तथा…
झापा, १५ असार । सुशासन र पारदर्शीताको भाषण दिँदै आइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने परम्पराविपरीत सम्पत्ति गोप्य राख्दै आएका छन् । प्रधानमन्त्रीसँगै उनको मन्त्रिपरिषद्का सबै २५ जना मन्त्रीकै सम्पत्ति विवरण गोप्य राखिँदै आइएको छ । भ्रष्टाचारविरुद्ध आक्रामक कारबाही गर्ने प्रतिवद्धता जनाउँदै आएका प्रधानमन्त्रीले आफू र आफ्नो सरकारमा रहेका मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य राख्दै आएपछि उहाँको प्रतिवद्धतामा नै आशंका सिर्जना भएको छ । सामान्यतया सरकार गठन भएको ६० दिनभित्र प्रधानमन्त्री तथा मन्त्रीहरूले आफू र आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन रहँदै आएको छ । तर, प्रचण्ड नेतृत्वको सरकारले गठन भएको १ सय ८४ दिन…
लन्डन, १५ असार । संयुक्त अधिराज्य (बेलायत) को स्थानीय तहको राजनीतिमा नेपाली मूलका बेलायती समुदायको सहभागिता बढ्दै गएको छ। शिक्षा, स्वास्थ्य, सुरक्षा, होटल, रेस्टुरेन्ट जस्ता व्यापार व्यवसायमा स्थापित हुँदै गएका नेपालीको सक्रियता यहाँको राजनीतिमा पनि बढ्दो क्रममा देखिएको छ। बेलायतका विभिन्न तहका काउन्सिलमा अहिले एक मेयर, एक उपमेयर र १० जना काउन्सिलर पदमा नेपाली मूलका निर्वाचित भएका छन्। सन् २०१० अघि भने फाट्टफुट्ट नेपाली मात्र स्थानीय तहमा निर्वाचित भएका थिए। सन् २००९ पछि ब्रिटिस गोरखा परिवारलाई आवासीय सुविधा दिएसँगै नेपालीको सङ्ख्या बढेपछि राजनीतिक सहभागिता पनि बढेको हो। पूर्वब्रिटिस गोरखासमेत रहनुभएका बार्नेट बरोको काउन्सिलर लक्ष्यबहादुर गुरुङले नेपाली मूलका निर्वाचित भएपछि आफ्नो…
झापा, १५ असार । पछिल्लो सर्वेक्षणअनुसार नेपालको प्रजनन दर शून्य दशमलव २ प्रतिशतले घटेपछि त्यो प्रतिस्थापनको तहमा पुगेको विज्ञहरूले औँल्याएका छन् । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांकले नेपालको प्रजनन दर अघिल्लो सर्वेक्षणभन्दा शून्य दशमलव २ प्रतिशतले घटेको देखिएपछि विज्ञहरूले सरकारलाई विभिन्न सुझाव दिन थालेका छन् । यसअघि सन् २०१६ को सर्वेक्षणमा प्रतिमहिला जन्मदर २।३ थियो । योभन्दा अघिदेखि नै यो दर घट्दै गएर अहिलेको तहमा आइपुगेको हो । तथ्यांकअनुसार सन् २०११ मा नेपालको प्रजनन दर २.६ थियो । त्यसअघि सन् २००६ मा ३.१, सन् २००१ मा यो दर ४.१ र सन् १९९६ मा यो ४.६ थियो । पछिल्लो…
झापा, १५ असार । सरकारले कृषि उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा चालु आवको ११ महिनामा करिब साढे १३ अर्बको धान तथा चामल आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९र८० को साउनदेखि जेठ मसान्तसम्म ३३ अर्ब ६३ करोड ४७ लाख ९२ हजार रूपैयाँको धान तथा चामल आयात भएको हो । किसानलाई उन्नत जातको धानको बिउ, आवश्यक परेका बेला रासायनिक मल, सिँचाइ सुविधा, धान रोप्न मेसिन औजार आदिको व्यवस्था गर्न नसक्दा धान उत्पादन वृद्धि हुन सकेको छैन । धानको उत्पादन र उत्पादकत्व घट्टा र उपभोग बढ्दा नेपालले चामलमा विदेशको भर पर्नुपरेको हो । धानको उत्पादन बढाउन…