
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३ जेठ । सङ्खुवासभाको हेँवा खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु हुनुको साथै १६ जना बेपत्ता भएका छन् । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । जिल्लाको पाँचखपन नगरपालिका ५ मा बाढीले बगाएर ल्याएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । चैनपुर–४ पेङ्कोट र पाँचखपन–९ मा गएको पहिरोले खोला थुनिएको थियो । थुनिएको खोला एक्कासि खुलेर बाढी आएको हो । बाढीले चैनपुर ४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोमा क्षति पुर्र्याको छ । उक्त परियोजनामा काम गर्ने १९ जना मध्ये १६ मजदुरहरू सम्पर्कविहीन रहेको जनाइएको छ । ३ जना भने सम्पर्कमा आएको सङ्खुवासभा प्रहरी प्रमुख वीरेन्द्र गोदारले बताए…
झापा, २ जेठ । सरकारी सवारी चालक एसोसिएसन नेपालले साधारण सदस्य स्व.प्रकाश भण्डारीको परिवारलाई समवेदनासँगै आर्थिक सहयोग प्रदान गरेको छ । भण्डारीको आज नौंव पुण्य तिथिमा घरमै पुगेर संस्थाले समवेदनासँगै एक लाख २६ हजार रुपैयाँ प्रदान गरेको हो । संस्थाका अध्यक्ष झट्टबहादुर खड्का, महासचिव खेमराज नेपाल, संस्थाका सल्लाहकार संयोजक रोहित कोइराला लगायतले उपस्थितिमा समवेदना पत्र र चेक प्रदान गरिएको थियो । दमक नगरपालिकाका नगर प्रमुखका सवारी चालक दमक–२ निवासी प्रकाश भण्डारीको अघिल्लो बिहीबार नगर प्रमुख रामकुमार थापा सवार नगरपालिकाको गाडी लिएर विराटनगरमा प्रदेश सरकारको एक कार्यक्रममा सहभागी हुन गएको बखत कार्यस्थलमै हृयघात भई मृत्यु भएको थियो । सवारी चालकको कार्यस्थलमै…
बिर्तामोड, २ असार । नेपाली कांग्रेस झापाले आगामी भदौ २० गतेसम्ममा तहगत सम्मेलन सकेर आगामी असोजमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न जिल्ला कार्य समितिको बैठकले साउनको १५ गतेदेखि २२ गतेसम्म वडा सम्मेलन, साउन २३ देखि ३२ गतेसम्ममा गाउँ नगर सम्मेलन, भदौ १ गतेदेखि १० गतेसम्म प्रदेशसभा क्षेत्रीय सम्मेलन र भदौ ११ गतेदेखि २० गतेसम्ममा संसदीय निर्वाचन क्षेत्रको क्षेत्रीय सम्मेलन गर्ने निर्णय गरेको हो । वडा सम्मेलनमा वडा कार्य समिति, जिल्लाले तोकेका प्रतिनिधि, सबै क्रियाशिल सदस्य, क्षेत्रीय प्रतिनिधि, वडामा रहेका भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधि, पार्टीको माथिल्लो इकाइ समितिका पदाधिकारी÷सदस्यहरु, जनप्रतिनिधिहरु…
बिर्तामोड, २ जेठ । बिर्तामोड नगरपालिकाले आयोजना गरेको गणित प्रर्दशनी अन्तर्गत बौद्विक प्रतिभा प्रर्दशनी प्रतियोगितामा मोहनमाया मावि प्रथम भएको छ । नगरस्तरिय प्रतियोगिता अन्र्तगत माध्यमिक तह तर्फको प्रतिभा प्रर्दशनीमा मोहनमाया प्रथम भएको हो । यसैगरी माध्यमिक तर्फ नै कन्काई वोर्डिङ स्कुल द्वितीय, महेन्द्ररत्न मावि तृतीय र कञ्चनजंघा अंग्रेजी वोर्डिङ सान्तवना भएका छन् । प्रतियोगिताको आधारभुत तह तर्फ देवी मावि प्रथम भएको छ । यसै तहमा महेन्द्ररत्न मावि द्वितीय, कनकाई वोर्डिङ तृतीय र ग्लोरी अंग्रेजी स्कुल सान्तवा भएका छन् । प्रतियोगिता अन्तर्गत दुवै तहका विजयी विद्यार्थीहरुलाई क्रमश प्रथम, द्वितीय, तृतीय र सान्तवनालाई नगद छ हजार, चार हजार पाँच सय, तीन हजार…
बिर्तामोड, २ जेठ । झापाका सहकारी संस्थाहरुका व्यवस्थापकहरुलाई एक दिने प्रशिक्षण दिइएको छ । सहकारी व्यवस्थापक क्लब झापाको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्रायोजनमा यहाँका सहकारी संस्थाका व्यवस्थापकहरुलाई प्रशिक्षण प्रदान गरिएको हो । राष्ट्रिय सहकारी बैंकका सीईओ बद्री गुरागाईंले सहभागीलाई प्रशिक्षण दिनुभएको थियो । सहकारी संस्थालाई सफलतापूर्वक सञ्चालन गर्न व्यवस्थापकको भूमिका महत्वपूर्ण हुने बताउँदै उहाँले शेयर पुँजी, बचत अनुपात, ऋण लगानी, खराब कर्जा व्यवस्थापन, तरलता कायम कसरी गर्ने ? भन्ने लगायतका विषयमा सहभागीलाई जानकारी गराउनुभएको थियो । प्रशिक्षणका क्रममा मुलुकमा सहकारी संस्थाको अवस्था अवगत गराउँदै उहाँले देशभर ७५ लाख मानिस सहकारीमा आबद्ध भएको र कूल ग्राहस्थ उत्पादनमा सहकारी क्षेत्रको योगदान…
काठमाडौँ । चालु आर्थिक वर्ष २०७९–८० पूरा हुन एक महिना मात्र बाँकी रहँदा सरकारले लक्ष्यको करिब ६० प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्त पूरा हुँदासम्म आठ खर्ब ३६ अर्ब ८५ करोड रुपैयाँ मात्रै राजस्व सङ्कलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले सुरुमा १४ खर्ब तीन अर्ब १४ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । जेठसम्म सङ्कलित राजस्व सुरु लक्ष्यको ५९।६४ प्रतिशत मात्र हुन आउँछ । घट्दो आयात तथा आर्थिक गतिविधिका कारण चालु आर्थिक वर्षको सुरुदेखि नै सरकार राजस्व सङ्कलनको सङ्कुचनको अवस्थामा छ । जसका कारण अहिलेसम्म सरकारले…
झापा, २ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष (आव) २०८०÷८१ को बजेट प्रस्तुत गर्दै स्वास्थ्यसँग सम्बद्ध सामाजिक सुरक्षाका कार्यक्रम र स्वास्थ्य बीमाबीच दोहोरोपन नहुने गरी चालू आवभित्रै कार्यविधि तर्जुमा गरिने बताएसँगै अन्योल बढेको छ । नेपालमा अहिले सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत संस्थाले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत आफ्ना सदस्यलाई स्वास्थ्य बीमाको कार्यक्रम सञ्चालन गर्दै आएका छन् । बजेटमा सामाजिक सुरक्षाका कार्यक्रम र स्वास्थ्य बीमा कार्यक्रमबीच दोहोरोपन नहुने भनेसँगै अब यी संस्थाले सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रम के हुन्छ ? भन्नेमा अन्योल बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारी सरकारले दिने सामाजिक…
झापा, २ जेठ । मेची भन्सार कार्यालय काँकरभिट्टाले अम्रिसो निकासीमा यथार्थ मूल्य कायम गरेको छ । यसअघि व्यवसायीले अम्रिसोको कम मूल्य निर्धारण गरी निकासी गर्दै आएकोमा हाल बजार मूल्यकै आधारमा निकासी गर्ने गरिएको मेची भन्सार कार्यालयका भन्सार अधिकृत कमलप्रसाद कोइरालाले जानकारी दिनुभयो । यसअघि ‘अन्डर इन्भ्वाइसिङ’ गरेर अम्रिसो निकासी गर्दै आएको उहाँले बताउनुभयो । “७० रुपैयाँमा कायम गरेर अम्रिसो निकासी गरिँदै आएको थियो”, उहाँले भन्नुभयो, “अहिले बजार भाउ बुझेर मात्र निकासी मूल्य कायम गर्ने गरिएको छ ।” अम्रिसोको बजार मूल्य सरदर प्रतिकिलो रू १२२ रहेको छ । यथार्थ नराखे निकासी रोक्ने चेतावनी दिएपछि व्यवसायीले अहिले प्रतिकिलो रू १२० मूल्य राखेर…
झापा, २ जेठ । मुख्य प्रशासनिक केन्द्र हो सिंहदरबार। सरकारी मुख्य काम मात्रै होइन, मुलुकको महत्त्वपूर्ण योजना नै यहीँ बन्छ, मन्त्रालयहरू नै यहीँ छन्। जहाँ काम गर्ने कर्मचारी नियमित त हुनुपर्छ नै अझै बढी जिम्मेवार पनि हुनुपर्छ। तर, बिहीबार राष्ट्रिय सर्तकर्ता केन्द्रले गरेको अनुगमनमा त्यस्तो पाइएन। १ सय २५ कर्मचारी नै मन्त्रालय र कार्यालयमा भेटिएनन्। केहीको हाजिर मात्रै भेटियो, कर्मचारी फेला परेनन्। सतर्कर्ता केन्द्रले बिहान १० बजेदेखि १२ बजेसम्म गरेको अनुगमनमा यस्तो पाइएको हो। कतिपय कर्मचारी त सिंहदरबारभित्र रहेको केन्द्रीय चमेना गृहमा अनाधिकृत व्यक्तिसँग बसेर गफ गरिरहेको भेटिएको सतर्कर्ता केन्द्रले जनाएको छ। केन्द्रका अनुसार नौ जना कर्मचारी त खाजा खान…
बिर्तामोड, २ जेठ । बिर्तामोड नगरपालिकामा व्यावसायिक तरकारी उत्पादन सम्बन्धी २ दिने तालिम आज देखि सुरु भएको छ । वडा नम्बर ७ स्थित गरामनीको नारी विकास हलमा सुरु भएको तालिमको वडाअध्यक्ष कृष्णप्रसाद खरेल अविरलले उद्घाटन गर्नुभयो । कृषि विकास शाखाको आयोजनामा मेयर विषादीमुक्त नगर कार्यक्रम अन्तर्गत तालिमको आयोजना गरिएको हो । तालिम उद्घाटन कार्यक्रममा बोल्दै वडाअध्यक्ष खरेलले कृषकहरुलाई थप व्यवसायिक बन्न तालिमको आवश्यकता रहेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिने बताउनु भयो । तालिममा सिकाइने कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गर्दैै उहाँले कृषकले उत्पादन बढाउनु पर्नेमा जोड दिनु भयो । तालिमलाई कृषिशाखा प्रमुख राजेन्द्र कडरिया लगायतले प्रशिक्षण दिनु हुने छ ।…