झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ६ असार । द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार पत्रकार गणेश पोखरेललाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेल द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको हो । जनपक्षीय नेता द्रोणाचार्य क्षेत्रीको स्मृतिमा प्रेस चौतारी झापाले स्थापना गरेको सो पुरस्कार ५१ हजार रुपैयाँको रहेको छ । पोखरेल रेडियो भिजनका प्रबन्ध निर्देशक तथा प्रेस काउन्सिलका सदस्य हुनुहुन्छ । द्रोणाचाय क्षेत्रीको ३०औँ स्मृति दिवसको अवसरमा आज काँकरभिट्टामा आयोजित कार्यक्रमबीच पुरस्कार वितरण गरिएको चौतारीका झापा अध्यक्ष मनकुमार गदालले बताउनुभयो । यो पुरस्कारबाट लीला बराल, शिव गाउँले, माधव बिद्रोही र रघु मैनाली पुरस्कृत भइसक्नुभएको छ । प्रेस चौतारी झापाले…

Read More

बिर्तामोड, ६ साउन । बिर्तामोड नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष अजय कार्कीको किर्ते नागरिकता प्रकरणमा जिल्ला अदालत झापाले गरेको सजाय उच्च अदालतले सदर गरेको छ । जिल्ला अदालत झापाले गरेको फैसलालाई उच्च अदालत बिराटनगरको इलाम इजलासले जेठ २४ गते सदर गरेको हो । कार्कीसहितलाई विदेशी नागरिकलाई नागरिकता दिएको आरोपमा जिल्ला अदालत झापाले ६ महिना कैद सजायको फैसला गरेको थियो । न्यायाधीशद्वय लोहित चन्द्र शाह र गीताप्रसाद तिम्सिनाको संयुक्त ईजलासले जिल्ला अदालत झापाको फैसला सदर गरेको उच्च अदालत स्रोतले जानकारी दिएको छ । विभिन्न मितिमा झुट्टा विवरण र किर्ते प्रमाणका आधारमा १६ जना विदेशीलाई नेपाली नागरिकताको प्रमाणपत्र दिएको आधारमा प्रहरीले…

Read More

ताप्लेजुङ, ६ असार । ताप्लेजुङमा गएरातिदेखि केन्द्रीय प्रसारण लाइनको विद्युत् अवरुद्ध भएको छ । मेचीराजमार्गअन्तर्गत ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्र काबेली पुल नजिकै झरेको पहिरोले केन्द्रीय प्रसारण लाइनको तीनवटा पोल ढलेपछि विद्युत् अवरुद्ध भएको हो । मध्यरातमा सडकभन्दा मुनिबाट झरेको पहिरोले पोल ढलेको थियो । पहिरोले एउटा पोल तानिएपछि नजिकका अन्य पोलसमेत ढलेकाले पुनस् विद्युत सञ्चालनमा समय लाग्ने विद्युत् प्राधिकरणको ताप्लेजुङ शाखाले जनाएको छ । मर्मतका लागि विद्युत्का कर्मचारी खटिएका छन् । विद्युत् सेवा अवरुद्ध भएसँगै सदरमुकाम फुङ्लिङ सहितका सर्वसाधरण तथा व्यवसायीहरु मारमा परेका छन् । सदरमुकामसहित केही ग्रामीण क्षेत्रसम्म केन्द्रीय प्रसारण लाइन पुगेको छ । रासस

Read More

भद्रपुर, ६ असार । झपा जिल्लामा अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीले सरकारको अतिरिक्त हुलाक खारेज गर्ने निर्णय बिरूद्ध आन्दोलनमा उत्रिएका छन् । नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन झापाको नेतृत्वमा वजेट भाषणको बुँदा नम्बर ३७४ मा उल्लेख भएको अतिरिक्त हुलाक खारेज गर्ने निर्णय सच्याउन माग राख्दै आन्दोलनमा उत्रिइएको हो । एसोसिएसनका झापा अध्यक्ष कृष्णप्रसाद अधिकारीको नेतृत्वमा आएको टोलीले जिल्ला हुलाक कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र पठाएको छ । जिल्ला प्रशासन, प्रहरी र नेपाल पत्रकार महासंघ झापालाई समेत बोधार्थ पठाइएको ज्ञापन पत्रमा वजेट भाषणको वक्तव्य नम्बर ३७४ प्रति आपत्ति जनाउँदै खारेजको माग राखिएका छ भने माग सुनुवाइ नभए हुलाक सेवा ठप्प पार्ने चेतावनी…

Read More

भद्रपुर, ६ असार । भद्रपुर स्थित नव निर्मित मेची अस्पतालको भवनमा कमसल निर्माण सामग्री प्रयोग गरी निर्माण भएको कारण वर्षादको पानी चुहेको भन्दै अस्पताल विकास समितिले निर्माण ठेकेदारलाई कारवाहीको माग रेरको छ । कन्टेक प्रा लि नामक निर्माण कम्पनी मार्फत निर्मित अस्पताल भवन हस्तान्तरण प्रकृया रोकेर कमसल सामग्री हटाई स्तरीय सामग्रीको प्रयोग मार्फत भवन पुनरनिर्मित भएपछि सेवा प्रवाह गर्न सकिने अस्पताल विकास समितिले विज्ञप्ति मार्फत प्रष्ट पारेको हो । अस्पताल विकास समितिका अध्यक्ष विश्वनाथ वरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ—अस्पतालका झ्याल ठोकामा प्रयोग भएका सामग्री कमसल रहेको, शौचालयमा निकै समस्या देखिएको, छानामा प्रयोग भएको फाइवर कमसल रहेको, अस्पताल भवनका तीन वटा…

Read More

विर्तामोड, ६ असार । राष्ट्रिय खेलाडी आशिष चापागाईलाई गृह जिल्ला झापामा सम्मान गरिएको छ । विर्तामोड स्थित कनकाई आर्दश क्याम्पसमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै कनकाई स्ववियु द्वारा राष्ट्रिय खेलाडी चापागाईंलाई सम्मान गरिएको हो । राष्ट्रिय खेलाडी चापागाईं कलेजमा एमविएस तेस्रो बर्षमा अध्ययनरत छन् भने विर्तामोड नगरपालिका वडा नं -३ का स्थायी बासिन्दा हुन् । उनी राष्ट्रिय टिमका स्ट्राइकर हुन् भने हाल चर्च ब्याइज क्लब बाट व्यवसायिक फुटबल खेल्ने गरेका छन् । कलेजका स्ववियु सभापति किरण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका संस्थापक अध्यक्ष जयनारायण ढुङगानाको प्रमुख अथिथ्यता रहेको थियो । कार्यक्रममा क्याम्पस प्रमुख सुरेश कुमार चापागाई, एम वि एस संयोजक…

Read More

भद्रपुर, ६ असार । झापाको भद्रपुर नगरपालिकाका छुट्टाछुट्टै स्थानबाट छ वटा बेवारिसे मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा भद्रपुर नगरपालिका वडा नं. ८ घोडामार चौकदेखि दक्षिणतर्फ जाने सडक खण्डको छेउमा बेबारीसे तथा शंकास्पद अवस्थामा रहेका चार वटा मोटरसाइल नियन्त्रणमा लिएको हो । त्यस्तै, भद्रपुर नगरपालिका–८ चन्द्रगढीदेखी भद्रपुर आवत–जावत गर्ने पक्की सडक खण्डको पश्चिम किनारबाट पनि बेबारीसे तथा शंकास्पद अवस्थामा रहेका दुईवटा गरी जम्मा ६ वटा मोटरसाइकल नियन्त्रणमा छ । प्रहरीले मे ९ प ३०८७ नं भएको १२५ सिसि भएको रातो रंगको सुपर स्पलेण्डर, मे ६ प ३७४८ नं भएको १६०…

Read More

झापा, ६ असार । सिंहदरबारस्थित सरकारको एक मात्र डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा करिब १५ सय बेवसाइट प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता सफल श्रेष्ठले डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा केन्द्रका सबै सेवा अवरुद्ध भएको जानकारी दिए । तर यसबाट सेन्टरका कुनै पनि डाटा र सूचनामा क्षति नपुगेको उनले बताए । श्रेष्ठका अनुसार मङ्गलबार बिहानैदेखि केन्द्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ । विद्युत् प्राधिकरणको केबलमा हिट भएपछि मङ्गलबार दिउँसो करिब २ बजे केन्द्रको गेटमै रहेको मुख्य ट्रान्सर्फमर ठूलो आवाजसाथ पड्किएको थियो। त्यसपछि सिंहदरबारभित्र विद्युत् आपूर्ति पूर्र्ण रूपले अवरुद्ध भएको थियो। प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा…

Read More

झापा, ६ असार । साफ च्याम्पियनसिप आजदेखि भारतमा सुरु हुँदैछ । पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको यो १४औं संस्करण हो । भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा आयोजना हुने साफ च्याम्पियनसिपमा आठवटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा यसपटक नेपालसहित आयोजक भारत, बंगलादेश, भुटान, पाकिस्तान, माल्दिभ्स, कुवेत र लेबनानले प्रतिस्पर्धा गर्दैछन् । विश्व फुटबल महासंघ (फिफा) को प्रतिबन्धमा परेका कारण श्रीलंकाले भने यो संस्करणमा सहभागिता जनाउन पाएन । यसपटक कुवेत र लेबनानलाई भने आमन्त्रित टोलीको रुपमा सहभागी गराइएको हो । प्रतियोगिताको उद्घाटन खेलमा समूह ’ए’ मा रहेको नेपालले बुधबार कुवेतको सामना गर्दैछ । उद्घाटन खेल नेपाली समयअनुसार, दिउँसो ३ः४५ बजे सुरु…

Read More

झापा, ६ असार । अर्थतन्त्रको बाह्य सूचकहरूमा सुधार भए पनि नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ९आव० कसिलो मौद्रिक नीतिलाई नै निरन्तरता दिने संकेत गरेको छ । चालू आवमा लिइएको कसिलो नीतिका कारण सुधार देखिए पनि मुद्रास्फीति अझै लक्षित सीमाभन्दा माथि रहेकाले राष्ट्र बैंक दबाबमा छ । अझै विश्व अर्थतन्त्रमा सुधार नआएकाले विस्तारकारी मौद्रिक नीति लिंदा आर्थिक गतिविधि खुकुलो भई पुनः शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतमा दबाब बढ्ने आकलनमा कसिलो नीतिलाई नै निरन्तरता दिने तयारी उसले गरेको हो । साउनको पहिलो सातासम्म मौद्रिक नीति जारी गर्ने गरी राष्ट्र बैंकले तयारी गरिरहेको छ । मौद्रिक नीतिका लागि सरोकारवालाबाट सुझाव संकलन गरिरहेको…

Read More