
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २२ जेठ । सर्वोच्च अदालतले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको ऐन तत्काल कार्यान्वयनमा रोक लगाएको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले आइतबार नयाँ ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार यससम्बन्धी विधेयक ‘निष्क्रिय’ भएको आठ महिनापछि गत बुधबार प्रधानमन्त्री कार्यालयको पत्रका आधारमा प्रमाणीकरण गरेका थिए। उक्त विधेयक राजपत्रमा प्रकाशन भई आइतबारदेखि कार्यान्वयन हुन थालेको थियो। वरिष्ठ अधिवक्ताद्वय डा। सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणसँग सम्बन्धित पत्राचार एवं कार्यहरू अवैधानिक भएको दाबी गर्दै शुक्रबार रिट निवेदन दायर गरेका थिए। उक्त रिटमाथि आइतबार सुनुवाइ गर्दै सर्वोच्चले विधेयक…
सन्तोष शर्माझापा, २२ जेठ । कृषकलाई कृषि प्रविधिमा आकर्षित गर्न कृषि ज्ञान केन्द्र झापाले मेसिनले धान रोपाइँको तयारी गरिरहेको छ । जिल्लाका चार वटा पालिकामा प्रदर्शनीका रुपमा मेसिनले धान रोपाइँ गर्न लागिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । स्थानीय कृषि सहकारी संस्थाहरुसँग सहकार्य गरेर जिल्लाको बिर्तामोड नगरपालिका, कनकाई नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको ५० जना कृषकको ८० बिघा क्षेत्रफलमा मेसिनले धान रोप्न बिऊ राखिसकिएको छ भने १५ दिनपछि रोपाइँ शुरु हुने उहाँले बताउनुभयो । “कृषकलाई प्रविधिप्रति आकर्षित गर्न प्रदर्शनीका रुपमा काम शुरु गरेका हौं”, उहाँले भन्नुभयो, “कृषि सहकारीसँग सहकार्य गरेर काम अघि बढाएका छौं, धेरै…
भद्रपुर, २१ जेठ । भद्रपुरको कृषि उपजको उन्नतिमा एउटा इटा बन्न सक्ने कोल्ड स्टोरेज (भद्रपुर शीतभण्डार) निर्माण थालिएको १३ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । नेपालस्थित भारतीय दूतावासमार्फत झापाको पहिलो नगर भद्रपुरमा कोल्ड स्टोरेज बनाउनका लागि २०६७ सालमा बजेट निकासा गरी १५ महिनामा सम्पन्न गर्ने गरी काम सुरू भएको थियो । भारतीय दूतावासले अनुदान स्वरूप वजेट निकासा गरेपछि नगरपालिकाले टेण्डर आव्हान गर्दै ठेक्का प्रक्रियामार्फत कोल्ड स्टोरेज निर्माण कार्य सुरु गरेको पनि दशक पार गरिसकेको छ । पछिल्लो दुई वर्षयता भद्रपुर नयाँ बजार क्षेत्रका गाइ गोरू थुन्ने ठाउँका रूपमा परिणत भएको शीत भण्डार बेवारिसे अवस्थामा पुगेको छ । त्यतिबेला…
गोलधाप, २१ जेठ । हल्दिबारी गाउँपालिका वडा नम्बर १ ले किसानलाई मकै रोप्ने मिसिन र स्प्रेट्याङ्की वितरण गरेको छ । वडा अध्यक्ष देवी बहादुर थापाको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १८० जना किसानलाई स्प्रेट्याङ्की र १०० जना किसानलाई मकै रोप्ने मेसिन बितरण गरिएको छ । वडा र किसानको ५०/५० साझेदारीमा उक्त सामाग्री बितरण गरिएको वडा अध्यक्ष थापाले जानकारी दिनु भएको छ । किसानहरुलाई कृषि सामाग्री बितरण गर्दै प्रमुख अतिथि मैनालीले कृषकलाई आवस्यकता अनुसार कृषि सामाग्री र अनुदान सहयोग गर्ने गरि गाउँपालिका निति निर्माणका साथ अगाडि बढ्न लागेकोले उपलब्ध सामाग्रीको सहि सदुपयोग गर्न समेत आह्वान…
झापा, २१ जेठ । नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ । मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । नेपालले पाँच खेलको सिरिज ३–२ ले आफ्नो पक्षमा पा¥यो । मलेसियाले दिएको एक सय १० रनको लक्ष्य नेपालले १९ दशमलव २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ३७ बलमा ६ चौकाको मद्दतमा ३४ रनको योगदान दिइन् । त्यसैगरी कप्तान रुविना क्षेत्रीले ३० बलमा ३ चौकाको सहयोगमा २३ रन बनाइन् । अप्सरी बेगम १५ रनमा अविजित रहँदा ज्योती पान्डेले…
चन्द्र बस्नेतकनकाई, २१ जेठ । केही दिनयता गर्मी बढेपछि झापाका कनकाई नगरसहित अधिकांश पालिकाले धमाधम विद्यालय बिदा दिएका छन् । कनकाई नगरपालिले आजबाट थप दुई दिन नगरभित्रका विद्यालयलाई परिपत्र गरेको छ । यता, कनकाई–३ सुरुङ्गा स्थित हरिकुल नमूना माध्यमिक विद्यालयले बिदाको साटो बिहानी सत्रमा कक्षा सञ्चालन गर्न माग गरेको छ । विद्यालयका अविभाकहरुले गर्मीका बेलामा बिदाको सट्टा बिहानी सत्रमा विद्यालय सञचालन गर्न माग गरेको विद्यालयले जनाएको छ । विद्यालय बिदाका बेला शिक्षकहरुले बिदाका दिन विद्यार्थीलको पठन पाठन सहज बनाउन म्यासेन्जर ग्रुपमा गृहकार्य दिने÷दिएको विद्यालयकी प्रबन्ध निर्देशक ग्रीशा रावल थापाले बताइन् । उनले मौसमका कारण शिक्षण कार्यमा परेको प्रभावलाई न्यून गर्न…
विराटनगर, २१ जेठ । मोरङको विराटनगर महानगरपालिका–५ स्थितबाट अबैध रजनीगन्धा र तुलसीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूहले विराटनगर–५ चाँदनी चोकस्थित जय गणेश जनरल स्टोरमा भारतबाट अवैधरुपमा ८६९४ पिस रजनीगन्धा र ७३४४ पिस तुलसी ल्याइ स्टोर गरिरहेको अवस्थामा फेला पारी चोरी तस्करी कार्यमा संलग्न रहेका भोक्राहा नरसिंह गाउपालिका–६ सुनसरीका २६ वर्षीय दिपककुमार साह, २६ वर्षीय गुरुदेव साह र बिराटनगर–५ का ४२ वर्षीय अरुण यादव समेतलाई को १३ प ५०८५ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । अबैध रजनीगन्धा र तुलसी सहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय…
झापा, २१ जेठ । पूर्वीनाका काँकरभिट्टामा भारु नोट टहीमा समस्या देखिएको छ । भारु दुई हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै सटहीमा समस्या देखिन थालेको हो । एक साताअघि भारतको केन्द्रीय बैंकले भारु दुई हजारका नोट फिर्ता लिने घोषणा गरेको थियो । त्यसलगत्तै सीमावर्ती नेपाली बजारमा साना दरका भारु नोटको प्रचलनसमेत ह्वात्तै घटेको छ भने यातायात तथा पेट्रोलियम व्यवसायीले भारु नोटमा भुक्तानी लिन छाडेका छन् । पूर्वमेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले काँकडभिट्टामा भारुको कारोबार हुन छाडेको र मनी एक्सचेञ्जरले पनि भारु साट्दा अतिरिक्त कमिसन असुल्न थालेको बताउनुभयो । उहाँले भारु एक लाख सटही गर्दा रु चार हजार…
सिएम शर्माकनकाई, २१ जेठ । झापाको कनकाई नगरपालिका–३ स्थित कनकाई प्रतिभा प्रतिष्ठानलाई अनिरुद्र ओली तथा नन्दा ओलीले दुई लाख रुपैयाँ हस्तान्तरण गर्नु भएको छ । छोरा मनोजबाबु (लक्ष्मीप्रसाद) ओलीको स्मृतिमा ‘कनकाई प्रतिभा प्रतिष्ठान मनोजबाबु (लक्ष्मीप्रसाद) ओली स्मृति पुरस्कार कोष’ स्थापनाकका लागि उनीहरुले उत्तः रकम प्रदान गरेका हुन् । शनिबार एक कार्यक्रमका बीच प्रतिष्ठानका अध्यक्ष जिवनाथ सुवेदीलाई ओली परिवारलाई अक्षयकोषको खातामा रकम गरेको भौचर हस्तान्तरण गर्नुभयो ।
झापा, २१ जेठ । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८०–८१ को बजेटमा २ खर्ब ६२ अर्ब रुपैयाँ बराबर वैदेशिक सहयोग जुटाउने लक्ष्य राखेको छ । सरकारले आउँदो वर्ष बजेट तथा कार्यक्रम लागू गर्न बहुपक्षीय र द्विपक्षीय गरी दुई दर्जनभन्दा बढी दाताबाट ४९ अर्ब ९४ करोड अनुदान र २ खर्ब १२ अर्ब रुपैयाँ बराबर ऋण लिने बजेटमा उल्लेख गरेको छ । एशियाली विकास बैंक, विश्व बैंक, अन्तरराष्ट्रिय मुद्राकोषसहितका बहुपक्षीय दातासँग ऋण र अनुदान लिने सरकारी योजना छ । द्विपक्षीयतर्फ चीन, भारत, जापान, फिनल्यान्डसहितका देशसँग ऋण र अनुदान सहयोग लिने बताइएको छ । आगामी आवमा सरकारले एडीबीसँग ८८ अर्ब ३० करोड वैदेशिक…