
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २१ जेठ । निर्वाचन आयोगले तोकेको अवधिभित्र ३० राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेका छन्। कुल ८२ दलले विवरण सार्वजनिक गर्नुपर्ने थियो। आयोगले लेखा परीक्षण प्रतिवेदन सात दिनभित्र सार्वजनिक गर्न र त्यसको सात दिनभित्र सो सम्बन्धमा जानकारी गराउन वैशाख २८ गते राजनीतिक दललाई निर्देशन दिएको थियो। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार निर्देशनबमोजिम ३० दलले मात्रै लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको जानकारी आयोगलाई पठाएको छ। राजनीतिक दलसम्बन्धी ऐनमा आयोगले तोकेको समयभित्र लेखा परीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने राजनीतिक दललाई सात हजार रुपियाँसम्म जरिवाना गर्ने उल्लेख छ। ऐनबमोजिम राजनीतिक दलले २०७८र७९ को लेखा परीक्षण प्रतिवेदन माघभित्र आयोगमा बुझाएर…
झापा, २१ जेठ । पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणले उच्चस्तरीय राजनीतिक नेतृत्वमा आपसी विश्वास निर्माण, ऊर्जा व्यापार र आर्थिक समुन्नतिका दृष्टिले अभूतपूर्व भएको प्रतिक्रिया दिएका छन् पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनी र पूर्वमन्त्री एवं भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा त्रिदेशीय ऊर्जा व्यापारसम्बन्धी सम्झौता कोसेढुङ्गा साबित हुने बताए । पूर्वराजदूतद्वय प्राडा लोकराज बराल र प्राध्यापक विजयकान्त कर्णले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण राजनीतिक रूपमा विश्वास कायम गरी व्यापारिक सम्बन्धको आधारशिला तयार गर्ने गरी सम्पन्न भएको बताए । उनीहरूले विद्युत् व्यापारलाई भारत र बङ्गलादेशसम्म लाने गरी भएको सम्झौताले नेपालको समुन्नतिमा नवीन युग प्रारम्भ गर्न…
झापा, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण विगतको भन्दा फरक र परिणामुखी भएको बताएका छन् । भारतको चार दिने भ्रमण पुरा गरी स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले यस्तो बताएका हुन् । ‘विगतका भ्रमणभन्दा फरक पाएको छु । सारभूत रुपमा परिणामुखी रहेको छ । र, भविष्यका लागि स्पष्ट मार्गदर्शन समेत भएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘विगतमा भारतसँगको सम्बन्धमा विश्वासको संकटजस्तो देखिए पनि अहिलेको भ्रममणले विश्वासको नयाँ वातावरण बनेको छ ।’ भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीले नेपाल भारत सम्बन्ध सुपरहिट बनाउँछौ भनेबाटै पनि त्यसको संकेत देखिएको बताए । उनले भ्रमणका क्रममा भएका सहमतिहरुलाई कार्यान्वयनमा…
विराटनगर, २० जेठ । रंगेली नगरपालिका–९ स्थित दोहमना बजारमा निर्माण भएको सुविधा सम्पन्न पशुपंक्षी बजारको उद्घाटन गरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तगर्तको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाद्वारा निर्मित पशुपंक्षी बजारको शनिबार भव्य समारोहका बिच उद्घाटन गरि रंगेली नगरपालिकालाई हस्तान्तरण गरिएको हो । सो पशुपंक्षी बजारको कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुषालले उद्घाटन गरे । सो अबसरमा बोल्दै मन्त्री भुषालले देशभरका १६१ वटा गाउँ तथा नगरपालिकामा पशु स्वास्थ्य प्रयोगशाला राख्ने सरकारले योजना बनाएको जानकारी दिए । उनले सो बजारलाई पशु स्वास्थ्य केन्द्र आवश्यक देखिएकाले मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले सो…
कनकाई, २० जेठ । कनकाई नगरपालिका भित्रका विद्यालयमा आइतबार र सोमबार पनि विदा हुने भएको छ । अत्याधिक गर्मी बढेको भन्दै नगर क्षेत्रका विद्यालयलाई दिइएको विदा थप दुई दिन थपिएको हो । कनकाईका शिक्षा शाखाका हरिप्रसाद मिश्रले एक सूचना निकालेर आगामी बर्खे विदाबाट कट्टा हुनेगरी आइतबार र सोमबार विद्यालय विदा दिइएको जानकारी दिनुभएको छ ।
बिर्तामोड, २० जेठ । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा नवनिर्वाचित समितिले पदभार ग्रहण गरेको छ । आज संस्थाको सभाहलमा आयोजित ‘सपथ तथा पद हस्तान्तरण समारोह’मा उनीहरुले पदभार ग्रहण गरेका हुन् । निर्वाचन समिति संयोजक नारायणप्रसाद पौडेलले नवनिर्वाचत पदाधिकारी तथा सदस्यहरुलाई पदभार ग्रहण गराउनुभएको थियो । गत जेठ १५ गते भएको निर्वाचनमा अध्यक्षमा मेघराज बाँस्तोला, उपाध्यक्षमा शैलेन्द्र सिटौला, सचिवमा पारशमणि मैनाली र कोषाध्यक्षमा शारदा रिजाल निर्वाचित हुनुभएको थियो । त्यस्तै, खुला सदस्यमा आनन्द गुरुङ र खगेन्द्रकुमार थापा, महिला सदस्यमा कमला अग्रवाल, बालादेवी खरेल र मायादेवी प्रधान निर्वाचित हुनुभएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष बाँस्तोलाले आफू र आफ्नो सिंगो…
नयाँ दिल्ली, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि नयाँ विकल्प सुझाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीचको सीमा समस्या सम्पूर्ण रूपमा समाधान गरिने बताएको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले नयाँ विकल्प सुझाएका छन् । शुक्रबार नयाँ दिल्लीमा सञ्चारकर्मीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि विभिन्न विकल्पबारे सोच्ने काम भइरहेको बताए । लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायतका सीमावर्ती क्षेत्रलाई लिएर नेपाल–भारतका बीचमा सीमा समस्या रहेको छ । नेपालले ती समस्याको दीर्घकालीन समाधान गर्दै बंगलादेशसँग सिधा सडक मार्ग व्यवस्थापन गर्न सकिने प्रचण्डको भनाइ छ । ‘बंगलादेशसँग सिधा जाने बाटो हामीलाई चाहिएको छ भन्ने नेपालमा उहिले देखिको उठिरहेको…
झापा, २० जेठ । राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण काममा अवरोध भएको छ । परिचयपत्र निर्माणसम्बन्धी सफ्टवेयर बन्द भएपछि देशभरि नै बिहीबारदेखि सोसम्बन्धी सम्पूर्ण कार्य अवरुद्ध भएको छ । परिचपत्र निर्माणसम्बन्धी काम गर्ने कम्पनीको सम्झौता थप हुन नसक्दा परिचयपत्र निर्माणसम्बन्धी सम्पूर्ण काम अवरोध भएको हो । राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले राष्ट्रिय परिचयपत्र निर्माणसम्बन्धी सर्भरमा समस्या आएको बताउँदै सोको व्यवस्थापन भइरहेको जानकारी दिए । उनले भने, ‘सर्भरमा समस्या आएको हो । त्यसको व्यवस्थापन हुँदै छ ।’ राष्ट्रिय परिचयपत्र निर्माणसम्बन्धी ुअपरेसनु गरिरहेको फ्रान्सेली कम्पनी आइडेमियासँगको सम्झौता अवधि समाप्त भई सो कम्पनीले सर्भर नै बन्द गरिदिएको हो। उनले भने, “हामीले ‘कोर्डिनेट’…
झापा, २० जेठ । वैदेशिक रोजगार विभागले दक्षिण अफ्रिकामा आकर्षक जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यस्तो प्रलोभनमा नपर्न आग्रह गरेको छ । विभागले एक सूचना प्रकाशित गरी आकर्षक सेवा सुविधासहितको पदमा काम लगाइदिने भन्दै त्यो गिरोहले नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गरेकाले प्रलोभनमा नपर्न आग्रह गरेको हो । विभागद्वारा प्रकाशित सूचनामा भनिएको छ, –भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा दक्षिण अफ्रिका आउने प्रयोजनका लागि मात्र भएको हुँदा त्यस भिसाका आधारमा अफ्रिकामा रोजगारीजन्य काममा संलग्न हुन पाइँदैन । मानव बेचबिखन तथा गैरकानूनी आप्रवासनमा संलग्न गिरोहले एक सय ५० भन्दाबढी व्यक्तिबाट…
प्रकाश उप्रेतीझापा, २० जेठ । झापाको मेचीनगर नगरपालिकाले भौतिक संरचना निर्माण गर्दा त्रुटि गर्दै आएको पाइएको छ । नगरभित्र भौतिक संरचना ड्रेन, प्लमवाल, कल्वर्ड, बाटोको स्तरोन्नति, कालोपत्रे निर्माणको क्रममा त्रुटि गरेको पाइएको हो । वडा, नगर र प्रदेशबाट बिनियोजन भएको बजेटबाट संरचना निर्माण गर्दा स्थलगत निरीक्षण सर्भे गर्दा नै त्रुटिपूर्ण सर्भे गरेको पाइएको हो । माओवादी केन्द्र मेचीनगर–१४ ले अनुगमनका क्रममा नेपाल सरकारबाट बिनियोजित बजेट अन्तर्गत मेचीनगर(१४ स्थित पुस्पलाल मार्गमा निर्माणाधीन प्लमवालसहितको कालोपत्रेमा उक्त त्रुटि पाएको केन्द्रका इन्चार्ज अपुर्ब डाँगीले बताए । बाटोको स्तरोन्नति अन्तरगत कालोपत्रे गर्दा बाटोको सतह नमिलेको, बाटोको बीचमा बिगतदेखि भएको ह्युनपाइपलाई ब्यवस्थापन नगरी कालोपत्रे गर्न खोजेको,…